बन्ध निरूपण

0 टिप्पणीहरू 691 आगन्तुकहरू

बीजं संसृतिभूमिजस्य तु तमो देहात्मधीरङ्कुरो
रागः पल्लवमम्बु कर्म तु वपुः स्कन्धोऽसवः शाखिकाः ।
अग्राणीन्द्रियसंहतिश्च विषयाः पुष्पाणि दुःखं फलं
नानाकर्मसमुद्भवं बहुविधं भोक्तात्र जीवः खगः ।।१४७।।

संसाररूपी वृक्षको बीज अज्ञान –नित्य–अनित्य छुट्याउन नसक्नु) हो । देहात्मबुद्धि उसका अंकुर हुन् । राग पात हुन् । कर्म जल हो । शरीर स्तम्भ (मुख्य खम्बा) हो । इन्द्रियहरू उपशाखा तथा प्राण हाँगा हुन् । विषय फूलहरू हुन् । दुःख फल हो । संसार वृक्षमा बसेको पंक्षीरूपी जीव अनेकन कर्मबाट उत्पन्न अनेक प्रकारका दुःखरूपी फलको भोक्ता हो । ।।१४७।।

शिष्यका प्रश्नहरूको उत्तर दिने क्रममा आदिगुरुले ‘बन्धन के हो ? यो कसरी प्राप्त हुन्छ ? अनात्म के हो ? परमात्मा के हो ?’ अदि प्रश्नहरूको व्याख्या गरिरहनुभएको छ । यो श्लोकमा आदिगुरु शिष्यको तेस्रो प्रश्न, ‘बन्धनको स्थिति के कारणले गर्दा हुन्छ ?’ को उत्तर दिनुहुन्छ । भन्नुहुन्छ, ‘नित्य र अनित्य वस्तुको भेद छुट्याउन नसक्नु अथवा अज्ञान नै संसाररूपी वृक्षको

‘बीज’ हो । मनुष्य संसारसँगको सम्बन्धको विजारोपण नै अज्ञानबाट सुरू हुन्छ । अज्ञानकै कारण मनुष्य अनात्मदेहमा आत्मबुद्धि गर्दछ वा ‘शरीर म हुँ’ भनेर मान्दछ । स्वयं आत्मा हुँदाहुँदै ‘म शरीर हुँ’ भनेर बुझ्नु नै संसाररूपी वृक्षको बीजको ‘अंकुर’ हो । वा अज्ञानको बीज फुटेर अंकुरण हुनु हो ।

जब मनुष्य शरीरमा आत्मबुद्धि गर्दछ । शरीर इन्द्रिय र मनका अनगिन्ती विषयहरूप्रति आकर्षित हुन पुग्दछ । विषयप्रतिको यो राग (लालच) नै संसार–वृक्षको पात हो । जब विषयप्रति रागको जन्म हुन्छ, स्वभावतः मनुष्य ती विषय तृप्तिका कर्मप्रति आकृष्ट भई वासनामय कर्महरू गर्दछ । यो वासनामय सकाम कर्महरू नै संसार–वृक्षलाई झाङ्गिन सहयोग गर्ने ‘जल’ बन्दछ । यिनै शरीरका वासना तृप्ति हेतु गरिएका कर्मरूपी जलले गर्दा संसाररूपी ‘वृक्ष’स्वयंको देहभित्र झन् झाङ्गिन्छ, फैलिन्छ ।

यही शरीररूपी वृक्ष (मुख्य स्तम्भ वा आधार) मा पाँच प्राणरूपी शाखा, पाँच कर्मेन्द्रिय, पाँच जनेन्द्रिय आदि उपशाखाहरू छन् । शरीरका यी इन्द्रियहरू आ–आफ्ना विषयभोगप्रति सधैं लालचपूर्ण रहन्छन् । यी विषयहरू नै यो संसाररूपी वृक्षका फूलहरू हुन् । मनुष्य जब यी वासना विषयहरूलाई निरन्तर भोगिरहन्छ, ऊ शारिरीक, मानसिक आदि सम्पूर्ण रूपमा नष्ट हुँदै शरीरमा अनेकन प्रकारका दुःख, रोग, व्याधि आदिबाट प्रताडित हुँदै दुःखरूपी ‘फल’ प्राप्त गर्दछ ।

अज्ञानमूलोऽयमनात्मबन्धो नैसर्गिकोऽनादिरनन्त ईरितः । जन्माप्यय(व्याधिजरादिदुःख–प्रवाहतापं जनयत्यमुष्य ।।१४८।।

यो अज्ञान जनित अनात्म बन्धनलाई स्वाभाविक अनादि र अनन्त भनिएको छ । यो बन्धनले नै जीवमा जन्म, मृत्यु, रोग, बुढ्यौली आदि दुःखको प्रवाह उत्पन्न गर्दछ । ।।१४८।।.

