भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.९ असफल कठोर देहपीडक साधना

0 टिप्पणीहरू 641 आगन्तुकहरू

जब भगवान्ले देह, इन्द्रियहरू र मनलाई कठोर तपस्याबाट नियन्त्रणमा लिई मोक्ष प्राप्त गर्ने साधना प्रारम्भ गर्नुभयो भगवान्ले यस साधनाको प्रारम्भ अल्प आहारबाट गर्नुभएको थियो । भगवान्को विचारमा देह, इन्द्रियहरू र मनको चञ्चलताको मूल कारण शारीरिक र मानसिक आहार नै थिए । यही कारण शरीर र इन्द्रिलाई नियन्त्रणमा लिन भगवान्ले शनैःशनैः अन्न ग्रहण कम गर्दै जानुभयो । अन्ततः भगवान् यति अल्पहारी हुनुभयो कि उहाँ दिनमा एक दुई गास मात्र खाने गर्नुहुन्थ्यो । यसरी देह र इन्द्रियलाई अल्पाहारद्वारा नियन्त्रणमा लिन प्रयास गरेपश्चात् मनलाई नियन्त्रणमा लिन उहाँले ध्यान साधनाको साहारा लिनुभयो, जुन ध्यान साधना विद्या उहाँले गुरु आलार कालम र उद्धक रामपुत्तबाट प्राप्त गर्नुभएको थियो । ती दिनहरुमा भगवान् दिनमा एक पल्ट अलिकति आहार ग्रहण गर्ने बित्तिकै एक गहन ध्यानमा डुबिहाल्नुहुन्थ्यो ।

यो कठोर देहपीडक अल्पाहार तपस्याले बिस्तारै भगवान्मा शारीरिक परिवर्तनका लक्षण देखा पर्न थाले । भगवान् दुब्लाउँदै र निर्बल हुँदै जानुभयो । भगवान्को स्वर्ण वर्ण सुन्दर शरीर (स्मरणरहोस्– भगवान् बत्तीस लक्षणयुक्त अत्यन्त सुन्दर राजकुमार हुनुहुन्थ्यो) को त्वचा कालो हुँदै गयो । त्वचाको शुद्ध, स्वच्छ, निर्मल छवि नष्ट हुँदै गयो । शरीर क्षीण हँुदै गएर हाडका ढाँचा मात्र शेष रह्यो । ती दिनमा भगवान्को देह यति क्षय भएर गयो कि पेटमा हात लगाउँदा पिठ्यूको हड्डीलाई स्पर्श गथ्र्याे । आँखागहिराइमा धसिएका थिए । अनुहारका छाला पूर्णरूपमा खुम्चिएको थियो । उहाँ हिड्न पनि असमर्थ हुनुहुन्थ्यो । यस्तो कठिन तपस्याका कारण शरीर बलहीन, भोक, तिर्खाले हैरान, मन थकावटले एकाग्रहीन र अशान्त भयो । अन्ततः भगवान् मृत्युको समीपमा पुग्नुभयो तर यस्तो कठिन साधनाबाट पनि भगवान्ले निर्वाण प्राप्त गर्न सक्नुभएन ।

विगतका कैँयौँ वर्षदेखि भगवान्ले अनेक प्रकारका निर्वाण साधनाविधिलाई आफैँमा प्रयोग गर्नुभएको थियो । ती साधनाका परिणामलाई निर्वाणको कसीमा मूल्याङ्कन गर्नुहुन्थ्यो । जब भगवान्लाई स्वअनुभूति वा मूल्याङ्कनमा कुनै साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ छ भन्ने निश्चय हुन्थ्यो तत्कालै त्यस साधनाविधिलाई त्यागिदिनुहुन्थ्यो ।

साधनाविधिलाई निर्वाणको कसीमा मूल्याङ्कन गर्ने परम्पराअनुरूप भगवान्ले यस कठिन कायपीडक साधनालाई पनि मूल्याङ्कन गर्नुभयो । यस क्रममा भगवान्ले यस्ता कठोर देह तपस्याका कारण निर्वाण प्राप्ति त कता हो कता उल्टै उहाँको शरीर पूर्णतः नष्ट, बलहीन, भोक प्यासले व्याकुल, थकित र मृत्युतर्फ बढिहेको छ भन्ने यथार्थ बोध गर्नुभयो ।
कायको अवस्थाबारे निरीक्षण पश्चात् जब भगवान्ले स्वयंको चित्त क्षेत्रको मूल्याङ्कन गर्नुभयो तर यस्तो कठोर देहतपस्यापश्चात् पनि उहाँका चित्तका विकार जस्ताको तस्तै उपस्थित रहेको बोध प्राप्त गर्नुभयो । के तथ्य स्पष्ट थियो भने यस देह, इन्द्रिय र मनलाई नियन्त्रण गर्न गरिएको कठोर साधनाविधि पनि अन्य निर्वाण साधनाझैँ अपूर्ण, असत, भ्रामक, मिथ्या, मोक्ष प्रदान गर्न असमर्थ र विपरीत परिणामदायी थियो । यस्तो कठिन देहपीडक तपस्यालाई निरन्तरता दिनुको अर्थ हुन्थ्यो मृत्युलाई निम्त्याउनु । अन्ततः भगवान्ले यस किसिमको देहपीडक साधनालाई त्याग गर्ने निर्णय गर्नुभयो । स्मरणरहोस्– निर्वाण पश्चात् भगवान्ले प्रदान गर्नुभएको प्रथम धर्मदेशना वा धर्मचक्र प्रवर्तन सुत्तमा यस दुष्कर देहपीडक साधनालाई निर्वाण साधनाको एक अतिको रूपमा व्याख्या गर्दै निर्वाणाभिलाषी साधकले यस साधनालाई ग्रहण गर्न नहुने बताउनुभएको छ । देह वा जीवन रहे मात्र साधनालाई निरन्तरता दिएर निर्वाण प्राप्त गर्न सम्भव हुने हो । अन्ततः भगवान्ले भोजन ग्रहण गर्ने निर्णय लिनुभयो र भोजन ग्रहण गर्न प्रारम्भ गर्नुभयो ।

