अध्यास निराकरण

0 टिप्पणीहरू 875 आगन्तुकहरू

अध्यासलाई कसरी निराकरण गर्ने तलका श्लोकमा वर्णन गरिन्छ ।

स्वात्मन्येव सदा स्थित्या मनो नश्यति योगिनः ।
वासनानां क्षयश्चातः स्वाध्यासापनयङ्कुरू ।।२७८।।

चित्तवृत्तिहरू रोकेर निरन्तर आत्मस्वरूपमा स्थिर रहँदा योगीको मन नष्ट हुन्छ । वासना क्षीण हुन्छ । यसकारण आफ्नो अध्यासलाई हटाउ ।।।२७८।।

साधनाद्वारा जब योगी चित्तको तम, रज, सत् गुणीय वृत्तिहरूलाई निरोध गर्दछ । त्यो अवस्थामा उ स्वआत्मासँग साक्षात्कार प्राप्त गर्दछ । आत्मासाक्षात्कारको स्थितीपछि जब उ नित्य परमात्मा स्वरूपको चिन्तन गर्दै आत्मस्वरूपमा स्थिर हुन्छ त्यो स्थितीमा योगीको मन नष्ट हुन्छ, अनि मनका सम्पूर्ण वासनाहरू नष्ट भई स्वयं ब्रह्मरूप बन्दछ । त्यसैले मुमुक्षुले सर्वप्रथम आत्मा अध्यासलाई हटाउनु पर्दछ ।

तमो द्वाभ्यां रजः सङ्खवात्सङ्खवं शुद्धेन नश्यति ।
तस्मात्सङ्खवमवष्टभ्यं स्वाध्यासापनयङ्कुरू ।।२७९।।

रजोगुण र सङ्खवगुणबाट ‘तम’ र सङ्खवगुणबाट ‘रज’ र शुद्ध सङ्खवगुणबाट ‘सङ्खवगुण’को नाश हुन्छ । यसैले शुद्ध सङ्खव गुणको आश्रय लिएर आफ्नो अध्यासलाई हटाउ ।।।२७९।।

श्लोक ११०–१२१ मा परमात्माको अनादि अविद्या शक्ति मायाँ मायाका रज, तम, सत् गुणहरू, ती गुणहरूको धर्म, ती गुणहरूका आवरण, विपेक्ष, आदि शक्तिहरू, यी शक्तिहरूले सिर्जना गर्ने बन्धन, यी बन्धनहरूले कसरी मनुष्यलाई बाँधेर जगत्का अनेकन विषयमा प्रवृत गराउँदछन् भनि विस्तृत व्याख्या गरिएको छ ।

यो श्लोकमा भनिएको छ की जब पुरुषमा रजोगुण र सङ्खवगुणको मात्र बढ्दछ ‘तम’ गुणको मात्रा घट्दछ । अथवा रज र सङ्खवगुणद्वारा तमोगुण (जड्ता, आलस्य, मूढता आदि) नष्ट गर्न सकीन्छ । अनि रजो गुण (काम, क्रोध, लोभ) आदिलाई सङ्खवगुण (श्रद्धा, भक्ति, मुमुक्षुता, असत त्याग) आदिलाई साधनाद्वारा वनाएर नष्ट गर्न सकिन्छ । आत्मसाक्षात्कार प्राप्त गर्न चित पूर्णवृत्ति हीनविहीन हुन आवश्यक पर्ने हुनाले ‘शुद्ध सङ्खव’ (निगुर्ण ब्रह्म) को प्राप्तिबाट ‘सङ्खवगुण’लाई पनि नाश गरि ज्ञान प्राप्त गर्नसकिन्छ । त्यसैले साधकले साधनाद्वारा शुद्ध सङ्खव गुण प्राप्तगरि अज्ञानरूपी अध्यासलाई हटाउनु पर्दछ ।

प्रारब्धं पुष्यति वपुरिति निश्चित्य निश्चलः ।
धैर्यमालम्ब्य यत्नेन स्वाध्यासापनयङ्कुरु ।।२८०।।

प्रारब्धले शरीरको पोषण गर्दछ । निश्चलभावबाट धैर्यधारण गरेर यत्नपूर्वक आफ्नो अध्यासलाई हटाउ । ।।२८०।।

