विपश्यना ध्यानमा प्रवेश

१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ?

0 टिप्पणीहरू 798 आगन्तुकहरू

१. विपश्यना प्रकृतिका शाश्वत नियममा आधारित निर्वाण साधनाविधि हो

अनेक धर्म, ईश्वर, गुरु, आत्मा, परमात्मा, साम्प्रदायिक मत, धारणा, मान्यता आदि सम्पूर्णरूपमा अनुपस्थित विपश्यना साधना धम्म वा प्रकृतिका शाश्वत नियममा आधारित निर्वाण साधनाविधि हो । तपाईंमा धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम छिपेका छन् । प्रकृतिका यी ६ वटाशाश्वत नियमका व्याख्या पछाडिका अध्यायहरूमा गरिएको छ ।

विपश्यना साधनामा प्रकृतिका शाश्वत नियम, जुन नियमले संस्कार (चित्तको सुखद रदुखद संवेदना भोग गर्ने स्वभाव) बीज प्राप्त गरेकाले तपाईंको जीवनमा दुःखचक्र (प्रतिक्षण मनको दुःख), लोकचक्र (मृत्युपश्चात् एक लोकबाट अर्को लोकमा घुमिरहनु) र भवचक्र (पुनर्जन्म) उत्पन्न गरिरहेको छ । प्रकृतिका तिनै शाश्वत नियममा विपश्यना साधनाद्वारा समभावी संस्कार (चित्तको संवेदना भोग नगर्ने) बीज छरेर स्वयंमा धर्मचक्र उत्पन्न गर्दै निर्वाण प्राप्त गरिन्छ ।

२. विपश्यना संवेदनामा आधारित साधना हो

भगवान् बुद्धको मतअनुसार विषयबाट उत्पन्न हुने सुखद र दुखद अनुभूति (संवेदना) भोग गर्ने चित्तको स्वभाव नै संस्कार हो । चित्तको यही संस्कार (संवेदना भोग गर्ने स्वभाव) का कारण नै तपाईंमा विषयको बन्धन, दुखचक्र, लोकचक्र, भवचक्र उत्पन्न भइरहेको छ । जबसम्म तपाईं चित्तका यी दुखद र सुखद संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ त्यतिबेलासम्म तपाईं विषयबन्धन, दुःखचक्र आदिलाई नाश गरी निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदना भोग नगर्ने प्रशिक्षण दिइनुपर्छ । त्यसैले विपश्यना साधनामा संवेदनालाई आधार बनाएर चित्तलाई संवेदनाप्रति जागरुक र समभावी रहन प्रशिक्षण दिइन्छ । विपश्यना साधना काय र चित्तमा उत्पन्न हुने दुःखद र सुखद संवेदनामाथि गरिन्छ ।

३. विपश्यना दुःख सत्यबाट निर्वाण सत्यसम्मको यात्रा हो

विपश्यना साधनाको केन्द्रमा सम्पूर्णरूपमा तपाईं नै रहनुहुन्छ । तपाईंमा चार सत्य (दुःख सत्य, दुःख समुदय सत्य, मार्ग सत्य, निर्वाण सत्य) छिपेका छन् । विपश्यना साधनामा तँपाई कुनै बाह्य आत्माप्राप्ति, परमात्माप्राप्ति, दिव्यलोकप्राप्ति जस्ता प्राप्तिका लागि प्रयास (साधना) गर्नुहुन्न । विपश्यना साधनामा तपाईं आफ्नै दुःख समुदय सत्य (दुःखकाकारण) लाई मार्ग सत्य (विपश्यना) द्वारा नाश गरी समानान्तररूपमा दुःख (दुःख सत्य) लाई नाश गर्दै निर्वाण (निर्वाण सत्य) प्राप्त गर्नुहुन्छ । यस साधनामा तपाईं स्वयंको वर्तमान जीवनको दुःख सत्यबाट स्वयंमा छिपेको निर्वाण सत्यसम्म यात्रा गर्नुहुन्छ । विपश्यना साधनाले कसरी तपाईंलाई दुःख सत्यबाट निर्वाण सत्यसम्म लिएर जान्छ ? भन्ने तथ्यको व्याख्या पछाडिका अध्यायहरूमा गरिएको छ ।

