विज्ञानमय कोश

0 टिप्पणीहरू 779 आगन्तुकहरू

अन्नमय, प्राणमय र मनोमय कोश पछि अब विज्ञानमय कोशको वर्णन गरिन्छ ।

बुद्धिर्बुद्धीन्द्रियैः सार्धं सवृत्तिः कर्तृलक्षणः ।
विज्ञानमयकोशः स्यात्पुंसः संसारकारणम् ।।१८६।।

ज्ञानेन्द्रिय र वृत्तियुक्त बुद्धि मिलेर विज्ञानमय कोश बनेको छ । कर्तापन यसको स्वभाव हो । यो विज्ञानमय कोश जन्म मरणरूप संसारको कारण हो । ।।१८६।।

आ–आफ्ना वृत्तिका कारण अन्तःकरण चार प्रकारका (मन, बुद्धि, चित्त अहंकार) मानिन्छन् (श्लोक ९६) । जब अन्तकरण संकल्प, विकल्प आदि वृत्तिद्वारा युक्त हुन्छ, यसलाई “मन” भनिन्छ । जब अन्तःकरण निश्चयात्मक (निर्णयात्मक) वृत्तिबाट युक्त हुन्छ यसलाई ‘बुद्धि’ भनिन्छ । जब पाँच ज्ञानेन्द्रिय (कान, छाला, आँखा, नाक र जिब्रो) सँग “निश्चयात्मक वृत्ति” भएको बुद्धि मिल्दछ, विज्ञानमय कोशको निर्माण हुन्छ । वा मनरूपी अहंकार (कर्तापन) को भाव सिर्जना हुन्छ ।
आत्मा साक्षात्कार प्राप्त नभएको अज्ञानको अवस्थामा मनुष्य मन विषयप्रति प्रवृत्त हुने भएकोले यो नै जन्म मरणरूप संसारको कारण बन्दछ ।

अनुव्रजच्चित्प्रतिबिम्बशक्तिर्विज्ञानसंज्ञः प्रकृतेर्विकारः ।
ज्ञानक्रियावानहमित्यजस्रां देहेन्द्रियादिष्वभिमन्यते भृशम् ।।१८७।।

बुद्धिको अनुगमन गर्ने चेतनको प्रतीबिम्ब शक्ति नै विज्ञानमय कोश हो । यो प्रकृतिको विकार, ज्ञान क्रियावान, विज्ञानमय कोश देह इन्द्रिय आदिमा ‘म हुँ’ भन्ने अभिमान गर्दछ । ।।१८७।।

जसरी कोठामा राखिएको दर्पणमा सूर्यको प्रकाश प्रतीबिम्बित हुँदा सम्पूर्ण कोठा प्रकाशवान हुन्छ । त्यस्तै पन्चभूत निर्मित बुद्धि जुन, जड प्रकृतिकोे छ, आत्माको
सम्पर्कमा आउँदा प्रकाशवान झैं भासित हुन पुग्दछ । यो बुद्धि (विज्ञानमय कोश) अविद्याको कारणबाट सिर्जित भएकोले यसलाई प्रकृतिको विकार मानिन्छ । अज्ञानको उपस्थितीमा वृत्तियुक्त बुद्धि देह, इन्द्रियमा ‘म’ ‘मेरो’ अभिमान गर्दछ ।
अनादिकालोऽयमहंस्वभावो जीवः समस्तव्यवहारवोढा ।
करोति कर्माण्यपि पूर्ववासनः पुण्यान्यपुण्यानि च तत्फलानि ।।१८८।।

यो अहं स्वभाव भएको विज्ञानमय कोशबाट अदानादीकालदेखि जीव तथा संसारका सम्पूर्ण व्यवहारहरू सञ्चालन भइरहेका छन् । ।।१८८।।

बुद्धिमा अविद्या कहिले कसरी प्राप्त भयो, कुन जन्मदेखि यो शरीर इन्द्रियमा अहंभाव राख्न थाल्यो, यसको जानकारी प्राप्त नभएको हुनाले बुद्धिको अविद्यालाई अनादिकालीन भनिएको छ । यही अनादि अज्ञानको कारणले सिर्जित अहंभाव देहबुद्धिले गर्दा मनुष्य देह, इन्द्रिय तथा मनको वसमा पर्न गई जन्म–जन्मदेखि जगत्का रागहरूप्रति आकर्षित भई अनेकन कर्म तथा व्यवहारहरू सञ्चालन गरिरहेको छ ।

