समाधिद्वारा विकल्पको नाश

0 टिप्पणीहरू 764 आगन्तुकहरू

(सम्पूर्ण विकल्पहरूको विलय कसरी हुन्छ ?वर्णन गरिन्छ ।)

अज्ञानहृदयग्रन्थेर्निःशेषविलयस्तदा ।
समाधिनाऽविकल्पेन यदाद्वैतात्मदर्शनम् ।।३५४।।

निर्विकल्प समाधिद्वारा जब अद्वैत आत्मदर्शन प्राप्त हुन्छ त्यसपछि अज्ञानजन्य हृदयको ग्रन्थी पूर्णरूपमा विलय हुन्छ । ।।३५४।।

विवेक, वैराग्य, श्रवण, मनन हुँदै जब साधक निर्विकल्प समाधिमा स्थिर हुन्छ वा परमतङ्खव ब्रह्ममा पूर्ण रूपमा विलय हुन्छ । त्यो अवस्थामा द्वैत्तसत्ता उपस्थित नहुने भएकोले “म ब्रह्म हुँ” ‘सम्पूर्ण जगत् ब्रह्मा हो’अनुभूति हुने भएकोले अज्ञानजन्य हृदयको ग्रन्थी (वा अन्तःकरणको अज्ञान) पूर्णरूपमा विलय हुन्छ । यथार्थमा अज्ञानजन्य हृदयको ग्रन्थी पूर्णरूपमा विलय नभईकन अद्वैत आत्मदर्शन प्राप्त हुन सक्दैन ।

त्वमहमिदमितीयं कल्पना बुद्धिदोषात् प्रभवति परमात्मन्यद्वये निर्विशेषे । प्रविलसति समाधावस्य सर्वो विकल्पो विलयन(मुपगच्छेद्वस्तुतङ्खवावधृत्या ।।३५५।।

अद्वय (अद्वितीय), निर्विशेष परमात्मामा बुद्धि दोषको कारण नै ‘तँ’, ‘म’, ‘यो’ आदि कल्पना हुन्छन् । तर (विद्वान्को) समाधि परिपक्व भएर तङ्खव वस्तुको निश्चय भएपछि सम्पूर्ण विकल्प नाश हुन्छन् । ।।३५५।।

तमोगुण र रजोगुणरूपी अविद्या बुद्धि दोषको कारण वस्तुको वास्तविक स्वरूपलाई चिन्न नसकि तँ, म, यो आदि भेद कल्पनाको सिर्जना हुन्छ । तर जब साधनाद्वारा विद्वान् साधक, समाधि स्थिति वा बुद्धिको समानतापूर्ण स्थितिमा पुग्दछ । त्यो क्षणमा वस्तुको वास्तविक स्वरूप (तङ्खव) निश्चय हुन्छ । नित्य आत्म चिन्तनद्वारा जब साधकले परिपक्व समाधि प्राप्त गर्दछ । त्यो अवस्थामा मन र मनका सम्पूर्ण संकल्प विकल्पहरू नाश हुन्छन् ।

शान्तो दान्तः परमुपरतः क्षान्तियुक्तः समाधिं
कुर्वन्नित्यं कलयति यतिः स्वस्य सर्वात्मभावम् ।
तेनाविद्यातिमिरजनितान् साधु दग्ध्वा विकल्पान्
ब्रह्माकृत्या निवसति सुखं निष्क्रियो निर्विकल्पः ।।३५६।।

यति (सन्यासि÷भिक्षु÷योगी) पुरुष जसले चित्त शान्त, इन्द्रियवस (निग्रह) र विषयहरूमा वैराग्य प्राप्त गरेको छ । जो क्षमाशील छ । उ नित्य समाधिमा स्थित रहि सर्वात्मभावको अनुभव गर्दछ । यही अनुभवबाट अविद्याको कार्यरूप अन्धकारले गर्दा उत्पन्न सम्पूर्ण विकल्पहरूलाई सम्यक् रूपमा जलाएर निस्क्रिय भएर ब्रह्मकारवृत्तिमा सुखपूर्वक रहन्छ । ।।३५६।।

