परिशिष्टः प्रतित्य समूत्पाद नियमको व्याख्या

प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य

0 टिप्पणीहरू 685 आगन्तुकहरू

अविज्जा :– पच्चया सङखारा (अविद्याको कारण संस्कार)
सङखारा:– पच्चया विञ्ञाणं (संस्कारका कारण विज्ञान वा चित्तको आहार)
विञ्ञाणं:– पच्चया नाम रुपं (विज्ञानका कारण नामरूप वा पुनर्जन्म)
नामरुपं :– पच्चया सलायतनं (नामरूपका कारण छ इन्द्रिय)
सलायतनं :– पच्चया फस्सो (छ इन्द्रियका कारण विषय स्पर्श)
फस्स:– पच्चया वेदना (स्पर्शका कारण वेदना वा संवेदना)
वेदना:– पच्चया तप्हा (वेदना वा संवेदनाका कारण तृष्णा)
तप्हा :– पच्चया उपादानं (तृष्णाका कारण उपादान वा आशक्ति)
उपादानं :– पच्चया भवो (आशक्तिका कारण भव वा उत्पत्ति )
भव:– पच्चया जाति (भवका कारण जन्म)
जाति पच्चया जरा परण:– शोक– परिदेक– दुःख– दोमन स्सूपायासा
सम्मवन्ति :– (जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख)
प्रतित्यसमुत्पाद नियमको अनुलोक सत्यको व्याख्या

अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल

अविद्याको अर्थ हो जीवनसत्तामा उत्पन्न हुने दुःखद, सुखद संवेदनालाई भोग गर्दा धम्मको नियमले केकस्तो परिणाम दिन्छ भन्ने ज्ञान नभएका कारण यी संवेदनाप्रति रागपूर्ण वा द्वेषपूर्ण अन्ध प्रतिक्रिया गर्नु वा संवेदनाको भोग गर्नु नै अज्ञान हो । अविद्या हो ‘म’ भाव वा स्वयंलाई देह मान्नु । अविद्या वा संवेदनाको भोेग खासगरी ‘म’ ‘म देह हुँ’ भन्ने भावबाट नै जन्मन्छ । त्यसैले स्वयंलाई ‘म’ मानेर संवेदनाहरू भोग्नु नै अविद्या हो । जव अविद्याका कारण मानिसमा संवेदनाप्रति राग वा द्वेषपूर्ण प्रतिक्रिया उत्पन्न हुन्छ यसैको प्रतिक्रियाका कारण चित्तमा संस्कारहरूको जन्म हुन्छ । जब चित्तमा यसरी विषय (संवेदना) प्रति राग, द्वेषरूपी संस्कार उत्पन्न हुन्छ तब प्रतित्यसमुत्पादको नियमले यस संस्कार (फल वा परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरिदिन्छ । यसैको परिणाम स्वरूप नयाँ फल उत्पन्न हुनपुग्छ ।

संस्कारका कारण विज्ञान अर्थात् संस्कार बीजका कारण विज्ञानरूप फल

बुद्धको समयको भाषामा विज्ञानको अर्थ हुन्थ्यो चित्तको आधार वा आहार । चित्तमा सङ्ग्रहित संस्कार नै चित्तको आहार हो । चित्तको प्रकृति नै यस्तो छ कि ऊ कुनै न कुनै आधारलाई ग्रहण गरेर मात्र प्रवाहित हुन सक्छ । उदाहरणका लागि मानौँ यस क्षणमा क्रोध उत्पन्न भयो । चित्त क्रोधलाई ग्रहण गरेर अगाडि बढ्छ । मानौँ अर्को क्षण मोह उत्पन्न भयो । चित्त मोहलाई ग्रहण गरेर प्रवाहित हुन्छ । कुनै न कुनै आधार (संस्कार) लाई ग्रहण नगरी चित्त प्रवाहित हुन सक्दैन । यसरी सतत बगिरहने चित्तको यस प्रकृतिलाई चित्तधारा भनिन्छ । चित्तधारा नै जीवनधारा हो । यही चित्तधाराका कारण मानिसको जीवन एक जन्मबाट अर्को जन्ममा प्रवाहित हुन्छ । अनि मानिसले बारम्बार पुनर्जन्म प्राप्त गरिरहन्छ । जब संस्कार बन्छ तब यस संस्कारले चित्तलाई अगाडि बढ्ने आधार प्रदान गर्छ । यसरी संस्कार (बीज) का कारण विज्ञानरूपी (फल वा परिणाम) प्राप्त हुन्छ ।

