वैराग्य र मुमुक्षुताको आवश्यकता

0 टिप्पणीहरू 712 आगन्तुकहरू

मुक्तिका लागि वैराग्य र मुमुक्षुताको आवश्यकता ।

अन्तस्त्यागो बहिस्त्यागो विरक्तस्यैव युज्यते ।
त्यजत्यन्तर्बहिस्स·ं विरक्तस्तु मुमुक्षया ।।३७३।।
बहिस्तु विषयैः स·ः तथान्तरहमादिभिः ।
विरक्त एव शक्नोति त्यक्तुं ब्रह्मणि निष्ठितः ।।३७४।।

विरक्त पुरुषलाई आन्तरिक र बाह्य त्याग उपयुक्त हुन्छ । किनकि विरक्त पुरुष नै मोक्षको इच्छाले आन्तरिक र बाह्य (वस्तु सम्बन्ध आदि) त्यागी दिन्छ । ब्रह्मनिष्ठ विरक्त पुरुषले बाह्य शब्दादि विषय र आन्तरिक अहंकारादिसँग सम्बन्ध त्याग्न सक्दछ । ।।३७३,३७४।।

विरक्त त्यो पुरुष हो, जसले मोक्षको प्राप्ति हेतु वैराग्य चिन्तनद्वारा आन्तरिक वासना (अहंकार, लोभ, मोहादि), बाह्य (रस, रूप, शब्दादि) इन्द्रिय विषयहरूलाई त्याग गरेको छ । यस्ता विरक्त पुरुष (मुमुक्षु) लाई आन्तरिक र बाह्य वासना त्याग उपयुक्त वा शोभा दिने हुन्छ । साधारण सांसारिक मनुष्य पनि आन्तरिक र बाह्य वासना त्याग गर्न प्रयन्त गर्न सक्दछ । तर वैराग्य चिन्तन दृढ नभएकाले यिनीहरू सहजै वासनारूपी गोहीद्वारा नियन्त्रणमा आई वासनाप्रति प्रवृत्त हुन्छन् ।

यस्ता सांसारिक चिन्तन भएका मानिसहरूले “वासना त्याग गर्छु, गरेँ” भन्नु उपयुक्त छैन वा शोभा दिँदैन । मात्र ब्रह्मनिष्ठ विरक्त पुरुष जसले मोक्षप्राप्तिको एकलक्ष्य लिएको छ, उसले मात्र आन्तरिक, बाह्य वासनासँगको सम्बन्धलाई त्याग्न सक्दछ । सारांशमा ब्रह्मा आत्म एकत्व खोजको साधकले मात्र सांसारिक वासना त्याग गर्न सक्दछ । मोक्ष जसको लक्ष्य नै होइन, ती मनुष्यहरू जगत् व्यापारमा मस्त रही नष्ट हुन्छन् ।

वैराग्यबोधौ पुरुषस्य पक्षिवत् पक्षौ विजानीहि विचक्षण त्वम् । विमुक्तिसौधाग्रलताधिरोहणं ताभ्यां विना नान्यतरेण सिध्यति ।।३७५।।

हे बुद्धिमान ! तिमी मोक्षकामी पुरुषको लागि वैराग्य र बोध (ज्ञान) लाई पंक्षीको दुई पंखा समान सम्झ । मुक्तिरूपी महलको उच्चस्थानमा चढ्न (पुग्न), यी दुई विना सम्भव छैन । ।।३७५।।

हे बुद्धिमान ! दोष चिन्तनबाट आन्तरिक र बाह्य वासना, पूर्णरूपमा नष्ट गर्नु वैराग्य हो । आत्मा र अनात्माको विवेकद्वारा स्व–स्वरूपको दर्शन वा अनुभूति प्राप्त गर्नु बोध ज्ञान हो । जसरी पंक्षीलाई आकाशमा उड्न दुइटा पखेटा आवश्यक छत्यस्तै मुमुक्षुलाई मुक्तिरूपी महलको शिखरमा पुग्न पूर्ण वैराग्य र बोध दुवै चाहीनछ । दोष चिन्तनबाट जगत्प्रतिको वैराग्य प्राप्त भयो तर स्व–स्वरूपको ज्ञान प्राप्त भएन । यस्तो स्थितिमा मन परमात्माप्रति प्रवृत्त हुन सक्दैन । यो अवस्था मोक्ष प्राप्तिको अवस्था होइन । त्यस्तै, ईश्वरको अनुग्रह अन्य विशिष्ट प्राकृतिक कारणवश स्व–स्वरूपको बोध प्राप्त भयो तर जगत्प्रति सम्यक् वैराग्य प्राप्त भएन यो स्थितिमा जगत्प्रतिको आकर्षण जीवितै रहने हुनाले, साधक जगत् रागप्रति प्रवृत्त हुन पुग्दछ । यो मोक्षको अवस्था होइन । मोक्षको लागि सम्यक् वैराग्य र बोध दुवै आवश्यक छ ।

