ब्रह्ममा भेदको अभाव

0 टिप्पणीहरू 757 आगन्तुकहरू

द्वैतलाई असत्य मान्दै अनुभव, युक्ति, दृष्टान्त, र श्रुतिद्वारा ब्रह्ममा भेदको अभाव प्रमाणित गरिन्छ ।

असत्कल्पो विकल्पोऽयं विश्वमित्येकवस्तुनि ।
निर्विकारे निराकारे निर्विशेषे भिदा कुतः ।।४००।।

विश्व नामको यो विकल्प (कल्पना) मिथ्या वस्तु समान कल्पना मात्र हो । निर्विकार, निराकार, निर्विशेष, एकरूप परमात्मामा कहाँ भेद छ । ।।४००।।

अधिष्ठानको अस्तित्व सत्य हो । आरोपित वस्तुको अस्तित्व मिथ्या हो । यो सारा जगत्् ब्रह्म हो, ब्रह्मदेखि भिन्न अर्को कुनै वस्तु छैन (श्लोक ३८८,३८९) अधिष्ठानको सत्ता सत्य भएकोले विश्व नामको यो जगत् मनुष्यलाई प्रतीति कल्पना भइरहेको छ, यो अज्ञानको कारण सिर्जित भ्रम हो । समस्त विकार रहित (निर्विकार), आकार रहित (निराकार) निर्विशेष (एकरूप) परमात्मा कहाँ भेद छ ? छैन ।

दृष्टृदर्शनदृश्यादिभावशून्यैकवस्तुनि ।
निर्विकारे निराकारे निर्विशेषे भिदा कुतः ।।४०१।।
द्रष्टा, दर्शन, दृश्य भावहरूबाट सून्य, निर्विकार, निराकर, निर्विशेष, एकवस्तु (परमात्मा) मा भेद कहाँबाट हुन्छ ? हुँदैन । ।।४०१।।

दृष्टा, दर्शन, दृश्य भावबाट शुन्य, अवयव रहित(निराकार), विकाररहित (निर्विकार) सधैं एकरूप (निर्विशेष) र सधैं एकवस्तु यस्तो परमात्मामा कसरी भेदको कल्पना गर्न सकिन्छ ? अथवा जब साधक‘म नै ब्रह्म हुँ’ भन्ने स्थिति प्राप्त गरी जब सम्पूर्ण जगत् ब्रह्ममय देख्दछ । ब्रह्म सत्ता उपस्थित रहेको यो स्थितिमा निर्विकार, निराकार, सधैं एकरूप, निर्विशेष ब्रह्ममा, कसरी भेद प्रतित हुन्छ ?

कल्पार्णव इवात्यन्तपरिपूर्णैकवस्तुनि ।
निर्विकारे निराकारे निर्विशेषे भिदा कुतः ।।४०२।।
प्रलयकालको समुद्र जस्तै अत्यन्त परिपूर्ण, अद्वितीय, निर्विकार, निराकार र निर्विशेष ब्रह्ममा भेद कसरी हुन्छ ? हुँदैन । ।।४०२।।

पुराणमा वर्णित प्रलयकालमा चारैतर्फबाट समुद्र उर्लिएर सम्पूर्ण पृथ्वीलाई डुवाइ दिन्छ । त्यो क्षण भूमि वा जमीनको अस्तिङ्खव पानीले छोपीई पानी र भूमी बीचको भेद नष्ट भई सम्पूर्ण जगत्मा जल प्रतीत हुन्छ । त्यहाँ कुनै भेद दर्शन हुँदैन । प्रलयकालको समुन्द्रले पृथ्वी छोपेझैं यो सम्पूर्ण जगत् ब्रह्माण्डलाई छोप्ने निर्विकार, निराकार, र निर्विशेष ब्रह्ममा भेद कसरी हुन्छ ? हुँदैन ?