अब प्रतित्यसमुत्पादको नियमले यस विज्ञानरूप (फल) लाई बीज वा कारणमा परिवर्तन गर्छ र नयाँ परिणाम प्रदान गर्छ ।

विज्ञानका कारण नामरूप (चित्त र शरीर)

मानिसको मृत्यु हुँदा पनि चित्त र चित्तमा जमेर रहेका संस्कार नष्ट हुँदैनन् । मृत्युपश्चात् चित्तमा सङ्ग्रह भएर रहेका यिनै संस्कारबाट उत्पन्न हुने विज्ञान (आहार वा आधार) लाई लिएर चित्त प्रवाहित हुन थाल्छ र यही चित्तले मृत्युपश्चात् प्राप्त गरेको विज्ञान वा आहारका कारण मानिसले पुनर्जन्म प्राप्त गर्छ । नयाँ देहसत्ता प्राप्त गर्छ । देहसत्ता नाम (देह) र रूप (चित्त) को संयोजनबाट निर्मित हुने हुनाले विज्ञान (बीज) का कारण नामरूप (फल) प्राप्त हुन्छ ।

अब प्रतित्यसमुत्पादको नियमले यो नामरूप (फल) लाई बीजमा परिवर्तन गरिदिन्छ, जसको परिणाम स्वरूप छ इन्द्रिय (फल) उत्पन्न हुन्छन् ।

नाम र रूपको कारण छ आयतन वा ६ इन्द्रिय

जब नाम (चित्त) रूप (शरीर) को संयोजनबाट निर्मित देहसत्ता प्राप्त हुन्छ त्यसमा सृष्टिको नियमअनुसार नाक, कान, आँखा, छाला, जिब्रो र मन गरी ६ (फल) इन्द्रिय उत्पन्न हुन्छन् । यसरी रूप र नामका कारण ६ वटा इन्द्रिय उत्पन्न हुन्छन् वा प्राप्त हुन्छन् ।

अब प्रतित्यसमुत्पादको नियमले यी ६ इन्द्रियलाई बीज वा कारणमा परिवर्तन गरिदिन्छ । फलतः स्पर्शरूप फल वा परिणाम प्राप्त हुन पुग्छ ।

६ इन्द्रियको कारण स्पर्श

जब ६ वटा इन्द्रिय उपस्थित भएको देह प्राप्त हुन्छ तब यी इन्द्रियसँग प्रत्यक्ष सम्बन्ध भएका गन्ध, शब्द, दृष्य, स्वाद, स्पर्श, धर्म (मनले धारण गर्ने विचार, विषय आदि) जस्ता असङ्ख्य विषय उपस्थित हुन्छन् । यस्तो स्थितिमा इन्द्रिय र विषयहरूका मिलन (स्पर्श) उत्पन्न हुन पुग्छ । यसरी इन्द्रियहरू (बीज) का कारण विषय स्पर्शरूपी (फल) प्राप्त हुन्छ ।

अब प्रतित्यसमुत्पादको नियमले स्पर्श (फल) लाई कारण वा बीजमा परिणत गरिदिन्छ र पुनः एक नयाँ फल संवेदना उत्पन्न हुन पुग्छ ।

स्पर्शका कारण वेदना वा संवेदना अर्थात् स्पर्शरूप बीजका कारण संवेदनारूप फल

जब ६ इन्द्रिय र तिनका विषयहरूका बीचमा मिलन हुन्छ वा स्पर्श हुन्छ तब मानिसको चित्तमा छिपेका ती विषयप्रतिको संस्कारअनुरूप चित्तमा रागपूर्ण वा द्वेषपूर्ण स्वतः प्रतिक्रिया घटित हुन पुग्छ र परिणाम स्वरूप मानिसको चित्त र देहको क्षेत्रमा वेदना वा संवेदनाहरू उत्पन्न हुन्छन् । यी संवेदना मूलतः दुखद वा सुखद प्रकृतिका हुन्छन् । यसरी स्पर्श बीजका कारण सुखद र दुखद संवेदना रूप फल उत्पन्न हुन्छ । प्रतित्यसमुत्पादको नियमले यस संवेदनारूपी फललाई बीजमा परिवर्तन गरी यस चक्रलाई निरन्तरता दिराख्छ र यसैका कारण अर्को रूप वा फल उत्पन्न हुन्छ ।