अत्यन्तवैराग्यवतः समाधिः समाहितस्यैव दृढप्रबोधः ।
प्रबुद्धतङ्खवस्य हि बन्धमुक्तिर्मुक्तात्मनो नित्यसुखानुभूतिः ।। ३७६ ।।

अत्यन्त वैराग्यवान् (पुरुष) लाई मात्र समाधि लाग्दछ प्राप्त हुन्छ ।
समाधिस्थ पुरुषलाई नै दृढ बोध हुन्छ । दृढबोधवान् नै मुक्त हुन्छ । मुक्तपुरुषले नित्य आनन्दको अनुभूति प्राप्त गर्दछ । ।।३७६।।

जगत्का भोग्य पदार्थमा कागविष्टा (कागको मलमुत्र) जस्तै अत्यन्त घृणा जाग्नु तीव्र वैराग्य हो । अनात्म पदार्थमा मन पुनः प्रवृत्त नहुनु र भोगपदार्थमा अत्यन्त अनाशक्ति जाग्नु नै तीव्र वैराग्यवान् पुरुषको लक्षण हो । यस्तो अत्यन्त वैैराग्यवान् साधकलाई मात्र समाधि (समान बुद्धि) अवस्था प्राप्त हुन्छ । जो पुरुषले सम्यक् वैराग्य प्राप्त गरेको छैन, जसको चित्तमा जगत्को वृत्ति उपस्थित भएका कारण मन दूषित भई चित्तमा विक्षेपहरू सिर्जना भएको छ । उसलाई बोध (स्व–स्वरूपको ज्ञान) प्राप्त हुन सक्दैन । वैराग्यवान् पुरुषको मनबाट सम्पूर्ण वासनारूपी विक्षेपहरू नष्ट भएको हुनाले उसलाई समाधिको स्थिति प्राप्त हुन्छ । यही कारणले नै समाधि झन् झन् गहिरो भई आत्मबोध दृढ हुँदै जान्छ । जति आत्मबोध दृढ हुँदै जान्छ त्यति पुरुष शुद्ध ब्रह्ममा विलय हुँदै गई आवरण र विक्षेपरहित नित्य आनन्द अनुभूति प्राप्त हुन्छ ।

वैराग्यान्न परं सुखस्य जनकं पश्यामि वश्यात्मनः
तच्चेच्छुद्धतरात्मबोधसहितं स्वाराज्यसाम्राज्यधुक् ।
एतद्द्वारमजस्त्रमुक्तियुवतेर्यस्मात्त्वमस्मात्परं
सर्वत्रास्पृहया सदात्मनि सदा प्रज्ञां कुरु श्रेयसे ।। ३७७ ।।

जितेन्द्रिय पुरुषका लागि वैराग्यभन्दा उच्च सुखदायक म अन्य केही देख्दिनँ । यदि त्यो वैराग्य अझ शुद्ध आत्मबोधपूर्ण भयो भने त झन् स्वर्गीय साम्राज्यकै आनन्द दिने हुन्छ । किनकि यो नै नित्यमुक्तिरूपी कामिनीसम्म पुग्ने मार्ग हो । यसैले तिमी आफ्नो कल्याणको सम्पूर्ण रूपमा स्पृहा (इच्छा) रहित भएर ब्रह्ममा सधैं बुद्धिलाई स्थापित गर । निर्विकल्प समाधिमा प्रवेश गर । ।।३७७।।

