वासना त्याग

0 टिप्पणीहरू 844 आगन्तुकहरू

वासना त्याग विधिहरूलाई तलका श्लोकहरूमा व्याख्या गरिएको छ ।

ज्ञाते वस्तुन्यपि बलवती वासनानादिरेषा
कर्ता भोक्ताप्यहमिति दृढा याऽस्य संसारहेतुः ।
प्रत्यग्दृष्ट्याऽऽत्मनि निवसता सापनेया प्रयत्नात्
मुक्तिं प्राहुस्तदिह मुनयो वासनातानवं यत् ।।२६८।।

आत्मवस्तुको ज्ञान प्राप्त भएपछि पनि ‘म कर्ता हुँ’, ‘म भोक्ता हुँ’ भन्ने अनादि, दृढ, बलवालज वासना (अहंकार) जुन जन्म मरणको कारण हो । रहिरहन्छ । त्यो प्रवल अनादि वासनालाई अन्तर्मुखि वृत्तिद्वारा स्वयं आत्मस्वरूपमा स्थित भएर प्रयत्नपूर्वक हटाउनु पर्दछ । किनभने वासनाको नासलाई नै मुनिहरूले मुक्ति भनेका छन् । ।।२६८।।

यो श्लोकमा आत्मवस्तुको ज्ञान प्राप्त भएपछि भन्नुको अर्थ आत्मसाक्षात्कार प्राप्त गरेपछि भन्ने नभई शास्त्र अध्ययन, सत्सग आदिबाट आत्मज्ञान सम्वन्धि जानकारीहरू जस्तै ‘आत्मा देहबाट भिन्न सदानन्दस्वरूप तङ्खव हो’ । ‘म शरीरबाट भिन्न चेतनतङ्खव आत्मा हुँ आदि प्राप्त गरेको भन्ने बुझिनु पर्दछ ।

यो जानकारी प्राप्त गर्ने साधारण मनुष्य त के मोक्ष शास्त्रका व्याख्याता प्रविण विद्वान्हरूलाई पनि मोक्ष सहजै प्राप्त हुँदैन । (श्लोक ६० हेर्नुहोस्) । मोक्षको मुख्य प्रतिवन्धक अनादि अविद्या हो । यही अनादि अविद्याले गर्दा देहअभिमान प्राप्त गरि मुनष्य ‘म कर्ता हुँ’, ‘म भोक्ता हुँ’ भन्ने कर्ता, भोक्ताको दृढभाव बोक्दछ । जबसम्म यो अनादि अज्ञान सिर्जित देह अहंकार रहिरहन्छ, तबसम्म मनुष्य यो जगत्रूपी भव सागर र जन्म मरणको चक्र प्राप्त गरिरहन्छ । यो वलवान वासना (अहंकार) लाई विवेक, वैराग्य आदि साधनाबाट नष्ट गरिसकेपछि पनि निदिध्यासनद्वारा ब्रह्ममा विलय भई दृढ आत्मस्वरूपमा स्थिर रहेर प्रयत्नपूर्वक पूर्ण रूपमा हटाउनु पर्दछ । यसलाई नै मुनिहरूले मुक्ती भनेका छन् ।

अहं ममेति यो भावो देहाक्षादावनात्मनि ।
अध्यासोऽयं निरस्तव्यो विदुषा स्वात्मनिष्ठया ।।२६९।।

देह इन्द्रिय आदि अनात्म पदार्थमा जुन अहं तथा ‘म म’ रूपी जुन भाव छ । त्यही अध्यास हो । विद्वान्ले आत्मनिष्ठाद्वारा यसलाई नाश गर्नुपर्दछ । ।।२६९।।

अविद्या वा अज्ञानको कारणले स्वयंको स्वरूपलाई चिन्न नसकी देह, इन्द्रिय मन, बुद्धि अनात्म पदार्थमा ‘म शरीर हुँ’ ‘यो मेरो शरीर हो’ आदि कर्ता, भोक्तारूपी
अनेकन भावहरू जुन मनुष्यले प्रदर्शन गर्दछ । त्यसलाई अध्यास भनिन्छ । अनात्मा वस्तुमा आत्मबुद्धि गर्नु अध्यास हो । अज्ञानरूपी अध्यासको कारण मनुष्यलाई बन्धनप्राप्त हुने भएकोले शास्त्रज्ञाता विद्वान्ले साधन चतुष्टयद्वारा आत्मस्वरूपको चिन्तन गर्दै आत्मनिष्ठ भई यो अध्यासलाई नष्ट गर्नु पर्दछ ।

