देहाशक्तिको निन्दा

0 टिप्पणीहरू 730 आगन्तुकहरू

विषयमा वैराग्य सिर्जना होस् भन्ने आशयसहित यो श्लोकबाट गुरु देहप्रतिको आशक्तिको निन्दा गर्नुहुन्छ ।

माक्षेस्य काङ्क्षा यदि वा तवास्ति त्यजातिदूराद विषयान् विषं यथा । पीयुषवत्तोषदयाक्षमार्जवप्रशान्तिदान्तीर्भज नित्यमादरात् ।।८४।।

यदि तिमीमा मोक्षको इच्छा छ भने विषयहरूलाई विषजस्तै ठानेर टाढैबाट त्याग गर । सन्तोष, दया, क्षमा, सरलता, शम र दमलाई नित्य अमृतसमान श्रद्धापूर्वक सेवन गर । ।।८४।।

विषयका अनुभूतिहरू क्षणिक रूपमा सुखद भए पनि कहिल्यै तृप्त नहुने, झन् झन् बलवान् भई आशक्तिमा परिणत हुने, मनुष्यलाई पूर्ण नियन्त्रणमा लिई भोगी, रोगी, उर्जाहीन, दिनहीन, बुद्धिहीन बनाउँदै अन्तः नष्ट गर्ने हुन्छन् । त्यसैले रूप, गन्ध, रस, स्पर्श र शब्दरूपी विषयवस्तुहरूलाई तिमी भोग त के, ग्रहणसम्म पनि नगरीकन कालो सर्पको विषजस्तै ठान्दै टाढैबाट परित्याग गर । अनि तिमी इन्द्रिय निग्रहरूपी शम, दम आदि सत्गुणरूपी सन्तोष, दया, क्षमा आदि अमृतको नित्य श्रद्धापूर्वक ग्रहण गरी मोक्ष प्राप्त गर ।

अनुक्षणं यत्परिहृत्य कृत्यमनाद्यविद्याकृतबन्धमोक्षणम् ।
देहः परार्थोऽयममुष्य पोषणे यः सज्जते स स्वमनेन हन्ति ।।८५।।

यो अनादि अविद्याद्वारा ििसर्जित बबन्धनबाट मुक्त हुनतर्फ विचार नदिएर, आफ्नो कर्तव्यलाई त्यागेर यो स्थूल शरीरको पुष्टिप्रति आशक्त छ । ऊ स्वयंलाई नष्ट गर्दछ । ।।८५।।

अनादि कालदेखिको अविद्याद्वारा ििसर्जित अहंकारदेखि लिएर देहसम्मका जुनबन्धन बन्धनहरूबाट यो जन्ममा नै मुक्त हुनु मनुष्यको प्रथम कर्तव्य हो । मनुष्य यो जुनीमा नै आफ्नो आत्मालाई उद्धार गर्नुपर्ने कर्तव्यलाई बिर्सिएर अनात्म, जड, शरीरको वशमा परेर स्थूल शरीरको भरण–पोषण, पुष्टिप्रति सधैं आसक्त रहन्छ भने ऊ सधैं वासनामा लिप्त भई आत्मामा झन् झन् बबन्धनहरू थप्दै योगी, रोगी हुँदै नष्ट हुन्छ ।

शरीरपोषणार्थी सन् य आत्मानं दिदृक्षति ।
ग्राहं दारूधिया धृत्वा नदीं तर्तुं स इच्छति ।।८६।।

पुरुष शरीर पोषणको कामना गरेर आत्मसाक्षात्कार प्राप्त गर्न चाहनु भनेको, m काष्ठबुद्धिले गोहीलाई समातेर नदी तर्न खोज्नुजस्तै हो । ।।८६।।