जतिबेला भगवान्ले कठिन देहपीडक तपस्या गरिरहनुभएको थियो त्यतिबेला भगवान्लाई निर्वाण प्राप्त भएपश्चात् आफूलाई पनि सत्य निर्वाण साधनाविधि प्राप्त हुन्छ भन्ने अभिलाषाले पाँच भिक्षुहरू पनि भगवान्को समीपमा तपस्या गरिरहेका थिए । जब ती पाँच भीक्षुहरूले भगवान्ले भोजन ग्रहण गर्नुभएको देखे उनीहरूले भगवान् भोगको संसारमा फर्किनुभएको, निर्वाण साधना मार्गबाट भ्रष्ट हुनुभएको, निर्वाण प्राप्तिको सम्भावनाबाट टाढा पुग्नुभएको निस्कर्ष निकाल्दै उहाँलाई त्याग गरी स्वसाधनाका लागि काशीतर्फ गए । भगवान्ले निर्वाण प्राप्तिपश्चात् प्रथम धर्म देशना, जुन धर्मचक्र प्रवर्तनको नामले प्रसिद्ध छ यिनै पाँच वा पञ्चवर्गीय भिक्षुहरूलाई प्रदान गर्नुभएको थियो ।

भोजन गर्नुभए पश्चात् भगवान्को शरीर पहिलेकै अवस्थामा फर्किन थाल्यो । भगवान्को शरीरमा स्वस्थताका लक्षण शनैःशनैः प्रकट हुन थाले । भगवान् क्रमशः स्वस्थ हुँदै गइरहनुभएको थियो । ती अन्योलका दिनमा भिक्षाटन गरेर फर्किए पश्चात् भगवान् बोधिवृक्षको शीतल छायाँमा शान्त भएर बस्ने गर्नुहुन्थ्यो । लामो असफल निर्वाण साधना यात्रा, जुन यात्रामा उहाँको झण्डै छ वर्षको समय व्यतीत भइसकेको थियो, जुन यात्रामा उहाँले झण्डै मृत्युलाई प्राप्त गर्नुभएको थियो भगवान् तीनै निर्वाण साधनाका यात्राहरूमाथि चिन्तन गरिरहनुहुन्थ्यो । उहाँको मनमा बारम्बार प्रश्न आखिर किन यी अनेक साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ भए ? भन्ने प्रश्न उठिरहन्थ्यो । ती दिनमा भगवान्को जीवन स्थिर झैँ थियो । न त उहाँसँग अगाडि बढ्ने साधना मार्ग थियो न त पुनः भोगको सारहीन संसारमा फर्कन उहाँको मनले स्वीकार गरिरहेको थियो । जगतप्रतिको वैराग्य उहाँका मनमा जस्ताकोतस्तै थियो । निर्वाण खोजको यति लामो असफलता पश्चात् पनि उहाँको मनको एक कुनामा आशाको मसिनो यस्तो आवाज उठिरहन्थ्यो कि निर्वाण सत्य छ । निर्वाणसम्म पुग्ने सत्य मार्ग पनि उपस्थित छ । फेरि सत्य निर्वाण मार्ग अदृष्य नै थियो । स्वयंको जीवनभित्र छिपेको सत तत्वसम्म पुग्ने मार्ग पहिल्याउन अत्यन्त दुरुह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 590 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1017 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 813 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 734 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 686 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 694 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 667 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 656 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 651 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 654 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 744 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2125 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 941 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 739 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 745 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 761 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 647 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 667 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 717 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 806 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 659 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 730 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 695 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 763 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 719 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 649 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 616 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 926 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 626 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 667 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 706 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 585 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 672 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 641 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1025 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1040 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 656 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 774 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 710 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 775 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1002 0
७.२ सम्यक वाणी साधना 1/11/2023 851 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 668 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 626 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 552 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 709 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 725 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 897 0
६.१ दुःख आर्य सत्य 1/11/2023 682 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 747 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 619 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 606 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 701 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 636 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 740 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 747 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 529 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 690 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 676 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 693 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 656 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 769 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 883 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2637 0