आत्मस्वरूप निरूपण

0 टिप्पणीहरू 690 आगन्तुकहरू

गुरु शिष्यका प्रश्नहरुको समाधान वा व्याख्या गर्नुहुन्छ ।

सत्यमुक्तं त्वया विद्वन्निपुणोऽसि विचारणे ।
अहमादिविकारास्ते तदभावोऽयमप्यनु ।।२१५।।
सर्वे येनानुभूयन्ते यः स्वयं नानुभूयते ।
तमात्मानं वेदितारं विद्धि बुद्ध्या सुसूक्ष्मया ।।२१६।।

हे विद्वान् तिमी सत्य कुरा गरिरहेका छौ । तिमी विचारमा निपूर्ण छौ । हेर जस्तो अहंकार आदि तिम्रो विकार हो । त्यस्तै तिनको अभाव पनि छ । सम्पूर्ण पदार्थहरू जो द्वारा अनुभव गरिन्छ तर जो स्वयं अनुभव गर्न सकिंदैन । ती सम्पूर्णलाई जान्ने (साक्षी) लाई अत्यन्त सूक्ष्म बुद्धिद्वारा तिमी आफ्नो आत्मा जान ।।।२१५,२१६।।

सर्वप्रथम त शिष्यको विद्वता अनि प्रश्नको गहिराइबाट गुरु खुशी देखिनु हुन्छ । त्यसैले श्लोक सुरूमा नै ‘हे विद्वान्’ शब्दद्वारा सम्बोधन अनि प्रश्नको पनि प्रसंशा गर्नुभएको छ ।

अनि गुरुदेव भन्नुहुन्छ कि मनुष्यमा जसरी अज्ञानमा अहंकार आदि विकारहरूको स्थिती रहन्छ । त्यस्तै आत्मासाक्षात्कारको स्थितीमा विकार अभावको स्थिती
रहन्छ । त्यस्तै सम्पूर्ण पञ्चकोशको नाश भएपनि, ती पञ्चकोश लाई अनुभव गर्ने (साक्षी वा द्रष्टा) तङ्खव, शेष रहन्छ त्यही शेष रहने साक्षी तङ्खव नै आत्मा हो । त्यही सम्पूर्णलाई जान्ने साक्षीलाई नै तिमी आफ्नो आत्मा हो भनेर जान ।

तत्साक्षिकं भवेत्तत्तद्यद्यद्येनानुभूयते ।
कस्याप्यननुभूतार्थे साक्षित्वं नोपयुज्यते ।। २१७ ।।

जसद्वारा जु्न वस्तुको अनुभव हुन्छ त्यो, तीनै, वस्तुको साक्षी हुन्छ । अनुभव हीन पदार्थको साक्षी कोही हुनसक्दैन । ।।२१७।।

शिष्यको प्रश्न छ की पञ्चकोशको अभावमा म शून्य बाहेक केही देख्दिन । यो सङ्का निवारण गर्न गुरु भन्नुहुन्छ की पञ्चकोशको उपस्थितीमा पञ्चकोश (दृश्य) दृश्य अनुभूतिगर्ने तङ्खव (द्रष्टा) वा दुई तत्व उपस्थित रहन्छन् । जब दृश्य नष्ट हुन्छ । दृष्टाको अस्तित्व नष्ट हुँदैन । दृष्टा त्यहीँ रहन्छ । त्यहाँ कूनै शून्यता सिर्जना हुँदैन ।

असौ स्वसाक्षिकोभावो यतः स्वेनानुभूयते ।
अतः परं स्वयं साक्षात् प्रत्यगात्मा न चेतरः ।।२१८।।

त्यो अभाव स्व–साक्षीक हो किनकि (त्यो अवस्था) मा स्वयंद्वारा स्वयंको अनुभव हुन्छ । यसकारण यो आत्मा साक्षात अन्तरआत्मा हो । सर्वोकृष्ट ब्रह्म हो । ।।२१८।।

पञ्चकोशको अभाव रहेको स्थिती शून्य होइन । किनकि शून्य दृश्य र द्रष्टा उपस्थित रहेको द्वैद्य सत्ता हो । यदि कसैले ‘म शून्य अनुभूति गरिरहेको छु’ आदि भन्दछ भने प्रश्न उठ्दछ कि यो शून्यको अनुभूति कसले गरिरहेको छ ? त्यो शून्यको अनुभूति गर्ने को हो ?