साधना चतुष्टयद्वारा शमयुक्त (श्लोक २२७), दमयुक्त (श्लोक २३) उपरतिपूर्ण (श्लोक २४) तितिक्षापूर्ण (श्लोक २४), क्षमाशील, यी आदि आध्यात्मिक गुण विकास गरिसकेका मुमुक्षु योगीजनहरू अज्ञान नष्ट भइसकेकोले नित्य समाधि (समानतापूर्ण, भेदरहित बुद्धि) स्थितिमा स्थिर रहेर, निदिध्यासनद्वारा सर्वात्मा भाव (सबै आत्मा एकै आत्मा हुन भन्ने) भाव प्राप्त गर्दछन् । यही सम्यक् अनुभूतिद्वारा अविद्याको कार्य मनकासंकल्प, विकल्पलाई जलाएर, यो जगत्सँग सम्पूर्ण रूपमा असंग रहि, ब्रह्मभावमा आनन्दपूर्वक रहन्छन् ।

समाहिता ये प्रविलाप्य बाह्यं श्रोत्रादि चेतः स्वमहं चिदात्मनि ।
त एव मुक्ता भवपाशबन्धैर्नान्ये तु पारोक्ष्यकथाभिधायिनः ।।३५७।।

जो पुरुष बाह्य श्रोत आदि इन्द्रियवर्ग र अभ्यान्तर (आन्तरिक) चित्त र अहंकार आदिलाई ज्ञान स्वरूप आत्मामा विलय गरेर समाहित वा समाधिमा स्थित छन् । ती पुरुष संसाररूपी बन्धनबाट मुक्त छन् । जो केवल शास्त्र वा ब्रह्मज्ञनलाई शब्दमा धारणा गर्दछन्,वा चर्चामात्र गर्दछन् तिनीहरू मुक्त हुन सक्दैनन् । ।।३५७।।

बाह्य रूपमा देह तथा इन्द्रियवर्ग अनि आन्तरिक रूपमा मन, चित्त, अहंकार बुद्धि, प्राण, आदि मोक्ष मार्गका वाधाहरू हुन् । जबसम्म देह, इन्द्रिय, मनको बाह्य जगत्सँग सम्पर्क छ, त्यो अवस्थासम्म मोक्ष जस्तो दुर्लभ वस्तु प्राप्त गर्न असम्भव छ भनि विविध श्लोकमा भनिसकिएको छ । त्यसैले जो पुरुष साधनाद्वारा आत्मज्ञान प्राप्त गरी देह, इन्द्रिय, मन, चित्त, अहंकार बुद्धि आदि
सम्पूर्णलाई ज्ञान स्वरूप आत्मामा पूर्णरूपमा विलय गरेर समाधिमा स्थित छ, त्यस्तो आत्मामा समाहित पुरुषमात्र मुक्त पुरुष हो । उ मात्र संसारको वासनारूपी पासोको यातनाबाट मुक्त छ । जो साधक वा पुरुषहरू विवेक, वैराग्यरूपी साधनामा सिद्धि प्राप्त गरि मनको अज्ञानलाई नष्ट गर्न नलागेर शास्त्र व्याख्या, अध्ययन, श्रवणमा अल्झिरहेका छन् ती पुरुषहरूको अज्ञान अविद्या नष्ट नभई जगत्सँग सम्बन्ध रहिरहेकोले ती मोक्ष प्राप्त गर्न सक्दैनन् । जसको सम्बन्ध जगत्सँग छ उ कसरी मोक्ष हुन सक्छ ? सक्दैन ।

उपाधियोगात्स्वयमेव भिद्यते चोपाध्यपोहे स्वयमेव केवलः ।
तस्मादुपाधेर्विलयाय विद्वान्् वसेत्सदाऽकल्पसमाधिनिष्ठया ।।३५८।।

उपाधिको कारण परमात्मामा भेदको प्रतीत हुन्छ । तर उपाधि नष्ट भएपछि एकमात्र ‘उही’ रहन्छ । यसैले विद्वान् उपाधि निवृत्तिको लागि निरन्तर निर्विकल्प समाधिमा स्थित रहन्छ । ।।३५८।।

