स्थूल शरीरको व्याख्या

0 टिप्पणीहरू 1122 आगन्तुकहरू

स्थूल, सूक्ष्म र कारण शरीरमध्ये स्थूल शरीरबाट देह (अनात्म) व्याख्या सुरू गरिन्छ ।

मज्जास्थिमेदःपलरक्तचर्मत्वगाह्वयैर्धातुभिरेभिरन्वितम् । पादोरुक्षोभुजपृष्ठमस्तकैर·ैरुपा·ैरुपयुक्तमेतत् ।। ७४ ।।

स्थूल गरिएको व्याख्याः हाड, बोसो, रगत, मासु, छाला, त्वचा आदि सात धातुयुक्त अनि हात, जाँघ, छाती, खुट्टा, पिठूँ, शिर आदि अङ्गबाट निर्मित स्थूल शरीर छ । ।।७४।।

बन्धनस्थूल अनात्माको ज्ञान भएपछि सूक्ष्म आत्माको ज्ञान सरल हुने हुनाले आदिगुरु यी प्रश्नहरूको उत्तर अनात्म स्थूल शरीरको व्याख्याबाट सुरू गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ – यो शरीर जसलाई तिमी म, मेरो शरीर, मेरो सुन्दर मुहार, मेरो सौन्दर्य भनिरहेका छौ, यथार्थतामा यो हाड, बोसो, रगत, मासु, छाला, (त्वचा) हात, जाँघ, छाती, खुट्टा, पिठ्यूँ, शिर आदि अंगहरू मिलेर बनेको एक स्थूल हो । शरीरको यथार्थता यही हो ।

यस्तो अनेकन धातु र अंग मिश्रित शरीर, जसलाई तिमी “म, मेरो” भनेर यति धेरै मोहीत र अभिमानी भएका छौ; विद्वान््–ज्ञानीहरू यसलाई “यो तिमी होइनौ” भन्दछन् । यो त धातु र अंगहरू मिश्रित अनात्मा “देह, पिण्ड वा स्थूल शरीर” मात्र हो भन्दछन् । अज्ञानले तिमीले यो हाड, छाला, रगत मिश्रित स्थूल शरीरलाई ‘म’ भनिरहेका छौ ।

अहंममेति प्रथितं शरीरं मोहास्पदं स्थूलमितीर्यते बुधैः । नभोनभस्वद्दहनाम्बुभूमयः सूक्ष्माणि भूतानि भवन्ति तानि ।। ७५ ।।

“म र मेरो” भनी प्रसिद्ध मानिरहेको शरीरलाई नै विद्वान््हरू मोहको विषय ठान्दछन् । आकाश, वायु, अग्नि, जल, पृथ्वी (यी पाँच) सूक्ष्म भूततङ्खवहरू हुन् । यिनै जड पञ्चतङ्खवहरूको अंश वा सूक्ष्म परमाणुहरू परस्पर मिलेर स्थूल शरीर बनेको हुन्छ । यिनीहरू नै स्थूल शरीर निर्माणका कारण हुन् । ।।७५।।

यो श्लोकमा स्थूल शरीरको निर्माणप्रक्रियालाई सूक्ष्मरूपमा केलाइएको छ । स्थूलरूपक देह, मासु, हाड, रगत आदि धातुहरू अनि विविध अंगहरूको मिश्रणबाट निर्मित देखिन्छ । अझ सूक्ष्मतामा हेर्ने हो भने स्थूल शरीर आकाश, वायु, अग्नि, जल, पृथ्वीतङ्खव (पाँच महाभूत) का सूक्ष्म परमाणुहरू परस्पर मिलेर निर्मित भएको हो । शरीरको पाँच तङ्खव आकाश (शरीर भित्र–बाहिर अणुहरू बीचको खाली ठाउँ), पृथ्वी (शरीरका हाड, मासु, मांसपेशी आदि), वायु (शरीरभित्रको वायु वा अक्सिजन), अग्नि (शरीरभित्रको उर्जा), पानी (शरीर भित्रको तरलपदार्थ);यी पञ्चतङ्खवहरू नै शरीर निर्माणका कारण हुन् ।