तेजसीव तमो यत्र विलीनं भ्रान्तिकारणम् ।
अद्वितीये परे तङ्खवे निर्विशेषे भिदा कुतः ।।४०३।।
जसरी प्रकाशमा अन्धकार नष्ट हुन्छ । त्यसरी नै भ्रमको कारण अज्ञान नष्ट भएपछि यो अद्वितीय परमतत्व निर्विशेष परमात्मामा भेद कहाँ हुन्छ ? ।।४०३।।

स्व–स्वरूपको ज्ञान नभएको मनुष्यलाई ‘म शरीर हुँ’ वा‘म मनुष्य हुँ’ भन्ने भाव रहिरहन्छ । उसले म ब्रह्म हुँ, म आत्मा हुँ भनेर बुझ्नै सक्दैन । कदाचित म ब्रह्म हुँ भनेर भन्यो भने पनि यो आत्माको वस्तविक अनुभूति नभई मात्र सतही शाब्दीक उच्चारण हुन पुग्दछ । तर प्रकाशको उपस्थितिमा अन्धकार नष्ट भएझैं जब साधनाको प्रकाशमा अज्ञानरूपी अहंकार नष्ट हुन पुग्दछ । त्यो क्षण अहंकार नष्ट भई ‘म ब्रह्म हुँ’ भन्ने पूर्ण अनुभूति हुन जान्छ । सम्यक्बोधको त्यो स्थितिमा परमात्मामा भेद कहाँ हुन्छ ?

एकात्मके परे तङ्खवे भेदवार्ता कथं भवेत् ।
सुषुप्तौ सुखमात्रायां भेदः केनावलोकितः ।।४०४।।
छा रहा सारे जहाँ में एक ही घनश्याम है ।
हो रहा नाना उपाधि से अनेकों नाम है ।।
एकात्मक परमतङ्खवमा भेदको प्रस· हुन सक्दैन, सुखरूप सुषुप्तिमा भेद कसले देख्दछ ?।।४०४।।

गहिरो निन्द्रा वा सुषुप्ति अवस्थामा मनुष्यमा अज्ञान रहँदा रहँदै पनि मनका प्रपन्चहरू गहिरो निन्द्रामा पूर्ण विलय हुन पुग्दा मनले सिर्जना गर्ने भेद द्वैतभाव नष्ट हुन पुग्दछ । त्यस्तै जब साधक मनका विकारलाई नष्ट गरेर सम्यक् समाधिको आत्मसाक्षात्कारको स्थितिमा पुग्दछ,स्वयं ब्रह्मबाट पृथक् देह नभई स्वयं नै परमात्मा ब्रह्म हुँ भन्ने अनुभूति भएको क्षणमा भेद कसरी सिर्जना हुन सक्दछ ?

नह्यस्ति विश्वं परतङ्खवबोधात् सदात्मनि ब्रह्मणि निर्विकल्पे ।
कालत्रये नाप्यहिरीक्षितो गुणे नह्यम्बुबिन्दुर्मृगतृष्णिकायाम् ।।४०५।।
परमतङ्खव ब्रह्मको साक्षात्कार भएपछि सत्स्वरूप निर्विकल्प ब्रह्ममा विश्व (जगत्) निश्चय नै रहँदैन, किनकि तीनैकालमा कसैले पनि डोरीमा सर्प मृगतृष्णा (मरूमरीचीका) मा पानीको फोका देखेको छैन । ।।४०५।।

अँध्यारोमा डोरीमा प्रतीत हुने सर्प, प्रकाशको परावर्तनले मरूभूमिमा सिर्जना हुने जलाशयको वास्तविक सत्ता वा अस्तिङ्खव हुँदैन । अज्ञानको कारणले यी सत्ता प्रतीत कल्पित भइरहेको हुन्छन् । जब वास्तविकता बोध हुन्छ, तत्क्षण यी मिथ्या प्रतीतिहरू नष्ट हुन्छन् । त्यस्तै अज्ञानको कारण प्रतीति भइरहेको यो जगत् पनि परमतङ्खव ब्रह्मको साक्षात्कार भएपछि निर्विकल्प ब्रह्ममा नै विलय हुन पुग्दछ ।

मायामात्रमिदं द्वैतमद्वैतं परमार्थतः ।
इति ब्रूते श्रुतिः साक्षात् सुषुप्तावनुभूयते ।।४०६।।
साक्षात श्रुतिले भनेको छ की यो द्वैत मायामात्र हो । वास्तविकता (सत्य) अद्वैत हो । सुषुप्तिमा यो (अद्वैत) अनुभव सबैलाई हुन्छ । ।।४०६।।