वेदनाका कारण तृष्णा अर्थात् संवेदनारूप बीजका कारण तृष्णारूप फल

जब विषय र इन्द्रियहरूको मिलन (बीज) बाट जीवनसत्तामा सुखद वा दुखद संवेदना (फल) उत्पन्न हुन्छ तब अविद्याका कारण मानिस सुखद संवेदनाहरूप्रति रागपूर्ण र दुःखद संवेदनाहरूप्रति द्वेषपूर्ण प्रतिक्रिया गर्न थाल्छ, जसका कारण संवेदनाहरूको भोग इच्छा (तृष्णा) रूप फल उत्पन्न हुन्छ । स्मरणरहोस् गहिराइमा द्वेषपूर्ण प्रतिक्रिया पनि तृष्णा नै हो । अनि यही तृष्णा (फल) लाई प्रतित्यसमुत्पादको नियमले पुनः बीजमा परिवर्तन गरी अर्को फल प्रदान गर्छ ।

तृष्णाका कारण आशक्ति अर्थात् तृष्णा बीजका कारण आशक्तिरूप फल

जब मानिसको मनमा दुःखद, सुखद संवेदनाहरूप्रति तृष्णा जाग्छ तब मनमा उत्पन्न सुखद संवेदनामा खुशी हुन थाल्छ, रमाउन थाल्छ र ऊ बढीभन्दा बढी यी सुखद संवेदना प्राप्त गर्न विषयप्रति आकर्षित हुनपुग्छ, अनेक विचारहरू, प्रयासहरू, कर्महरू गर्न प्रारम्भ गर्छ । यी क्षणमा जेजस्ता बीज प्राप्त हुन्छन् त्यसैलाई विस्तार गर्ने धम्मको नियमले यस तृष्णा (बीज) लाई आशक्ति (फल) मा परिणत गरिदिन्छ । दुःखद संवेदनाहरूमा पनि धम्मको यही नियम लागु हुन्छ । जब दुःखद संवेदना मनमा उत्पन्न हुन्छन् तब मानिस यी संवेदनाबाट दुःखी, व्याकुल हुन्छ । जस्तो बीज प्राप्त भएको हुन्छ त्यही बीजलाई विस्तार गर्ने धम्मका नियमले यस दुःख, व्याकुलता आदिलाई झन्झन् विस्तार गरिदिन्छ । फलस्वरूप मानिस त्यस विषय वा (संवेदना) प्राप्त नहोस् भनेर अनेक विचारहरू, प्रयासहरू गर्न थाल्छ, जुन पछि गएर आशक्तिमा परिणत हुन पुग्छ । यसरी विषय तृष्णा (बीज) का कारण विषय आशक्ति (फल) उत्पन्न हुन्छ । अब यस विषय आशक्तिरूपी परिणामलाई प्रतित्यसमुत्पादको नियमले कारण (बीज) मा परिणत गरी अर्को परिणाम प्रदान गर्छ ।

आशक्तिका कारण भव अर्थात् आशक्तिबीजका कारण भवरूप फल

जब विषयबाट उत्पन्न सुखद वा दुखद संवेदनाप्रतिको तृष्णा आशक्तिमा परिणत हुन पुग्छ यस्तो क्षणमा मानिस झन्झन् ती विषयप्रति विचार, चिन्तन आदि गर्न थाल्छ । ती विषय प्राप्त गर्न वा नगर्न अनेक कर्म वा प्रयास गर्दछ, जसको कारण झन् धेरै भन्दा धेरै संस्कार उत्पन्न हुन पुग्छ । यिनै संस्कार नै वा संस्कारले नै मृत्युपश्चात् चित्तको प्रवाहलाई आधार वा आहार प्रदान गर्छन् । यसैका कारण भव (नयाँ शरीर उत्पन्न हुने प्रक्रिया) प्रारम्भ हुन्छ । यसरी संस्कारका कारण भव उत्पन्न हुन पुग्छ । अनि प्रतित्यसमुत्पादको नियमले त्यही भवरूपी फललाई पुनः कारण वा बीजमा परिणत गरी अर्को परिणाम प्रदान गर्छ ।

