विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ?

0 टिप्पणीहरू 658 आगन्तुकहरू

भगवान् बुद्धले महासतिपट्ठान सुत्तमा विपश्यना निर्वाण साधनालाई “यस जगत्को एकमात्र सत्य निर्वाण साधना मार्ग” भनेर घोषणा गर्नुभएको छ । जब भगवान् अर्थात् सम्यक सम्बुद्ध विपश्यना साधनालाई जगत्को निर्वाण प्राप्तिको एक मात्र मार्ग सत्य साधना हो भनेर घोषणा गर्नुहुन्छ मोक्ष प्राप्तिका अनेक साधनाविधि प्रचलनमा रहेको वर्तमान सन्दर्भमा स्वभाविकरूपमा प्रश्न उठ्छन् कि आखिर किन भगवान् विपश्यना साधनालार्ई “एकमात्र सत्य निर्वाण साधनामार्ग हो” भनेर घोषणा गर्नुहुन्छ ? के संसारमा प्रचलित अन्य मोक्ष साधनाविधि साँच्चै निर्वाण प्रदान गर्न असमर्थ छन् ? के ती साधनामार्ग निर्वाणका मार्ग नै होइनन् ? के ती निर्वाण साधनाविधि चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) नाश गर्न असमर्थ छन् ? के ती साधनाविधि आंशिक, अपूर्ण, भ्रामक, मिथ्या प्रकृतिका साधनाविधि हुन् ? असङ्ख्य साधकहरूले अनेक प्रकारका साधनामा समाहित भई निर्वाण प्राप्त गर्न प्रयासरत रहेका वर्तमान अवस्थामा भगवान्का यी वचनलाई गहिराइमा पुगेर अवलोकन गर्न अत्यन्त आवश्यक छ ।

आखिर किन भगवान् वा सम्यक सम्बुद्धले विपश्यना साधनालाई संसारको एकमात्र निर्वाणमार्ग वा सत्य निर्वाण साधनाविधि हो भनेर घोषणा हुन्छ ? यस सत्यलाई स्पष्टरूपमा बुझ्न सर्वप्रथम चित्तको संस्कार भनेको के हो भन्ने प्रश्नलाई नै स्पष्टरूपमा बुझ्नुपर्ने हुन्छ । चित्तको संस्कार भनेको ‘विषयहरूप्रतिको राग–द्वेषपूर्ण आशक्ति’ हो कि ‘विषयहरूका कारण उत्पन्न हुने सुखद वा दुःखद संवेदनाहरूप्रतिको आशक्ति’ हो भन्ने कुराको सूक्ष्म भेदप्रति स्पष्ट हुनु आवश्यक हुन्छ ।

आखिर चित्तको संस्कार भनेको के हो ? संसारमा प्रचलित खासगरी हिन्दूधर्मसँग जोडिएका सम्पूर्ण मोक्षशास्त्रहरू मन वा चित्तको विषयप्रतिको तृष्णा वा आशक्ति नै संस्कार हो भन्ने मत राख्छन् । यही कारण उनीहरूले निर्वाण प्राप्तिका लागि मनको विषयप्रतिको आशक्तिलाई नष्ट गर्नुपर्छ भन्ने मान्यता राखेका छन् तर भगवान् बुद्ध यसमा सहमत हुनुहुन्न । उहाँ त्यसको गहिराइमा गएर भन्नुहुन्छ कि संस्कारको अर्थ मनको विषयप्रतिको आशक्ति वा तृष्णा नभई विषयबाट उत्पन्न हुने संवेदनाहरूप्रतिको आशक्ति वा तृष्णा हो ।

यसमा जब तपाईं गहिरिएर अवलोकन गर्नुहुन्छ त्यतिबेला तपाईं भगवान् बुद्धको मत नै सत्य हो भन्ने तथ्यमा स्पष्ट हुनुहुन्छ । तपाईंले यो पनि स्पष्ट देख्नुहुन्छ कि यथार्थमा मानिसले विषय नभई विषयबाट उत्पन्न संवेदनामाथि आशक्ति गर्छ । मानिसमा धूमपान, मद्यपान, कामभोग जस्ता विषयप्रति जुन आशक्ति वा संस्कार छ यथार्थमा त्यो तृष्णा वा संस्कार विषयसँग नभई संववेदनाहरूसँग जोडिएको हुन्छ । तपाईंले संवेदनाहरू सुखद भएकै कारण विषयहरूलाई भोग गर्नुहुन्छ ।

झट्ट सुन्दा विषयप्रतिको तृष्णा र विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको तृष्णा एकै हुन् अर्थात् पर्यायवाची हुन् भन्ने प्रतीत हुन्छ तर यी दुई मतका बीचमा छिपेको पृथक्ता वा भेद यति गहन छ कि यसको सूक्ष्म भेदलाई बुझ्न नसक्दा निर्वाण साधनाविधि नै प्रभावित हुन पुग्छ, साधनाको परिणाम नै प्रभावित हुन पुग्छ ।

जब तपाईं चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभाव नै संस्कार हो भन्ने तथ्यप्रति स्पष्ट हुनुहुन्छ तब तपाईं निर्वाण प्राप्तिका लागि चित्तको यस संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नुपर्छ, चित्तको संस्कार वा संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई नै संवेदनाहरूप्रति भोग नगर्ने प्रशिक्षण दिनुपर्छ भन्ने तथ्यहरूसँग पनि स्पष्ट हुन पुग्नु हुन्छ । यस्तो स्थितिमा तपाईं काय र चित्तका क्षेत्रमा उत्पन्न भइरहेका संवेदनालाई भोग नगरी जागरुक भएर यी संवेदना उदय र व्यय भइरहेका प्रक्रियालाई समभावी भएर अवलोकन गर्न थाल्नुहुन्छ । वास्तवमा यही नै विपश्यना साधना हो ।