परमेश्वरको अव्यक्त त्रीगुणात्मक अनादि अविद्या शक्ति नै, माया हो (श्लोक ११०) यो माया नत सत् हो न असत् यो अनिर्वचनिय रूप हो (श्लोक १११), जसरी डोरीको ज्ञान भएपछि भ्रमरूपी सर्प नष्ट हुन्छ त्यस्तै शुद्ध ब्रह्मको ज्ञान भएपछि माया नष्ट हुन्छ । मायाका सङ्खव,रज, तम, गुण आ–आफ्नो कार्यबाट प्रसिद्ध छन् (श्लोक११२) । पूर्व विविध श्लोकहरूमा भनि सकिएको छ की द्वैत माया मात्र हो, जबसम्म अज्ञान रहन्छ तवसम्म द्वैतसत्ता रहिरहन्छ ।

यथार्थमा जगत् अद्वैत हो । यहाँ द्वैतताको उपस्थिति छँदै छैन । यहाँ जुन द्वैतता भेदको प्रतीति भइरहेको छ, त्यो मात्र माया शक्तिको कारणले हो । जब यो माया (त्रिगुणरूपी अनादि अविधा) नष्ट हुन्छ, द्वैत सत्ता पनि नष्ट भई अद्वैत सत्ता अनुभूति हुन्छ । अद्वैत सत्ता वा अज्ञान नष्ट भएपछि जुन तत्वप्राप्त हुन्छ यही सत्य हो । अज्ञान रहँदारहँदै गहिरो निन्द्रा (सुषुप्ति) मा मनुष्यको मन निस्क्रिय भएकोले अद्वैत अवस्थाको अनुभूति गर्दछ ।

अनन्यत्वमधिष्ठानादारोप्यस्य निरीक्षितम् ।
पण्डितैः रज्जुसर्पादौ विकल्पो भ्रान्तिजीवनः ।।४०७।।

डोरी, सर्पादिमा बुद्धिमान पुरुषले अध्यस्त (आरोपित) वस्तुको अधिष्ठानबाट अभेद स्पष्ट देखेका छन् । यसकारण यो विकल्प(कल्पना) भेद अज्ञानमूलक नै हो । ।।४०७।।

बुद्धिमान पुरुष (यो श्लोकमा मोक्ष प्राप्त पुरुष भन्ने संकेत मिल्दछ) । जसले आत्मज्ञान प्राप्त गरेका छन् । ती पुरुषहरूले सम्पूर्ण जगत् ब्रह्ममय भएको सम्यक् अनुभूति प्राप्त गरेको हुनाले तिनीहरूले अधिष्ठान र अध्यस्त वस्तुबीच कुनै भेद नभएको अध्यस्त वस्तुको कुनै वास्तविक सत्ता नभएको स्पष्ट रूपमा देखेका, बुझेका, अनुभूति गरेका छन् । तिनीहरूले यो जगत् अद्वैत हो भन्ने सन्देश दिएका छन् ।तर साधारण मनुष्य अज्ञानरूपी देहबुद्धिबाट ग्रसित भई स्वयंलाई ‘म मनुष्य हुँ’ भनी मानिरहेकोले स्वयं (जीव)र ब्रह्म विच भेद देखिरहेको छ । जबसम्म आत्मज्ञान प्राप्त हुँदैन, तबसम्म यो अज्ञानमूलक भेद रहिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 840 0
मंगलाचरण 1/15/2023 819 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 964 0
विचारको महङ्खव 1/15/2023 683 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1835 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 939 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 667 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 822 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 924 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 648 0
अहंकार 1/15/2023 751 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1432 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 680 0
सङ्खवगुण 1/15/2023 775 0
कारण शरीर 1/15/2023 912 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 946 0
आवरण र विक्षेपशक्ति 1/15/2023 896 0
बन्ध निरूपण 1/15/2023 694 0
अन्नमय कोश 1/15/2023 774 0
प्राणमय कोश 1/15/2023 788 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 679 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 617 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 955 0
महावाक्य – विचार 1/15/2023 854 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 784 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 842 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 784 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
आत्म दृष्टि 1/15/2023 779 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 730 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1788 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36462 0