भुङ्क्ते विचित्रास्वपि योनिषु व्रजन्नायाति निर्यात्यध ऊध्र्वमेषः ।
अस्यैव विज्ञानमयस्य जाग्रत स्वप्नाद्यावस्था सुखदुःखभोगः ।। १८९ ।।

आफ्ना पूर्व वासना अनुसार यसले पुण्य तथा पापकर्महरू गर्दछ । त्यसको फलस्वरूप प्राप्त हुने दुःख सुख आदि फलहरू भोग्दछ । तथा कर्म अनुसार विचित्र योनीहरूमा भ्रमण गर्दै जीव कहिले तल झर्ने, कहिले माथि जाने गर्दछ । ।।१८९।।

बुद्धि वा विज्ञानमय कोश अनादिकालीन पूर्ववासना अनुसार जगत्मा अनेकन शुभ–अशुभ कर्महरू गर्दछ । कर्मबाट प्राप्त हुने फल शाश्वत् ईश्वरीय निमयद्वारा सञ्चालित हुने भएकोले पूण्य कर्महरूको कारण प्राप्त हुने सुख, तथा वासनामय कर्महरूको परिणाम स्वरूप प्राप्त हुने दुःखरूपी फल भोग्दछ ।

अज्ञान रहेसम्म जीवनपर्यन्त मनुष्य मुख्यत वासना कर्महरूप्रति नै आकृष्ट हुने हुनाले तमोगुण, रजोगुणीय वासनाहरू झन झाँङ्गिन गई विभिन्न ती वासनाको प्रकृति अनुरूप अनेकन निम्न कोटीका योनीहरूमा भ्रमण गर्दै जीवन–मरणको चक्रमा परिरहन्छ । साधनाद्वारा कुनै पुरुषले रजोगुण र तमोगुणका शक्तिहरूलाई क्षीण बनाईसतगुणको विकास गरी पुण्य कर्महरू ग¥यो भने ती शुभकर्म अनुसार उच्च लोक (देवलोक आदि), यदि कुनै पुरुषले तिनै गुणहरूलाई नष्ट गरी आत्मासाक्षात्कार प्राप्त गरी ब्रह्ममा विलय भयो भने मोक्ष स्थिती प्राप्त गर्दछ भन्ने शास्त्रको मत छ ।

देहादिनिष्ठाश्रमधर्मकर्मगुणाभिमानं सततं ममेति ।
विज्ञानकोशोऽयमतिप्रकाशः प्रकृष्टसान्निध्यवशात्परात्मनः ।
अतो भवत्येष उपाधिरस्य यदात्मधीः संसरति भ्रमेण ।।१९०।।

जागृत, सपना आदि अवस्थाहरू, सुख, दुःख आदि भोग, देह आदिमा आत्म अभिमान, आश्रम, धर्म, कर्म र गुणमा निरन्तर अहंभाव तथा ममता, विज्ञानमय कोशमा सर्वदा रहन्छन् । आत्माको अती नजीक भएको कारणले यो विज्ञानमय–कोश अती प्रकाशमय छ । त्यसैल यो आत्माको उपाधि हो । जसमा भ्रमका कारण अहंभाव गर्नाले मनुष्य–जन्म मरणरूपी संसार चक्रमा परिरहन्छ । ।।१९०।।

विज्ञानमय कोश (बुद्धि)को अविद्याले गर्दा मनुष्य स्वयंलाई देह ठानी जाग्रत, सपना आदि अवस्थाहरू ती अवस्थाहरूमा प्राप्त हुने अनेकन दुःख, सुख, आश्रम, धर्मप्रतिकोे अभिमान आदि अनेकन मिथ्यापूर्ण अनुभूतिहरू प्राप्त गर्दछ । निर्मल, असंग र चेतनारूप परमात्माको अती निकट भएको कारण यो विज्ञानमय कोश अत्यन्त प्रकाशवान छ । तर यो आत्मा होइन, यो आत्माको उपाधि मात्र हो । यही देहरूपी उपाधिले गर्दा संसारका प्रपञ्चमा अल्झिई, अनेकन बन्धन प्राप्त गरि मनुष्य जन्म मरणरूपी संसार चक्रमा परिरहन्छ ।

योऽयं विज्ञानमयः प्राणेषु हृदि स्फुरत्स्वयंज्योतिः ।
कूटस्थः सन्नात्मा कर्ता भोक्ता भवत्युपाधिस्थः ।।१९१।।

