५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

0 टिप्पणीहरू 648 आगन्तुकहरू

अध्याय चारमा भगवान् बुद्धले निर्वाणपश्चात् बोध गर्नुभएको प्रकृतिको प्रतित्यसमुत्पाद नियमको व्याख्या गरिसकिएको छ । प्रकृतिको यस शाश्वत नियमले कसरी चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) प्राप्त गर्दा मानिसमा अनुलोमको चक्र (दुःखचक्र, भवचक्र, लोकचक्र) उत्पन्न गर्छ र कसरी यही नियमले चित्तको सम वा शुद्ध संस्कार (संवेदना भोग नगर्ने स्वभाव) प्राप्त गर्दा साधकमा प्रतिलोमको चक्र (धर्मचक्र र निर्वाण चक्र) उत्पन्न गर्छ ? भन्नेबारे स्वयं सम्यक सम्बुद्धले व्याख्या गर्नुभएको सत्यबारे माथि प्रकाश पारिसकिएको छ ।

प्रतित्यसमुत्पाद नियमको सीमितपक्ष के छ भने यस नियम स्वयंले चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई उत्पत्ति गर्दैन । प्रकृतिको शाश्वत नियमले जुन संस्कार बीज प्राप्त गर्छ त्यसअनुरूप चक्रीयरूपमा परिणाम मात्र प्रदान गर्छ । यदि प्रतित्यसमुत्पादको नियम स्वयंले चित्तमा संस्कार उत्पन्न गर्दैन भने यस स्थितिमा के प्रश्न उठ्छ भने आखिर प्रतित्यसमुत्पादको यस नियमलाई संस्कार बीज कसले प्रदान गर्छ त ? वा प्रतित्यसमुत्पादको नियमले कसरी (कुन स्रोत र कारण आदि) बाट संस्कार बीज प्राप्त गरी मानिसमा अनुलोमको चक्र (दुःखचक्र) र प्रतिलोमको चक्र (निर्वाणचक्र) उत्पन्न गर्छ ?

यस स्थितिमा स्वभाविकरूपमा के यस संसार वा मानिस धम्म वा प्रकृतिको यस शाश्वत नियम मात्र नभई प्रकृतिका अन्य शाश्वत नियम पनि उपस्थित छन् वा क्रियाशील छन् ? भन्ने प्रश्न पनि सँगै उठ्छ । यस प्रश्नको उत्तर प्राप्त गर्न सर्वप्रथम तपाईंले स्वयंमा स्वसञ्चालित, तपाईं स्वयंले दृष्टि नदिनुभएको, अदृश्य, रहश्यमय जीवन प्रक्रियाप्रति दृष्टि दिन आवश्यक छ । स्वयंमा क्रियाशील जीवन प्रक्रियालाई गहनरूपमा अवलोकन, विश्लेषण, अध्ययन गर्न आवश्यक छ । त्यसैले आउनुहोस् यसलाई स्वयंको जीवनमा स्वतः चलिरहेका अनेक अदृश्य जीवन प्रक्रियालाई अवलोकन गरेर सत्य उत्तर प्राप्त गर्ने प्रयास गरौँ ।