जब आत्मसाक्षात्कार भएपछि पञ्चकोशको भ्रम नष्ट हुन्छ त्यो क्षण आत्मज्ञान प्राप्त पुरुषले स्वयंद्वारा (आत्माद्वारा) स्वयंकै (आत्मा) अनुभव गर्दछ । त्यो क्षणमा अनुभूति हुने विशुद्ध आत्मा साक्षात अन्तरआत्मा हो । ब्रह्म यही हो । परमात्मा यही हो । शास्त्रमा वर्णन गरिएको अद्वैत सत्ता यही हो ।

जाग्रत्स्वप्नसुषुप्तिषु स्फुटतरं योऽसौ समुज्जृम्भते
प्रत्यगू्रपतया सदाहमहमित्यन्तः स्फुरन्नैकधा ।
नानाकारविकारभागिन इमान् पश्यन्नहंधीमुखा–
न्नित्यानन्दचिदात्मना स्फुरति तं विद्धि स्वमेतं हृदि ।।२१९।।

जागृत, सपना, सुषुप्ति तीनै अवस्थामा जो सम्पूर्ण जीवको अन्तरआत्माको रूपमा अन्तःकरणभित्र सँधै एकरस ‘म’‘म’रूपबाट अनेक तरहले स्फूरित हुँदै अहंकार आदि विभिन्न विकारहरुको साक्षी भई स्वप्रकाश, नित्य आनन्दरूपमा हृदयमा स्फूरित भइरहेको छ । त्यसलाई तिमी आत्मा मान । ।।२१९।।

श्लोक २१८ मा व्याख्या गरिएको पञ्चकोशको भ्रम नष्ट भएपछिमात्र साक्षी रूपमा शेष रहने त्यो आत्मा कस्तो छ ? यो श्लोकमा भनिएको छ कि जागृत, सपना, सुषुप्ती तीनै अवस्थामा सम्पूर्ण जीवको अन्तःरकरण भित्र अवस्थित भई ‘म’‘म’ आदिको भाव लिई उठिरहने देह अहंकारदेखि लिएर मन, बुद्धि, चित्त आदिका अनेकन प्रकारका विकारको बोधकर्ता वा साक्षीको रूपमा रहेको
स्वप्रकाश, नित्य आनन्दको रूपमा स्वयं भित्रनै हृदयमा स्फूरित भइरहेको तत्व नै आत्मा हो । त्यही तिम्रो वास्तविक स्वरूप हो ।

घोटोदके बिम्बितमर्कबिम्बमालोक्य मूढो रविमेव मन्यते ।
तथा चिदाभासमुपाधिसंस्थं भ्रान्त्याहमित्येव जडोऽभिमन्यते ।।२२०।।

जसरी मूढ मनुष्य घडाको जलमा प्रतिबिम्बित सूर्यको प्रतीविम्विलाई देखेर उसलाई नै सूर्य मान्दछ । त्यसैप्रकार जड बुद्धि मनुष्य उपाधिमा स्थित चिदामासालाई भ्रान्तिले (यो म हुँ) म भनेर मान्दछ । ।।२२०।।

घैंटो वा जलाशय आदिमा जब आकाशमा स्थित सूर्यको प्रतीबिम्ब पर्दछ । त्यो प्रतीबिम्ब जलको उपाधिले गर्दा प्रतित हुन्छ । तर अत्यन्त मूढ पुरुषले यही प्रतीबिम्बलाई वास्तविक सूर्य ठान्दछ । यस्तै जडबुद्धि पुरुष पनि स्व–स्वरूपको ज्ञान नभएको कारणले गर्दा बुद्धिमा प्रतिबिम्ब प्रतीयमान भइरहेको चिदामासको चेतनलाई ग्रहण गरी यो (आत्मा) म नै हुँ भनेर मान्दछ ।

घटं जलं तद्गतमर्कबिम्बं विहाय सर्वं दिवि वीक्ष्यतेऽर्कः ।
तटस्थ एतत्त्रितयावभासकः स्वयंप्रकाशो विदुषा यथा तथा ।।२२१।।