भवका कारण जन्म अर्थात् भव बीजका कारण अर्को जन्मरूपी फल

जब भव (बीज) का कारण नयाँ शरीर (फल) उत्पन्न हुने प्रक्रिया प्रारम्भ हुन्छ तब मृत्युपश्चात् कुनै संस्कारलाई ग्रहण गरेर प्रवाहित भइरहेको चित्तधारा कुनै गर्भमा प्रवेश गर्न पुग्छ, कुनै शरीरसँग जोडिन पुग्छ, जसको कारण मनुष्यले पुनर्जन्म प्राप्त गर्छ अर्थात् नयाँ शरीर प्राप्त गर्छ ।

जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख

जब जन्म हुन्छ, जब मानिसले जन्मपश्चात् नयाँ शरीर प्राप्त गर्छ तब प्रतित्यसमुत्पादको नियमले पुनः यस कारण–परिणाम–कारण–परिणामको चक्रलाई निरन्तरता दिराख्छ ।

परिणामस्वरूप मनुष्यको जीवनमा वृद्धावस्था, मृत्यु, शोक, दुःख, चित्त विकार, चित्तखेदको चक्र चलिरहन्छ । जबसम्म सत्य मोक्ष साधनाद्वारा निर्वाण प्राप्त भई संस्कार चित्त वा संवेदनालाई भोग्ने स्वभाव पूर्णरूपमा नष्ट हुँदैन, जबसम्म चित्तधारा पूर्णरूपमा शुद्ध हुँदैन तबसम्म प्रतित्यसमुत्पाद नियमका कारण यस्तो भयानक चक्र वा श्रृङ्खला समाप्त हुन सक्दैन । परिणामस्वरूप मनुष्य अविरलरूपमा दुःखचक्र, भवचक्र, लोकचक्रमा घुमिरहन्छ ।

प्रतित्यसमुत्पादको प्रतिलोम सत्य

अविज्जाय त्वेव असेस् निराग निरोधा संङखार अर्थात् अविद्या निरोधका कारण संस्कार निरोध ।
सङखार निरोधा विञ्ञाण निरोध अर्थात् संस्कार निरोधका कारण विज्ञान निरोध
विञ्ञाण निरोधा नाम रुप निरोध अर्थात् विज्ञान निरोधका कारण नामरूप निरोध
नामरुप निरोध पस्स निरोधो अर्थात् नामरूप निरोधका कारण ६ इन्द्रियको निरोध
सलापतन निरोधा फस्स निरोधो अर्थात् ६ इन्द्रिय निरोधका कारण विषय स्पर्शको निरोध
पmस्स निरोधा वेदना निरोधो अर्थात् विषय स्पर्श निरोधका कारण वेदना वा संवेदना उत्पत्तिको निरोध
वेदना निरोधा तण्हा निरोधो अर्थात् वेदना वा संवेदना निरोधका कारण तृष्णा उत्पत्तिको निरोध
तृष्णा निरोधा उपादान निरोधो अर्थात् तृष्णा उत्पत्ति निरोधका कारण उपादान वा आशक्ति उत्पत्तिको निरोध
उपादान निरोधा भव निरोधो अर्थात् आशक्ति उत्पत्तिको निरोधका कारण भव (उत्पति) निरोध
भव निरोधा जाति निरोधो अर्थात् भव निरोधका कारण पुनर्जन्मको निरोध

जाति निरोधा जरामरण शोक परिदेव ढुक्क दोमन स्सूपायासा निरुज्झन्ति । एवमेतस्स केवलस्स दुक्खक्खन्धस्स निरोधो होती त्रि ।

अर्थात् पुनर्जन्म निरोध (बीज) का कारण वृद्धावस्था, मृत्यु, शोक, व्याकुलता, दुःख आदि चित्त विकार, चित्तको निरोध वा निर्वाण अवस्थाको प्राप्ति ।

प्रतित्य समूत्पाद नियमको प्रतिलोम सत्यको व्याख्या

अविद्या निरोधका कारण संस्कार निरोध अर्थात् अविद्या निरोधका कारण संस्कार निरोधरूप फल ।