जब तपाईं स्वयंको जीवनलाई गहिरिएर अवलोकन गर्नुहुन्छ तपाईं स्वयंको जीवनमा असङ्ख्य (अर्बौँ) संस्कार सङ्ग्रह भएको देख्नुहुन्छ । यस क्षणमा के प्रश्न उठ्छ भने आखिर तपाईंको जीवनमा कसरी वा के कारणले यी असङ्ख्य संस्कार उत्पत्ति र सङ्ग्रह भए ? तपाईंमा यी संस्कारका उत्पत्ति, सङ्ग्रह आदि अकारण भएका होलान् कि संस्कारहरूका उत्पत्ति, सङ्ग्रह आदिका पछाडि धम्म वा प्रकृतिको कुनै शाश्वत नियम पनि छिपेका होलान् ?
त्यस्तै जब तपाईं कुनै विषयलाई बारम्बार भोगिरहनुहुन्छ तपाईंको साधारण विषय भोग (विषय संवेदना भोग) का संस्कार विस्तार हुँदै गएर विषय आशक्तिमा परिणत हुन पुग्छ । विषयप्रतिको यस आशक्ति पनि विस्तार भएर तपाईंको गुण (प्रकृति, धर्म र स्वभाव आदि) मा परिवर्तन हुन पुग्छ । पुन प्रश्न उठ्छ कि कसरी एक साधारण विषयको संस्कार विषयप्रतिको आशक्ति वा गुणमा परिणत हुन्छ ? के यो विषयप्रतिको आशक्ति वा गुण विकास प्रक्रियाका पछाडि प्रकृतिको कुनै शाश्वत नियम छिपेको हुन सक्छ ? कि तपाईंको यस विषयप्रतिको आशक्ति वा गुणको विकास पनि अकारण घटित भइरहेको होला ?

त्यस्तै जब कुनै एक साधारण संस्कार विस्तार भएर तपाईंको गुण बन्छ । तपाईंमा सो गुण स्वत प्रकट भइरहन्छ । तपाईंमा गुणअनुरूप नै प्रतिक्षण विचारहरू उत्पन्न भइरहन्छन् । कर्महरू घटित भइरहन्छन् । प्रश्न उठ्छ कि तपाईं (मानिस) मा गुण किन स्वतः प्रकट हुन्छ ? किन तपाईंमा गुणअनुरूप विचारहरू, कर्महरू घटित हुन्छन् ? के यो गुण प्रकटीकरणका पछाडि धम्म वा प्रकृतिको शाश्वत नियम छिपेका हुन सक्छ ? कि यस गुण प्रकटीकरण पनि अकारण घटित भइरहेको छ होला ?

त्यस्तै जब तपाईंमा कुनै गुणको विकास हुन्छ तपार्इँ स्वतः सजातीय गुण भएका विषय वा व्यक्तितर्फ आर्कषित हुनुहुन्छ । साथै तपाईंको जस्तै सजातीय गुण भएका विषय वा व्यक्ति पनि तपार्इँप्रति स्वतः आर्कषित हुन्छन् ? सजातीय गुण भएका विषय र व्यक्ति एक अर्काप्रति किन आर्कषित हुन्छन् ? यो पनि अकारण घटित हुन्छ कि यसका पछाडि प्रकृतिको कुनै शाश्वत नियम छिपेको हुन सक्छ ?

के तपाईंले माथि व्याख्या गरिएका प्रक्रियाहरू, जसले तपाईंको जीवनलाई गहिराईमा पुगेर प्रभाव पारिरहेको छ । जसले गर्दा तपाईंको जीवनको दुःख, सुखलाई प्रभावित पारिरहेको छ । के तपाईंले यी अदृश्य जीवन प्रक्रियालाई बोध गर्नुभएको छ ? के तपाईंले स्वयंको जीवनमा जेजे आन्तरिक वा बाह्य परिणाम प्राप्त भएका छन् ती किन वा कसरी प्राप्त भए भनेर अवलोकन वा चिन्तन गर्नुभएको छ ?

विपश्यना साधनामा शाश्वत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस्

मानिसको जीवनमा जुन संस्कार बीज सङ्ग्रह, संस्कार बीज विस्तार, गुण विकास, गुण प्रकटीकरण, गुण आर्कषण आदिको जुन अदृश्य प्रक्रिया चलिरहेको छ तपाईं ती प्रक्रियालाई विपश्यना साधनामा पनि स्पष्टरूपमा देख्न सक्नु हुन्छ ।

जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ तपाईंमा साधना संस्कारको जन्म हुन्छ । तपाईंको चित्तमा समभावको उत्पत्ति हुन्छ । जब तपाईं साधनालाई निरन्तरता दिइरहनुहुुन्छ शनैःशनैः विपश्यना साधना नै तपाईंको गुण बन्छ । यसरी साधनामा गुण बारम्बार ‘स्वतः प्रकट’ हुँदा तपाईं साधनामा प्रवेश गर्नुहुन्छ । तपाईं स्वतः सजातीय गुण भएका व्यक्ति वा विषयप्रति आर्कषित हुन थाल्नुहुन्छ । शनैःशनैः यही साधना प्रक्रियाद्वारा चित्तका संस्कारहरूलाई नाश गर्दै तपाईंले सोतापन्ना, सकृदागामी, अनागामी र अरहंत अवस्था प्राप्त गर्नुहुन्छ । शुद्ध चित्तको स्थिति वा निर्वाण प्राप्त गर्नुहुन्छ ।

यस्तो अवस्थामा पनि प्रश्न उठ्छ कि तपाईंमा साधना संस्कारको उत्पत्ति कसरी हुन्छ ? तपाईंको चित्तमा समभावको संस्कार कसरी उत्पत्ति हुन्छ ? कसरी तपाईंको प्रथम साधना संस्कार विस्तार भएर साधना गुणमा परिवर्तन हुन्छ ? किन तपाईंको साधना गुण प्रकट हुन्छ ? वा किन तपाईं पुनःपुनः साधनामा प्रवेश गर्नुहुन्छ ? किन वा कसरी चित्तका संस्कार नष्ट भएर शुद्ध समभावी चित्तको स्थिति उत्पत्ति हुन्छ ?

माथि भनिएका परिणाम कुनै एकाध विपश्यी साधकले मात्र प्राप्त गर्दैनन् अपितु विधिपूर्वक विपश्यना साधना गर्ने प्रत्येक साधकले अन्ततः यिनै परिणाम प्राप्त गर्छन् । यस्तो स्थितिमा पनि प्रश्न उठ्छ कि आखिर किन साधनामा प्रवेश गर्ने ‘प्रत्येक’ साधकमा साधना बीज सङ्ग्रह, साधना बीज विस्तार, साधना गुण प्रकटीकरण, सजातीय गुण भएका विषय वा व्यक्तिप्रति आर्कषण, संस्कार उच्छेद, चित्त शुद्धी र अन्ततः निर्वाण प्राप्ति आदि परिणाम ‘अकाट्य’ वा समानरूपमा प्राप्त हुन्छन् ? के यो प्रत्येक साधकले प्राप्त गर्ने अकाट्य समान परिणामका पछाडि प्रकृतिका शाश्वत नियम छिपेका छन् ? कि यी परिणाम पनि अकारणै प्राप्त भइरहेका हुन्छन् ? यदि यी परिणाम अकारण प्राप्त भएका छन् भने किन प्रत्येक साधकले प्राप्त गर्ने परिणाम समान हुन्छन् ?

दुर्भाग्यपूर्ण कुरा के छ भने वर्तमान समयमा पनि बन्धन र निर्वाणको मूल कारण प्रकृतिका यिनै शाश्वत नियमका रहश्यलाई बुझ्न नसकी असङ्ख्य साधक निर्वाण प्राप्तिका नाममा अनेक कर्मकाण्डीय साधनाविधिमा अल्झिरहेका छन् । अनेक सम्प्रदाय, गुरु, माला, आभूषण, मत, दर्शन ग्रहण गरिरहेका छन् । प्रकृतिका शाश्वत नियमहरू (स्मरणरहोस् तपाईं प्रकृतिका यी शाश्वत नियमलाई ईश्वरीय नियम पनि भन्न सक्नुहुन्छ) लाई बुझ्न असमर्थ भई ‘मोक्ष वा निर्वाण’ शब्दको वरिपरि कर्मकाण्डको यति डरालाग्दो पहाड खडा गरेका छन् कि प्रकृतिकै शाश्वत नियमहरूकै कारण साधकहरूले निर्वाण विपरीत परिणाम प्राप्त गरिरहेका छन् । यसैले निर्वाण साधनाका गम्भीर साधकले बन्धन र मोक्षको केन्द्रमा अवस्थित धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियमसँग परिचित हुन आवश्यक हुन्छ ।

के हुन् धम्म (प्रकृति) का नियमहरू ?

