विश्व प्रसिद्ध आध्यात्मिक महापुरुषहरुको व्याख्या गर्नु भएको विपश्यना साधना विधि

१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या

0 टिप्पणीहरू 710 आगन्तुकहरू

जाग्नुहोस्, जाग्नुहोस्, प्रतिक्षण जाग्नुहोस्, वोधी जागोस्, ज्ञान जागोस्, विद्या जागोस्, प्रतिक्षण होस जागोस् । प्रतिक्षण बेहोस टाढा जाओस्, अज्ञान टाढा जाओस्, अविद्या टाढा जाओस्, प्रज्ञा जागोस्, ज्ञान जागोस्, प्रत्येक क्षण, क्षण, प्रतिक्षण, क्षण प्रति क्षण, प्रज्ञा जागोस्, ज्ञान जागोस्, अज्ञान टाढा जाओस्, प्रतिक्षण वोध, वोध, वोध
शीरबाट पाइतालासम्म,पाइतालाबाट शीरसम्म यात्रा गर्दै जहाँ जहाँ जस्तो जस्तो प्रकारको (सुखद्, दुखद्) संवेदनाहरु अनुभूति भइरहेको छ, त्यसलाई (यथाभूत रुपमा जागरुक र समभावी भएर) जान्नुहोस् । चाहे सम्पूर्ण शरीरमा सूक्ष्म सूक्ष्म सुखद् (संवेदना) तरङ्ग धारा प्रवाह अनुभूति भइरहेको होस् वा चाहे यस्तो अनुभूति शरीरमा कहीँ कहीँ भइरहेको होस् । कहीँ कहीँ घनिभूत घनिभूत स्थूल दुखद् संवेदनाको अनुभूति भइरहेको होस् । अथवा सम्पूर्ण शरीरमा स्थूल स्थूल दुखद् संवेदनाको अनुभूति भई रहेको होस्, न कुनै एक (संवेदना) लाई राम्रो मान्नु न दोस्रो (संवेदना) लाई नराम्रो मान्नु (होस्), सम्पूर्ण अनुभूति (संवेदना) को एकै स्वभाव छ । एकै प्रकृति छ उदय हुनु, व्यय हुन, उत्पादन (उदय ) व्यय, उदय व्यय यही नै यी संवेदनाको धर्म हो । यही यी संवेदनाहरुको स्वभाव हो । यही यी संवेदनाहरुको प्रकृति हो । यो होस् बनिरहोस्, यो अनित्य बोध बनिरहोस्, प्रतिक्षण होस् बनिरहोस् ।

आफ्नो ध्यानलाई शीरबाट पैतालासम्म पैतालाबाट शीरसम्म केन्द्रित गर्नुहोस् । यसरी शीरबाट पैताला र पैतालाबाट शिरसम्मको यात्रामा जुनसुकै प्रकारको संवेदनाको अनुभूति कि नहोस्, यी संवेदनासँग कुनै सम्बन्ध नराखिकन्, नभोगिकन (वा सुखद् संवेदनामा सुखी, दुखद् संवेदनामा दुखी) नभइकन् यथाभूत रुपमा संवेदनाहरुलाई अवलोकन गर्न सिक्नुहोस् । चाहे तपाईंलाई सम्पूर्ण शरीरमा सूक्ष्म सुखद् संवेदनाहरुको तरङ्ग अनुभूति होस्, वा शररीरको कुनै भागमा सूक्ष्म सुखद् संवेदनाहरुको तरङ्गको अनुभूति होस् । वा तपाईंलाई सम्पूर्ण शरीरमा स्थूल दुखद् संवेदनाहरुको अनुभूति होस्, वा शरीरको कुनै भागमा यसले (यी सुखद् दुखद् तरङ्गहरुको) कुनै फरक पार्देन । तपाईंको कुनै प्रति प्रकारका संवेदना राग भाव द्वेषभाव नजागोस् । सम्पूर्ण संवेदनाको एउटै स्वभाव छ, अनित्य स्वभाव, उदय व्यय, उदय व्यय, स्वभाव, यो अनित्य प्रकृतिको बोध रहोस्, अनित्य, अनित्य, अनित्य । आफ्नो प्रज्ञाको विकास गरिरहनुहोस् । जतिसुकै सुखद् संवेदना किन नहोस्—राग नजागोस्, जतिसुकै दुखद् संवेदना किन नहोस् द्वेष नजागोस्, अनित्य बोध नै जागोस्, अनित्य बोध नै जागोस्, अनित्य अनित्य अनित्य ।