मोक्ष–मार्ग शरीर पोषणको वा भोगको मार्ग होइन । जुन पुरुषमा सदासर्वदा शरीर पोषण र इन्द्रिय भोगको इच्छा राख्छ, उसले मोक्षको लक्ष्य प्राप्त गर्न सक्दैन । जसरी नदीमा डुबेर अतालिएको मानिस नदीमा बगेर आइरहेको काठलाई समातेर बच्न खोज्दा भ्रमवश काठ र गोहीलाई चिन्न नसक्दा गोहीलाई काठ सम्झिएर त्यही काठलाई समाती नदीलाई तर्न खोज्छ; अन्ततः ऊ गोहीको आहार बन्न पुग्दछ । त्यस्तै जो पुरुष शरीर पोषणको कामना गरेर आत्मदर्शनको इच्छा गर्दछ; विषयभोगले बन्धनहरू झन् शक्तिशाली बनी ऊ झन् झन् भोगी हुने हुनाले आत्म साक्षात्कार प्राप्त गर्दैन । उल्टो भोगमा लिप्त भएर संसार–सागरमा डुब्दछ ।

मोह एव महामृत्युर्मुमुक्षोर्वपुरादिषु ।
मोहो विनिर्जितो येन स मुक्तिपदमर्हति ।।८७।।

शरीर आदिमा मोह राख्नु मुमुक्षुको लागि महामृत्यु हो । जसले मोहलाई जितेको छ उसैले मुक्तिपद प्राप्त गर्न सक्दछ । ।।८७।।

जसरी मृत्यु भएको मानिसले जगत््को कुनै कार्य सम्पादन गर्न सक्दैनन्, त्यस्तै शरीर आदिमा अहंभाव भएको पुरुष मन, इन्द्रियको वशमा भई जगत््–वासना वा भोगमा लिप्त रहेकाले मोक्ष साधना सम्पादन गर्न सक्दैन । देहबुद्धिको उपस्थितिमा ऊ वासना–बन्धनमा परिरहन्छ । यसैले स्वयंको देह आदिमा मोह राख्नु मोक्षकामी मुमुक्षुका लागि महामृत्यु हो । जसले वैराग्य, विवेक, चिन्तनद्वारा यो मोहलाई जितेको छ, उसले मात्र मोक्ष प्राप्त गर्न सक्दछ ।

मोहं जहि महामृत्युं देहदारसुतादिषु ।
यं जित्वा मुनयो यान्ति तद्विष्णोः परमं पदम् ।।८८।।

मुनिजनहरूले जुन मोहलाई जितेर विष्णुको परमपदलाई प्राप्त गर्दछन्, त्यो देह, पत्नी, पुत्रादि महामोहरूप मृत्युलाई नष्ट गर ।।।८८।।

अगाडिको श्लोकमा पनि स्व–देहमोहलाई महामृत्यु भनिएको थियो । यो श्लोकमा आदिगुरुले स्वयंको देहमोह मात्र नभई अत्यन्त निकट भएका, गहिरो स्नेह हुने पत्नी, पुत्रादीप्रतिको मोह पनि मोक्ष मार्गको महामृत्यु हो भन्नुभएको छ । आदिगुरु व्याख्या गर्दै भन्नुहुन्छ – हे साधक ! यदि तिमी विष्णुको परमपद (व्यापक, परिच्छेदशून्य, सर्वोकृष्ट ब्रह्मरूप स्थान, अनि ज्योति सूर्य जसलाई ज्ञानीहरूले पनि आँखा फैलाएर, टकटकी हेर्छन्) प्राप्त गर्न चाहन्छौ भने स्वदेह मोहदेखि लिएर पत्नी, पुत्रादि रूपी अनेकन भ्रमपूर्ण मिथ्या मोहलाई पनि चटक्क त्याग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1121 0
विषयविन्दा 1/15/2023 810 0
स्थूल शरीर निन्दा 1/15/2023 912 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1031 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 882 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 735 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 741 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 720 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 654 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 764 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 692 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 770 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 789 0
प्रारब्ध कर्म विचार 779 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 848 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1137 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0