जसरी बुद्धिमान पुरुष घडा, जल, र त्यसमा परेको सूर्यको प्रतीबिम्बलाई छोडेर यिनीहरूको प्रकाशक यिनीहरूबाट पृथक् आकाशमा स्थित स्वप्रकाशरूप सूर्यलाई हेर्दछ । त्यस्तै साधक, उपाधियुक्त चिदामासलाई आफ्नो आत्मा नमानेर त्यो उपाधिको प्रकाशक, आत्मालाई हेर्नुपर्दछ । ।।२२१।।

मात्र अत्यन्त मूढ पुरुषले घडामा परेको सूर्यको प्रतीबिम्बलाई वास्तविक सूर्य मान्दछ । तर, विवेकशील पुरुष छ भने उसले सूर्यको यो प्रतीविम्विलाई वास्तविक सूर्य नमानेर आकाशमा स्थित सूर्यलाई हेर्दछ ।

त्यस्तै साधकहरूले पनि देह र बुद्धिको यो उपाधियुक्त यो चिदाभासलाई आफ्नो वास्तविक स्वरूप नभनिकन, यो उपाधीको प्रकाशक आत्मालाई साधनाद्वारा खोज्नुपर्दछ ।

देहं धियं चित्प्रतिबिम्बमेतं विसृज्य बुद्धौ निहितं गुहायाम् ।
द्रष्टारमात्मानमखण्डबोधं सर्वप्रकाशं सदसद्विलक्षणम् ।।२२२।।
नित्यं विभुं सर्वगतं सुसूक्ष्ममन्तर्बहिः शून्यमनन्यमात्मनः ।
विज्ञाय सम्यङ्निजरूपमेतत् पुमान्विपाप्मा विरजो विमृत्युः ।।२२३।।

देह, बुद्धि र बुद्धिरूपी गुफामा स्थित यो चिदाभास (अन्तःकरण स्थित बुद्धिमा परेको आत्माको प्रतिबिम्ब) लाई छोडेर साक्षी, सर्वान्तर, अखण्डबोध, सर्वप्रकाशक, सत् असत् दुवैबाट भिन्न, नित्य, व्यापक, सर्वगत, अत्यन्त सूक्ष्म, भेदरहित र अद्वितीय यो आत्माको वास्तविक स्वरूपलाई ठीकसँग जानेर मनुष्य पापरहित, निर्मल र अद्वितीय अमर बन्दछ । ।।२२२,२२३।।

द्रष्टा भएकोले साक्षी, सर्वत्र उपस्थित भएकोले व्यापक, सम्पूर्ण जीवको भित्र रहेकोले सर्वान्तर, नित्य बोध रूप भएकोले अखण्डबोध, देह आदि सम्पूर्ण जगत्को प्रकाशक, भएकोले सर्व प्रकाशक सम्पूर्णकालमा उपस्थित भएकोले नित्य, रूपादिरहित भएकोले अत्यन्त सूक्ष्म, एकरूप भएकोले भेदरहित, सम्पूर्णको उपदानको कारण भएकोले सर्वगत, यस्तो सत् असत् दुवैबाट भिन्न अद्वितीय आत्मालाई, साधकले जब साधनाद्वारा साक्षात्कार गर्दछ । त्यो क्षण सम्पूर्ण रज, तम आदि अविद्या नष्ट भईसाधक पापरहित, निर्मल र जन्म मरणको चक्रबाट मुक्त अमर बन्दछ ।

विशोक आनन्दघनो विपश्चित् स्वयं कुतशिचन्न बिभेति कश्चित् ।
नान्योऽस्ति पन्था भवबन्धमुक्तेर्विना स्वतङ्खवावगमं मुमुक्षोः ।। २२४ ।।

शोकरहित, आनन्दघनस्वरूप, सर्वज्ञ पुरुष स्वयं कसैसँग पनि डराउँदैन । यसैले मुमुक्षको लागि आत्माको यथार्थ बोध विना भवबन्धनबाट छुट्ने अन्य कुनै मार्ग छैन । ।।२२४।।

जबसम्म आत्मसाक्षात्कार हुँदैन । त्यो क्षणसम्म अज्ञान जनित देह अहंकार रहिरहने हुनाले मनुष्यले इन्द्रिय, मन आदिका अनेकन अवस्था अनुसार प्राप्त हुने दुःख सुख, शोक, भय आदि अनेकन अवस्थाहरू अनुभूति गर्दछ ।
संसारको भव बन्धनमा मनुष्य फसिरहन्छ । जब पुरुष सर्वज्ञ बन्दछ, सर्वात्मक ब्रह्मसँग परिचित हुन्छ । देह, इन्द्रिय, मन, बुद्धि, प्राण आदिसँग उसको सम्बन्ध समाप्त भई मनको कारण सिर्जना हुने जगत्का दुःख, सुख, शोक आदि अवस्था उसलाई प्राप्त हुँदैन । मुक्त पुरुषले सदैव शोकरहित, आनन्दमय, भयरहित अवस्था प्राप्त गर्दछ ।

