धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम

0 टिप्पणीहरू 568 आगन्तुकहरू

संस्कार वा बीज विस्तारको नियम तपाईंको चित्तमा छिपेको धम्म वा प्रकृतिको त्यो शाश्वत नियम हो, जुन नियमले तपाईंको चित्तमा सङ्ग्रह भएको एक साधारण संस्कार बीज (संवेदना भोग गर्ने स्वभाव) लाई शनैःशनैः विस्तार गर्छ । यही शाश्वत नियमका कारण तपाईंको चित्तमा सङ्ग्रह भएका संस्कार बीज समयको धारामा विस्तार वा शक्तिशाली हुँदै गएर तपाईंको मूल स्वभाव वा गुणमा परिणत हुन पुग्छ वा साधारण संस्कार तपाईंको गुण, धर्म, स्वभाव, प्रकृति आदि बन्न पुग्छ ।

जब तपाईं कुनै विषयबाट उत्पन्न सुखद वा दुखद संवेदनालाई प्रथम पटक रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया दिनुहुन्छ वा भोग गर्नुहुन्छ त्यस क्षणमा यो सुखद वा दुःखद संवेदनाप्रति रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया गर्ने तपाईंको यो स्वभाव एक साधारण संस्कार बीजको रूपमा तपाईंको चित्तमा सङ्ग्रह हुन पुग्छ तर जब तपाईं विषयबाट उत्पन्न संवेदना सुखद वा दुखद भएकै कारण बारम्बार भोग गर्न थाल्नुहुन्छ ती क्षणमा प्रकृतिको यही शाश्वत नियमका कारण तपाईंको संवेदना भोग गर्ने स्वभाव पनि शनैःशनैः विस्तार वा शक्तिशाली हुन थाल्छ । अन्ततः यही नियमका कारण एक साधारण संस्कार बीज समयको धारामा विस्तार हुँदै गएर तपाईंको शक्तिशाली गुण वा विषयप्रति आशक्ति बन्न पुग्छ । यही गुण वा विषयप्रतिको आशक्ति नै तपाईंको जीवनको सम्पूर्ण विचार, चिन्तन, कर्मको केन्द्रविन्दु बन्न पुग्छ ।

मानिसमा छिपेको तीव्र कामवासन वा काम भोगबाट प्राप्त हुने सुखद संवेदनाप्रतिको तृष्णालाई यस नियमको परिणामको रूपमा लिन सकिन्छ । मानिसमा झाँगिएका डरलाग्दा सांसारिक वृृत्ति (काम, क्रोध, लोभ, मोह, इष्र्या, प्रतिरोध आदि) लाई पनि तपाईं यही बीज विस्तारको शाश्वत नियमको परिणामको रूपमा बुझ्न सक्नुुहुन्छ ।
जसरी यस शाश्वत नियमले सांसारिक संस्कारलाई विस्तार गरी मानिसमा विभिन्न प्रकारका भयानक सांसारिक गुण वा स्वभावको रूपमा विकास गर्छ त्यसैगरी प्रकृतिको यही शाश्वत नियम निर्वाण साधनाको क्षेत्रमा पनि लागू हुन्छ । जब तपाईं विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ साधनाको प्रारम्भिक दिनहरूमा तपाईं देह र मनको चञ्चलताका कारण साधनामा लघु समय पनि टिक्न सक्नुहुन्न र संवेदनाप्रति पनि समभावी बन्न सक्नुहुन्न तर जब तपाईं साधनालाई निरन्तरता दिइरहनुहुन्छ त्यस अवस्थामा प्रकृतिको यही शाश्वत नियमका कारण तपाईंको प्रथम विपश्यना साधनाको संस्कार बीज शनैःशनैः विस्तार हुन थाल्छ । परिणामस्वरूप तपाईं दीर्घकालसम्म स्थिरतापूर्वक साधना गर्न सक्षम बन्नुहुन्छ । विपश्यना साधना तपाईंको गुणमा परिणत हुन पुग्छ । तपाईं एक साधारण साधकबाट विकसित वा उच्च साधक बन्नुहुन्छ । यही नियमकै कारण तपाईं चौवीसै घण्टा साधनामा आतापी, स्मृतिवान् र संप्रज्ञानी बन्नुहुन्छ र अन्ततः निर्वाण प्राप्त गर्न सक्नुहुन्छ ।

