आत्मज्ञानको फल

0 टिप्पणीहरू 753 आगन्तुकहरू

सम्यक् ज्ञान प्राप्त पुरुषको लक्षणको वर्णन गरिन्छ ।

संसिद्धस्य फलं त्वेतज्जीवन्मुक्तस्य योगिनः ।
बहिरन्तः सदानन्दरसास्वादनमात्मनि ।।४१९।।
आत्मासाक्षात्कार प्राप्त जीवन मुक्त योगीलाई यो फल मिल्दछ कि सधैं स्वयंको अन्तकरणमा भित्र वाहिर प्रवहित आनन्दरसको आस्वादान गरिरहन्छ । ।।४१९।।

जब कुनै योगीले आत्मालाई यथार्थ पूर्णरूपमा साक्षात्कार गरी बन्(धनबाट मुक्त हुन्छ । त्यो योगी जीवन मुक्त भनिन्छ । जब वासना बन्धनपूर्ण रूपमा नष्ट भई चित्त विशुद्ध रूपमा पूर्ण निर्मल हुन्छ । त्यो अवस्थामा वासनाको अनुपस्थितिले गर्दा जीवनमुक्त योगीले नित्य निरन्तर स्वयंको अन्तःकरणमा भित्र वाहिर (दुवैतर्फ) सचिच्दानन्द स्वरूप ब्रह्मरसको अनुभूति नित्य आस्वादान गरिरहन्छ । यसैले मुक्त महात्माको मुखमण्डलमा सधैं शान्तिपुर्ण आनन्दको छायाँ नाचिरहन्छ ।

वैराग्यस्य फलं बोधो बोधस्योपरतिः फलम् ।
स्वानन्दानुभवाच्छान्तिरेषैवोपरतेः फलम्।।४२०।।
वैराग्यको फल बोध हो । बोधको फल उपरति (विषयबाट उदासिन) हो । आत्म आनन्दको अनुभवले शान्ति हुनु उपरतिको फल हो । यदी पछिल्लो पछिल्लो फल प्राप्त भएन भने अघिल्लो अघिल्लो साधन निष्फल हुन्छ । ।।४२०।।

देख्ने सुन्ने इन्द्रियहरूद्वारा ग्रहण गरिने शरीरदेखि लिएर ब्रह्मालोक पर्यन्तका सम्पूर्ण भोग वस्तुमा अरूची हुनु नै वैराग्य हो (श्लोक २१) साधन चतुष्ट्य (विवेक, वैराग्य, षडसम्पत्ति, मुमुक्षुता) मा उपरतिलाई षडसम्पत्ति साधन अन्तर्गत राखिएको छ । (श्लोक १९) तर सम्पूर्ण साधन चतुष्ट्यको ध्येय चित्तको वासनालाई नष्ट गरी विषयकार वृत्ति नहुनु (उपरति) नै हो । जब वैराग्य चिन्तनद्वारा मनलाई जगत्का विषय वासनाप्रति उदासीन गराई जगत्बाट विमुख गराइन्छ ।

त्यो अवस्थामा चित्त निर्मल भई आत्मा बोध प्राप्त हुन्छ । जब आत्मबोध प्राप्त हुन्छ त्यो अवस्थामा चित्तमा विषयप्रतिको वृत्ति अवश्य अनुपस्थित हुन्छ । वैराग्य चिन्तनको कारण चित्त विष्(ायचिन्तनबाट विमुख भई सम्यक् बोध प्राप्त भएको अवस्थामा आत्मआनन्दरूपी शान्ति प्राप्त हुन्छ । यदि पछिल्लो पछिल्लो फल वा वैराग्यबाट बोध, बोधबाट उपरति, उपरतीबाट शान्ती प्राप्त भएन भने साधना त्रुटीपूर्ण छ भन्ने बुझिन्छ ।

यद्युत्तरोत्तराभावः पूर्वपूर्वं तु निष्फलम् ।
निवृत्तिः परमा तृप्तिरानन्दोऽनुपमः स्वतः।।४२१।।
निवृत्ति, परमतृप्ति, अनुपम आनन्द, प्रारब्धबाट प्राप्त भएको दुःखमा उद्वेग नहुनु, यी चार विद्या (ज्ञान) को साक्षात् (मुख्य) फल हुन् । ।।४२१।।

