विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस्

0 टिप्पणीहरू 561 आगन्तुकहरू

कायालाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम इकाइमा टुक्राउँदै, शिर देखि पाइताला सम्म र पाइताला देखि शिर सम्म संवेदना उत्पत्ति गर्दै यिनै संवेदना माथि गरिने साधना नै कायानुपश्यना साधना हो । कायानुपश्यना साधना नै विपश्यना साधना पनि हो ।

पञ्चशील ग्रहण र आनापानसति साधनाको प्रारम्भपश्चात् तपाईँले विपश्यना साधनाका आठ साधनामध्ये शील साधना समूूह र समाधि साधना समूहका छ वटा साधनालाई आफ्नै जीवनमा उतार्न प्रारम्भ गरिसक्नुभएको छ, आफैँमा निर्वाण चक्र उत्पन्न गर्न प्रारम्भ गरिसक्नुभएको छ । अब प्रज्ञा साधना क्षेत्रमा आर्य अष्टाङ्गमार्ग साधनाका बाँकी दुई साधना सम्यक दृष्टि र सम्यक सङ्कल्पलाई आफ्नै जीवनमा उतार्न गइरहनुभएको छ ।

यस क्षणमा तपाईँले यस विपश्यना साधना बाहेक संसारमा जति पनि निर्वाण साधनाविधि छन् ती सम्पूर्ण साधना विधिमा कुनै न कुनै रूपमा शील साधना (इन्द्रिय निग्रह, इन्द्रियको विषय त्याग, अहिंसा, ब्रह्मचर्य आदि) र समाधि साधना –(श्वासप्रश्वास, गुरुप्रतिमा, ईश्वरप्रतिमा, प्रकाश, शब्द आदिलाई आलम्बन बनाएर गरिने ध्यान) उपस्थित छन् तर ती सम्पूर्ण निर्वाण साधनाविधिमा प्रज्ञा क्षेत्रका साधना (सम्यक दृष्टि वा संवेदनाहरूप्रति जागरुक र समभावी साधना) अनुपस्थित छन् । त्यसैले ती सधनाविधि निर्वाण प्रदान गर्न असमर्थ छन् भन्ने तथ्यप्रति पनि स्पष्ट हुन अत्यन्त जरुरी छ । अतः यस तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

झण्डै ६ वर्षको साधनापश्चात् पनि भगवान् बुद्धले निर्वाण प्राप्त गर्न असमर्थ हुनुको मुख्य कारण उहाँले प्रयोग गर्नुभएको साधनाहरूमा संवेदनाहरूमाथि सम्यक (न राग न द्वेष) को साधना अनुपस्थित हुनु नै हो भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् । प्राचीनकालदेखि वर्तमान समयसम्म अरबौं साधक साधनामा निर्वाणको क्षेत्र पुग्न असफल हुनु वा एकदुई साधकले मात्र निर्वाणको लक्ष्य प्राप्त गर्न सक्नुको मुख्य कारण पनि ती निर्वाण साधनामा प्रज्ञापक्षका साधना (संवेदनाहरूप्रति गरिने समभावी साधना) अनुपस्थित हुनु नै हो भ्रन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

प्रज्ञा साधना वा संवेदनामाथि समभावी साधनाको अनुपस्थितिमा निर्वाण असम्भव छ भने एक साधकको रूपमा तपाईँमा के प्रश्न उठ्न सक्छ भने आखिर किन प्रज्ञा साधनाको अनुपस्थितिमा निर्वाण प्राप्ति असम्भव छ ? यस प्रश्नप्रति स्पष्ट हुन तँपाईले निर्वाणको अर्थ संवेदनाहरूप्रति चित्तलाई समभावी बनाउनु वा चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नु हो । चित्तको यस संवेदनाहरूलाई भोग गर्ने प्राकृतिक स्वभावलाई नष्ट गर्न यही चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिनुपर्छ भन्ने तथ्य प्रति स्पष्ट बन्नुहोस् । चित्तको यो संवेदना भोग गर्ने स्वभाव शील, सदाचारको जीवन बाँचेर वा कुनै आलम्बनप्रति गहन ध्यान गरेर मात्र नष्ट हुँदैन भन्ने तथ्य प्रति पनि स्पष्ट हुनुहोस् ।