४.विपश्यना विभिन्न आठ साधना उपस्थित साधना हो

निर्वाणको अर्थ हो प्रकृतिको शाश्वत नियमका कारण उत्पन्न भएको चित्तको संस्कार (सुखद र दुःखद्) संवेदना भोग गर्ने स्वभाव) नाश गर्नु । जन्म–जन्मान्तरदेखि प्रकृतिका शाश्वत नियमका कारण शक्तिशाली बनेका तपाईंका चित्तका इन्द्रियजन्य विषय भोग तृष्णा, कामवासना, लोभ, स्वार्थ, घमण्ड जस्ता भयानक संस्कार र तपाईंमा उपस्थित ‘म’ भावरूपी मूल अज्ञानलाई नष्ट गरी निर्वाण प्राप्त गर्न साधारण आध्यात्मिक साधना (मूलतः वर्तमान समयमा प्रचलित बिहान बेलुका गरिने १–२ घण्टाको ध्यान साधना) द्वारा असम्भव छ ।

साधारण निर्वाण साधनाद्वारा तपाईं वर्षौँको कुरा त छाडौँ कल्पौँसम्म साधना गरे पनि चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ । निर्वाण प्राप्तिको यही दुरुह अवस्थालाई बुझेर भगवान्ले आठ साधनाहरू (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक ब्यायाम, सम्यक समाधि, सम्यक दृष्टि, सम्यक सङ्कल्प) लाई संयोजन गरेर अत्यन्त शक्तिशाली आर्य अष्टाङ्ग मार्ग (विपश्यना) निर्माण गर्नुभएको छ । वर्तमान समयमा पनि कैँयौँ विपश्यी साधक विपश्यना साधनामा आठ साधना उपस्थित छन् भन्ने सत्य बुझ्न असमर्थ छन् । विपश्यना आठवटा साधना उपस्थित साधना हो । यसमा तपाईं तीनै आठवटा साधनामाथि साधना गर्नुहुन्छ ।

५. विपश्यना साधना सतत वा चौबीसै घण्टा साधनारत रहनुपर्ने साधना हो

तपाईंको जीवनसत्तामा प्रकृतिका शाश्वत नियमले चौबीसै घण्टा संस्कारहरू उत्पत्ति र विस्तार गरिरहेका छन् । यसरी चौबीसै घण्टा संस्कार उत्पत्ति र विस्तार भइरहेको तपाईंको जीवनसत्तामा बिहान बेलुका १–२ घण्टा साधना गरेर निर्वाण प्राप्त गर्न असम्भव छ । त्यसैले भगवान्ले आठवटा साधनालाई संयोजन गरेर शक्तिशाली विपश्यना साधनाविधि निर्माण गर्नुभएको हो । यस साधनामा सम्यक कर्म (कर्मका सम्पूर्ण क्षणमा न राग न द्वेष वा सम्यक स्थिति), सम्यक वाणी (वाणीका सम्पूर्ण क्षणमा सम्यक स्थिति), सम्यक आजीविका (आजीविकाका सम्पूर्ण क्षणमा सम्यक स्थिति) आदि साधना उपस्थित छन् ।

यदि तपाईं ‘विधिपूर्वक’ वा जुन मर्मले भगवान्ले यस साधनाको विकास गर्नुभएको थियो सोही ‘मर्म’ अनुरूप साधना गर्नुहन्छ भने तपाईं विपश्यना साधनामा बिहान बेलुका एकएक घण्टा गरिने संवेदनामाथिको साधना पश्चात् पनि कर्म, वाणी, आजीविकाका सम्पूर्ण क्षणमा न राग न द्वेषको सम्यक स्थितिमा रहिरहनुपर्छ । तपाईंले सतत (चौवीसै घण्टा) साधनारत रहिरहनुपर्छ । जब चौबीसै घण्टा भनिन्छ यस शब्दलाई निद्राको समय, जुन समयमा तपाईं जागरुक र समभावी रहन असमर्थ रहनुहुन्छ त्यससमय बाहेकको सम्पूर्ण समय भनेर बुझ्नुपर्ने हुन्छ । विपश्यना साधनामा तपाईं चौवीसै घण्टा साधनारत रहनुहुन्छ ।