अजिङ्गरको आहार दैवले पुर्याउँछ । मनुष्यभन्दा निम्न कोटीका थलचर, जलचर, नभचर आदि प्राणीहरूको आहारा जुटेकै छ । ती प्राणीहरू बाँचेकै छन् । मनुष्य जन्म दुर्लभ हो (श्लोक ३) । यो जुनिमा साधना गरि मोक्ष हुन सम्भव छ भन्ने बुझ्दाबुझ्दै पनि मात्र यही शरीरको पालन पोषणमा मनुष्यले यो दुर्लभ जीवन नष्ट गर्दछ ।

यो श्लोकमा भनिएको छ यो शरीर प्रारब्ध कर्मको अधिनमा छ । यसको रक्षा, पोषण, आदि प्रारब्ध कर्म (पूर्वजन्मका कर्म) फलले नै गर्दछ । साधकले यो जड देहमा आशक्ति राख्दै देह, मन, इन्द्रियका वासनाहरूलाई तृप्ती गरेर, पालन–पोषण गरेर यो अमूल्य जीवन नष्ट नगरि जीवन मोक्षको दृष्टिले अवसर भएकोले शरीरको पोषण प्रारब्धले गर्दछ भन्ने भाव मनमा लिई प्रत्यन्तपूर्वक आफ्नो अध्यासलाई हटाएर आफ्नो स्वरूपसँग साक्षात्कार गर्नुपर्दछ ।

नाहं जीवः परं ब्रह्मेत्यतद्व्यावृत्तिपूर्वकम् ।
वासनावेगतः प्राप्तस्वाध्यासापनयङ्कुरु ।।२८१।।

म जीव होइन । परब्रह्म हुँ । यस प्रकारब्रह्मबाट भिन्न पदार्थलाई निषेध गरेर वासनाको वेगवाट प्राप्त भएको अध्यासलाई त्याग गर । ।।२८१।।

मोक्ष साधनाको सम्पूर्ण लक्ष्य ‘म जीव हुँ’ भन्ने भावलाई ज्ञान प्राप्तगरि नष्ट गर्नु हो ‘म परब्रह्म हुँ’ भन्ने स्थिति प्राप्त गर्नु हो । जब मनुष्यले स्वयंलाई ‘म मनुष्य हुँ’ भनेर मान्दछ । उ तत्क्षण देह, इन्द्रिय, मन आदिको बन्धनमा परिहाल्छ । त्यसैले साधकले स्वयंलाई म मनुष्य वा जीव होइन । म शरीर, इन्द्रिय, अहंकार, प्राण, मन, बुद्धि आदि केही होइन, म त यी तङ्खवहरूबाट विलक्षण (पृथक्), यी तङ्खवहरू र तिनीहरूको वृत्तिको साक्षी परब्रह्म हुँ । यसप्रकार ब्रह्मवाट भिन्न पदार्थलाई निषेध गरेर अज्ञान सिर्जित देहवासना, लोकवासना, शास्त्रवासनारूपी अध्यासलाई त्याग गरी मोक्ष प्राप्ति गर्नु पर्दछ ।

श्रुत्या युक्त्त्या स्वानुभूत्या ज्ञात्वा सार्वात्म्यमात्मनः ।
क्वचिदाभासतः प्राप्तस्वाध्यासापनयङ्कुरु ।।२८२।।

श्रुती, युक्ति र स्वअनुभूतिद्वारा आत्माको वास्तविकतालाई जानेर अध्यासको रूपमा प्राप्त भएको भ्रमलाई त्याग गर । ।।२८२।।

श्रुती वा शास्त्रको महावाक्यहरूद्वारा मनुष्यलाई ‘तिमी ब्रह्म हौ’ ‘त्यो तङ्खव तिमी नै हौं’‘यो सम्पूर्ण आत्मा हो’ भनेर जीव र ब्रह्माको एकत्वलाई स्थापित गरिएको छ । यी महावाक्यहरूलाई युक्तिपूर्वक शुद्ध बुद्धिले मनन्, चिन्तन, विश्लेषण गरि साधन चतुष्ट्य आदि विधिहरूद्वारा स्वयंले आत्माको अनुभूति प्राप्त गरि आभासको रूपमा प्राप्त भएको ‘म शरीर हुँ’ वा ‘यो शरीर म हुँ’ भन्ने भ्रमलाई त्याग गर ।