प्रज्ञा साधनाको महत्व चित्तलाई संवेदनाहरूप्रति समभावी बनाउनु मात्र नभई यसले चित्तलाई संवेदनाहरूप्रति समभावी स्वभावको विकास गरी तपाईँको शील साधना र समाधि साधनालाई पनि पुष्ट गर्छ । प्रज्ञा साधनाद्वारा जब तपाईँ चित्तका संस्कारहरूलाई नाश गर्दै जानुहुन्छ, चित्तका संस्कारहरूका कारण नै अनेक विषयमा प्रवेश गरिरहने तपाईँको मनको बहिर्मुखी स्वभाव शनैःशनैः नष्ट हुँदै गएर शील पालनाको क्षेत्रमा झन्झन् सफल हुँदै जानुहुन्छ वा तपाईँको शील साधना झन्झन् पुष्ट हुँदै जान्छ ।

जसरी प्रज्ञा साधनाका कारण तपाईँको शील साधना पुष्ट हुँदै जान्छ त्यसैगरी प्रज्ञा साधनाद्वारा तपार्इँको चित्तका विकारहरू क्षय हुँदै जाँदा तपार्इँको समाधि क्षेत्रका साधनाहरू झन्झन् गहिराइमा प्रवेश गर्न थाल्छ । संवेदनाहरूलाई नै आधार बनाउँदै चित्तको अत्यन्त गहनतम् समाधिको क्षेत्रसम्म पुग्न थाल्छ । यसरी प्रज्ञा साधनाले तपाईँको समाधि साधनालाई पनि पुष्ट गर्छ ।

माथि व्याख्या गरिएका महत्वपूर्ण कार्यहरू अर्थात् (संवेदनाहरूप्रति चित्तलाई समभावी बनाउने, शील साधनालाई पुष्ट गर्ने, समाधि साधनालाई पुष्ट गर्ने) बाहेक प्रज्ञा साधनाको अझ गहनतम महत्व अनित्यभावको पुष्टी र अनात्मभावको पुष्टी गर्दै प्रामाणिकरूपमै निर्वाण बोध गर्नु नै हो । प्रश्न उठ्छ कि अनित्यभाव पुष्टी भनेको के हो र अनात्मभाव पुष्टी भनेको के हो ?

जुन क्षणसम्म ‘म’ वा ‘म देह हु’ आदि म सँग जोडिएका म र मेरो (मेरो गुरु, मेरो धर्म, मेरो सम्प्रदाय आदि पनि) रूपी अज्ञान नाश हुँदैनन् तबसम्म साधकले निर्वाण प्राप्त गर्न सक्दैन भन्ने तथ्यसँग सबै शास्त्र एक मत छन् तर प्रश्न उठ्छ कि यो ‘म’ कसरी नाश हुन्छ ? के यो ‘म’ शील साधना (इन्द्रिय निग्रह, विषय त्याग, ब्रह्मचर्य आदि) साधना र समाधि साधना (श्वासप्रश्वास, गुरुप्रतिमा, ईश्वरप्रतिमा, प्रकाश, ध्वनि आदि) बाट नाश हुन सक्छ ? यो असम्भव छ ।

यो ‘म’ भाव त्यस क्षणमा मात्र नाश हुनसक्छ जब तपाईँ स्वयंको काय र चित्तको क्षेत्रलाई ‘यो परमाणुहरूको पुञ्ज मात्र हो, यो तरङ्गैतरङ्गको प्रवाह मात्र हो भन्ने प्रामाणिक बोध प्राप्त गर्नुहुन्छ । जब तपाईँलाई देहसत्ता प्रामाणिकरूपमै परमाणुहरूको अनित्य पुञ्ज हो भन्ने बोध प्राप्त हुन्छ तब यो तरङ्गैतरङ्गको प्रवाह तपाईँको देहसत्तालाई तपाईँको चेतन, अर्धचेतन, अवचेतन मनले ‘म’ को संज्ञा दिनुपर्ने कुनै विश्वासनीय आधार प्राप्त गर्न सक्दैन । स्पष्टरूपमा तरङ्गैतरङ्गको अनित्य प्रवाहरूप यस देह सत्तालाई कसरी ‘म’ भन्ने ? यस क्षणमा तपाईँका ‘म’ भावरूपी मूल अविद्या शनैःशनैः नष्ट हुन थाल्छ र तपाईँमा अनात्मभाव पुष्ट हुँदै जान्छ, म भाव पग्लिँदै जान्छ ।