६. विपश्यना आफ्नै जीवनसत्ताको अन्वेषण हो

धम्म (प्रकृति) का शाश्वत नियमअनुरूप नै तपाईंले देह र चित्त सम्मिलित जीवनसत्ता प्राप्त गर्नुभएको छ । जीवनपर्यन्त तपाईं यस जीवनसत्तामै रहनुहुन्छ तर देह के हो ? देहसत्ता कसरी बनेको छ ? देहसत्तामा के के अङ्ग वा पक्षहरू उपस्थित छन् ? ती अङ्गका भूमिका के हो ? चित्त के हो ? चित्तका विभिन्न भागहरू के के हुन् ? चित्तका प्रत्येक भागको भूमिका के हो ? चित्तमा छिपेका प्रकृतिका शाश्वत नियम केके हुन् ? देह र चित्तबीचको सम्बन्ध के हो ? देह, इन्द्रिय, चित्त, चित्तका चार खण्ड, जगत् विषय र प्रकृतिका शाश्वत नियमहरूको संयोजनबाट तपाईंमा कस्तो किसिको जीवनप्रक्रिया सञ्चालित छ ? तपाईंमा कसरी बन्धन उत्पन्न हुन्छ ? कसरी निर्वाण उत्पन्न हुन्छ ? आदि प्रश्नहरूप्रति तपाईं अनभिज्ञ हुनुहुन्छ ।

स्वयंको जीवन, स्वयंको जीवनसत्ता र स्वयंमा स्वसञ्चालित जीवनप्रक्रियाको अनभिज्ञताका कारण नै तपाईंले प्रतिक्षण संस्कारहरू उत्पन्न र विस्तार गरिरहनुभएको छ । स्वयंको जीवनमा दुःखचक्र, भवचक्र, लोकचक्र उत्पन्न गरिरहनुभएको छ । विपश्यना साधनामा तपाईं स्वयंको जीवन, जीवनसत्ता (काय र चित्त) को गहन अन्वेषण गर्नुहुन्छ । जब तपाईं आफ्नै जीवनसत्ताको गहन अन्वेषण गरी माथि उल्लेख गरिएका सम्पूर्ण प्रश्नप्रति स्पष्ट हुनुहुन्छ त्यस स्थितिमा तपाईं कसरी संस्कारहरूलाई नाश गरी निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने तथ्यप्रति स्पष्ट बन्नुहुन्छ । विपश्यना साधनामा तपाईं स्वयंको जीवनसत्ता र यस जीवनसत्ताको गहन अन्वेषण गर्नुहुन्छ ।

७. विपश्यना स्वयंको देहक्षेत्र र चित्तक्षेत्रको यथार्थ स्वरूपको अन्वेषण हो

बाह्यरूपमा झट्ट हेर्दा तपाईंको जीवनसत्ता स्थूल देह र चित्तको संयोजनबाट निर्मित भएजस्तो प्रतीत हुन्छ । तपाईंको स्थूल देह पनि माशंपेशी, रगत, हाड, नशा आदिबाट निर्माण भएको जस्तै देखिन्छ । देह जस्तै स्थूल रूपमा स्पष्ट बोध नभए पनि तपाईंभित्र छिपेको चित्त वा मनको प्रष्ट आभाष गर्नुहुन्छ । तपाईं यही देह र चित्त (पञ्चस्कन्ध) लाई ‘आफू’ मानिरहनु भएको छ तर यथार्थमा तपाईंको जीवनसत्तामा ‘म’ नामक कुनै वस्तु वा तत्वको उपस्थिति नै छैन ।