मुमुक्षुलाई आत्माको यथार्थ बोध प्राप्त नगरिकन जगत्को सुख, दुःख, भय, रोग, बुढ्यौली आदि अनेकन भव वन्धबाट छुटकारा पाउने अन्य कुनै मार्ग छैन ।

ब्रह्माभिन्नत्वविज्ञानं भवमोक्षस्य कारणम् ।
येनाद्वितीयमानन्दं ब्रह्म सम्पद्यते बुधः ।।२२५।।

ब्रह्म र आत्माको अभेद विज्ञान नै भवबन्धनबाट मुक्त हुने कारण हो । जसद्वारा बुद्धिमान पुरुष अद्वितीय आनन्द स्वरूप ब्रह्मालाई प्राप्त गर्दछ । ।।२२५।।

मनुष्यलाई भवबन्धन अविद्या सिर्जित देहबुद्धिबाट प्राप्त हुन्छ । जबसम्म भवबन्धन रहिरहन्छ, मनुष्य जगत्को दुःख, सुख, जन्म मरण आदिको चक्रमा परिरहन्छ ।

तर जब साधक आत्मज्ञान प्राप्त गर्दछ । मुक्त भएको त्यो स्थितीमा पुरुष सर्वव्यापी ब्रह्मसँग एकाकार हुन पुगी अद्वितीय आनन्दस्वरूप ब्रह्मालाई प्राप्त गर्दछ ।

ब्रह्मभूतस्तु संसृत्यै विद्वान्नावर्तते पुनः ।
विज्ञातव्यमतः सम्यग्ब्रह्माभिन्नत्वमात्मनः ।।२२६।।

ब्रह्मभुत भइसकेपछि विद्वान् फेरि जन्म मरणरूप संसारचक्रमा पर्दैन । यसकारण ब्रह्मसँगको अभेदबोध कुनै पनि प्रकारले प्राप्त गर्नु पर्दछ । ।।२२६।।

अज्ञान सिर्जित बन्धन नै जन्म मरणरूप संसार चक्रको कारण हो भनि विभिन्न श्लोकहरूमा यो उल्लेख गरिसकिएको छ । अज्ञानलाई नै नष्ट गरी ब्रह्मलाई आत्मरूपमा साक्षात अनुभूति गरेका ब्रह्मभूत विद्वान् वासना नष्ट भएकोले जन्म मरणरूप संसारचक्रमा पर्दछ भन्ने प्रश्न उठ्दैन । त्यसैले कुनै पनि मूल्यमा आत्मा र ब्रह्मको अभेद स्थिति प्राप्त गर्नु पर्दछ ।

सत्यं ज्ञानमनन्तं ब्रह्म विशुद्धं परं स्वतःसिद्धम् ।
नित्यानन्दैकरसं प्रत्यगभिन्नं निरन्तरं जयति ।।२२७।।

सत्य, ज्ञान, अनन्त, विशुद्ध, पर, स्वतःसिद्ध, नित्य, आनन्दस्वरूप, अभिन्न ब्रह्म निरन्तर जय प्राप्त गर्दछ । ।।२२७।।

भूत, भविष्य, वर्तमानमा (तीनकाल) अनुपस्थित नभएकोले सत्य, स्वयं प्रकाश स्वरूप ज्ञान, देश, काल र वस्तु परिच्छेद (सिमा) रहित भएकोले अनन्त, विकाररहित भएकोले विशुद्ध, मायाबाट पर रहेकोले पर, निरपेक्ष भएकोले स्वतःसिद्ध, यस्तो नित्य सुखस्वरूप अखण्ड ब्रह्म सधैं प्रार्थनीय छ । सर्वोत्कृष्ट रूपमा स्थित छ । शास्त्र, मोक्षपुरुष, र मुमुक्षुबाट निरन्तर जय (उच्च प्रशंसा) प्राप्त गर्दछ ।

