भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.१ सांसारिक वैराग्य र दरबार त्याग

0 टिप्पणीहरू 720 आगन्तुकहरू

जब विपश्यना साधनाको चर्चा चल्छ यस क्षणमा भगवान् बुद्धको छ वर्षसम्मको साधना सङ्घर्षलाई बिर्सन सकिन्न । निर्वाणको खोजीमा दरबार त्याग गरेपश्चात् भगवान्ले झण्डै ६ वर्षसम्म अनेक प्रकारका आंशिक, भ्रमपूर्ण, असत, मिथ्या प्रकृतिका निर्वाण साधनाविधिका कारण जुन सङ्घर्ष भोग्नुप¥यो ती साधना सङ्घर्षलाई विस्मरण गर्न सकिन्न ।

निर्वाणका दृष्टिले मिथ्या साधनाविधिकै कारण वर्तमान समयमा पनि असङ्ख्य निर्वाणाभिलाषी साधकहरू विभिन्न धर्म, ईश्वर, गुरु, दर्शन, सम्प्रदाय आदिद्वारा प्रचार गरिएका अनेक प्रकारका अपूर्ण, मिथ्या, भ्रामक, असत प्रकृतिका साधनाका कारण साधना सङ्घर्षमा फसिरहेको छन् । आध्यात्मिक क्षेत्रको यस्तो भयावह स्थितिमा भगवान् बुद्धको साधना सङ्घर्षको कथाले साधकलाई सत्य साधना मार्गमा प्रवेश गर्न प्रेरित गर्ने हुनाले भगवान् बुद्धको साधना सङ्घर्षको कथा अझ बढी स्मरण योग्य बन्न पुगेको छ ।

निर्वाणको खोजीमा गृहत्याग गरेपश्चात् भगवान्ले कुनकुन साधना गर्नुभयो ? भगवान्ले कुनकुन गुरुहरूको शिष्यत्व ग्रहण गर्नुभयो ? भगवान्ले किन ती गुरुहरूको शिष्यत्व त्याग गर्नुभयो ? किन अन्ध श्रद्धा, भक्ति, विश्वासको मार्ग नरोजी भगवान्ले निर्वाणको प्रामाणिक अनुभूतिपूर्ण साधना मार्ग रोज्नुभयो ?यस निर्वाण साधनाको क्रममा उहाँले कुनकुन साधना सङ्घर्ष भोग्नुभयो ?यी साधना सङ्घर्षमा उहाँले केकस्ता शारीरिक, मानसिक, आध्यात्मिक परिणाम प्राप्त गर्नुभयो ? अन्ततः उहाँले कसरी आफ्नै प्रयासले मध्यमार्गी विपश्यना साधना मार्ग पहिल्याउनुभयो ? यस्ता अत्यन्त महत्वपूर्ण प्रश्नमाथि दृष्टि नदिई वा भगवान्को साधना सङ्घर्षलाई बेवास्ता गरेर विपश्यना साधनालाई व्याख्या गरियो भने त्यो व्याख्या अपूर्ण हुने हुनाले यस अध्यायमा भगवान् बुद्धको निर्वाणप्राप्ति पूर्वको साधना सङ्घर्षलाई सङ्क्षेपमा अवलोकन गर्ने प्रयास गरिएको छ ।

जब तपाईं भगवान् बुद्धको जीवनलाई गहिरिएर अध्ययन गर्नुहुन्छ तपाईं यो तथ्यमा स्पष्ट हुनुहुन्छ कि भगवान् बुद्धले कैँयौँ जन्मदेखि निर्वाणप्राप्तिका लागि अनेक साधना गर्दै आइरहनुभएको थियो । यसरी जन्म–जन्मान्तरदेखिको साधनाका कारण भगवान्मा पारमिता वा आध्यात्मिक सम्पदा सङ्ग्रह हुँदै गइरहेको थियो । यिनै पूर्वजन्मका साधना वा पारमिताका कारण बालक अवस्थादेखि नै भगवान्को मनमा सांसारिक विषयहरूप्रति वैराग्यका भाव उत्पन्न हुन थालिसकेका थिए ।

जतिजति भगवान् युवा हुँदै जानुभयो उहाँमा सांसारिक वस्तुहरूप्रतिको वैराग्यभाव झन्झन् विस्तार हुँदै गए । सांसारिक वस्तुहरूप्रतिको उहाँको यही सघन वैराग्यका कारण भगवान्ले ऋतुकालीन दरबार, सुन्दरी सेविकाहरूका नृत्य, मधुर सङ्गीत, सेवा आदि राजकुमारको हैसियतले प्राप्त हुने सम्मान, राजसभाको विशिष्ट सम्माननीय पद आदि सांसारिक प्राप्तिहरूमा कुनै सार तत्व देख्न सक्नुभएन । जुन वैभव, भोग, सम्मान आदि सांसारिक वस्तु प्राप्त गर्न संसारका मानिस मरिहत्ते गर्छन्, जीवन, नै अर्पण गर्छन् तीनै सांसारिक प्राप्तिले भगवान्को मनमा गहन प्रश्न उठाइरहे । ती असत वस्तुले स्वयंमा छिपेको असत पक्षलाई उदभाषित गरेर भगवान्को सांसारिक विषयहरूप्रतिकोे वैराग्यलाई झन्झन् विस्तार गरिरहे । एक अमूल्य जीवन असत वस्तुहरूको माझमा रमाएर खेर गइरहेको बोध गराइरहे ।

अन्ततः जब एक दिन भगवानले एक वृद्ध, एक बिरामी, एक मृत व्यक्तिलाई देख्नुभयो ती दृश्यले भगवान्को मनमा वर्षौदेखि उठिरहेका सांसारिक विषयहरू, भोगहरू प्राप्तिप्रतिका वैराग्यपूर्ण विचारलाई झन्झन् विस्तार गरिदिए । असत जगत र असत जगतका विषयप्रतिको वैराग्यपूर्ण विचारका तीव्र प्रवाहमा भगवान्ले सांसारिक जीवनलाई त्याग गर्ने निर्णय गर्नुभयो । अन्तत एक वैशाख पूर्णिमाका मध्यरातमा भगवान् (तत्कालीन युवराज) ले सत तत्व वा निर्वाणको खोजीमा दरबारलाई त्यागिदिनुभयो, सांसारिक विषयलाई त्यागिदिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 542 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 764 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 680 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 634 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 640 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 600 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 556 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 897 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 695 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 711 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 605 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 617 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 661 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 607 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 613 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 674 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 649 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 709 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 866 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 671 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 593 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 562 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 667 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 578 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 619 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 656 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 539 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 975 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 988 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 888 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 608 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 607 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 730 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 660 0
७.५ सम्यक समाधि साधना 1/11/2023 925 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 723 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 954 0
७.२ सम्यक वाणी साधना 1/11/2023 793 0
७.१ सम्यक कर्म साधना 1/11/2023 713 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 622 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 576 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 565 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 506 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 661 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 586 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 697 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 569 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 632 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 693 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 672 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 622 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 631 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 549 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 481 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 638 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 691 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 639 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 596 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 799 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0