तपाईंको जुन स्थूल झैँ प्रतीत भइरहेको देहक्षेत्र छ यथार्थमा यो क्षेत्र मात्र परमाणुरूप छ । अझ गहिराइमा गएर भन्ने हो भने तपाईंको देहक्षेत्र तरङ्गै तरङ्गको पुञ्ज मात्र हो । तपाईंको चित्त पनि यथार्थमा तरङ्गै तरङ्गको पुञ्ज नै हो । यसरी यथार्थ स्वरूपमा तपाईं तरङ्गै तरङ्गको पुञ्जरूप हुनुहुन्छ तर स्वयंको यो यथार्थ तरङ्ग स्वरूपको प्रमाणिक ज्ञान प्राप्त नभएकाले तपाईंले देह र चित्तलाई आफू मानिरहनु भएको छ । स्वयंलाई ‘आफू’ मान्नु वा देहसत्तालाई ‘आफू’ मान्नुलाई नै सम्पूर्ण मोक्ष शास्त्रले मूल अविद्या वा मूल अज्ञान भनेका छन् । जबसम्म यो मूल अज्ञान नाश हुँदैन त्यस स्थितिसम्म मानिस निर्वाण प्राप्त गर्न असमर्थ हुने बताएका छन् ।

विपश्यना साधना भन्नु नै काय क्षेत्र र चित्त क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतमरूपमा टुक्र्याउँदै लगेर काय र चित्त तरङ्गै तरङ्गको पुञ्ज मात्र हो भन्ने स्थितिसम्म पुग्नु हो,काय र चित्तको सत्य स्वरूपसम्म पुग्नु हो । जब तपाईं दीर्घकालीन विपश्यना साधनाद्वारा स्वयंको कायक्षेत्र र चित्तक्षेत्रको यथार्थ तरङ्गरूप स्वरूपलाई अनुभूति गर्नुहुन्छ वा जब तपाईं स्वयंको यस तरङ्गरूप अनित्य स्वभावप्रति स्पष्ट हुनुहुन्छ त्यस क्षणमा तपाईंको ‘म’ भाव शनैःशनैः पग्लिन थाल्छ । जब तपाईंमा म भाव नाश हुन्छ त्यस स्थितिमा तपाईं शनैःशनैः निर्वाण लक्ष्यतर्फ विचरण गर्न थाल्नुहुन्छ । यसरी विपश्यना साधनामा तपाईंले स्वयंको देहक्षेत्र र चित्तक्षेत्रको यथार्थ स्वरूपको अन्वेषण प्रक्रियाद्वारा अन्ततः निर्वाण प्राप्त गर्नुहुन्छ । यसरी विपश्यना साधनामा तपाईंले कायक्षेत्र र चित्तक्षेत्रको यथार्थ स्वरूपको अन्वेषण गर्नुहुन्छ ।

८. विपश्यना सत्यको अन्वेषण हो

मोक्षको संसारमा जब सत्य भनिन्छ त्यसको अर्थ हुन्छ कुनै ‘अविनाशी’ “शाश्वत” तत्व, अनुभूति पद आदिचीजका प्राप्ति हुन् भन्ने बुझिन्छ । सत्य तपाईंको जीवनको त्यो स्थिति हो, जुन स्थितिमा तपार्इँ स्वयंको शाश्वत, अविनाशी, विशुद्ध स्वरूप (मूलगुण) लाई प्राप्त गर्नुहुन्छ । निर्वाण जीवनस्थिति नै त्यो सत्य हो, जसलाई शास्त्रहरूले आत्मा, आत्माप्राप्ति, आत्मज्ञान, आत्मसाक्षात्कार, आत्मदर्शन, परमात्मा, परमात्माप्राप्ति, मोक्ष, मुक्ति आदि अनेक नाम वा संज्ञा दिएका छन् ।

