आर्य अष्टाङ्गमार्ग साधना

७.७ सम्यक सङ्कल्प साधना

0 टिप्पणीहरू 775 आगन्तुकहरू

सम्यक सङ्कल्प साधना त्यस्तो साधना हो जुन साधनामा साधकले चित्तमा उत्पन्न हुने विचार, सङ्कल्प, विकल्प आदिका कारण चित्तमा उत्पन्न हुने अनेक प्रकारका कामना, तृष्णा, द्वेष, हिंसा आदिप्रति समभावी साधना गर्छ । सम्यक सङ्कल्पको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

“कतमो च, भिक्खवे, सम्मासङ्कप्पो ? नेक्खम्मसङ्कप्पो, अब्यापादसङ्गप्पो, अविहिंसासङ्कप्पो । अयं वुच्चति, भिक्खवे, सम्मासङ्कप्पो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक सङ्कल्प ? उत्तर हो नैष्क्रम्य (निष्कामता, निष्क्रमण, संसार त्याग), संसार त्याग सङ्कल्प, द्रोह नगर्ने सङ्कल्प, हिंसा नगर्ने सङ्कल्प । भिक्षुहरू ! यसैलाई सम्यक सङ्कल्प भनिन्छ ।

सङ्कल्पको अर्थ हो मनको चिन्तन मनन्, मनको सङ्कल्प, विकल्प । जब आर्य अष्टाङ्गमार्ग वा विपश्यना साधना सुरू हुन्छ तब साधनाका प्रारम्भिक दिनहरूमा वा (पूर्णरूपमा साधनाबाट मनका विकार नष्ट नभएको स्थितिसम्म) साधकको मनमा कामना, तृष्णा, द्वेष, हिंसा आदिसँग सम्बन्धित अनेक प्रकारका सङ्कल्प, विकल्प, विचार, तर्क, वितर्क मन वा चित्तमा उठिरहन्छन् । सम्यक सङ्कल्प साधनामा साधक चित्तमा यस्ता रागपूर्ण र द्वेषपूर्ण तथा मोहपूर्ण विचार उत्पन्न भएको क्षणमा पनि न खुसी हुन्छ न त दुःखी वा व्याकुल नै हुन्छ । न त उसले खुसी बनेर राग उत्पन्न गर्छ न व्याकुल बनेर दुःषित विचारलाई हटाउने द्वेषपूर्ण प्रयत्न नै गर्छ । उसले सम वा द्रष्टाभावले यी सङ्कल्प र विकल्पलाई अवलोकन गर्छ र यी सङ्कल्प र विकल्पप्रति स्मृतिवान् र प्रज्ञावान् बन्छ । यसप्रकार उसले मनमा सङ्कल्प, विकल्प उठ्ने बित्तिकै रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया दिने मनको स्वभावलाई नष्ट गर्छ र निवार्णतर्फ शनैःशनैः अगाडि बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 592 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1018 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 814 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 813 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 736 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 686 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 694 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 667 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 656 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 651 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 654 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 744 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 612 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2127 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 941 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 739 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 745 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 761 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 649 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 667 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 717 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 806 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 659 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 732 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 695 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 763 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 719 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 649 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 616 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 926 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 745 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 626 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 596 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 669 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 706 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 585 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 672 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 641 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1025 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1040 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 656 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 657 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 710 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 777 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1002 0
७.२ सम्यक वाणी साधना 1/11/2023 851 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 668 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 626 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 609 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 552 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 709 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 727 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 897 0
६.१ दुःख आर्य सत्य 1/11/2023 682 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 747 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 619 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 608 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 680 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 701 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 636 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 740 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 609 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 747 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 531 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 642 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 690 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 676 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 745 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 699 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 695 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 656 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 769 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 883 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2637 0