शिष्यको अनुभव

0 टिप्पणीहरू 774 आगन्तुकहरू

शिष्य आफ्नो आत्मसाक्षात्कारको अनुभवलाई तलका श्लोकहरूमा वर्णन गर्दछन् ।

बुद्धिर्विनष्टा गलिता प्रवृत्तिर्ब्रह्मात्मनोरेकतयाधिगत्या ।
इदं न जानेऽप्यनिदं न जाने किं वा कियद्वा सुखमस्त्यपारम् ।।४८२।।
ब्रह्मा र आत्माको एकताको ज्ञान भएपछि मेरो भेदयुक्त बुद्धि नष्ट भयो । विषय प्रवृत्ति क्षीण भए । म न प्रत्यक्षलाई जान्दछु, न अप्रत्यक्षलाई नै । म यो पनि जान्दिन कि त्यो अपार आनन्द कस्तो छ र कति छ ?।।४८२।।

आत्मासाक्षात्कार प्राप्तगरि जब शिष्य समाधिबाट विउँझिए, उनले आफ्नो अभुनव सुनाउँदै भने की, जब मलाई ब्रह्म र आत्माको एकता बोध भयो । मेरो भेदयुक्त बुद्धि जसको कारण मैले द्वैतसत्ता वा ‘ब्रह्म’ र ‘म’ बीच जुन भेद देखेको थिएँ ।अब त्यो समाप्त भएको छ । अब म ब्रह्माभन्दा कुनै सत्ता देखिरहेको छैन । ब्रह्मको अतिरिक्त अन्य पदार्थलाईसत्ता मानेको कारण ति अनात्म प्रती प्रवृत्त हुने जुन मेरो प्रवृत्ति थियो । त्यो इच्छा आज क्षीण कमजोर भएको छ । म कुनै प्रत्यक्ष अप्रत्यक्ष्यलाई जान्दिन । ती पदार्थहरू मलाई अहिल दृष्टिगोचर भइरहेका छन्, यी पदार्थहरूलाई म ब्रह्म अतिरिक्त केही देखिरहेको छैन । म प्रत्यक्ष, परोक्ष केही नदेखि सम्पूर्ण जगत् ब्रह्म देखिरहेको छु । मलाई यो स्थितिमा जुन आनन्द प्राप्त भइरहेको छ । त्यो अपार आनन्द कस्तो छ ? कति छ ? म यो अनुभूति शब्दमा व्याख्या गर्न असमर्थ छु ।

वाचा वक्तुमशक्यमेव मनसा मन्तुं न वा शक्यते ।
स्वानन्दामृतपूरपूरितपरब्रह्माम्बुधैर्वैभवम् ।
अम्भोराशिविशीर्णवार्षिकशीलाभावं भजन्मे मनो यस्यांशांशलवे विलीनमधुनाऽऽनन्दात्मना निर्वृतम् ।।४८३।।

जलराशी (समुन्द्र) मा परेर (खसेर) पग्लीएको वर्षाकालको असीनाको जस्तो अवस्था प्राप्त मेरो मन जुन आन्नदरूपी अमृतले भरिएको समुन्द्रको सानोभन्दा सानो अंशमा विलीन भएर अति आनन्दरूपले स्थीत भएको छ । त्यो आत्मानन्दरूप अमृत प्रवाहले परिपूर्ण ब्रह्मरूपी समुद्रको वैभव वाणिद्वारा (शब्दमा) व्यक्त गर्न सकिँदैन । मनले पनि मनन गर्न सकिँदैन । ।।४८३।।

आत्मज्ञानको अनुभूतिलाई व्याख्या गर्दै शिष्य भन्दछन् की समुद्रमा पग्लिएको असीनाजस्तै मेरो मन पनि ब्रह्मरूपी अति आनन्दमय ब्रह्मसागरमा पग्लिँदै गइरहेको छ । यो अमृतले भरिएको ब्रह्म समुद्रको सूक्ष्मभन्दा सूक्ष्म अंशमा विलीन झै भएर यो मन अति आनन्दरूपले स्थीत भएको छ ।त्यो आत्मानन्दरूप अमृत प्रवाहले परिपूर्ण ब्रह्मरूपी समुन्द्रको अद्वितीय अनुभूति म स्वयं अहिले अनुभूति गरिरहेको छु । म यो अनुभूतिलाई शब्दद्वारा व्यक्त गर्न अनि मनबाट मनन गर्न असमर्थ छु ।