विपश्यना साधना भनेको पनि यही सत्यको अन्वेषण हो । विपश्यना साधनाको लक्ष्य नै निर्वाण सत्य हो । यस साधनामा तपाईं काय र चित्तक्षेत्रमा उत्पन्न हुने भाषमान सत्य वा संवेदनाहरूका परिवर्तनशील गुण, धर्म र स्वभावलाई अवलोकन गर्दै मूल सत्य वा अपरीवर्तनशील इन्द्रियातीत निर्वाण क्षेत्रमा प्रवेश गर्नुहुन्छ । विपश्यना साधनामा तपाईं दुःखद र सुखद संवेदनाहरूप्रति जुन न राग न द्वेषको मध्यमार्गी ‘सम्यक स्थिति’ मा रहनुहुन्छ यही सम्यक स्थिति नै सत्य अन्वेषणको मार्ग हो । यही सम्यक मार्गद्वारा तपाईं असत अनुभूतिहरूले भरिएको पञ्चस्कन्ध (काय र चित्तका चार स्कन्ध वा भागहरू) का क्षेत्रलाई पार गरेर शाश्वत सत्य निर्वाण क्षेत्रलाई साक्षात्कार गर्नुहुन्छ । तपाईं विपश्यना साधना प्रक्रियाद्वारा आफैभित्र छिपेको सत्यको अन्वेषण गर्नुहुन्छ ।

९. विपश्यना पूर्ण साधनाविधि हो

जब निर्वाण साधना भनिन्छ यस साधनाले तपाईंका जन्म–जन्मान्तरदेखि चित्तमा सङ्ग्रहित संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई पूर्णरूपमा नाश गरी तपाईंलाई ‘म’ भाव अनुपस्थित पूर्ण निर्वाणस्थिति प्रदान गर्न सक्नुपर्छ । यदि कुनै निर्वाण साधनाले साधकलाई ‘म’ भाव निरत पूर्ण निर्वाणस्थिति प्रदान गर्न सक्दैन भने त्यो निर्वाण साधना अपूर्ण, आंशिक, मिथ्या, भ्रमपूर्ण साधना हुनपुग्छ ।

संसारमा ईश्वर, गुरु, मन्त्र, प्रकाश, श्वासप्रश्वास आदिलाई आधार बनाइएका जति पनि निर्वाण साधनाविधि छन् ती साधना विधि कुनै न कुनै रूपमा अपूर्ण, आंशिक, अस्पष्ट, भ्रामक र मिथ्या प्रकृतिका छन् । ती निर्वाण साधनामा संस्कार (चित्तको संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गर्ने प्रज्ञा साधना पक्ष नै अनुपस्थित भएकाले साधकलाई पूर्ण निर्वाण प्रदान असमर्थ छन् । स्वयं भगवान्बुद्ध ६ वर्षसम्म मोक्ष साधनामा असफल हुनुको मूल कारण पनि त्यस समयमा प्रचलित सबै मोक्ष साधनाविधिहरू आंशिक, अपूर्ण, भ्रामक र मिथ्या प्रकृतिका हुनु नै थियो ।

निर्वाणका दृष्टिले मिथ्यापूर्ण अनेक साधनाविधिलाई स्वयंमा गरिएको परिक्षण र आफ्नै निर्वाणको प्रामाणिक अनुभूतिका आधारमा भगवान्ले प्रतिपादन वा विकास गर्नुभएको विपश्यना साधनाविधि पूर्ण छ, सत्य छ, त्रुटिरहित छ ।

आठवटा साधना (सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक ब्यायाम, सम्यक स्मृति, सम्यक समाधि, सम्यक सङ्कल्प, सम्यक दृष्टि) उपस्थित यो साधना तपाईंलाई निर्वाण प्रदान गर्न सक्षम छ । स्वयं भगवान् बुद्ध र भगवान् बुद्धको समयमा अरहंत स्थिति प्राप्त गरेका लाखौँ साधक यस सत्यको साक्षी छन् ।

१०. विपश्यना साधना प्रत्येक चरणमा प्रामाणिक अनुभूतिपूर्ण साधना हो

जब निर्वाण साधना भनिन्छ यस साधनाले चित्तका संस्कारहरूलाई चरणबद्ध शुद्धीकरणको साधना प्रक्रियालाई बुझाउँछ । यदि कुनै निर्वाण साधना सत्य छ भने त्यस साधनामा साधकलाई साधनाको प्रत्येक चरणको आध्यात्मिक रूपान्तरणको अनुभव प्रामाणिकरूपमा नै प्राप्त हुनुपर्छ । आध्यात्मिक रूपान्तरणका अनुभूतिहरू अस्पष्ट, अमूर्त, साङ्केतिक, अप्रत्यक्ष आदि नभई स्पष्ट, प्रामाणिक र कुनै मापदण्डद्वारा नाप्न सकिने हुनुपर्छ ।