अन्नादानविसर्गाभ्यामीषन्नास्ति क्रिया मुनेः ।
तदेकनिष्ठया नित्यं स्वाध्यासापनयङ्कुरु ।।२८३।।

मुनिको लागि अन्नदान (भोजन गर्नु) र मलमूत्र त्याग गर्नुको अतीरिक्त अन्य कुनै कीन्चीतमात्र कर्तव्य रहँदैन । त्यसैले नित्य आत्मनिष्ठामा रही अध्यासलाई हटाउनु पर्दछ । ।।२८३।।

मुनीको अर्थ हुन्छ मोक्षलाई एकमात्र लक्ष्यवनाएर साधनरत् तपस्वी । साधकको लक्ष्य मोक्ष हुन्छ जगत्सँग सम्बन्ध हँुदैन । यदि जगत्सँग सम्बन्ध उपस्थित छ भने त्यो (मुनी) हुँदैन । यस्ता मुनिहरूको लािग भोकरूपी रोगको निदानको लागि अन्नरूपी औषधि ग्रहण गर्नु अनि मल, मुत्र त्याग आदि शरीरका स्वाभाविक क्रियाहरूको अतीरिक्त किन्चीतमात्र पनि अन्य कुनै जगत् कर्तव्य हुँदैन ।

त्यसैले मोक्षका साधकहरूलाई शरीरका स्वाभाविक धर्म, भोक हटाउनु र मलमुत्र विसर्जन गुर्न बाहेक अन्य कुनै जगत् कर्तव्य शेष नरहने भएकोले मुमुक्षहरूले नित्य आत्मनिष्ठामा रही यो देहबुद्धिरूपी अध्यासलाई हटाउनु पर्दछ ।

तङ्खवमस्यादिवाक्योत्थब्रह्मात्मैकत्वबोधतः ।
ब्रह्मण्यात्मत्वदाढ्र्याय स्वाध्यासापनयङ्कुरु ।।२८४।।

‘तङ्खवमसि’ आदि महावाक्यहरूद्वारा उत्पन्न ब्रह्मा र आत्माको एकत्व ज्ञानबाट आत्मबुद्धिलाई दृढ गर्न अध्यासलाई हटाउ । ।।२८४।।

‘तङ्खवमसि’(त्यो तङ्खव तिमी नै हौ) । ‘अहं ब्रह्मास्मि’(म नै ब्रह्म हुँ) आदि महावाक्यहरूले ब्रह्म र जीवआत्माको एकत्व अनि त्यो ब्रह्म वा आत्मा अन्य कोई नभई तिमी नै हौ भन्ने सिद्धान्त प्रतिपादन गरेका छन् । त्यसैले मुमुक्षुहरूले शास्त्रका ती श्रुती प्रमाणहरूमा उल्लेखित ब्रह्म र आत्माको एकत्व ज्ञानलाई साधनाद्वारा स्वयंको अनुभूतिमा प्राप्त गरी आत्मबुद्धिलाई दृढ गर्न विवेक, वैराग्य आदि साधनाद्वारा देहबुद्धिरूपी अध्यासलाई हटाउनु पर्छ ।

अहंभावस्य देहेऽस्मिन्निःशेषविलयावधि ।
सावधानेन युक्तात्मा स्वाध्यासापनयङ्कुरु ।।२८५।।

यो शरीरको अहंभाव पूर्णतयाविलय भएर नगएसम्म सावधानी पूर्वक जितेन्द्रीय भएर आफ्नो अध्यास (भ्रम) लाई हटाउ । ।।२८५।।

लक्ष्यको सम्यक् बोध रहँदासम्म साधन–निष्ठा दृढ हुन्छ । मोक्ष साधनाको लक्ष्य हो सूक्ष्मभन्दा सूक्ष्म वासनालाई पूर्णरूपमा नष्ट गर्नु । वासनाको सूक्ष्म वीज पनि साधकलाई पथभ्रष्ट गर्न प्रर्याप्त हुने भएकोले साधनाको अन्तिम लक्ष्यको बारेमा बताउँदै यो श्लोकमा भनिएको छ की जबसम्म यो शरीरमा अहंभाव (देहभिमान) पूर्णरूपमा नष्ट भएको बोध हुँदैन । त्यो क्षणसम्म साधकले सावधानीपूर्वक जितेन्द्रीय भएर अध्यासको निवृतीको लागि प्रयास गरिरहनु पर्दछ ।