जुन यो स्वयंप्रकाश विज्ञानस्वरूप आत्मा हृदयभित्र प्राण तथा बुद्धिमा
स्फूरीत भइरहेको छ, त्यो आत्मा कूटस्थ तथा निर्विकार भएपनि उपाधिको कारणले कर्ता भोक्ता प्रतीत हुन्छ । ।।१९१।।

यो स्वयं प्रकाशवान, बोधस्वरूप आत्मा मनुष्यको हृदयभित्र प्राण तथा बुद्धिमा प्रकाशित भइरहेको छ । यो आत्मा, विज्ञानमय कोश बुद्धि भन्दा पूर्णत पृथक् छ । आत्मा कूटस्थ तथा निर्विकार भएपनि देहरूपी उपाधिको कारण कर्ता, भोक्ताको भावग्रहण गरि कर्म गर्दछ । फलामलाई अग्निको ज्बाला नजिक राखिदिँदा जसरी अग्निको तातो र रातो गुण ग्रहण गरेको फलाम अग्निझैं प्रतित हुन्छ । फलाम अग्नि नभई मात्र संसर्गले प्राप्त उपाधि हो । आत्मा र बुद्धिमा त्यही प्रकारको सम्बन्ध रहन्छ ।

स्वयं परिच्छेदमुपेत्यबुद्धेस्तादात्म्यदोषेण परं मृषात्मनः ।
सवातर््मकः सन्नपि वीक्षते स्वयं स्वतः पृथक्त्वेन मृदो घटानिव ।।१९२।।

यो परमात्मा मिथ्या बुद्धिसँग तादाम्य दोषको कारण स्वयंमा परिछिन्नता (अल्पत्व) प्राप्त गरेर स्वयं सर्व आत्मा हुँदाहुँदै पनि माटाको घैंटोजस्तै स्वयम्बाट स्वयंलाई पृथक् देख्दछ । ।।१९२।।

मिथ्या भएको कारण बुद्धिलाई मृषात्मा वा मिथ्यास्वरूप भनिएको छ । स्व–स्वरूपको परिचय नभएको क्षणसम्म बुद्धिको अस्तिङ्खव रहन्छ । यस्तो मिथ्या बुद्धिसँग आफूलाई एकाकार गर्नाले फलामले अग्नीको गुणधर्मलाई ग्रहण गरेर रातो देखिएझैं स्वयं सर्व आत्मा हुँदा हुँदै पनि स्वयंमा अल्पता ग्रहण गरि अज्ञानी मनुष्य स्वयंलाई आत्माबाट भिन्न रूप देह मान्दछ स्वयंबाट स्वयंलाई पृथक् देख्दछ ।

उपाधिसम्बन्धवशात्परात्माप्युपाधिधर्माननुभाति तद्गुणः । अयोविकारानविकारिवहीनवत् सदैकरूपोऽपि परः स्वभावात् ।।१९३।।

सर्वदा स्वभावबाट एकरूप भएपनि फलामको विकारमा व्याप्त अविकारी अग्निझैं परमात्मा पनि उपाधिको सम्बन्धले उसका गुणसँग जोडिएर उसैको धर्मका साथ प्रकाशित हुन थाल्दछ । ।।१९३।।

आत्मा स्वभावले एकरूप, अविकारी, असङ्ग, मुक्त, सत् छ । यस्तो स्वभावको हुँदाहुँदै पनि जब आत्मा अविद्यारूपी बुद्धिको सम्पर्कमा आउँदछ । त्यो क्षण मनुष्य (जो आत्मा हुँदा पनि) बुद्धिको स्वभाव (अविद्या) लाई ग्रहण गरि स्वयंलाई देह मान्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 708 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 837 0
शिष्य प्रार्थना 1/15/2023 925 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 734 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1121 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 729 0
स्थूल शरीर निन्दा 1/15/2023 910 0
दश इन्द्रियहरू 1/15/2023 1160 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1031 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 983 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 882 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 733 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 739 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 874 0
अहंपदार्थ निरूपण 1/15/2023 718 0
अहंकार – मुख्यवाधा 1/15/2023 638 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 652 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 762 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 692 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 770 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 667 0
आत्मज्ञानको फल 1/15/2023 752 0
जीवनमुक्तको लक्षण 1/15/2023 789 0
प्रारब्ध कर्म विचार 778 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 848 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 817 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1137 0
आत्माको अविनाशिता 1/15/2023 1199 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0