अनात्मबन्धन यो जन्ममा प्राप्त नभई अनादि अज्ञानको कारण प्राप्त भएकाले बन्धनलाई स्वाभाविक मानिएको छ । यो कहिले ? कुन समयमा ? कसरी ? प्राप्त भयो आदि जानकारी नभएकाले अनादि, स्व–स्वरूपको ज्ञान प्राप्त नभएसम्म नष्ट नभई भविष्यका जन्महरूमा पनि निरन्तर रहने भएकाले अनन्त मानिएको हो । यो बन्धनले मनुष्यलाई विषय भोगप्रति आकृष्ट गरी जन्म, मृत्यु, रोग, बुढ्यौली आदि दुःखहरू सृर्जना गर्दछ ।
आत्मा–अनात्म विवेक –बन्धन) निरूपणको हेतु आत्म–अनात्म विवेक तलको श्लोकमा उल्लेख गरिएको छ ।

नास्त्रैर्न शस्त्रैरनिलेन वहीनना छेत्तुं न शक्यो न च कर्मकोटिभिः । विवेकविज्ञानमहासिना विना धातुः प्रसादेन शितेन मञ्जुना ।।१४९।।

यो बन्धन परमात्माको अनुग्रह, तिक्ष्ण विवेक विज्ञानरूपी तलवार बाहेक अस्त्र–शस्त्र, वायु, अग्नी र करोडौं कर्मबाट पनि काट्न सकिन्न । ।।१४९।।

शिष्यको चौथो प्रश्न छ – संसारबाट मोक्ष कसरी प्राप्त हुन्छ ? गुरुदेव यो प्रश्नलाई सम्बोधन गर्दै भन्नुहुन्छ – अनात्म बन्धन मनुष्यलाई स्व–स्वरूपको अज्ञानताका कारणले प्राप्त भएको छ । यो बन्धनलाई कुनै अस्त्र, शस्त्र, वायु, अग्नि, पूजा, पाठ आदि करोडौं कर्मबाट पनि नष्ट गर्न सकिन्नँ । जबसम्म विवेकरूपी तलवारद्वारा नित्य र अनित्य वस्तुको भेद छुट्याई नित्यलाई ग्रहण गर्दै आत्मासाक्षात्कारको विन्दुसम्म पुगिन्न । यो बन्धनलाई नष्ट गर्न सकिन्न । जब साधना सत्य हुन्छ, परमात्माको अनुग्रह प्राकृततः प्राप्त हुन्छ । अनि साधकले मोक्ष प्राप्ति गर्दछ ।

श्रुतिप्रमाणैकमतेः स्वधर्मनिष्ठा तयैवात्मविशुद्धिरस्य ।
विशुद्धबुद्धेः परमात्मवेदनं तेनैव संसारसमूलनाशः ।।१५०।।

जब श्रुति प्रमाण र स्वधर्ममा दृढ निष्ठा हुन्छ, साधकको अन्तःकरण शुद्ध हुन्छ । त्यही विशुद्ध बुद्धि (चित्त) द्वारा परमात्मासँग साक्षत्कार हुन्छ । यसबाट अज्ञानसहित संसारको नाश हुन्छ । ।।१५०।।

श्रुति परम्पराबाट आएका वेद, उपनिषद् आदि ग्रन्थहरूका वचनहरूलाई अकाट्य, प्रमाणित मानी स्वीकार्नु नै श्रुति प्रमाणप्रतिको निष्ठा र विश्वास हो । स्वयंलाई मुक्त गराउनुभन्दा ठूलो अन्य कुनै धर्म हुन सक्दैन । यसैले मोक्षको खोजी नै स्वधर्म हो ।