प्रतीतिर्जीवजगतेः स्वप्नवद्भाति यावता ।
तावन्निरन्तरं विद्वन्स्वाध्यासापनयङ्कुरु ।।२८६।।

जबसम्म जाग्रत अवस्थामा देखिएका जीव र जगत्स्वप्नको वस्तुजस्तै
(मिथ्या) प्रतीत हुँदैन । तवसम्म हे विद्वान् निरन्तर अध्यास (भ्रम) लाई हटाइरहनु पर्दछ । ।।२८६।।

जसरी सपनाबाट विउँझिएको मानिसलाई जागृत अवस्थामा (वा विउँझिएपछि) सपना मिथ्याझैं प्रतीत हुन्छ । त्यस्तै स्व–स्वरूपको ज्ञान प्राप्त गरेको पुरुषलाई जगत् सम्बन्ध पूर्णरूपमा नष्ट भएकोले यो जगत् सपनाझैं मिथ्या प्रतीत हुन्छ ।
यो श्लोकमा भनिएको छ की जबसम्म साधकलाई सम्यक् आत्मज्ञान प्राप्त भई यो जगत् सपना झै मिथ्या, झुठो हो भन्ने बोध हुँदैन । त्यो क्षणसम्म साधकमा वासनारूपी अध्यासहरू (भ्रमहरू) कुनै न कुनै रूपमा बाँचिरहन्छन् । त्यसैले साधकले धैर्यपूर्वक आत्मचिन्तन गर्दै ‘म ब्रह्म हुँ’ भन्ने सम्यक् बोध प्राप्त नभएसम्म साधनालाई निरन्तर रूपमा जारी राख्नु पर्दछ ।

निद्राया लोकवार्तायाः शब्दादेरपि विस्मृतेः ।
क्वचिन्नावसरं दत्त्वा चिन्तयात्मानमात्मनि ।।२८७।।

निद्रा, लौकिक वार्तालाप शब्दादि विषय चिन्तनद्वारा आत्म विस्मृती हुने अवसर नदिइकन अन्तकरण (वृद्धि) मा निरन्तर आत्माको चिन्तन गर । ।।२८७।।

मोक्षलाई मात्र एक लक्ष्य वनाएका साधकहरूले साधनाकालमा अत्यन्त सावधान र सजग हुनुपर्ने अलिकती पनि असावधानी भएमा पुनः वासनाहरू उत्पन्न भएर साधनाबाट च्युत हुने सम्भावना भएकोले गुरुदेव भन्नुहुन्छ, – हे शिष्य तिमी तमोगुणी निद्रा, व्यर्थका लौकिक वार्तालाप, अनि इन्द्रियका अनेकन विषयहरूको चिन्तनमा परेर एकक्षण पनि आत्म विस्मृतीलाई अवसर नदेउ । निद्रा, लौकिक वार्तालाप, शब्दादि विषय चिन्तनले तिमीलाई सहज साधनाबाट च्यूत गरि दिन्छन् । त्यसैले तिमीले अटल साक्षिभावबाट आत्म विस्मृती हुने अवसर नै नदिइकन निरन्तर मनमा आत्मस्वरूपको चिन्तन गरि मोक्ष प्राप्ति गर ।

मातापित्रोर्मलोद्भूतं मलमांसमयं वपुः ।
त्यक्त्वा चाण्डालवद्दूरं ब्रह्मीभूय कृती भव ।।२८८।।

मातापिताको मल (रज र विर्य) बाट उत्पन्न तथा मल र मासुले भरिएको यो शरीरलाई चाण्डाल जस्तै टाढैबाट त्यागेर ब्रह्मभावमा स्थित भएर कृत्यकृत्य वन । ।।२८८।।

रज विर्यबाट उत्पन्न मल, मुत्र आदिले भरिएको यो जड देहप्रति जुन तिम्रो आसक्ति छ, अहंभाव छ जुन देहभावको कारणले तिमीले यो देहलाई सर्वस्व ठानी यसैको भरण–पोषण, सिङ्गार, आदिमा लीन रहि यो अमूल्य जीवनलाई नष्ट गरिरहेका छौ । यो अज्ञान सिर्जित देह आशक्तिलाई तिमी चाण्डाल (निच प्रवृत्तिको मानिस) झैं त्याग गर ।

