निर्विकल्प समाधिको महङ्खव

0 टिप्पणीहरू 693 आगन्तुकहरू

किन निर्विकल्प समाधि सर्वश्रेष्ठ छ ? प्रतिपादन गरिन्छ ।

श्रुतेः शतगुणं विद्यान्मननं मननादपि ।
निदिध्यासं लक्षगुणमनन्तं निर्विकल्पकम् ।।३६५।।

वेदान्त श्रवणभन्दा मनन गर्नु सय गुणा राम्रो, मनन भन्दा निदि(ध्यासन (निरन्तर आत्म स्वरूपको ध्यान) लाख गुणा राम्रो, निदि(ध्यासनभन्दा निर्विकल्प समाधि अनन्त गुना राम्रो भनी जान्नुपर्दछ ।।।३६५।।

वेदान्त दर्शनमा मोक्ष प्राप्तिका श्रवण, मनन, र निदिध्यासन गरी तीन अवस्थाको व्याख्या गरिएको छ । मुमुक्षुको लक्ष्य हो मोक्ष, मोक्ष त्यो अवस्थामा मात्र प्राप्त हुन्छ जब पुरुष साधनाद्वारा वासनालाई पूर्णरूपमा नष्ट गर्दै स्वयं ब्रह्म बन्दछ । यो स्थिति सहजै प्राप्त हुँदैन । यो यात्रामा सर्वप्रथम मोक्षको साधन विधिको बारेमा ज्ञान प्राप्त हुनुपर्दछ । जुन वेदान्त अध्ययन, श्रवणबाट प्राप्त हुन्छ । जानकारीले कोही पुरुष मोक्ष हुँदैन । जब साधकले श्रवण अध्ययन गरिएका जानकारीलाई गहिरिएर चिन्तन, मनन, विश्लेषण गर्न थाल्दछ, साधनामा अग्रर हुन थाल्दछ, यो प्रक्रियाबाट साधक गहिराइमा जाने हुनाले यो मनन श्रवणभन्दा हितकारी छ ।

फेरि मात्र मनन, विश्लेषणले मोक्ष प्राप्ति असम्भव भएकाले, जब साधक अझै साधनालाई सघन बनाउँदै आत्मज्ञान प्राप्त गरी जब निदिध्यासन वा आत्मस्वरूपको ध्यानमा लीन हुन्छ तब ऊ अझ लक्ष्यतर्पm बढ्दछ । यसैले निदिध्यासन, मननभन्दा धेरै फलदायी हुन्छ । जब साधक निर्विकल्प समाधि (त्यो स्थिति जहाँ त्रिपुटी अनुपस्थित रहन्छ) सिद्ध गरी स्वयं ब्रह्म बन्दछ ऊ पूर्ण मुक्त हुन्छ । त्यसैले हे साधक ! श्रवण र मननमा अलमलिएर समयलाई नष्ट नगर । तिमी गहन साधनामा प्रवेश गर ।

निर्विकल्पकसमाधिना स्फुटं ब्रह्मतङ्खवमवगम्यते ध्रुवम् ।
नान्यथा चलतया मनोगतेः प्रत्ययान्तरविमिश्रितं भवेत् ।।३६६।।

निर्विकल्प समाधिद्वारा निश्चय नै ब्रह्मतङ्खवको ज्ञान हुन्छ । अन्य अवस्थामा हुँदैन । किनकि अन्य अवस्थामा चित्तको वृत्ति चञ्चल हुने हुँदा अन्य कुराहरूको प्रतीति हुन्छ । ।।३६६।।

निर्विकल्प समाधि त्यो स्थिति हो, जहाँ चित्तका सम्पूर्ण वृत्तिहरू ब्रह्ममा पूर्ण विलय हुन्छ । यो अवस्थामा ब्रह्मतङ्खव हातमा राखिएको वस्तुझैं स्पष्ट हुन्छ । निर्विकल्प समाधिबाहेक अन्य अवस्थाहरूमा चित्त वा मनका वृत्तिहरू सूक्ष्मभन्दा सूक्ष्मरूपमा किन नहोस्, उपस्थित भइरहन्छन् । त्यो अवस्थामा मनको सम्बन्ध जगत्का वस्तुहरूसँग रहने हुनाले साधक बहिर्मुखी भई जगत््को विषयमा लागिरहने भएकाले जगत्का अनेकन कुराहरूको प्रतीति हुन पुगी ब्रह्मतङ्खवको स्पष्ट ज्ञान हुँदैन ।

अतः समाधत्स्व यतेन्द्रियः सन् निरन्तरं शान्तमनाः प्रतीचि ।
विध्वंसय ध्वान्तमनाद्यविद्यया कृतं सदेकत्वविलोकनेन ।।३६७।।

यसैले सधैं जितेन्द्रिय भएर, निरन्तर निर्विकार शान्त मनबाट नित्य प्रत्यगात्मा (ब्रह्ममा) चित्त स्थिर गर । परमात्मासँग स्वयंको एकताको दर्शन (अनुभूति) गर्दै अनादि अविद्याद्वारा सिर्जित अज्ञानरूपी अन्धकारलाई नाश गर । ।।३६७।।

हे शिष्य ! यदि तिमी ब्रह्मतङ्खवको स्पष्ट ज्ञान प्राप्त गर्न चाहन्छौ भने सर्वप्रथम साधन चतुष्ट्य (विवेक, वैराग्य, षटसम्पत्ति आदि)द्वारा मनका त्रिगुणीय वासनालाई नष्ट गरी इन्द्रियमाथि विजय प्राप्त गर, जतेन्द्रिय बन । जितेन्द्रिय नभएको स्थितिसम्म मनको सम्बन्ध वासनासँग रहिरहने हुनाले तिमी साधनामा स्थिर रहन सक्दैनौ । जब तिमी जितेन्द्रिय स्थिति प्राप्त गर्दछौ तब निरन्तर निर्विकाररूपमा मनलाई शान्त गरेर ब्रह्ममा चित्तलाई स्थिर गर । जब तिमी परमात्मामा स्थिर चित्तस्थिति प्राप्त गर्नेछौ तब आत्मा–ब्रह्म एकताको अनुभूति गर्दै अनादि अविद्याद्वारा सिर्जित अज्ञानरूपी अन्धकारलाई नाश गरी मोक्ष हुनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 954 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 790 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 751 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 767 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 912 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1033 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 634 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 884 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 667 0
आत्मस्वरूप निरूपण 1/15/2023 735 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 741 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 790 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 720 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 654 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 764 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 807 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 832 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 772 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 711 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 850 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 930 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1138 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0