स्मरणरहोस् यदि तपाईं जीवनमा वैभव, प्रेम, शान्ति, स्वास्थ वा अन्य कुनै पनि प्रकारका सफलता प्राप्त गर्न चाहनुहुन्छ भने पनि तपाईंले यिनै संस्कार बीजलाई सर्वप्रथम आफ्नै जीवनमा रोपी यिनै संस्कारलाई यही शाश्वत नियमको सहयोगमा विस्तार गरी निरन्तर विस्तार वा मलजल गरिरहनुपर्ने हुन्छ ।

भगवान्द्वारा धम्मपदमा संस्कार बीज विस्तारको यस शाश्वत नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतिकरूपमा व्याख्या गर्नुभएको छ । हेरौँ केही उदाहरण–

इध तप्पति पेच्च तप्पति, पापकारी उभयत्थ तप्पति ।
“पापं मे कतं” ति तप्पति, भिय्यो तप्पति दुगगतिं गतो ।।१७।।

अर्थात् पापीले यस संसारमा सन्ताप गर्छ, मरेर परलोक गएपछि पनि सन्ताप गर्छ । ‘मैले पाप गरेको छु’ भन्दै सन्ताप गर्छ । संस्कार वा बीज विस्तार नियमकाकारण झन् दुर्गति प्राप्त गरेर झन् बढी सन्ताप गर्छ ।

इध नन्दति पेच्च नन्दति, कतपुञ्ञो उभयत्थ नन्दति ।
“पुञ्ञं मे कतंति” नन्दति, भिय्यो नन्दति सुग्गतिं गतो ।।१८।।

अर्थात् पुन्यवान् मानिस यस लोकमा आनन्दित हुन्छ र परलोकमा गएर पनि आनन्दित हुन्छ । राम्रा काम गरेको ‘पुन्यकर्मी’ मानिस दुवै लोकमा आनन्दित हुन्छ । “मैले पुण्यकार्य गरेको छु” भन्दै आनन्दित हुन्छ । अन्ततः संस्कार वा बीज विस्तार नियमका कारण झन् सुगति प्राप्त गरेर झन् बढी आनन्दित हुन पुग्छ ।

अभिवादनसीलिस्स, निच्चं वुड्ढापचायिनो ।
चत्तारो धम्मा वड्ढन्ति, आयु वण्णो सुखं बलं ।।१०९।।

अर्थात् स्वभावैले विनम्र वृद्धजनको सेवा गर्ने मानिसका आयु, वर्ण, सुख र बल यी चार कुरा संस्कार वा बीज विस्तार नियमका कारण झन् बढेर जान्छन् ।

पापो पि पस्सति भद्रं, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ पापो पापानि पस्सति ।।११९।।

अर्थात् जबसम्म पाप परिपक्व हुँदेन तबसम्म पापीले पनि पापलाई राम्रो भलाइको रूपमा हेर्छ अनि जब उसका पाप संस्कार वा बीज विस्तार नियमका कारण विस्तार भई पाक्दै, छिप्पिँदै जान्छ त्यस बेला बल्ल पापीले पापहरूलाई देख्छ ।

भद्रो वि पस्सति पापं, याव भद्रं न पच्चति ।
यदा च पच्चति भद्रं, अथ भद्रो भद्रानि पस्सति ।। १२०।।

अर्थात् भद्र मानिसले पनि त्यस बेलासम्म पुण्यलाई पापकै रूपमा देख्छ जुन बेलासम्म पुण्य राम्ररी परिपक्व हुँदैन । जब संस्कार वा बीज विस्तार नियमका कारण पुण्य कार्यको फल पाक्न थाल्छ बल्ल उसले पुण्य कार्यलाई देख्छ ।

यं हि किच्चं अपविद्धं, अकिच्चं पन कयिरति ।
उन्नलानं पमत्तानं, तेसं वड्ढन्ति आसवा ।। २९२।।

अर्थात् जसले गर्नुपर्ने कामलाई छाडेर गर्न नहुने काम गर्छ । मैलो कसरले भरिएका त्यस्ता प्रमादीको आश्रव संस्कार वा बीज विस्तार नियमका कारण बढेर जान्छ ।

यं एसा सहते जम्मी, तण्हा लोके विसत्तिका ।
सोका तस्स पवड्ढन्ति, अभिवट्ठं व बीरणं ।।३३५।।

अर्थात् बारम्बार दुःख दिइरहने लालसा र तृष्णाले संसारमा जसलाई सताउँछ त्यस्तो मानिसका शोक संस्कार वा बीज विस्तार नियमका कारण यसरी बढ्दै जान्छ कि जसरी धेरै पानी परेपछि बन्सो वा काँस प्रजातिको बिरण अर्थात् घाँस हल्किन्छ ।