अनि तिमी साधनाद्वारा आत्मज्ञान प्राप्त गरी ब्रह्म भावनामा स्थित वन । जब तिमी निदिध्यासनद्वारा ब्रह्मभावमा स्थिर हुने छौ तिमीले त्यो अवस्थामा गर्नुपर्ने सम्पूर्ण कर्तव्य पुरा गर्नेछौ । आत्म ज्ञान प्राप्त गरेपछि तिम्रो जीवनमा केही शेष कर्तव्य रहने छैन । यस्तो स्थितीलाई कृत्यकृत्य भनिन्छ । तिमी कृत्यकृत्य स्थिती प्राप्त गर्नेछौ ।

घाटाकाशं महाकाश इवात्मानं परात्मनि ।
विलाप्याखण्डभावेन तूष्णीं भव सदा मुने ।।२८९।।

महाकाशमा घटाकाश मिलेसमान परमात्मामा आत्मालाई लीन गरेर अखण्ड तुष्णीभाव (आनन्द, मौन) प्राप्त गर । ।।२८९।।

घैंटोभित्रको आकासलाई घटाकाश तथा मुख्य आकाशलाई महाकाश भनिन्छ । वस्तुतः घटाकाश र महाकाश दुवै एक हुन् । उपाधिको कारण भेद प्रतीत भएको हो । जब घैटो फुट्दछ, घटकाश वा महाकाशमा मिल्दछ । घटाकश र महाकाश विचको भेद भेटिन्छ ।

त्यस्तै आत्मा र परमात्मामा कुनै भेद छैन । बुद्धि आदि उपाधिको कारण भेद प्रतीत भएको हो । त्यसैले! तिमी साधन चतुष्ट्यबाट आत्मा साक्षात्कार प्राप्त गरि निदिध्यासनद्वारा परमात्मामा नै आत्मालाई लीन गरी तृष्णीभावरूपी नित्य परम आनन्दमय पद प्राप्तगर ।

स्वप्रकाशमधिष्ठानं स्वयंभूय सदात्मना ।
ब्रह्माण्डमपि पिण्डाण्डं त्यज्यतां मलभाण्डवत् ।।२९०।।

स्वप्रकाश सम्पूर्ण (जगत्) को अधिष्ठान जुन परब्रह्म छ । त्यो सत्
स्वरूपसँग स्वयं एकभाव प्राप्त गरेर ब्रह्माण्ड र पिण्ड (शरीर) लाई मल (मूत्र) भरिएको भाँडो जस्तै गरि त्यागिदेउ । ।।२९०।।

ज्ञान स्वरूपबाट जो सिद्ध छ यसलाई स्वप्रकाश भनिन्छ । माया, अविद्या आदि सम्पूर्ण कल्पनाको अधिष्ठान (आधार) जुन ब्रह्म हो, हे साधक ! तिमी पनिसाधनाद्वारा ज्ञान प्राप्त गरि त्यो ब्रह्मको स्वरूपसँग एकाकार विलय भएर यो जगत्, ब्रह्माण्ड, यो मल, मुत्र आदिको पिण्ड यो देहप्रतिको आसक्ती, (अहंकार, देहबुद्धि) लाई मलमुत्र भरिएको भाँडो जस्तै गरि त्यागेर मोक्षरूपी परमपद प्राप्त गर ।

चिदात्मनि सदानन्दे देहारूढामहंधियम् ।
निवेश्य लि·मुत्सृज्य केवलो भव सर्वदा ।।२९१।।

देहमा आरूढ (स्थित) अहमबुद्धिलाई सदा आनन्द स्वरूप चेतन आत्मामा स्थापित गरेर सूक्ष्म शरीरलाई छोडेर सँधै केवल भावमा स्थित वन । ।।२९१।।

हे साधक ! अनादि अविद्याले गर्दा देहप्रती तिम्रो जुन अहंबुद्धि रहेको छ । जुन कारणले तिमीलाई संसाररूपी बन्धन प्राप्त भएको छ । तिमी साधनाद्वारा यो देह बुद्धिलाई आत्माबुद्धिमा रूपान्तरण गरेर सदानन्दरूप चेतन आत्मामा स्थापित भई पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण, पाँच महाभुत, चार अन्तःरकरण आदिरूपी शुक्ष्म शरीरलाई पनि नष्ट गरेर ‘म नै ब्रह्म हुँ’ भन्ने आत्मबोध स्थितीलाई प्राप्त गरि विशिष्ट केवल (साक्षी) भावमा स्थित वन ।