मनुष्य स्वयंमा आत्मा (ईश्वर÷परमात्मा÷ब्रह्म) हुँदाहुँदै अज्ञान सिर्जित देह उपाधिको कारण स्वयंलाई ‘म आत्मा हुँ’, ‘ब्रह्म हुँ’ आदि बोध हुन नसक्दा वा भेद द्वैतसत्ताको उपस्थित रहिरहन्छ । जब आत्मज्ञान प्राप्त भई यो मिथ्या उपाधि नष्ट हुन्छ त्यो अवस्थामा म र ब्रह्म पृथक् हो भन्ने द्वैत भेद नष्ट भई स्वयं ‘म ब्रह्म हुँ’ भन्ने सम्यक् बोध हुने हुनाले मात्र आत्मा शेष रहन्छ । मोक्षकामी विद्वान् पुरुषहरूले द्वैत भेद सिर्जना गरी स्वयंको स्वरूपलाई साक्षात्कार गर्न वाधा सिर्जना गर्ने देह उपाधिको निवृत्तिका लागि साधनाद्वारा आत्मज्ञान प्राप्त गरी निर्विकल्प समाधिमा स्थिर रहनु पर्दछ । निर्विकल्प समाधिद्वारा ब्रह्म चिन्तन सघन भई विद्वान् साधक मुक्त हुन्छ । हे शिष्य ! तिमी पनि संसारबन्धनको कारण यो मिथ्या उपाधिलाई साधनाद्वारा नष्ट गरि मोक्ष प्राप्त गर्न साधन चुतुष्टय अनि निर्विकल्प समाधिको मार्गलाई अपनाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 792 0
मंगलाचरण 1/15/2023 765 0
मुक्तिको दुर्लभता 1/15/2023 662 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 908 0
विचारको महङ्खव 1/15/2023 633 0
शिष्य लक्षण 1/15/2023 790 0
साधन–चतुष्टय 1/15/2023 1775 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 750 0
सद्गुरु लक्षण 791 0
शिष्य प्रार्थना 1/15/2023 881 0
गुरु कर्तव्य 1/15/2023 873 0
1/15/2023 613 0
शिष्य प्रशंसा 1/15/2023 694 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 703 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 772 0
अपरोक्षानुभवको आवश्यकता 725 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1081 0
विषयविन्दा 1/15/2023 756 0
देहाशक्तिको निन्दा 1/15/2023 685 0
स्थूल शरीर निन्दा 1/15/2023 876 0
दश इन्द्रियहरू 1/15/2023 1118 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 989 0
पञ्चप्राण 1/15/2023 898 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 933 0
प्राणको धर्म 1/15/2023 590 0
अहंकार 1/15/2023 703 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 586 0
माया वर्णन 1/15/2023 1378 0
रजोगुण 1/15/2023 718 0
तमोगुण 1/15/2023 624 0
सङ्खवगुण 1/15/2023 723 0
कारण शरीर 1/15/2023 866 0
आत्मा–निरूपण 1/15/2023 694 0
अध्यास 1/15/2023 890 0
आवरण र विक्षेपशक्ति 1/15/2023 846 0
बन्ध निरूपण 1/15/2023 640 0
अन्नमय कोश 1/15/2023 720 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 659 0
विज्ञानमय कोश 1/15/2023 730 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 806 0
आनन्दमय कोश 1/15/2023 588 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 631 0
आत्मस्वरूप निरूपण 1/15/2023 691 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 563 0
जगत्को मिथ्यात्व 1/15/2023 701 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 796 0
ब्रह्मा–भावना 1/15/2023 752 0
वासना त्याग 1/15/2023 791 0
अध्यास निराकरण 1/15/2023 840 0
अहंपदार्थ निरूपण 1/15/2023 680 0
अहंकार – मुख्यवाधा 1/15/2023 600 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 616 0
प्रमाद – निन्दा 1/15/2023 724 0
अविद्याको स्थिति 1/15/2023 714 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 677 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 790 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 652 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 730 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 673 0
ध्यान विधि 1/15/2023 652 0
आत्म दृष्टि 1/15/2023 731 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 702 0
आत्म चिन्तनको उपदेश 1/15/2023 642 0
शरीर उपेक्षा 1/15/2023 627 0
आत्मज्ञानको फल 1/15/2023 714 0
जीवनमुक्तको लक्षण 1/15/2023 715 0
प्रारब्ध कर्म विचार 738 0
प्रारब्ध निराकरण 1/15/2023 695 0
नानात्व – निषेध 1/15/2023 757 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 810 0
बोधोपलब्धी 1/15/2023 678 0
शिष्यको अनुभव 1/15/2023 773 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 886 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1093 0
आत्माको अविनाशिता 1/15/2023 1161 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36034 0