ब्रह्म निरूपण

0 टिप्पणीहरू 926 आगन्तुकहरू

तलका चार श्लोकमा ब्रह्मको वर्णन गरिएको छ ।

अतः परं ब्रह्म सदद्वितीयं विशुद्धविज्ञानघनं निरञ्जनम् । प्रशान्तमाद्यन्तविहीनमक्रियं निरन्तरानन्दरसस्वरूपम् ।।२३९।।
निरस्तमायाकृतसर्वभेदं नित्यं ध्रुवं निष्कलमप्रमेयम् ।
अरूपमव्यक्तमनाख्यमव्ययं ज्योतिः स्वयं किञ्चिदिदं चकास्ति ।।२४०।।

परंब्रह्म सत् अद्वितीय, विशुद्ध, विज्ञानधन, निर्मल, निरञ्जन, प्रशान्त, आदि– अन्तरहित, अक्रिय, सदानन्दस्वरूप, कलारहित, नित्य, धु्रब, अप्रमेय, सम्पूर्ण मायी भेदरहित, अरूप, अव्यक्त नामरहित, र स्वयं ज्योती तेज जो स्वयं प्रकाशित भइरहेको छ । ।।२३९,२४०।।

अधिष्ठान भएकोले सत्, विजातीय भेद रहती भएकोले अद्वितीय, विषयरहित विज्ञान शरीर भएकोले विशुद्ध विज्ञानघन, क्लेश रहित भएकोले निर्मल, अज्ञान रहित भएकोले निरन्जन, परिणाम रहित भएकोले प्रशान्त, जन्म र नाश रहित भएकोले आदि अन्तरहित, कूटस्थ भएकोले धु्रब, अमूर्त भएकोले अक्रिय, स्वरूपमा नै नित्य आनन्द भएकोले सदानन्दरूप, प्रमाण आदिको अविषय भएकोले अप्रमेय, अन्तहीन भएकोले नित्य, रूप रहती भएकोले अरूप, चक्षुबाट ग्रहण गर्न नसकिने भएकोले अव्यक्त, वाणीको विषय नभएको
कारण नामरहित, स्वयंज्योती परब्रह्म जो स्वयं प्रकाशित भएर समस्त जगत्लाई भासित गरिरहेको छ । यहाँ ब्रह्म भन्दा केही छैन । आरोपित वस्तुको सत्ता प्रतीति मात्र हो । दुई सत्ता एकैसाथ सत्य हुन सक्दैनन् ।

ज्ञातृज्ञेयज्ञानशून्यमनन्तं निर्विकल्पकम् ।
केवलाखण्डचिन्मात्रं परं तङ्खवं विदुर्बुधाः ।। २४१ ।।

ज्ञाता, ज्ञान, ज्ञेय (त्रिपुटी) बाट रहित, अनन्त, निर्विकल्प र केवल अखण्ड चैतन्यमात्र यो परम तङ्खवलाई ज्ञानीहरू जान्दछन् । ।।२४१।।

ब्रह्मको स्वरूपलाई विभिन्न विशेषणद्वारा व्याख्या गरि परमात्मामा निश्चल बुद्धि स्थापना गर्न आदिगुरु प्रयास गरिरहुन भएको छ । यो श्लोकमा भन्नुहुन्छ की जान्नेलाई ज्ञाता, जसलाई जान्नु छ त्यसलाई ज्ञान (प्रमाण), अनि जुन वस्तुलाई जानिन्छ, त्यसलाई ज्ञेय भनिन्छ ।

ज्ञाता, ज्ञान र ज्ञेय नामक त्रिपुटी (तीन वस्तु समूह) रहित, यो ब्रह्मतङ्खव अन्ततः निर्विकल्प र केवल अखन्ड चैतन्य स्वरूपमात्र छ । यो परमतत्व ब्रह्मलाई आत्मा साक्षात्कार प्राप्त गरेका आत्मज्ञानीहरूले मात्र बुझ्दछन्, जान्दछन् । अज्ञानी मनुष्यहरूले ब्रह्मको स्वरूपको बारेमा सुन्दछन् तर आत्म साक्षात्कार नभएकोले यो तङ्खवलाई चिन्न, बुझ्न र जान्न सक्तैनन् ।