माथि व्याख्या गरिएको अनित्यभाव र अनात्मभाव त्यस क्षणमा मात्र पुष्टी हुन्छ जब तपार्ईँ शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गर्दै सूक्ष्म, सूक्ष्मतम् एकाइमा दीर्घकालसम्म काय र चित्तलाई टुक्र्याउँदै उत्पन्न भएका संवेदनालाई नभोगिकनै यी संवेदनाका अनित्य गुण, धर्म, स्वभावलाई समभावमा अवलोकन गर्नुहुन्छ वा विपश्यना साधना गर्नुहुन्छ । यसरी ‘म’ भाव नाशको दृष्टिले संवेदनामाथि गरिने विपश्यना साधनाको असाधारण महत्व छ । यस्तो संवेदनामाथि गरिने प्रज्ञापक्षको साधनाले कसरी बाह्र चरणद्वारा तपाईँलाई ‘म’ भावलाई नाश गरी निर्वाण प्रदान गर्छ भन्ने प्रश्नको व्याख्या यसै अध्यायमा दिइएको छ ।

कायानुपश्यना (वा कायमा गरिने विपश्यना साधना) प्रारम्भ गर्नुहोस्

यसरी तपाईँलाई शिरमा संवेदनाहरूको बोध हुन थालेपछि ध्यानलाई शिरको माथिल्लो भागबाट अनुहारतर्फ एक इञ्च तल सार्नुहोस् र सोही क्षेत्रमै ध्यानलाई केन्द्रित गर्नुहोस् । जब तँपाई ध्यानलाई यसरी केन्द्रीत गर्नुहुन्छ, पुनः त्यही सुखद वा दुखद संवेदना उत्पन्न हुन थाल्छ । जब यसरी कायमा संवेदनाहरू उत्पन्न हुन्छन्, यसको अर्थ हुन्छ तपाईँमा चित्तको संवेदना भोग गर्ने स्वभाव परिवर्तन गर्ने क्षणको जन्म भइरहेको छ । जन्म–जन्मान्तरदेखिको चित्तको संवेदना भोग गर्ने स्वभावलाई नाश गर्ने असाधारण अवसर जन्मिरहेको छ । यसरी कायमा संवेदनाहरू उत्पन्न भएका क्षणहरू नै साधकका केन्द्रिय क्षण हुन् । त्यसैले चित्तको स्वभावलाई पल्टाउने यस्तो अमूल्य अवसरलाई खेर जान नदिनुहोस् । यी संवेदनामाथि विपश्यना प्रारम्भ गर्नुहोस् । संवेदनाहरूमाथिको यस विपश्यना साधनाको क्षणमा तपाईँ विपश्यनाको अर्थमाथि पनि पुनः स्पष्ट हुनुहोस् ।

विपश्यनाको अर्थ हो वि अर्थात् विशेष किसिमको पश्यना अर्थात् अवलोकन । प्रश्न उठ्न सक्छ के हो यो विशेष अवलोकन भनेको ? उत्तर हो काय र चित्त क्षेत्रमा उत्पन्न भएका संवेदनालाई स्मृतिवान् (जागरुक) र संप्रज्ञानी (संवेदनाहरूको उदय र व्यय, उदय र व्यय प्रक्रियाको बोध) भएर अवलोकन गर्नु नै विपश्यना हो । काय र चित्तको क्षेत्रमा उत्पन्न भएका सुखद वा दुखद संवेदनालाई नभोगिकनै समभावमा अवलोकन गर्नु नै विशेष अवलोकन हो । यस विशेष अवलोकन वा विपश्यना साधना प्रक्रियालाई “मात्र जान्नु”, “यथाभूतरूपमा जान्नु”, “राम्रोसँग जान्नु”, “तटस्थभावले जान्नु”, “जुन क्षण जे प्रकट हुन्छ त्यसैलाई जान्नु”, “प्रतिक्रियाविहीन भएर बोध गर्नु”, “स्मृतिवान् र संप्रज्ञानी भएर जान्नु”, “समचित्तयुक्त भएर बोध गर्नु,” “राग द्वेष निरत भएर अवलोकन गर्नु, ” “सम्यक दृष्टियुक्त भई जान्नु”, “द्रष्टाभावले जान्नु”, “प्रज्ञापूर्वक जान्नु” आदि भनिन्छ ।