जब साधक वेद, उपनिषद् आदिमा व्याख्या गरिएका मोक्ष विधि वा वचनहरूलाई प्रमाणिक मान्दै स्वधर्मको मार्गमा बढ्दछ । स्वभावतः साधनाको प्रभावले अन्तःरकरण वा चित्तका क्लेशहरू नष्ट भई निर्मल चित्तवृत्ति प्राप्त हुन्छ । यस्तो अवस्थामा प्राकृततः चित्तको आवरणशक्ति (तमोगुण), विपेक्षशक्ति (रजोगुण) नष्ट भई साधकले स्व–स्वरूप परमात्मासँग साक्षात्कार गर्दछ । जब स्व–स्वरूपसँग साक्षात्कार हुन्छ, तत्क्षण ‘म शरीर हुँ’ भन्ने अज्ञानसहित अनित्य संसारप्रतिको सम्पूर्ण आकर्षण समाप्त हुन्छ । संसार त रहन्छ, तर संसारप्रतिको मोह पूर्ण नष्ट हुन जान्छ । यो अवस्थामा संसार रहनु–नरहनु कुनै अर्थ रहँदैन ।

कोशैरन्नमयाद्यैः पञ्चभिरात्मा न संवृतो भाति ।
निजशक्तिसमुत्पन्नैः शैवालपटलैरिवाम्बु वापीस्थम् ।।१५१।।

जसरी झ्याउहरूबाट ढाकिँदा जलाशयको पानी देखिंदैन, त्यस्तै आत्माको आफ्नै शक्तिबाट उत्पन्न अन्नमय आदि पाँच कोशबाट छोपिएको यो आत्मा प्रतीत हुँदैन । ।।१५१।।

जसरी झ्याउद्वारा ढाकिएको जलाशयमा रहेको पानीलाई स्पष्ट देख्न सकिँदैन, त्यस्तै जलझैं शुद्ध–निर्मल आत्मामा अविद्याद्वारा कल्पित अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय तथा आनन्दमय पञ्चकोशले छोपिएको हुनाले स्पष्ट आभास हुँदैन । वा, स्फूटरूप प्रतीत हुँदैन ।

शरीरको पञ्चकोश जस्तै अन्तःकरणका तमोगुणको आवरण शक्तिले पनि आत्मालाई स्पष्ट रूपमा आभास हुन दिँदैन भनी माथिका विविध श्लोकहरुमा उल्लेख गरिएको छ ।

तच्छैवालापनये सम्यक्् सलिलं प्रतीयते शुद्धम् ।
तृष्णासन्तापहरं सद्यः सौख्यप्रदं परं पुंसः ।।१५२।।

त्यो (पानी माथिको) झ्याउलाई पन्छाएपछि शुद्ध जल स्पष्ट रूपमा प्रतीत हुन्छ । जुन पुरुषको तृष्णा वा तिर्खारूपी सन्तापलाई मेटाएर शीघ्र परम्सुख प्रदान गर्न सक्दछ । ।।१५२।।

जलाशयमा उम्रिएका झ्याउहरू शुद्ध जलको प्राप्तिमा बाधक हुन् । जब पानीमाथिको आवरण (प्रतिबन्ध) हटाइन्छ; शुद्ध, निर्मल जल स्पष्ट–रूपमा प्रतीत हुन्छ । जलले तिर्खाएको मनुष्यको प्यासलाई मेटाएर परम्सुख प्रदान गर्दछ ।

शुद्ध, निर्मल जलाशयको जलझैं मनुष्यको निर्मल–आत्मालाई शरीरका पञ्चकोशहरूले छोपिदिँदा आत्माको अनुभूति नभई जगत््का वासनाप्रति प्रवृत्त हुन पुगी छट्पटाइरहेको मनुष्य जब शरीरका पञ्चकोशरूपी आवरणहरूलाई साधनद्वारा हटाउँदछ, त्यो स्थितिमा आनन्दरूपी सुख परम्शान्ति प्राप्त गर्दछ ।

पञ्चानामपि कोशानामपवादे विभात्ययं शुद्धः ।
नित्यानन्दैकरसः प्रत्यगू्रपः परः स्वयंज्योतिः ।।१५३।।

