समाधि – प्राप्तिको उपाय

0 टिप्पणीहरू 771 आगन्तुकहरू

क्रमपूर्वक निर्विकल्प समाधि प्राप्तिको उपाय वर्णन गरिन्छ ।

योगस्य प्रथमं द्वारं वाङ्निरोधोऽपरिग्रहः ।
निराशा च निरीहा च नित्यमेकान्तशीलता ।।३६८।।

मौन (वाणी संयम) अपरिग्रह (धन वा भोग्य पदार्थ संग्रह नगर्नु) आशा र चेष्टा (क्रिया) रहित हुनु तथा नित्य एकान्तको (शान्ति)सेवन गर्नु । यो योगको प्रथमद्वार हो । ।।३६८।।

मोक्ष यात्राको लक्ष्य मनलाई जगत्का आकर्षण वा रागहरूप्रति वैराग्य जगाई परमात्माप्रति अभिमुख गराउनु हो । मोक्षको साधनामा मनलाई बहिर्मुखी गराउने सम्पूर्ण कर्मलाई निषेध गर्नुपर्दछ ।

अर्थहीन वार्तालापबाट मन बहिर्मुखी भई चञ्चलता झाङ्गिने हुनाले मौन धारण, भोग्यपदार्थको संग्रह गर्दा संरक्षणको चिन्ता अनि जगत् चिन्तन बढ्ने हुनाले अपरिग्रहण, आशाको कारणले मनुष्य कर्ममा प्रवृत्त भई झन् जगत्मा भासिने हुनाले आशा, चेष्टा आदि त्याग अनि नित्य एकान्त शान्तिमा जगत् चिन्तन क्षीण भई परमात्माप्रति चिन्तन वृद्धि हुने भएकाले नित्य एकान्त सेवनलाई योग (परमात्मा मिलन) को प्रथमद्वार हो भनिएको छ ।

एकान्तस्थितिरिन्द्रियोपरमणे हेतुर्दमः चेतसः
संरोधे करणं शमेन विलयं यायादहंवासना ।
तेनानन्दरसानुभूतिरचला ब्राह्मी सदा योगिनः
तस्माच्चित्तनिरोध एव सततं कार्यः प्रयत्नान्मुनेः ।।३६९।।

एकान्तमा रहनु इन्द्रिय दमनको हेतु (कारण) हो । इन्द्रिय दमन चित्त (वृत्ति) निरोधको कारण हो । चित्त निरोधबाट अहंवासना नष्ट भएपछि योगीलाई नित्य ब्रह्मनन्द रसको अनुभूति भइरहन्छ । यसकारण मुनिहरूले प्रयत्नपूर्वक चित्त निरोध गर्नुपर्दछ ।।।३६९।।

विषय चिन्तन वा चित्तमा वासनावृत्ति विक्षेपले मुनष्य वासनाको सागरमा उत्रदै–डुब्दै गर्दछ । साधक, जब एकान्त (मनुष्यरहित स्थान) मा रहेर साधना प्रारम्भ गर्दछ तब इन्द्रिय बहिर्मुखी नभई परमात्मा चिन्तन बुद्धि हुने सम्भावना हुनाले एकान्तवास इन्द्रिय नियन्त्रणको कारण बन्दछ । जब इन्द्रियहरू नियन्त्रणमा आउन थाल्दछ । ती क्षणहरूमा इन्द्रियका विषयहरूप्रतिको चिन्तन स्वभावत क्षीण भई चित्तका विक्षेपहरू घट्दै जाने हुँदा यो चित्त निरोधको कारण बन्दछ । चित्त पूर्णरूपमा जब निर्मल वृत्तिरहित हुन्छ तबनिर्मल चित्तब्रह्मको सम्पर्कमा आई योगीले ब्रह्मरसलाई प्राप्त गर्न थाल्दछ । यसैले मुनि मुमुक्षुहरूले चित्तको वृत्तिलाई प्रयत्नपूर्वक निरोध गर्नुपर्दछ ।

वाचं नियच्छात्मनि तं नियच्छ बुद्धौ धियं यच्छ च बुद्धिसाक्षिणि ।
तं चापि पूर्णात्मनि निर्विकल्पे विलाप्य शान्तिं परमां भजस्व ।।३७०।।