जब तपाईँ यसरी कायमा उत्पन्न भएका संवेदनाहरूमाथि विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब तपाईँ निर्वाण साधनाको सम्बोधन गर्नुपर्ने समस्याहरू (मनको चञ्चल स्वभावको नाश, नयाँ संस्कारको उत्पत्तिको नाश, सङ्ग्रहित संस्कारको नाश, अनित्यबोध, अनात्मबोध) लाई समाधान गर्दै निर्वाणको दिशामा पाइला बढाउँदै जानुहुन्छ ।

विपश्यना वा कायानुपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस्

जब तपाईँ यसरी संवेदनाहरूमाथि साधना प्रारम्भ गर्नुहुन्छ तब शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गर्दै संवेदनाहरू उत्पन्न गर्दै, ती संवेदनालाई द्रष्टा भावमा अवलोकन गर्दै यस काय क्षेत्रका संवेदनाहरूमाथि गरिने साधनालाई निरन्तरता दिइरहनुहोस् । स्थूल कायलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम् एकाइमा टुक्र्याउँदै कायमा उत्पन्न भएका संवेदनाहरूलाई लगनशील, जागरुक र प्रज्ञायुक्त भएर बोध गरिरहनुहोस् । यस साधनालाई बिहान एक घण्टा र बेलुका एक घण्टा गरी निरन्तरता दिइरहनुहोस् । विपश्यना ध्यान साधनाबाट बाहिर आएपश्चात् पनि कर्म, वाणी, आजिविकाका पक्षमा सम्यकरूपमा रहने प्रयास गरिरहनुहोस् ।

कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ?

जब तपाईँ कायानुपश्यना (कायमा संवेदना उत्पत्ति गरिने विपश्यना साधना) मा प्रवेश गर्नुहुन्छ तब तपाईँको मनमा आखिर कायमा केकस्ता संवेदना कुनकुन स्रोत वा कारणबाट उत्पन्न हुन्छन् ? भन्ने प्रश्न उठ्न सक्छ ।

तपाईँको कायमा दुःखद र सुखद संवेदना उत्पन्न हुने अनेक कारण छन् । कायमा यसरी संवेदना उत्पन्न हुने अनेक कारणमध्ये एक कारण तपाईँमा क्रियाशील जीवन्त जीवन प्रक्रिया हो । तपाईँको देहसत्ता (काय र चित्त) मा प्रकृतिका शाश्वत नियमहरूको क्रियाशीलताका कारण एक जीवन्त जीवन प्रक्रिया स्वतः चलिरहेको छ । यही स्वतः सञ्चालित जीवन प्रक्रियाका कारण तपाईँको कायमा अनेक जैविक, रासायनिक प्रतिक्रियाहरू, विद्युत चुम्बकीय प्रक्रियाहरू स्वतः चलिरहेका छन् । तपाईँमा स्वतः चलिरहेका यी जैविक, रासायनिक आदि क्रिया–प्रतिक्रियाका कारण तपाईँका कायमा अनेक प्रकारका संवेदना उत्पन्न भइरहेका छन् ।

कायमा संवेदना उत्पत्तिको दोस्रो कारण तपाईँको कायका महाभूतहरू नै हुन् । चार महाभूत (पृथिवी, जल, अग्नि, वायु) बाट निर्मित तपाईँको कायमा चार भौतिक तत्व (पृथिवी, जल, अग्नि, वायु )का कारण पनि संवेदना उत्पन्न भइरहेका छन् ।