अहेयमनुपादेयं मनोवाचामगोचरम् ।
अप्रमेयमनाद्यन्तं ब्रह्म पूर्णं महन्महः ।।२४२।।

त्यो ब्रह्म अत्याज्य, अग्राह, मन र वाणी अगोचर, अप्रमेय, आदि अन्त रहती, पूर्ण, महान् र जोती स्वरूप छ । ।।२४२।।

ब्रह्म सम्पूर्ण प्राणीकोे आत्मा भएकोले त्याग गर्न नसकिने (अत्याज्य), ग्रहण गर्न नसकिने भएकोले आग्रह, मन र वाणिद्वारा प्राप्त गर्न असम्भव भएकोले मन वाणी अगोचर, प्रमाको विषय नभएकोेले अप्रमेय, देश–काल र वस्तु नामक तीन परिच्छेद (सीमा) रहित भएकोले अनादि, विकल्प रहित भएकोले निर्विकल्प सूर्य, चन्द्र, तारा आदिको पनि भासक भएकोले महान्् र स्वप्रकाश भएकोले ज्योतीस्वरूप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 810 0
मंगलाचरण 1/15/2023 785 0
मुक्तिको दुर्लभता 1/15/2023 686 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 934 0
विचारको महङ्खव 1/15/2023 651 0
शिष्य लक्षण 1/15/2023 808 0
साधन–चतुष्टय 1/15/2023 1795 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 774 0
सद्गुरु लक्षण 815 0
शिष्य प्रार्थना 1/15/2023 907 0
गुरु कर्तव्य 1/15/2023 891 0
1/15/2023 633 0
शिष्य प्रशंसा 1/15/2023 712 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 725 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 794 0
अपरोक्षानुभवको आवश्यकता 751 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1105 0
विषयविन्दा 1/15/2023 780 0
देहाशक्तिको निन्दा 1/15/2023 707 0
स्थूल शरीर निन्दा 1/15/2023 894 0
दश इन्द्रियहरू 1/15/2023 1138 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1009 0
पञ्चप्राण 1/15/2023 918 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 963 0
प्राणको धर्म 1/15/2023 608 0
अहंकार 1/15/2023 725 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 616 0
माया वर्णन 1/15/2023 1402 0
रजोगुण 1/15/2023 740 0
तमोगुण 1/15/2023 646 0
सङ्खवगुण 1/15/2023 743 0
कारण शरीर 1/15/2023 884 0
आत्मा–निरूपण 1/15/2023 714 0
अध्यास 1/15/2023 910 0
आवरण र विक्षेपशक्ति 1/15/2023 868 0
बन्ध निरूपण 1/15/2023 660 0
अन्नमय कोश 1/15/2023 740 0
प्राणमय कोश 1/15/2023 750 0
मनोमय कोश 1/15/2023 681 0
विज्ञानमय कोश 1/15/2023 752 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 830 0
आनन्दमय कोश 1/15/2023 606 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 653 0
आत्मस्वरूप निरूपण 1/15/2023 711 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 587 0
जगत्को मिथ्यात्व 1/15/2023 725 0
महावाक्य – विचार 1/15/2023 814 0
ब्रह्मा–भावना 1/15/2023 772 0
वासना त्याग 1/15/2023 811 0
अध्यास निराकरण 1/15/2023 858 0
अहंपदार्थ निरूपण 1/15/2023 700 0
अहंकार – मुख्यवाधा 1/15/2023 622 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 636 0
प्रमाद – निन्दा 1/15/2023 744 0
अविद्याको स्थिति 1/15/2023 740 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 727 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 791 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 812 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 672 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 750 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 697 0
ध्यान विधि 1/15/2023 676 0
आत्म दृष्टि 1/15/2023 753 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 726 0
आत्म चिन्तनको उपदेश 1/15/2023 668 0
शरीर उपेक्षा 1/15/2023 649 0
आत्मज्ञानको फल 1/15/2023 736 0
जीवनमुक्तको लक्षण 1/15/2023 759 0
प्रारब्ध कर्म विचार 760 0
प्रारब्ध निराकरण 1/15/2023 719 0
नानात्व – निषेध 1/15/2023 773 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 832 0
बोधोपलब्धी 1/15/2023 700 0
शिष्यको अनुभव 1/15/2023 799 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 910 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1119 0
आत्माको अविनाशिता 1/15/2023 1183 0
परमार्थता 1/15/2023 1734 0
शिष्य बिदाइ 1/15/2023 1452 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36131 0