जब जब तपाईंलाई बोध हुन्छ कि मन अत्यन्त विचलित छ । वा मन अत्यन्त आलसी छ, तन्द्रील छ, संवेदनामा काम (समभावी साधना) गर्न असमर्थ छ, यो स्थितिमा आनापानमा आउनुहोस्, श्वाशलाई जानिरहनुहोस्, श्वाशको आवागमनलाई जान्नुहोस् । अत्यन्त सजग भएर श्वाशलाई जान्नुहोस् । (जब तपाईं श्वाशलाई सजग भएर बोध गर्नुहुन्छ) मन एकाग्र एकाग्र हुन थाल्दछ । जब तपाईंलाई बोध हुन्छ कि मन एकाग्र भएको छ फेरि संवेदनामा काम गर्न सुरु गर्नुहोस् । प्रतिक्षण चित्तको समभावलाई पूर्ण गरिरहनुहोस् । प्रतिक्षण, क्षण पश्चात क्षण, (चित्तको समभावलाई पुष्टि गरिरहनुहोस्)

आवश्यक पर्‍यो भने शीरबाट पैताला र पैतालाबाट शीरसम्म यात्रा गर्दा श्वासलाई पनि जानिरहनोस् र शरीरको विभिन्न स्थानहरुमा उत्पन्न भइरहको संवेदनालाई पनि (जागरुक र समभावमा) बोध गरिरहनुहोस् । यो (साधना) प्रक्रियाले मनको चन्चल वृत्तिलाई केही घटाउँदछ । पुरुषार्थ गर्नुछ, परिश्रम गर्नुछ, अत्यन्त लगनशीलपूर्वक, अत्यन्त निष्ठापूर्वक ।
जब तपाईंलाई लाग्दछ कि तपाईंको चित्त अत्यन्त चन्चल वा अस्थीर भइरहेको छ । र यो संवेदनालाई माथि (समभावी) साधना गर्न असमर्थ रहेको छ, त्यो स्थितिमा आनापान सति साधनामा फिर्ता आउनुहोस् । र श्वाशप्रश्वाश क्रिया माथि साधना गर्न प्रारम्भ गर्नुहोस् । नासीका भित्र आइरहेको श्वाश र नासीका बाहिर गइरहेको श्वाशमा ध्यान केन्द्रित गर्नुहोस् (आनापान सति साधनालाई निरन्तरता दिनुओस्)

जब तपाईंलाई अनुभूति हुन्छ कि तपाईंको मन शान्त भएको छ (वा संवेदनामाथि समभावी साधना गर्न सक्षम भएको छ) पुन संवेदना माथि साधना प्रारम्भ गर्नुहोस् । यदि आवश्यक प¥यो भने तपाईं शिरदेखि पैतालासम्म र पैतालादेखि शिरसम्म साधना गर्दा तपाईं श्वाशप्रश्वाशलाई पनि बोध गरिरहनुहोस् । संवेदनाहरु प्रति (पनि जागरुक र समभावी बनिरहनुहोस् । आफ्नो (चन्चल) चित्तलाई नियन्त्रण गर्न (वा संवेदनामा समभावी साधना गर्न सक्षम नभएसम्म) लगनशीलतापूर्वक, निरन्तरतापूर्वक, पुरुषार्थपूर्वक प्रयास गरिरहनुहोस्, प्रयास गरिरहनुहोस्, प्रयास गरिरहनुहोस् ।
जुन साधकको मन सामान्य स्वभाविक नैसर्गिक श्वाशमा लागि रहेको छैन (वा साधना गर्न असमर्थ छ) त्यो साधकले श्वाशलाई अलिक तेज गर्नुहोस् । प्रयत्नपूर्वक श्वाश लिन आरम्भ गर्नुहोस्, गहिरोसँग श्वाश प्रयास गर्नुहोस्, धेरै जोडले होइन, अलिकति जोडले श्वाश लिनुहोस्, श्वाश (तेज गरेको) जानकारी बोध बनिरहोस् । श्वाश आइरहेछ । श्वाश गइरहेको छ । बोेध बनि रहोस् ।