यहाँ उल्लेखनीय के छ भने, विज्ञानले भनेझैं अनन्तकालदेखि वेदान्त आदि शास्त्रहरूले पनि जगत्् वा शरीर सूक्ष्म परमाणुहरूबाट सिर्जित छ भनेका छन् । कुनै देवता वा दैत्यबाट पृथ्वी वा देह सिर्जित हुन्छ भन्ने धारणा आदिकालदेखि वेदान्त आदि शास्त्रहरूमा उल्लेख भएको पाइँदैन ।

परस्परांशैमिर्लितानि भूत्वा स्थूलानि च स्थूलशरीरहेतवः ।
मात्रास्तदीया विषया भवन्ति शब्दादयः पञ्च सुखाय भोक्तुः ।। ७६ ।।

यिनै पाँच महाभूतका पञ्चतङ्खव ९ँष्खभ कगदतभि भझिभलत० बाट भोक्ता जीवको सुखभोगको शब्दादि (शब्द, स्पर्श, रूप, रस, गन्ध) पाँच विषय बनेका हुन् । ।।७६।।

अगाडिका श्लोकमा भनिएको छ – पाँच महाभूतका सूक्ष्म परमाणुहरू मिलेर देहको निर्माण भएको हो । यो श्लोकमा भनिएको छ – यिनै पाँच महाभूत को पन्चतन्मात्रा (शब्द, स्पर्श, गन्ध, स्वाद, दृश्य) हरू शरीरका पाँच इन्द्रियका विषय बनेका छन् । जब पाँच विषय इन्द्रियको सम्पर्कमा आउँछन् तब यसले संसारिक जीवलाई सुख प्रदान गर्दछ । यही योगबाट प्राप्त हुने सुखको कारणले जीव बारम्बार विषयप्रति आकर्षित भई सम्पूर्ण जीवन यही भोगमा व्यतित गर्दछ ।

य एषु मूढा विषयेषु बद्धा रागोरुपाशेन सुदुर्दमेन ।
आयान्ति निर्यान्त्यध ऊध्र्वमुच्चैः स्वकर्मदूतेन जबेन नीताः ।।७७।।

जो मुढ (मनुष्य) यी रागरूपी विषयहरूका सुदृढ (सहजै नछुट्ने) रागरूपी पाशोले बाँधिएका छन्, ती आफ्नो कर्मरूपी दूत (कर्मफल) द्वारा वेगसँग तानिन्छन् र अनेक उत्तम या अधम योनिमा आवागमन गरिरहन्छन् । ।।७७।।

शिष्यको प्रश्न छ – बबन्धन के हो ? यो कसरी ििसर्जित हुन्छ ? कसरी चिरकालसम्म रहिरहन्छ ?
अघिल्लो श्लोकमा आदिगुरुले भन्नु भएको छ – पञ्च महाभूतसँग सम्बन्धित शब्द, स्पर्श, रूप रस, गन्ध यी पाँच विषयहरूले जीवलाई सुखको आभास गराउँदछ । यी नै विषयहरू वा विषयहरूप्रतिको राग नै बबन्धन हो ।

मुढ वा अज्ञानी मनुष्यहरू जो यी बलवान् रागरूपी विषयहरूको मोहपाशो (बन्धन) मा बाँधिएका हुन्छन्, ती जीवनपर्यन्त भोगमा वा विविध शुभ–अशुभ कर्ममा प्रवृत्त हुन्छन् । अनि मृत्युपश्चात् पनि पुनः यिनै विषय संग्रहित विषय–वासना सूक्ष्म शरीरमार्फत सँगै जाने हुनाले वासनाको प्रकृतिअनुसार उत्तम वा अधम योनिमा विचरण गरिरहन्छ । अथवा दुष्टता, कामवासना, लोभ आदि निक्रिष्ट वासनाबाट जीवनपर्यन्त सताइएका पुरुषहरू मृत्युपर्यन्त अधम, (निच) योनी; प्रेम, दया, क्षमा आदि भाव भएका पुरुषहरू मृत्युपश्चात् उत्तम योनि अनि मिश्रित स्वभाव भएकाहरूले मध्यम प्रकारको योनि प्राप्त गर्दछ भन्ने शास्त्रको मत छ । स्वर्ग, नर्क आदिको अवधारणा यो सँग मिल्दोजुल्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 912 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1033 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 884 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 735 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 741 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 720 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 654 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 764 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 692 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 772 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 848 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1137 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0