यदि तँपाई प्रतिक्षण संसारका प्रत्येक मानिसमा घटिरहेका (माथि व्याख्या गरिएका) संस्कार बीज उत्पत्ति, संस्कार बीज विस्तार, गुण विकास, गुण प्रकटीकरण, बीजअनुरूपको गुण उच्छेद आदि प्रक्रिया अकारण घटिरहेका छैनन् । अर्थात् कुनै कारण घटित भइरहेका छन् भन्ने तथ्यलाई स्वीकार गर्नुहुन्छ भने वा प्रतित्यसमुत्पादको नियमले संस्कार बीज प्राप्त गरी दुःखचक्र वा निर्वाणचक्र उत्पन्न गर्नलाई प्रकृतिका अन्य शाश्वत नियमहरूको पनि सहयोग वा क्रियाशीलता आवश्यक हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्नुहुन्छ भने यस क्षणमा एक महत्वपूर्ण प्रश्न के उठ्छ भने आखिर प्रकृतिका अन्य शाश्वत नियम भनेका केके हुन् ? प्रकृतिका यी शाश्वत नियमका कार्य वा भूमिका केके हुन् ?

जब तपाईं भगवान् बुद्धका बचनहरूको सङ्ग्रह त्रिपिटकलाई गहिरिएर अध्ययन गर्नुहुन्छ भने अवश्य तपाईंले भगवान् बुद्धले व्याख्या गर्नुभएका प्रकृतिका विभिन्न शाश्वशत नियमलाई विभिन्न स्थानमा देख्न सक्नुहुन्छ । भगवान्ले प्रकृतिका यी शाश्वत नियमलाई कतै ‘प्रत्यक्ष’ कतै ‘अप्रत्यक्ष’ र कतै ‘साङ्केतिक’ रूपमा व्याख्या गर्नुभएको छ । भगवान् बुद्धका वचनहरूलाई गहिरिएर अध्ययन गर्दा मानिसको जीवनसत्तामा प्रकृतिका ६ वटा शाश्वत नियम क्रियाशील भएको तथ्य स्पष्टरूपमा देख्न सकिन्छ । भगवान् बुद्धले (प्रत्यक्ष, अप्रत्यक्ष, साङ्केतिक) रूपमा व्याख्या गर्नुभएका धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम यस प्रकार छन्–

१.संस्कार वा बीज सङ्ग्रहको नियम
२.संस्कार वा बीज विस्तारको नियम
३.संस्कार वा गुण प्रकटीकरणको नियम
४.संस्कार वा गुण आकर्षणको नियम
५.प्रतित्यसमुत्पाद वा कारण–कार्य–कारण नियम
६.संस्कार वा गुण उच्छेदको नियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 540 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 762 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 759 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 676 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 632 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 638 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 565 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 598 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 595 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 598 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 688 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 554 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2047 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 895 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 693 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 709 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 603 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 615 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 659 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 605 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 611 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 672 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 647 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 707 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 862 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 669 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 634 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 591 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 560 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 665 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 576 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 617 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 654 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 537 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 973 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 884 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 604 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 605 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 826 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 921 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 719 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 952 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 574 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 563 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 504 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 708 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 582 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 695 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 567 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 558 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 630 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 690 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 668 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 557 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 618 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 627 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 545 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 479 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 590 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 634 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 689 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 578 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 635 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 647 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 592 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 717 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 795 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0