जब तपाईं यसरी चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिनुहुन्छ तब तपाईंमा छिपेका धम्म वा प्रकृतिका शाश्वत नियमहरूले तपाईंमा धर्मचक्र उत्पन्न गर्दै निर्वाण प्रदान गर्छ । संवेदनामाथि गरिने विपश्यना साधनाले धम्मका शाश्वत नियमहरूका सहयोगमा धर्मचक्र उत्पन्न गरी कसरी चरणबद्धरूपमा तपाईंलाई निर्वाण प्रदान गर्छ भन्ने तथ्यको व्याख्या यही पुस्तकमा गरिएको छ ।

जब तपाईं संस्कार शब्दको सही अर्थ बुझ्न असमर्थ रहनुहुन्छ तब तपाईं संस्कारको अर्थ मनको विषयप्रतिको आशक्ति हो भनेर बुझ्नुहुन्छ । त्यस स्थितिमा चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिने साधनामा प्रवेश गर्नै सक्नुहुन्न । तँपाई काय र चित्तका क्षेत्रमा उत्पन्न भइरहेका जुन संवेदनालाई भोग गरी प्रतिक्षण दुःखी, सुखी भइरहनुभएको छ वा प्रतिक्षण संस्कारहरूलाई निर्माण र विस्तार गरिरहनुभएको छ त्यो सत्यप्रति दृष्टि नै दिनुहुन्न ।

त्यो क्षण हुन सक्छ, तपाईं विषय बन्धनको भयबाट मुक्त हुने आशले गृहस्थी, परिवार, श्रीमती आदि त्याग गरी हिमालय पर्वत, गुफा आदि एकान्त स्थलतर्फ लाग्नुहुन्छ । अथवा विषयबाट इन्द्रिय र मनलाई हटाउन देह पीडक कठोर तपस्यामा प्रवेश गर्नुहुन्छ । अथवा श्वासप्रश्वास, ईश्वर, गुरु, प्रकाश, ध्वनि आदिलाई आधार बनाएर अनेक प्रकारका मोक्ष साधनामा प्रवेश गर्नुहुन्छ । यस्तो स्थितिमा तपाईं गुरु कालम, उद्धक रामपुत्त वा स्वयं भगवान्झैँ साधनाका कारण केही न केही आध्यात्मिक उपलब्धि त प्राप्त गर्नुहुन्छ तर बन्धन र मोक्षको केन्द्रमा रहेको संवेदनाहरू भोग गर्ने चित्तको स्वभावलाई नष्ट गर्ने साधना नभएकाले वर्र्षौँ त के कल्पौँसम्म साधना गरे पनि त्यस्ता साधनाबाट निर्वाण प्राप्त गर्न सक्नुहुन्न । स्मरणरहोस् भगवान् बुद्धले पनि लामो समयदेखि निर्वाण प्राप्तिका लागि अनेक साधना गर्दै आउनुभएको थियो तर सत्यमोक्ष साधनाविधि प्राप्त नभएका कारण साधनाका अनेक पारमिता (आध्यात्मिक सम्पदा) सङ्ग्रह गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुभएको थियो । उहाँले दरबार त्याग गरेपश्चात् झण्डै छ वर्षसम्म जुन प्रकारका साधना गर्नुभयो ती साधनाबाट निर्वाण प्राप्त गर्न नसक्नुको मूल कारण चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण नदिनु नै थियो, बन्धन र मोक्षको केन्द्रीय विन्दु बुझ्न नसक्नु नै थियो ।

जब भगवान्ले अनेक प्रकारका निर्वाण साधनाको असफलतापश्चात् संवेदनाहरूमाथि समभावी विपश्यना साधना गर्नुभयो तब निर्वाण प्राप्त गर्नुभयो । तत्पश्चात् उहाँले आफ्नै साधना अनुभवको आधारमा घोषणा गर्नुभयो कि विपश्यना वा विपश्यना साधना मात्र यस जगतको सत्य निर्वाण साधनाविधि हो ।

सारांशमा निर्वाण प्राप्त गर्न चित्तको संस्कार (संवेदनाहरूलाई भोग गर्ने स्वभाव) लाई नै नष्ट गर्नुपर्ने, चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदनाहरू भोग नगर्ने प्रशिक्षण दिनुपर्ने, चित्तको संवेदना भोग गर्ने स्वभावलाई श्वासप्रश्वास, गुरु, ईश्वर, प्रकाश आदिमा गरिने ध्यान साधनाबाट सम्भव नहुने, विपश्यना साधनामा संवेदनाहरूमाथि नै साधना गरी चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरिने हुनाले विपश्यना वा विपश्यना साधना नै संसारको एक मात्र सत्य मोक्ष मार्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 686 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 694 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 656 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 649 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 654 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 744 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 739 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 743 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 761 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 717 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 804 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 693 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 719 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 616 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 926 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 626 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 667 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 706 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 670 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 641 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1025 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1040 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 656 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 851 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 626 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 552 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 709 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 897 0
६.१ दुःख आर्य सत्य 1/11/2023 682 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 747 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 617 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 701 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 636 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 740 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 747 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 690 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 676 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 656 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 769 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 883 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2637 0