अविद्या (विषय संवेदनाहरूप्रति अन्ध राग, द्वेषपूर्ण प्रतिक्रिया) को स्थानमा जब विपश्यना साधना प्रारम्भ गरिन्छ, जब सुखद वा दुखद संवेदनालाई साक्षीभावले अवलोकन गर्न प्रारम्भ गरिन्छ, जब विपश्यना साधनाका कारण पूर्वसंस्कार क्षय हुन प्रारम्भ हुन्छ, जब दीर्घकालको विपश्यना साधनाका कारण मनको अविद्या वा संवेदनाप्रति रागपूर्ण र द्वेषपूर्ण प्रतिक्रिया गर्ने मनको स्वभाव पूर्णरूपमा नष्ट हुन्छ त्यस्तो स्थितिमा चित्तबाट जन्म–जन्मान्तरका विकार (संवेदना भोग गर्ने स्वभाव) नष्ट हुन पुगी साधकको चित्त पूर्णरूपमा शुद्ध हुन पुग्छ । विपश्यना साधनासिद्धिको त्यस्तो अवस्थामा जब नयाँ संस्कार उत्पन्न हुने प्रक्रिया पूर्णरूपमा समाप्त हुन्छ त्यस क्षणमा अविद्या निरोध हुन्छ । अविद्या निरोधका कारण चित्तमा संस्कार उत्पन्न हुने प्रक्रिया पनि निरोध हुनपुग्छ वा चित्त शुद्ध हुन पुग्छ । जब चित्त शुद्ध हुन्छ प्रतित्यसमुत्पादको नियमले शुद्ध चित्तरूप बीज प्राप्त गर्छ तब यस शुद्ध चित्तरूपी बीजलाई प्रतित्यसमुत्पादको नियमले निम्न प्रकार कारण (बीज), परिणाम (फल), कारण (बीज) को चक्र वा श्रृङ्खला उत्पन्न गर्दै दुःख नाश र निर्वाण प्राप्तिको पक्षमा परिणामहरू क्रमबद्धरूपमा प्राप्त हुँदै जान्छ ।

संस्कार निरोधका कारण विज्ञान निरोध

विज्ञानको अर्थ हो चित्तको आधार वा आहार । जब अविद्या नष्ट हुन्छ, जब म भाव नष्ट हुन्छ, जब साधकको मन संवेदनाहरूप्रति अन्धरागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया नगरी समभावी बन्छ त्यस्तो अवस्थामा चित्तमा नयाँ संस्कार उत्पन्न हुन सक्दैनन् । जब चित्तमा नयाँ संस्कार बन्दैनन् वा जब चित्त शुद्ध हुन्छ त्यस स्थितिमा चित्तलाई सतत प्रवाहित हुन आवश्यक पर्ने संस्काररूपी आधार (आहार) प्राप्त हुँदैन । यस्तो अवस्थामा संस्काररूपी कुनै आहार प्राप्त गर्न नसकेको चित्त शुद्धरूपमा प्रवाहित हुन थाल्छ ।

विज्ञान निरोध (शुद्ध चित्त) का कारण नामरूप निरोध

जब चित्त शुद्धरूपमा प्रवाहित हुन थाल्छ यस्तो शुद्ध वा संस्कार अनुपस्थित चित्तमा भव वा पुनर्जन्मको प्रक्रिया प्रारम्भ हुँदैन । जब भव प्रक्रिया प्रारम्भ हुँदैन त्यस्तो अवस्थामा मनुष्य नयाँ देह प्राप्त गर्न असमर्थ रहन्छ । जब नयाँ देह प्राप्त हुँदैन वा पुनर्जन्म नै समाप्त हुन्छ त्यस्तो अवस्थामा नाम (चित्त) रूप (शरीर) प्राप्त हुने सम्भावनै समाप्त हुन्छ । यसरी विज्ञान निरोध (शुद्ध चित्त) का कारण नाम र रूप (फल) निरोध हुन पुग्छ । पुनर्जन्म निरोध हुन पुग्छ ।

नामरूप निरोधका कारण छ इन्द्रिय निरोध

जब नाम र रूप नै उत्पन्न हुँदैन, जब नयाँ देहसत्ता नै सृजना हुँदैन त्यस्तो अवस्थामा इन्द्रियहरू उत्पन्न हुने प्रश्नै उठ्दैन । यसरी नामरूप निरोधका कारण ६ इन्द्रिय निरोध हुन पुग्छन् । यसरी प्रतित्यसमुत्पाद महानियमका कारण निर्वाणको पक्ष कारण–परिणाम–कारण–परिणामको चक्र चलिरहन्छ ।