ज्ञात्वा स्वं प्रत्यगात्मानं बुद्धितद्वृत्तिसाक्षिणम् ।
सोऽहमित्येव सद्वृत्याऽनात्मन्यात्ममतिं जहि ।।२७०।।

स्वयंको बुद्धि र उसको वृत्तिहरूको साक्षि स्वयंको अन्तरआत्मालाई
‘त्यो नै म हुँ’ यस्तो शुद्ध वृत्तिद्वारा अनात्मा प्रती जुन आत्मबुद्धि छ त्यसको त्याग गर । ।।२७०।।

आत्मा बोधस्वरूप भएकोले बुद्धि र उसका वृत्तिकासम्पूर्ण तरङ्गहरूको बोध आत्मालाई नित्य भइरहन्छ । त्यस्तो बुद्धि र बुद्धिका वृत्तिहरूको साक्षि वा द्रष्टा स्वभाव भएको आत्मा ‘त्यो म हुँ’ मनमा यस्तो दृढ शुद्ध भाव राखी शरीर इन्द्रिय, मन, बुद्धि प्राण आदि जुन अनात्मा वस्तु छन् तिनीहरूप्रतिको आत्मबुद्धिलाई त्याग गर । यही मोक्षको मार्ग हो ।

लोकानुवर्तनं त्यक्त्वा त्यक्त्वा देहानुवर्तनम् ।
शास्त्रानुवर्तनं त्यक्त्वा स्वाध्यासापनयं कुरु ।।२७१।।

लोकवासना, देहवासन र शास्त्रवासना यी तीनलाई छोडेर आत्मामा आरोपित अध्यासलाई हटाउ । ।।२७१।।

प्रसिद्धी, सम्मान रूप लोकवासना, देहप्रतिको मोह आसक्तिरूप देहवासना, शास्त्र, अध्ययन, व्याख्या, तर्क, वितर्करूप शास्त्रवासना, अज्ञान सिर्जित अनेकन प्रकारका वासनाहरूलाई त्यागी विवेक, वैराग्य, षडसम्पत्ति, मुमुक्षुतारूपी साधनाबाट आत्मामा अरोपित अध्यासलाई हटाई यी अनेकन रूपका वासनाहरूलाई नष्ट गरि सम्यक् ज्ञान प्राप्त गर ।

लोकवासनया जन्तोः शास्त्रवासनयापि च ।
देहवासनया ज्ञानं यथावन्नैव जायते ।।२७२।।

लोकवासना, देह वासना र शास्त्रवासनाको कारण जीवलाई यथाथ (सम्यक्) ज्ञान हुँदैन । ।।२७२।।

जगत्ले मेरो प्रसंसा गरोस्, मेरो स्तुती गरोस्, अनेकौं मनका विकारहरू वा लोकवासना देह, इन्द्रिय, मन आदिका विषयहरू अनि देहप्रतीकै आशक्तिरूपी देहवासना, साधनासुन्य पण्डित्याई, शास्त्र व्याख्या तर्क वितर्करूपी शास्त्रवासना, आदि वासनाहरूले अहंकारलाई झन–झन मलजल गरि अज्ञानलाई शक्तिशाली बनाउने भएकोले लोकवासना, देहवासना र शास्त्रवासनामा अलमलिएका पुरुषलाई सम्यक् ज्ञान प्राप्त हुन सक्दैन । मोक्ष प्राप्ति हुन सक्दैन ।

संसारकारागृहमोक्षमिच्छोरयोमयं पादनिबद्धशृङ्खलम् ।
वदन्ति तज्ज्ञाः पटुवासनात्रयं योऽस्माद्विमुक्तः समुपैति मुक्तिम् ।।२७३।।

संसाररूपी कारागारबाट मुक्तिको इच्छा राख्ने पुरुषका लागि यी तीन किसिमका वासनाहरू गोडामा लगाइएका फलामका नेल जस्तै हुन । जुन पुरुषले यसबाट छुटकारा पाउँछ । उसले मुक्ति प्राप्त गर्दछ । ।।२७३।।