विपश्यना साधना ‘प्रामाणिक’ अनुभूतिपूर्ण साधना हो । जब तपाईं यस साधनामा प्रवेश गर्नुहुन्छ, तपाईं स्पष्ट वा प्रामाणिकरूपमा नै म साधनाको कुन चरणमा छु ? म साधनामा कुुन चरणको अनुभूति प्राप्त गरिरहेको छु ? मैले प्राप्त गरिरहेको साधना अनुभूति के हुन् ? के यी साधना अनुभूति निर्वाणका अनुभूति हुन् ? कि यी अनुभूति चित्तका विकार क्षय हुँदै जाँदा मनमा उत्पन्न भएका पञ्चस्कन्धभित्रका क्षणभङ्गुर सुखद र दुखद अनुभूति मात्र हुन् कि निर्वाणका अनुभूति हुन् ? आदि प्रश्नका उत्तर प्रामाणिक रूपमा नै प्राप्त गर्नुहुन्छ । महासतिपट्ठान सुत्तमा भगवान्ले विपश्यना साधनालाई बाह्र चरणमा विभाजन गर्दै साधकले साधनाको प्रत्येक चरणमा प्रामाणिकरूपमा कस्तो अनुभूति प्राप्त गर्छ ? भन्ने कुराको सरल र स्पष्ट व्याख्या गर्नुभएको छ । विपश्यना साधनाका ती चरणका व्याख्या परिशिष्टमा गरिएको छ ।

१२. विपश्यना ईश्वर, गुरु, दृश्य, मन्त्र आदि बाह्य आलम्बनरहित साधना विधि हो

विपश्यना साधना बाहेक संसारमा अन्य जति पनि निर्वाण साधनाविधि प्रचलनमा छन् ती साधना विधिमा ईश्वर, गुरु, दृश्य, मन्त्र, ध्वनि, प्रकाश, श्वासप्रश्वास जस्ता बाह्य वस्तुलाई निर्वाण साधनाको आलम्बन (आधार) बनाएको पाइन्छ । जब निर्वाण जस्तो सूक्ष्म साधनाको आधार कुनै बाह्य आध्यात्मिक विषय हुन्छ यस्तो स्थितिमा साधकले यस्ता आध्यात्मिक विषयबाट राग (बन्धन) प्राप्त गर्न सक्छन् । बाह्य आध्यात्मिक आलम्बनका कारण साधनाकालमा अनेक कल्पना, भ्रम, द्विविधा प्राप्त गरी साधक साधनामा नै असफल हुन सक्छन् ।

विपश्यना साधनाको विशिष्ट पक्ष के छ भने यस साधनामा बाह्य आलम्बनहरू पूर्णरूपमा अनुपस्थित छन् । शुद्ध श्वाश–प्रश्वाश र संवेदना नै विपश्यना साधनाका आधार हुन् । विपश्यना साधनाका यी आलम्बनहरूमा साधकमा आलम्बनप्रति राग उत्पन्न गर्न वा भ्रम उत्पन्न गर्न असमर्थ छन् । विपश्यना बाह्य आध्यात्मिक आलम्वनरहित निर्वाण साधना हो ।

१३. विपश्यना वर्तमानमा बाँच्नु हो

आध्यात्मिक जगतमा केही शब्द अति लोकप्रिय छन् । तिनीहरूमध्ये एक शब्द वर्तमानमा बाँच्नु हो । वर्तमान पूर्णसम जीवन हो । पूर्ण वर्तमान निर्वाण स्थिति हो । संसारका सम्पूर्ण निर्वाण साधनाले प्राप्त गर्न खोजेको स्थिति ‘पूर्ण वर्तमान’ हो । संसारका सम्पूर्ण शास्त्र तथा आध्यात्मिक गुरुहरूले ‘वर्तमान’ मा बाँच्नु पर्ने तथ्यमा जोड दिने गरेका छन्, वर्तमानको गहन सैद्धान्तिक व्याख्या गरेका छन् तर कसरी ‘पूर्ण वर्तमान’ स्थिति प्राप्त गर्न सकिन्छ ? भन्ने साधना विधिप्रति भने अनभिज्ञ छन् । विपश्यना त्यस्तो निर्वाण साधना हो, जुन साधनामा साधक यथार्थमा वर्तमान क्षणमा बाँच्ने गर्छन् ।