सदिदं परमाद्वैतं स्वस्मादन्यस्य वस्तुनोऽभावात् ।
न ह्यन्यदस्ति किञ्चित् सम्यक्् परमार्थतङ्खवबोधदशायाम् ।।२२८।।

स्वयंमा अन्य वस्तुको अभाव भएको कारण यो परम अद्वैत ब्रह्म एकमात्र सत्य हो । यो परमतत्वको विषय सम्यक् ज्ञान प्राप्त भएपछि अन्य कुनै कुरा बाँकी रहँदैन । ।।२२८।।

जहाँ द्वैत उपस्थित छैन, जहाँ अन्य वस्तुको अभाव छ त्यो अद्वैत हो । अद्वैत नै सत्य हो । जगत््मा अद्वैत आत्म ब्रह्ममात्र परमसत्य तङ्खव हो । आत्मज्ञान प्राप्त गर्नुपूर्व मनुष्यमा अज्ञान सिर्जित देहबुद्धि द्वैत उपस्थित रहि विविध द्विविधापूर्ण अवस्थाहरू प्राप्त हुन्छन् । तर जब ज्ञान प्राप्त भई द्वैत समाप्त हुन्छ त्यो अवस्था प्राप्त भएपछि प्राप्त गर्नुपर्ने अन्य कुनै कुरा जगत्मा बाँकी रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 790 0
मंगलाचरण 1/15/2023 765 0
मुक्तिको दुर्लभता 1/15/2023 662 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 906 0
विचारको महङ्खव 1/15/2023 633 0
शिष्य लक्षण 1/15/2023 790 0
साधन–चतुष्टय 1/15/2023 1775 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 750 0
सद्गुरु लक्षण 791 0
शिष्य प्रार्थना 1/15/2023 881 0
गुरु कर्तव्य 1/15/2023 873 0
1/15/2023 613 0
शिष्य प्रशंसा 1/15/2023 694 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 701 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 770 0
अपरोक्षानुभवको आवश्यकता 725 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1079 0
विषयविन्दा 1/15/2023 756 0
देहाशक्तिको निन्दा 1/15/2023 683 0
स्थूल शरीर निन्दा 1/15/2023 876 0
दश इन्द्रियहरू 1/15/2023 1118 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 987 0
पञ्चप्राण 1/15/2023 898 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 931 0
प्राणको धर्म 1/15/2023 590 0
अहंकार 1/15/2023 703 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 586 0
माया वर्णन 1/15/2023 1378 0
रजोगुण 1/15/2023 718 0
तमोगुण 1/15/2023 624 0
सङ्खवगुण 1/15/2023 723 0
कारण शरीर 1/15/2023 866 0
आत्मा–निरूपण 1/15/2023 694 0
अध्यास 1/15/2023 890 0
आवरण र विक्षेपशक्ति 1/15/2023 844 0
बन्ध निरूपण 1/15/2023 640 0
अन्नमय कोश 1/15/2023 720 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 659 0
विज्ञानमय कोश 1/15/2023 730 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 806 0
आनन्दमय कोश 1/15/2023 588 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 629 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 563 0
जगत्को मिथ्यात्व 1/15/2023 701 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 796 0
ब्रह्मा–भावना 1/15/2023 752 0
वासना त्याग 1/15/2023 791 0
अध्यास निराकरण 1/15/2023 840 0
अहंपदार्थ निरूपण 1/15/2023 680 0
अहंकार – मुख्यवाधा 1/15/2023 598 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 614 0
प्रमाद – निन्दा 1/15/2023 724 0
अविद्याको स्थिति 1/15/2023 714 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 675 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 763 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 788 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 650 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 728 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 673 0
ध्यान विधि 1/15/2023 652 0
आत्म दृष्टि 1/15/2023 731 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 700 0
आत्म चिन्तनको उपदेश 1/15/2023 640 0
शरीर उपेक्षा 1/15/2023 627 0
आत्मज्ञानको फल 1/15/2023 714 0
जीवनमुक्तको लक्षण 1/15/2023 713 0
प्रारब्ध कर्म विचार 736 0
प्रारब्ध निराकरण 1/15/2023 695 0
नानात्व – निषेध 1/15/2023 757 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 808 0
बोधोपलब्धी 1/15/2023 678 0
शिष्यको अनुभव 1/15/2023 773 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 884 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1091 0
आत्माको अविनाशिता 1/15/2023 1161 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36034 0