जब अज्ञान नष्ट भई आत्मज्ञान प्राप्त हुन्छ । सम्यक् बोधको त्यो स्थितिमा प्राप्त हुने फलहरूको व्याख्या यो श्लोकमा छ । सम्पूर्ण सकाम (परिणामको आशा गरिएका ‘कर्मबाट निवृत्ति’ (छुटकारा) आत्मज्ञानको प्रथम फल हो । मैले जे गर्नु थियो गरेँ । जे प्राप्त गर्नु थियो प्राप्त गरें, अब मेरो कर्तव्य केही रहेन, मेरो जीवन धन्य भयो । म ईश्वरप्रति कृतज्ञ छु । यस्तो ‘परमतृप्ति’को अनुभूति मनमा जन्मिनु आत्मज्ञानको दोश्रो फल हो ।

सम्पूर्ण उपाधिबाट रहित, विषय निरपेक्ष, ‘अनुपम नित्य आनन्द’ मनमा जन्मिरहनु अनि मन नित्यब्रह्म रसमा रमाइरहनु आत्मज्ञान प्राप्तिको तेश्रो पल हो । मोक्ष प्राप्त पुरुषलाई पनि प्रारब्ध (पूर्वजन्म) कर्मका फलका दुःखदायी परिणामहरू भोग्नु पर्दछ । प्रारब्धबाट प्राप्त भएका ‘दुःखहरूमा उद्वेग’ नहुनु वा समभाव प्राप्त हुनु ज्ञान प्राप्तिको चौथो फल हो ।

दृष्टदुःखेष्वनुद्वेगो विद्यायाः प्रस्तुतं फलम् ।
यत्कृतं भ्रान्तिवेलायां नानाकर्म जुगुप्सितम् ।
पश्चान्नरो विवेकेन तत्कथं कर्तुमर्हति ।।४२२।।
भ्रान्तिको समय पुरुषले नानाप्रकारका निन्दनिय कर्म गरेपनि विवेक (ज्ञान) प्राप्त भएपछि ती कर्म कसरी गर्न सक्दछ ?।।४२२।।

जबसम्म आत्मज्ञान प्राप्त नभई स्वयंको बारेमा यथार्थ ज्ञान प्राप्त हुँदैन, त्यो भ्रान्तिको अवस्था हो । जबसम्म भ्रान्ति रहन्छ । तवसम्म मनुष्य शरीर, इन्द्रिय, मन, बुद्धि, आदिको वसमा रहने भएकोले यी वस्तुहरूको धर्मस्वभाव ग्रहण गरी बाह्य जगत्प्रति आकर्षित भई वासनामय कर्महरू गर्दछ । तर ज्ञान प्राप्त भई स्वयंलाई नित्य, शुद्ध, मुक्त ब्रह्मस्वरूप सम्झि नित्य ब्रह्मरसमा रमाउँछ । यस्तो मन वा मनका वासनाहरू सम्पूर्ण रूपमा विलय भएर स्वयं दृढ ब्रह्मभावमा स्थित यो ज्ञानी पुरुष कसरी देह, इन्द्रिय, मनसँग सम्बन्धीत वासनामय कर्म गर्न सक्दछ ? सक्दैन । गर्दछ भने कसरी उसले ज्ञान प्राप्त गरेको मान्न सकिन्छ ?

विद्याफलं स्यादसतो निवृत्तिः प्रवृत्तिरज्ञानफलं तदीक्षितम् । तज्ज्ञाज्ञयोर्यन्मृगतृष्णिकादौ नो चेद्विदो दृष्टफलं किमस्मात् ।।४२३।।
विद्या (ज्ञान) को फल असत्बाट निवृत्त हुनु र अविद्याको फल असत्मा प्रवृत हुनु हो । यी दुवै ज्ञानी र अज्ञानीमा मृगतृष्णा विषयमा देखिएको छ । अन्यथा ज्ञानवानको लागि विद्याको प्रत्यक्ष फल नै के भयो र ?।।४२३।।

जबसम्म अविद्या (अज्ञान)को स्थिति रहिरहन्छ । वा जबसम्म पदार्थको असत्यताको बोध हुँदैन । त्यो क्षणसम्म असत पदार्थ प्राप्त गर्न मनुष्य प्रवृत्त भइरहन्छ । तर जब ज्ञान प्राप्त भई पदार्थको मिथ्यात्व स्पष्ट हुन्छ । मिथ्या पदार्थ प्राप्त गर्न ज्ञानीले किन प्रयास गर्दछ ? गर्दैन । जस्तैः मरूभूमिमा देखिने जलाशयहरू मिथ्या हुन, भ्रम हुन भन्ने ज्ञान जुन पुरुषले स्वयंको अनुभवले प्राप्त गरेको छ । उ यी मिथ्या भ्रमपूर्ण जलाशयको खोजीमा प्रवृत्त हुँदैन । तर जसलाई मरूभूमिमा प्रतिबिम्बित जलाशयहरू मिथ्या हुन्, भ्रम हुन भन्ने पूर्वज्ञान छैन, त्यस्ता भ्रमित अज्ञानी पुरुषहरू जलाशयको खोजीमा मरूभूमिमा भौंतारिन्छ ।