६ इन्द्रिय निरोधका कारण स्पर्श निरोध

जब ६ इन्द्रिय नै उत्पन्न हँुदैनन् त्यस्तो अवस्थामा संसारका विषयहरूसँग इन्द्रियको संयोग हुने प्रश्नै समाप्त हुन्छ । इन्द्रिय र विषयको स्पर्श हुने सम्भावनै समाप्त भएर जान्छ । यसरी ६ इन्द्रिय निरोध भएका कारण स्पर्श निरोध हुन पुग्छ ।

स्पर्श निरोधकोकारण वेदना निरोध

जब इन्द्रिय र विषयका बीचमा स्पर्श हुने सम्भावनै अनुपस्थित रहन्छ त्यस्तो अवस्थामा इन्द्रिय र विषय मिलनका कारण वेदना (सुखद संवेदना वा दुःखद संवेदना) उत्पन्न हुने प्रश्नै समाप्त हुन्छ । यसरी स्पर्श निरोधका कारण वेदना (संवेदना) निरोध हुन पुग्छ ।

वेदना निरोधका कारण तृष्णा निरोध

जब देह र मनको क्षेत्रमा दुःखद वा सुखद संवेदना नै उत्पन्न हुँदैन त्यस्तो स्थितिमा यी संवेदनाप्रति मनमा तृष्णा उत्पन्न हुने प्रश्नै उठ्दैन । यसरी वेदना निरोधका कारण तृष्णा निरोध हुन पुग्छ ।

तृष्णा निरोधका कारण उपादान वा आशक्ति निरोध

जब विषय अर्थात् संवेदनाहरूप्रति मनमा रागपूर्ण वा द्वेषपूर्ण तृष्णाको जन्मै हँुदैन त्यस्तो स्थितिमा तृष्णा विस्तार भएर आशक्तिमा परिणत हुने सम्भावनै समाप्त हुन पुग्छ । यसरी तृष्णा निरोधका कारण आशक्ति निरोध हुन्छ ।

आशक्ति निरोधका कारण भव (पुनर्जन्म) निरोध

जब विषयबाट उत्पन्न हुने सुखद वा दुःखद संवेदनाप्रतिकोे आशक्ति नै मनमा अनुपस्थित हुन्छ, कुनै कारणवश इन्द्रिय र विषय मिलनका कारण मनमा दुखद वा सुखद संवेदना उत्पत्ति भए पनि दीर्घकालीन विपश्यना साधनाद्वारा मन समभावी स्वभावको बनिसकेकाले जब यी संवेदनाप्रति साधकको मन प्रतिक्रियाविहीन बन्न पुग्छ यस्तो अवस्थामा नयाँ संस्कार उत्पन्नै हँुदैन । जब नयाँ संस्कार उपस्थित नै हुँदैन वा जब चित्त शुद्ध अवस्थामा रहन्छ तब भव वा पुनर्जन्मकोे प्रक्रिया प्रारम्भ नै हुँदैन । यसरी आशक्ति निरोधका कारण भव निरोध हुन पुग्छ, पुनर्जन्मको सम्भावना समाप्त हुन पुग्छ र यहीे जन्म नै अन्तिम जन्म बन्न पुग्छ ।

भव निरोधका कारण जन्म निरोध

जब शुद्ध चित्त उपस्थित भएका कारण मानिसमा भव वा पुनर्जन्मको प्रक्रिया प्रारम्भ नै हुँदैन यस्तो अवस्थामा पुनर्जन्म हुने सम्भावना नै समाप्त हुन पुग्छ, मानिसको जन्म निरोध हुन पुग्छ । यसरी भव निरोधका कारण पुनर्जन्म निरोध हुन पुग्छ ।

जन्म निरोधका कारण श्रृङ्खलावस्था मृत्यु , भोग, चित्त, दुखः निरोध

जब भव निरोधका कारण जन्म नै निरोध हुन पुग्छ, जब मनुष्यको पुनर्जन्म नै हुँदैन यस्तो स्थितिमा जन्मपश्चात् प्राप्त हुने वृद्धावस्था, मृत्यु, शोक, व्याकुलता, दुःख, चित्तविकार, चित्तखेद आदि सबै निरोध हुन पुग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 692 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 611 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 650 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 649 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 652 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 742 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 737 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 743 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 757 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 713 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 655 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 717 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 612 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 924 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 622 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 665 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 704 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 670 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 637 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1023 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1036 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 652 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 849 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 622 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 548 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 705 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 895 0
६.१ दुःख आर्य सत्य 1/11/2023 680 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 745 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 699 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 630 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 738 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 743 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 688 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 674 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 652 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 765 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 879 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0