(साधनाकालमा) मन बारम्बार भट्किन्छ, मन धेरै समयसम्म भट्किरहन्छ । (यो स्थितिमा) अलिकति तेज श्वाशमा नै काम गर्नुहोस् । यसबाट लाभ हुन्छ । यो (साधना प्रक्रिया) बाट मन भट्किन कम हुन्छ । जब (मनको चन्चलता घट्दछ) पुन श्वाशमा जानुहोस्, जब मनको भट्काई अझ कम हुन्छ, पुन संवेदनामा साधना प्रारम्भ गर्नुहोस् । अत्यन्त समझदारीसँग (कहिले श्वाश जोडले तान्ने, कहिले आनापान सति साधना गर्ने, कहिले संवेदनामा साधना गर्ने) यसको निर्णय स्वयं गर्नुहोस् । सहज हुनुहोस् । स्वयंको बारेमा जुन सच्चाइ वा यर्थाथता (प्रकट भइरहेको) छ, तीन हातको शरीरको भित्र जे घटना घटिरहेको छ । त्योप्रति सजक रहनुहोस् । श्वाश छ, संवेदना छ । श्वाश छ, संवेदना छ ।
संवेदनालाई हामी तेज वा काम गर्न सक्दैनौ तर श्वाशलाई हामी काम (सुस्त) गर्न सक्दछौ । जहाँ जहिले आवश्यक छ, श्वाशलाई तेज गर्र्नुहोस्, फेरि सुस्त हुन दिनुहोस् । फेरि तेज गर्नुहोस् । फेरि सुस्त हुन दिनुहोस् । यो स्वयंसँग स्वयंले युद्ध गर्नु हो । विजय प्राप्त गर्नु हो । विजय प्राप्त गर्नु हो ।

श्वाशलाई हेर्दै मनलाई अविचल (स्थिर) गर्नुहोस्, जब तपाईं यसरी श्वाशलाई (यथाभूत रपमा) अवलोकन गर्नुहुन्छ, मन शान्त हुँदै जान्छ, मन शान्छ हुँदै जान्छ । शान्त र निश्चल हुँदै गएको मन शनै शनै शुद्ध हुँदैजान्छ र प्रज्ञा विस्तारै विस्तारै उत्पन्न हुँदै जान्छ । अनित्य, अनित्य, अनित्य, अनित्य छ । अनित्य नै त छ । सम्पूर्ण शरीरको प्रपन्च, सम्पूर्ण चित्तको प्रपन्च, अनित्य छ । अनित्य नै छ । अनित्य नै छ ।
अनित्य अनित्य अनित्य
अनित्य अनित्य अनित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 544 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 766 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 680 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 636 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 640 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 602 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 558 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 897 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 697 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 713 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 605 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 617 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 661 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 607 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 613 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 674 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 649 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 866 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 673 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 593 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 562 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 778 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 667 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 578 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 619 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 657 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 541 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 975 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 988 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 888 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 608 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 609 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 730 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 660 0
७.५ सम्यक समाधि साधना 1/11/2023 925 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 723 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 956 0
७.२ सम्यक वाणी साधना 1/11/2023 795 0
७.१ सम्यक कर्म साधना 1/11/2023 715 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 622 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 578 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 565 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 508 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 653 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 663 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 586 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 697 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 571 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 634 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 694 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 672 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 622 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 631 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 549 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 483 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 638 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 691 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 639 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 596 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 721 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 799 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0