यस भन्दा अगाडिका धेरे श्लोकहरू मुख्यत देहवासना देह अहंकारप्रति लक्षित छन् । श्लोक २७१ र २७२ मा लोक वासना र शास्त्रवासनालाई पनि तोकेर नै व्याख्या गरिएको छ । यो मुख्यतः शास्त्रका ज्ञाता विद्वान्हरूप्रती नै लक्षित छ । कीनकी सम्मानरूपी लोकवासना, प्रवचन, व्याख्या, पण्डित्यायिरूपी शास्त्रवासनामा मुख्यतः विद्वान्नै वाँधिन्छन् । यथार्थतामा विद्वान्हरूमा लोकवासना र शास्त्रवासना पलाउँदा घोर अहंकार पनि सँगसँगै पलाएका कैयन उदाहरूण समाजमा देख्न सकीन्छ । जगत्बाट मान, सम्मान, प्रसिद्धि आदिको कामना (लोकवासना) अनि शास्त्र, अध्ययन, व्याख्या, विद्वता प्रकट, पण्डित्याई (शास्त्रवासना) रूपी मनका प्रपन्च मुक्तीको इच्छा राख्ने विद्वान् पुरुषलाई गोडामा लगाइएको नेल झैं हुन् । जसरी खुट्टामा नेल लगाइदिएपछि मनुष्य बाँधिन्छ हिँडडुल गर्न सक्दैन । त्यस्तै यी तीन वासनाहरूद्वारा प्रवल अहंकारी बनेको साधक मुक्ति प्राप्तीको साधना गर्न असमर्थ रहि नष्ट हुन पुग्दछ । जुन पुरुषले फलामको नेल झैं छुट्याउन अत्यन्त कठिन यी तीन वासनालार्ई साधनाद्वारा नष्ट गर्न सक्दछ । त्यो पुरुषले मात्र मुक्ति प्राप्त गर्दछ ।

जलादिसम्पर्कवशात्प्रभूतदुर्गन्धधूतागरुदिव्यवासना ।
सङ्घर्षणेनैव विभाति सम्यग् विधूयमाने सति बाह्यगन्धे ।।२७४।।

फोहर जल आदिको सम्पर्कबाट दुर्गन्धले छोपिएको चन्दनको दिव्य गन्ध, बाह्य दुर्गन्धलाई हटाएपछि प्राप्त हुन्छ । ।।२७४।।

सुगन्धित चन्दन जब फोहर प्रदूषित पानीको सम्पर्कमा आउँछ । कालान्तरमा लेउ आदि अनेकन विकारहरू प्राप्त गरि दुर्गन्धीत बन्न पुग्दछ । जब राम्रोसँग धोइ, पखाली बाह्य आवरणको लेउ, आदि विकारलाई हटाइन्छ, पुनः चन्दनको दिव्य गन्ध प्राप्त हुन्छ । त्यस्तै आत्मा निर्मल, विशुद्ध, विकाररहित छ, तर मनका अनेकन वासना विकारहरूले छोपिएकोले यस्को विशुद्ध निर्मल रूप प्राप्त भएको छैन । जब विकारहरूलाई मेटाई मन चित्त शुद्ध हुन्छ । आत्माको दिव्य स्वरूप प्राप्त हुन्छ ।

अन्तःश्रितानन्तदुरन्तवासनाधूलीविलिप्ता परमात्मवासना ।
प्रज्ञातिसङ्घर्षणतो विशुद्धा प्रतयीते चन्दनगन्धवत्स्फुटा ।।२७५।।

अन्तःकरणमा स्थित अनन्त दुर्वासनारूपी (अनात्म वासना) धुलोले छोपिएको ‘आत्मवासना’ को बोध बुद्धिको संघर्षद्वारा शुद्ध हुन्छ र श्रीखण्डको सुगन्ध जस्तै गरि स्पष्ट प्रतीत हुन्छ । ।।२७५।।

अन्तःकरणमा संग्रहित जगत्का अनेकन अनात्म वासनाहरूले परमात्माप्रतिकोे राग (आत्मवासना) लाई धुलोले छोपिदिएकोले मनुष्य आत्मवासनाप्रति प्रवृत्त नभई जगत्वासनाप्रति प्रवृत्त भएको छ । जब साधनाद्वारा साधकले अन्तःकरणका वासनाका धुलोहरूलाई हटाउँदछ, त्यो अवस्थामा बुद्धि निर्मल वा शुद्ध हुन पुगी परमात्मा स्वरूपलाई प्राप्त गर्दछ । जुन सच्चिदानन्दरूपमा स्पष्ट प्रतीत हुन्छ ।