पञ्चकोषरूप आवरणलाई निषेध गरेपछि नित्य आनन्द रस, अन्तर्यामि, स्वयंप्रकाश, सर्वोकृष्ट आत्मा शुद्धरूपमा भासित हुन्छ । ।।१५३।।

जसरी जलाशयको झ्याउलाई हटाउँदा शुद्ध जल स्पष्ट प्रतीत भई शुद्ध जलको निर्मलता, सङ्लोपन, कन्चनता छर्लङ्ग देखिन्छ । त्यस्तै, आत्मालाई (छोपेका) शरीरको पञ्चकोशरूपी आवरणलाई साधन चतुष्ट्यबाट हटाएपछि आत्माको स्पष्ट आभास प्राप्त भई नित्य आनन्द रस, अन्तर्यामि, स्वप्रकाश, सर्वोकृष्ट आत्मासँग साक्षत्कार हुन्छ । साधकको लक्ष्य आत्माको स्वरूपलाई प्राप्त गर्नु हो ।

आत्मानात्मविवेकः कर्तव्यो बन्धमुक्तये विदुषा ।
तेनैवानन्दी भवति स्वं विज्ञाय सच्चिदानन्दम् ।।१५४।।

बन्धन मुक्तिका लागि विद्वान्ले आत्मा–अनात्मा वस्तुको विवेक गर्नुपर्दछ । यहीँबाट ऊ स्वयंलाई सत्, चित्, आनन्दस्वरूप हुँ भन्ने जानेर परमानन्द प्राप्त गर्दछ । ।।१५४।।

नित्य र अनित्य वस्तुको भेद बुझेर, नित्यलाई ग्रहण गर्नु विवेक हो । मोक्षकामी विद्वान् पुरुषले बन्धन मुक्तिका लागि नित्य–अनित्य वस्तुप्रतिे अवलोकन, चिन्तनमनन गर्दै अनित्य वस्तुलाई त्याग्दै जाँदा जब सम्यक् विवेक प्राप्त हुन्छ, त्यो क्षणमा साधकले त्रिकाल बाध्यत (सत्), ज्ञानरूप (चित्त) र आनन्दस्वरूप स्वयंको स्वरूप आत्मासँग साक्षात्कार गर्दछ ।

मुञ्जादिषीकामिव दृश्यवर्गात् प्रत्यञ्चमात्मानमस·मक्रियम् ।
विविच्य तत्र प्रविलाप्य सर्वं तदात्मना तिष्ठति यः स मुक्तः ।।१५५।।

जसरी मुन्ज (एकप्रकारको झार) बाट पात पन्छाएर गुभोलाई छुट्याइन्छ । त्यस्तै, असंग तथा अक्रिय आत्मालाई दृष्य जगत््बाट (विवेकले) छुट्याएर, त्यसैमा सम्पूर्ण दृष्यवर्गलाई विलय गराएर आत्मभावमा जो रहन्छ त्यो नै मुक्त हो ।।।१५५।।

जसरी मुन्जबाट पात पन्छाएर गुभोलाई अलग गरिन्छ । त्यस्तै, मोक्षकामी मुमुक्षुहरू असंग र क्रियारहित आत्मालाई विवेक (नित्य–अनित्य भेद) को धारिलो हतियार प्रयोग गरी पञ्चकोशरूपी देह, अन्तःकरणसहित जगत््का सम्पूर्ण वस्तुलाई अनित्य, परिवर्तनशील र बाह्य भन्दै अस्वीकार गर्दै मनमा विलय गर्दै नित्य तङ्खवको खोज गर्दै जाँदा अन्ततः साधक आत्मभावमा लीन हुन पुग्दछ । बाह्य जगत््बाट सम्पूर्णरूपमा सम्बन्ध टुटेर स्वयंको आत्मामा लीन पुरुष नै मुक्त पुरुष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 815 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 679 0
शिष्य लक्षण 1/15/2023 842 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 818 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 818 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 950 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 642 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1430 0
रजोगुण 1/15/2023 768 0
तमोगुण 1/15/2023 678 0
सङ्खवगुण 1/15/2023 773 0
कारण शरीर 1/15/2023 910 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 944 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
अन्नमय कोश 1/15/2023 772 0
प्राणमय कोश 1/15/2023 782 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 630 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 615 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 951 0
महावाक्य – विचार 1/15/2023 850 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 845 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 780 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 704 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 745 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 726 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0