इन्द्रियविजयी जितेन्द्रिय पुरुष वा त्यो मुमुक्षु जसले इन्द्रियका अनित्य, क्षणिक, विषय सुखलाई, मिथ्या ठानेर पूर्णरूपमा त्यागी दिएको छ उसलाई विषय त्यागबाट जुन आनन्द प्राप्त हुन्छ, त्यो क्षणिक विषय–सुखभन्दा अवश्य बढी सुखदायक हुन्छ । त्यो सम्यक् वैराग्यसँगै सम्यक्बोध (आत्मा साक्षात्कार) प्राप्त भई स्व–स्वरूप नित्य आनन्द
रस प्राप्त भयो भने वैराग्यमा प्राप्त हुने सुखभन्दा पनि उच्च स्वर्गकै साम्राज्यजस्तो हुन्छ ।

हे शिष्य ! यसैले तिमी आफ्नो कल्याण चाहन्छौ भने संसारको दुःख व्यथाको सागरलाई पार गर्न चाहन्छौ भने इच्छारहित वैराग्यपूर्ण भएर सम्यक् बोध प्राप्त गरी ब्रह्ममा सधैँ बुद्धिलाई स्थापित गर । यही निर्विकल्प समाधिद्वारा तिमी पूर्ण मुक्त बन ।

आशां छिन्धि विषोपमेषु विषयेष्वेषैव मृत्योः सृतिः त्यक्त्वा जातिकुलाश्रमेष्वभिमतिं मुञ्चातिदूरात्क्रियाः ।
देहादावसति त्यजात्मधिषणां प्रज्ञां कुरुष्वात्मनि
त्वं द्रष्टास्यमलोऽसि निद्र्वयपरं ब्रह्मासि यद्वस्तुतः ।। ३७८ ।।

विषसमान विषयका इच्छालाई काटिदेउ, छोडिदेउ । किनकि यो मृत्युको मार्ग हो । जाति, कूल र आश्रमका अभिमान त्याग गरेर कर्मशक्तिलाई टाढैबाट छोडिदेउ । देहदि असत् पदार्थमा आत्मबुद्धि गर्न छोडिदेउ, किनकि तिमी सम्पूर्णका द्रष्टा हौ । निर्मल हौ । वस्तुतः अद्वितीय स्रष्टा हो । यसैले बुद्धिलाई ब्रह्ममा लगाउ वा समाधिद्वारा (म ब्रह्म हुँ) भन्ने ज्ञान प्राप्त गर ।।।३७८।।

यी मनमा संग्रहित अनि मनुष्यलाई जगत्वासनातिर आकृष्ट गरी भोगी बन(ाई मृत्यु वा नष्ट गर्ने विषसमान अनेकन इच्छाहरूलाई तिमी तुरून्त त्याग । विषय सेवनद्वारा यी वासनाहरू झन् झन् शक्तिशाली बन्दै तिमीलाई भोगरूपी दुःख र व्यथाको जगत् सिर्जना गर्दै तिमीलाई अन्ततः विषय भोगहरूले नष्ट गर्नेछन् । त्यसैले तिमी यो विषय इच्छा र भोगको मृत्यु मार्गमा विचरण नगर । तिमी आत्मा हौ । तिमी देह होइनौ । तिम्रो देह मिथ्या हो । यो तिम्रो अज्ञान सिर्जित देहबुद्धि (अहंकार)को कारणले सिर्जित जाति, कूल, धर्म, आश्रयलगायत तथाकथित उपाधि, विशेषण तिम्रो मृत्यको क्षणमा नष्ट हुनेछन् । यी अनर्थका भ्रम हुन । यी मिथ्या विशेषण, विशेषणबाट सिर्जना हुने कर्महरू अर्थहीन भएकाले अहंकार सिर्जित सम्पूण कर्मलाई तिमी त्याग गर । तिमी परमात्मा ब्रह्म हौ । यी वासना, विशेषण अनि असत् जगत् पदार्थमा आत्मबुद्धि गर्न छोडेर समाधिको मार्ग हुँदै तिमी मोक्ष प्राप्त गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 956 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 792 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 753 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 912 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1033 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 884 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 735 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 741 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 720 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 656 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 764 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 694 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 772 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 850 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 932 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1139 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0