सारांशमा यो जगत्मा प्रतीत हुने देह लगायत यी सम्पूर्ण पदार्थहरू मिथ्या हुन भन्ने यथार्थ ज्ञान प्राप्त गरेपछि यी मिथ्या पदार्थहरू प्राप्तिको लागि ज्ञानी पुरुष प्रयास गर्लार ? यदि ज्ञान प्राप्त भएपछि पनि असत्प्रति मोह रहन्छ भने ज्ञानको प्रत्यक्ष फल नै के भयो र ?

अज्ञानहृदयग्रन्थेर्विनाशो यद्यशेषतः ।
अनिच्छोर्विदुषः किन्नु प्रवृत्तेःकारणं स्वतः ।।४२४।।
जसको अज्ञानरूपी हृदयग्रन्थि पूर्णरूपमा विनाश भएको छ । इच्छा रहित ज्ञानीको विषय प्रवृत्तिको कारण के हुन्छ र ?।।४२४।।

विवेक, वैराग्य, षडसम्पत्ति, मुमुक्षुताको अग्निमा जगत्का सम्पूर्ण वासना इच्छा रूपी अज्ञानलाई पूर्णरूपमा जलाएर, आत्मसाक्षात्कार प्राप्त गरी इच्छारहित भइसकेको विद्वान्लाई बाह्य जगत्मा कुनै विषयवस्तु रहँदैन, जुन प्राप्त गर्न उ इच्छा वा प्रयत्न गरोस् ।

वासनानुदयो भोग्ये वैराग्यस्य तदावधिः ।
अहंभावोदयाभावो बोधस्य परमावधिः ।
लीनवृत्तेरनुत्पत्तिर्मर्यादोपरतेस्तु सा ।।४२५।।
भोग्य पदार्थमा वासनाको उदय नहुनु नै वैराग्यको चरम सीमा हो । अहंभावको उदय न हुनु बोधको चरम सीमा हो । लीन भएका वृत्तिहरू पुनः उत्पन्न नहुन उपरतिको सिमा हो । ।।४२५।।

इन्द्रियका भोग वस्तु सहजै प्राप्त भएको स्थितिमा पनि वैराग्य साधना सिद्धिको कारणले गर्दा मनमा भोग अनि भोग्य पदार्थप्रति विरक्त भावना उदय भई ती भोग वस्तुहरूप्रति घृणाको भाव जागेर मन भोग्य पदार्थमा प्रवृत्त नहुनु वैराग्यको चरम सीमा हो । आत्माको सम्यक् बोध भएपछि देह, जगत्प्रतिको मोह नष्ट भएर अहंभाव ‘म शरीर हुँ’ भन्ने भावनाको उदय नभई स्वयंलाई ‘म व्रम्ह हुँ’ भनेर मान्नु बोधको चरम सीमा हो । ब्रह्मबोधले गर्दा लीन भएका जगत् वृत्तिहरू पुनः उत्पति नहुन नै उपरतिको सीमा वा पराकाष्टा हो । जसरी दूधबाट घीउ निकालेर पछि, घिउ पुनः दूधको रूपमा परिणत हुन सक्दैन यस्तै, ब्रह्मबोधले लीन भएका सांसारिक वृत्तिको उत्पति हुँदैन । तब उपरतिपूर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 708 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 837 0
शिष्य प्रार्थना 1/15/2023 925 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 734 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1121 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 729 0
स्थूल शरीर निन्दा 1/15/2023 910 0
दश इन्द्रियहरू 1/15/2023 1160 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1031 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 983 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 882 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 733 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 739 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 874 0
अहंपदार्थ निरूपण 1/15/2023 718 0
अहंकार – मुख्यवाधा 1/15/2023 638 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 654 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 762 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 692 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 770 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
जीवनमुक्तको लक्षण 1/15/2023 789 0
प्रारब्ध कर्म विचार 778 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 848 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 817 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1137 0
आत्माको अविनाशिता 1/15/2023 1199 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0