जब तपाईं विपश्यना साधनाको प्रथम साधना आनापानसति साधनामा प्रवेश गर्नुहुन्छ वर्तमान क्षणको श्वासप्रश्वासको यथार्थलाई बोध गर्नुहुन्छ । जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ वा प्रतिक्षण काय र चित्तमा उत्पन्न भएका संवेदनालाई स्मृतिवान् र प्रज्ञावान् भएर अवलोकन गर्नुहुन्छ त्यस क्षणमा पनि तपाईं वर्तमान क्षणमा नै बाच्नुहुन्छ ।

साधनाकालमा जब तँपाई चञ्चल मनलाई खिचेर समभावमा राख्नुहुन्छ वर्तमानमा नै बाँच्नुहुन्छ । जब तपाईं कर्म, वाणी, आजीविकाका क्षणमा सम्यक स्थितिमा रहनुहुन्छ वर्तमानमा नै बाँच्नुहुन्छ । यसरी तपाईं विपश्यना साधनाका सम्पूर्ण क्षणमा वर्तमानमा नै बाच्नुहुन्छ । जब तपाईं यस साधना प्र्रक्रियाद्वारा मनलाई संवेदनाहरूप्रति समभावी बनाउँदै अन्ततः चित्तको पूर्ण समभावी स्थिति प्राप्त गर्नुहुन्छ वा निर्वाण प्राप्त गर्नुहुन्छ यही नै पूर्ण वर्तमानको स्थिति भएकाले तपाईं वर्तमान नै बाच्नुहुन्छ । यसरी विपश्यना साधनामा तपाईं सम्पूर्ण स्थितिमा वर्तमानमा बाँच्नुहुन्छ ।

१४. विपश्यना सार्वजनिक, सार्वदेशिक, सार्वकालीक साधना मार्ग हो

विपश्यना धम्म वा प्रकृतिका नियमहरूमा आधारित सार्वजनिक, सार्वकालीक, सार्वदेशिक साधना हो । यो भगवान् बुद्धले स्वयं निर्वाण गर्नुभएको निजी साधना पनि होइन । भगवान्ले त प्रकृतिमा छिपेको बन्धन र निर्वाणको अदृश्य र रहश्यमय प्रक्रियालाई स्वप्रयासद्वारा पहिल्याएर प्रकाश पार्नुभएको मात्र हो । विपश्यना बुद्ध धर्मालम्बीहरूको मात्र साधना पनि होइन वा बुद्ध धर्मालम्बीहरूले मात्र यस साधनाबाट निर्वाण प्राप्त गर्ने गर्दैनन् । अपितु प्रकृतिको शाश्वत नियमहरूमा आधारित यो साधना सबै धर्म, जाति, देश, काल, सम्प्रदाय, धार्मिक मान्यता भएका व्यक्तिलाई समानरूपमा लागू हुनपुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 542 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 764 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 678 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 634 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 640 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 600 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 556 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 897 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 695 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 711 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 605 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 617 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 661 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 607 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 613 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 674 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 649 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 709 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 864 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 671 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 593 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 562 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 667 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 578 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 619 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 656 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 539 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 975 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 988 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 888 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 607 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 607 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 730 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 660 0
७.५ सम्यक समाधि साधना 1/11/2023 925 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 721 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 954 0
७.२ सम्यक वाणी साधना 1/11/2023 793 0
७.१ सम्यक कर्म साधना 1/11/2023 713 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 622 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 576 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 565 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 506 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 661 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 586 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 697 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 569 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 632 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 692 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 672 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 622 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 630 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 549 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 481 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 638 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 691 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 637 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 596 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 719 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0