यत्रैष जगदाभासो दर्पणान्तः पुरं यथा ।
तद् ब्रह्माहमिति ज्ञात्वा कृतकृत्यो भविष्यसि ।।२९२।।

जसरी दर्पणमा नगर (दृश्य) को प्रतीबिम्ब पर्दछ । यसैप्रकार जुन ब्रह्ममा यो जगत््रूपी आभास प्रतीत भइरहेको छ । त्यो ब्रह्म म नै हुँ यस्तो जानेर तिमी कृत्यकृत्य वन । ।।२९२।।

जसरी दर्पण (ऐना) मा जगत्का अनेकन दृश्यका प्रतीबिम्बहरू प्रतीत हुन्छन् । त्यसैगरि यो अधिष्ठान ब्रह्ममा आरोपीत देह लगायत जगत्का अनेकौं दृश्यहरूको प्रतीत भइरहेको छ । यी भास्वान जगत् दृश्य, ऐनामा देखिएको प्रतीविम्विहरूझैं मिथ्या हुन् । मात्र प्रतीति हुन् । तिमी साधनाद्वारा अज्ञानलाई नष्ट गरी यो देह जगत् आदि जुन दृश्य छन् त्यो ब्रह्म हो । ब्रह्म म नै हुँ भन्ने अनुभूति स्वयंमा प्राप्त गरी तिमी कृत्यकृत्य वन ।

यत्सत्यभूतं निजरूपमाद्यं चिदद्वयानन्दमरूपमक्रियम् ।
तदेत्य मिथ्यावपुरुत्सृजेत शैलूषवद्वेषमुपात्तमात्मनः ।।२९३।।

चेतन, अद्वयानन्द (आनन्दरूप) रूपरहित, निक्रिष्य, सम्पूर्णको आदि, सत्यस्वरूप जुन तिम्रो निजस्वरूप छ, त्यसलाई प्राप्त गरी नाटक (का वस्त्रहरू) जस्तै धारणा गरिएको यो शरीररूपी मिथ्या भेषलाई त्याग गर । ।।२९३।।

ज्ञान (बोध) स्वरूप भएकोले चेतन, जसको समान अन्य कुनै आनन्द नभएकोले अद्वयानन्द, कुनै रूप नभएकोले रूपरहित, क्रियाहीनविहीन भएकोले निस्क्रिय, सम्पूर्ण जगत्को आदिकारण स्वयं सत्यस्वरूप जुन आत्मा छ । त्यो नै तिम्रो वास्तविक स्वरूप हो । हे शिष्य ! तिमी आफ्नो वास्तविक स्वरूपलाई ज्ञान प्राप्त गरी चिन । जसरी नाटकका पात्रहरूले दर्शकलाई मनोरञ्जन दिन विभिन्न भूमिकाहरूमा विभिन्न वस्त्रहरूलाई प्रयोग गर्दछन् । तर नाटकका पात्रहरूले त्यो स्वरूपलाई आफ्नो वास्तविक स्वरूप ठान्दैनन् । त्यसैले नाटक सकिएपछि ती भूमिका, वस्त्रसहित त्यो मिथ्या स्वरूपलाई त्याग गर्दछन् । नाटकका पात्रहरू झैं तिम्रो पनि यो स्वरूप वास्तविक होइन । तिमी आत्मा ज्ञान प्राप्त गरेर यो मिथ्या स्वरूपलाई त्याग गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 708 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 926 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1121 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 729 0
स्थूल शरीर निन्दा 1/15/2023 910 0
दश इन्द्रियहरू 1/15/2023 1160 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1031 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 983 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 882 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 733 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 739 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अहंपदार्थ निरूपण 1/15/2023 718 0
अहंकार – मुख्यवाधा 1/15/2023 638 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 654 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 762 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 692 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 770 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 789 0
प्रारब्ध कर्म विचार 778 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 848 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1137 0
आत्माको अविनाशिता 1/15/2023 1199 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0