यहाँनेर के प्रश्न उठ्न सक्छ भने कायमा चार धातुहरूका केकस्ता कारणले केकस्ता संवेदना प्रकट भइरहेका छन् ? पृथिवी धातुको नैसर्गिक गुण हलुकापना वा गह्राँै पना हो । पृथिवी धातु तपाईँका कायमा कहिले हलुका, कहिले गह्रौँ अनुभूति (संवेदना) मा प्रकट भइरहेको हुन्छ । जल धातुको नैसर्गिक गुण प्रवाह अनुभूति हो । शरीरभित्र केही जोडिएझँै, छुटेझँै आदि हो । जलधातु तपाईँको शरीरभित्र प्रवाह, हलचल आदि अनुभूति (संवेदना) आदिका रूपमा प्रकट भइरहेको छ । अग्नि धातु कायमा जाडो, गर्मी, तातो, चिसो आदि अनुभूतिका रूपमा प्रकट भइरहेको छ । वायु धातु शरीरमा ग्यास, डकार आदि अनुभूति वा संवेदनाका रूपमा प्रकट भइरहेको छ । तपाईँको कायमा सतत यी चार भौतिक तत्वका अनुभूति वा संवेदनाका रूपमा प्रकट भइरहेको छ ।

कायमा उत्पन्न हुने संवेदनाहरूका अर्को कारण चित्तले ग्रहण गर्ने धर्म हुन् । चित्तको क्षेत्रले ग्रहण गर्ने धर्मका कारण पनि तपाईँको कायमा संवेदनाहरू उत्पन्न भइरहेका छन् । तपाईँको काय र चित्तका क्षेत्र एकअर्कोसँग अन्योन्याश्रित रुपमा जोडिएका छन् । जब तपाईँको कायमा कुनै संवेदना उत्पन्न हुन्छ, तब यसको प्रभाव चित्तको क्षेत्रमा पर्छ । त्यस्तै जब चित्तले कुनै धर्म ग्रहण गर्छ, यसको प्रभाव कायको क्षेत्रमा पर्छ । भगवान् स्वयंले १२१ प्रकारका चित्त र ५२ प्रकारका चित्तवृतिको व्याख्या गर्नुभएको छ । त्यसैले चित्तमा केकस्ता संवेदना उत्पन्न हुन्छन् र त्यसको प्रभावका कारण कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् भन्ने कुराको निश्चित उत्तर दिन सकिँदैन । मौसम, भोजन आदि अन्य कैँयौँ बाह्य पक्षका कारण पनि तपार्इँको कायमा अनेक प्रकारका संवेदना उत्पन्न भइरहन्छन् ।

स्मरणरहोस् हाल तपाईँ कायमा यी अनेक कारणले उत्पन्न भइरहेका संवेदनालाई भोग गरेर खुसी, दुःखी भइरहनुभएको छ । कायानुपश्यना साधनामा माथिका वा अन्य कुनै पनि कारणले जब कुनै पनि प्रकारका संवेदना उत्पन्न हुन्छन् ती संवेदनाप्रति रागद्वेष उत्पन्न नगरी, यथाभूतरूपमा तिनका अनित्य, गुण, धर्म स्वभावलाई अवलोकन गर्नुहुन्छ । तपाईँ कायमा उत्पन्न भएका कुनै पनि संवेदनाप्रति न राग न द्वेष मात्र समभावमा विद्यमान तथा अविद्यमान अवस्थाको बोध मात्र गर्नुुहोस् । कायका संवेदनाहरूमा विपश्यना साधना गरिरहनुहोस् ।

 कायानुपश्यना साधना भनेको के हो ?
 कायानुपश्यना साधनाको महत्व के हो ?
 कायानुपश्यना साधना कसरी गरिन्छ ?
 कायानुपश्यना साधनामा किन एकएक इन्च गर्दै कायलाई शिरदेखि पैतलासम्म, पैतलादेखि शिरसम्म टुक्र्याइन्छ ?
 के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ?
 कायानुपश्यना साधनामा शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मको साधना गर्न कति समय लाग्छ ?
 कायानुपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ?
 कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ?
 कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ?
 कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ?

माथिका प्रश्हरुको उत्तर अध्याय एघारमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 542 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 764 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 678 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 634 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 640 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 600 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 556 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 897 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 695 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 711 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 605 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 617 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 661 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 607 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 613 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 674 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 649 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 709 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 864 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 671 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 592 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 666 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 578 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 618 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 656 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 539 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 974 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 886 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 606 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 607 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 923 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 721 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 954 0
७.२ सम्यक वाणी साधना 1/11/2023 793 0
७.१ सम्यक कर्म साधना 1/11/2023 713 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 576 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 565 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 506 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 661 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 584 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 697 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 569 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 632 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 692 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 670 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 620 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 629 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 547 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 481 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 636 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 689 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 637 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 594 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 719 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 797 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0