वितक्कमतितस्स जन्तुनो, तिब्बरागस्स सुचानुपस्सिनो ।
भिय्यो तण्हा पवड्ढति, एस खो दल्हं बन्धनं ।। ३४९।।

अर्थात् सन्देहले हुँडलिएका/खल्बलिएका, तीव्र रागले भरिएका, जताततै शुभ नै शुभ (रमाइलो÷सुख) देख्ने मानिसको तिर्सना संस्कार वा बीज विस्तार नियमका कारण झन्झन् बढेर जान्छ । त्यस्ता मानिसले आफ्नो बन्धनलाई अझै बढी कसेर दह्रिलो बनाइरहेका हुन्छन् ।

ते झायिनो साततिका, निच्चं दल्हपरक्कमा ।
फुसन्ति धीरा निब्बानं, योगक्खेमं अनुत्तरं ।।२३।।

अर्थात् जुन व्यक्ति निरन्तर ध्यानमा निमग्न हुन्छन्, सधैँ दृढ पराक्रम गर्छन् त्यस्ता धैर्यशाली मानिसले संस्कार वा बीज विस्तार नियमका कारणबेजोड योगक्षेम उत्तम कल्याण–स्वरूप निर्वाणको पद चुम्छन्/प्राप्त गर्छन् ।

मावमञ्ञेथ पापस्स, “न मन्तं आरररगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्धो पी पूरति ।
बालो पूरति पापस्स, थोकंथोकम्पि आचिनं ।।१२१।।

अर्थात् म पापी छैन वा पापमा रत छैन त्यसैले ऊ मसँग आउने छैन भनेर कहीँल्यै पनि पापको अवहेलना गर्नु हुँदैन । किनकि जसरी पानीका थोपाथोपा चुहेर पूरै गाग्री भरिन्छ त्यसैगरी थोरैथोरै पाप सञ्चय गर्दै जाँदा संस्कार वा बीज विस्तार नियमका कारण अज्ञानी मानिस त्यसले भरिन्छ ।

मावमञ्ञेथ पुञ्ञस्स, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
पूरति धीरो पुञ्ञस्स, थोकंथोकम्पि आचिनं ।।१२२।।

अर्थात् मैले पुण्य कमाएको छैन वा म पुण्यमा रत छैन त्यसैले ऊ मसँग आउने छैन भनेर कहीँल्यै पनि पुण्यको अवहेलना गर्नुहुँदैन । किनकि जसरी पानीका थोपाथोपा चुहेर पूरै गाग्री भरिन्छ त्यसैगरी थोरैथोरै पुण्य सञ्चय गर्दै जाँदा संस्कार वा बीज विस्तार नियमका कारण ज्ञानी मानिस त्यसले भरिन्छ ।

मनुजस्स पमत्तचारिनो, तण्हा वङ्ढति मालुवा विय ।
सो प्लवति हुराहुरं, फलं इच्छं व वनस्मिं वानरो ।।३३४।।

अर्थात् प्रमत्त भएर विषयमा विचरण गर्ने मानिसको तृष्णा संस्कार वा बीज विस्तार नियमका कारण‘मलुवा’ नामको लहरो झैँ बढ्दै जान्छ । फलहरू खोज्दै वनमा उफ्रिने वा फाल हाल्ने बाँदर जस्तै जन्म जन्मान्तरसम्म भड्किरहन्छ ।
धम्मपदका अन्य श्लोकका साथै त्रिपिटकका ग्रन्थहरूमा पनि भगवान्ले धम्मको संस्कार वा बीज विस्तारको शाश्वत नियमलाई उल्लेख गर्नुभएको छ । मोक्षका प्यासी साधकहरू स्वअध्ययनद्वारा यसबारे थप स्पष्ट हुन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 542 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 762 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 678 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 632 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 638 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 598 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 595 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 556 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 895 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 693 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 711 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 603 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 615 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 659 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 605 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 611 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 674 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 647 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 707 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 864 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 671 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 634 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 591 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 560 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 665 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 576 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 617 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 654 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 539 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 973 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 886 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 606 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 605 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 826 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 923 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 721 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 954 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 713 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 574 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 563 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 506 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 584 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 697 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 632 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 692 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 670 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 620 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 629 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 547 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 481 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 636 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 689 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 637 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 594 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 719 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 797 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0