अनात्मवासनाजालैस्तिरोभूतात्मवासना ।
नित्यात्मनिष्ठया तेषां नाशे भाति स्वयं स्फुटा ।।२७६।।

अनात्मवासनाको समूहमा आत्मवासना लुकेको हुन्छ । यसकारण निरन्तर आत्मनिष्ठामा स्थिर भएर अनात्म वासनारूपी जालोलाई फालेपछि आत्मवासना स्पष्ट रूपमा भाषवान हुन्छ । ।।२७६।।

कुनै वस्तु प्रतीको रूची नै वासना हो । अनात्म वासना जगत्का अनित्य वस्तुप्रतीको आसक्ति हो भने आत्मवासना, आत्माप्रतिको वा आत्मा प्राप्तिप्रतिको आसक्ति हो । प्रश्न उठ्दछ की नित्य आनन्दको श्रोत हुँदा हुँदै पनि, यो आखिर किन मनुष्य आत्माप्रति जिज्ञासा दर्शाउँदैन ? उ आत्माको चिन्तन भन्दा जगत्का पदार्थहरूको चिन्तन गर्दछ ।

यो श्लोकमा भनिएको छ अज्ञानको कारण जगत् (अनात्म) वासनाको समूहले आत्मवासनालाई छोपिदिएकोले मनुष्यमा आत्म वासनाप्रति जिज्ञासु भाव अत्यन्त क्षीण छ । यसकारण विवेक, वैराग्य आदिद्वारा आत्मसाक्षात्कार प्राप्त गरेर निदिध्यासनद्वारा आत्मनिष्ठामा स्थिर रहेपछि अनात्म वासनारूपी जालो नष्ट भई आत्मवासना स्पष्ट रूपमा भासवान हुन्छ ।

यथा यथा प्रत्यगवस्थितं मनस्तथा तथा मुञ्चति बाह्यवासनाः ।
निःशेषमोक्षे सति वासनानामात्मानुभूतिः प्रतिबन्धशून्या ।।२७७।।

मन जती अन्तरमुखी बन्दै जान्छ । त्यती त्यती परिणाममा बाह्य वासनाहरू छुट्दै जान्छन् । जब वासना पूर्णरूपमा नष्ट हुन्छ, प्रतीवन्धरहित आत्माको अनुभूति हुन्छ । ।।२७७।।

अज्ञानको उपस्थितीमा अनेकौं विषयहरू रागको कारण मन वहिर्मुख बन्दछ । जती–जती वैराग्य साधना बढ्दछ, त्यति त्यति मात्रामा मनका अज्ञान बाह्यवासनाहरू क्षीण हुने हुनाले मन अन्तरमुखी बन्दै जान्छ । त्यही मात्रामा नै मनका संकल्प विकल्प आदि क्षीण हुँदै जाने हुनाले बाह्य जगत्का वासनाहरूप्रतिकोे आकर्षण क्रमशः छुट्दै जान्छन् । जब वासनाहरू पूर्णरूपमा नष्ट भई चित्त गुणरहित, शुद्ध, निर्मल बन्दछ त्यो अवस्थामा आत्मासाक्षात्कार प्राप्त भई साधकले प्रतिवन्धशून्य स्वतन्त्र आत्माको स्पष्ट अनुभूति प्राप्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 815 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 679 0
शिष्य लक्षण 1/15/2023 842 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 818 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 818 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 950 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 642 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1430 0
रजोगुण 1/15/2023 768 0
तमोगुण 1/15/2023 678 0
सङ्खवगुण 1/15/2023 773 0
कारण शरीर 1/15/2023 910 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 944 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 690 0
अन्नमय कोश 1/15/2023 772 0
प्राणमय कोश 1/15/2023 782 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 630 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 615 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 951 0
महावाक्य – विचार 1/15/2023 850 0
ब्रह्मा–भावना 1/15/2023 800 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 780 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 704 0
आत्म दृष्टि 1/15/2023 777 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 745 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 726 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0