वाणीलाई मनमा लय गर । मनलाई बुद्धिमा लय गर । बुद्धिलाई
(बुद्धिको साक्षी) आत्मामा लय गर । त्यो आत्मालाई निर्विकल्प
(विकल्परहित) पूर्ण परब्रह्मा परमात्मामा विलय गरेर परम्शान्तिको अनुभव प्राप्त गर । ।।३७०।।

हे शिष्य ! तिमी वाणी वा अर्थहीन सांसारिक वार्तलापसहित इन्द्रियका सम्पूर्ण बाह्य वृत्तिलाई निषेध गरेर यिनीहरूलाई सर्वप्रथम मनमा लय (विलय) गरी तिमी मौन स्थिर बन । जब तिमीलाई दृढ मौन स्थिति प्राप्त हुन्छ तब मनसहित मनका सम्पूर्ण वृत्तिलाई निश्चय (निर्णय) दिन सक्ने बुद्धिमा विलय गरिदेऊ । अनि निरन्तर साधनाद्वारा बुद्धिका सम्पूर्ण वृत्तिहरूलाई पनि नष्ट गरी यो बुद्धिलाई आत्मासँग साक्षात्कार गराऊ । जब तिमीलाई आत्मसाक्षात्कार स्थिति प्राप्त हुन्छ तब नित्य ब्रह्मको चिन्तन गरी तिमी पूर्णरूपमा परब्रह्ममा विलीन होऊ । यही मोक्ष हो । जब यो अवस्था प्राप्त हुने छ । तिमी परम्शान्तिको अनुभव प्राप्त गर्नेछौ ।

देहप्राणेन्द्रियमनोबुद्ध्यादिभिरूपाधिभिः ।
यैर्यैर्वृत्तेः समायोगः तत्तद्भावोऽस्य योगिनः ।।३७१।।

देह, प्राण, इन्द्रिय, मन, र बुद्धि, यी उपाधिहरूमा जुन जुनसँग योगीको चित्तवृत्तिको तादाम्य (सम्पर्क) हुन्छ, उसलाई त्यही त्यही भाव प्राप्त हुन्छ । ।।३७१।।

जसरी अग्निको सम्पर्कमा आएपछि फलामले अग्निको गुण, धर्म, स्वभावलाई प्राप्त गर्दछ । त्यस्तै, देह, प्राण, इन्द्रिय, मन, बुद्धि आदि आत्माका उपाधिहरू छन् यी उपाधिहरूमध्ये जुन जुन उपाधिसँग योगीको चित्तवृत्तिको तादाम्य (वा चिन्तन) हुन्छ, उसको चित्तले त्यही उपाधिको गुण, धर्म आदिलाई ग्रहण गरी त्यही क्लेश विकारलाई प्राप्त गर्दछ । यसरी उपाधिका विकारहरू ग्रहण गरी चित्त विकारपूर्ण वा वासनामय हुन पुग्दछ । यो मनुष्यको बन्धन वा जगत्प्रति गमनको कारण बन्दछ ।

तन्निवृत्त्या मुनेः सम्यक्् सर्वोपरमणं सुखम् ।
सन्दृश्यते सदानन्दरसानुभवविप्लवः ।।३७२।।

जब मुनि वा योगीको चित्त सम्पूर्ण उपाधिबाट निवृत्त हुन्छ तब उसलाई पूर्ण उपरति (पूर्ण विषयवृत्तिरहित श्लोक २४ हेर्नुहोस्) को आनन्द प्रष्ट रूपमा प्रतीत हुन्छ । जसबाट उसको चित्तमा सदा सच्चिदानन्द
रस अनुभूतिको बाढी आउन थाल्दछ । ।।३७२।।

साधना (विवेक, वैराग्य, षट्सम्पति, मुमुक्षुता), निदिध्यासन आदिबाट योगीले जब देह, प्राण, इन्द्रिय मन, बुद्धि आदि आत्माका उपाधिहरूलाई नष्ट गर्दछ तब पूर्णरूपमा वासनावृत्ति नष्ट हुने हुँदा आत्माको परम्आनन्द स्पष्टरूपमा अनुभूति हुन्छ । आत्मसाक्षात्कारको यो स्थितिमा सम्पूर्ण उपाधिहरू नष्ट भई आत्माको नित्य आनन्द प्रतिबन्धरहित रूपमा प्राप्त हुने हुँदा सचिदानन्दरसको अनुभूति उर्लिन थाल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1121 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 912 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1033 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 882 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 735 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 741 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 720 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 654 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 764 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 692 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 848 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1137 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0