क्व गतं केन वा नीतं कुत्र लीनमिदं जगत्् ।
अधुनैव मया दृष्टं नास्ति किं महदद्भुतम् ।।४८४।।
यो जगत् कहाँ गयो ? यसलाई कस्ले लग्यो ? यो कहाँ हरायो वा विलायो ? ओहो ! ठूलो आश्चर्य यो छ कि जुन संसारको मैले एकछिन अघिसम्म देखिरहेको थिएँ । अहिले त्यो कहिँ देखिँदैन । ।।४८४।।

वेदान्त दर्शन अनुसार जगत्को उपस्थिति त्यो क्षणसम्म मात्र रहन्छ जुन क्षणसम्म अज्ञानको कारण मनमा द्वैतसत्ताको उपस्थिति रहन्छ । जब आत्मा साक्षात्कारद्वारा स्वयंको वास्तविक स्वरूपज्ञान हुन्छ । जब निर्विकल्प समाधिद्वारा पुरुष ब्रह्ममा लीन हुन्छ त्यो क्षण सम्पूर्ण जगत्, पदार्थ, देह ब्रह्ममय देखिन्छ । अद्वैतसत्ता उपस्थितिको त्यो क्षणमा जगत्को उपस्थिति रहन सक्दैन ।

निर्विकल्प समाधिपछिको यो स्थितिमा शिष्यले ब्रह्म वाहेक अन्य केही देखिरहेको छैन । यसैले उ भनिरहेको छ कि जुन संसार मैले एकछिन अघिसम्म देखिरहेको थिएँ । त्यो कहाँ गयो ? त्यो कहाँ विलय भयो ?

किं हेयं किमुपादेयं किमन्यत्किं विलक्षणम् ।
अखण्डानन्दपीयूषपूर्णे ब्रह्ममहार्णवे ।।४८५।।
यो अखण्ड आनन्दरूप अमृतले पूर्ण ब्रह्मरूपी समुन्द्रमा कुन वस्तु त्याज्य (त्याग्नु पर्ने) हो ? कुन वस्तु ग्राह्य (ग्रहण गर्नु पर्ने) हो ? म भन्दा अन्य के हो ? म भन्दा विलक्ष्ण (पृथक्) के हो ?।।४८५।।

उपदेशकालमा गुरुले शिष्यलाई अनात्म वस्तु त्याज्य(ग्याग गर्नुपर्ने) आत्मा ग्राहा (ग्रहण गर्नुपर्ने)भन्नुभएको थियो । आत्मालाई सम्पूर्ण पदार्थबाट विलक्षण भन्नु भएको थियो ।

यो श्लोकमा मोक्ष प्राप्त गरेर ‘म ब्रह्म हुँ’ भन्ने पूर्ण अनुभूतिमा स्थीत शिष्य सर्वत्र ब्रह्म देखिरहेका छन् । उनी भन्दछन्, कि यो अखण्ड आनन्दमय अमृतले भरिएको ब्रह्मरूपी समुन्द्र जहाँ सम्पूर्ण वस्तु ब्रह्म प्रतीत भइरहेको छ । जगत् स्वयंंं ब्रह्म भएको यो अवस्थामा मैले त्याग्नुपर्ने वस्तु के हो ? ग्रहण गर्नुपर्ने वस्तु के हो? म भन्दा अन्य के हो ? म भन्दा विलक्ष्ण (पृथक्) वस्तु के हो ? जान्न सकिरहेको छैन ।

न किञ्चिदत्र पश्यामि न शृणोमि न वेद्म्यहम् ।
स्वात्मनैव सदानन्दरूपेणास्मि विलक्षणः ।।४८६।।
अब म यहाँ न केही देख्दछु, न त केही सुन्छु । न म केही जान्दछु । मत नित्य आनन्दरूप आत्मा स्थित भएकोले विलक्षण भएको छु । ।।४८६।।

‘म सुनिरहेको छु’, ‘म देखिरहेको छु’ कर्ता भोक्ता भाव अज्ञानको स्थितिमा उपस्थित रहन्छ । जब अज्ञान नष्ट भई द्वैतको सत्ता नष्ट भएर सर्वत्र अद्वैत ब्रह्म सत्ताको उपस्थित हुन्छ । त्यो क्षण कर्ता, भोक्तादि देहभाव सम्पूर्ण रूपमा नष्ट हुन्छ । यो स्थितिमा म देख्दछु, सुन्दछु आदि भाव स्वतः नष्ट हुन्छन् ।

त्यसैले यो श्लोकमा मोक्ष प्राप्त शिष्य भनिरहेका छन् कि म त यहाँ न केही देखिरहेको छु । न केही सुनिरहेको छु । न केही बुझिरहेको छु । म नित्य आनन्दरूप आत्मामा स्थित भएको कारण अन्नमय आदि पाँच कोश, जागृत,सपना, सुषुप्ति रूप अवस्था, रज, तम, सत् गुण, स्थूल,सूक्ष्म र कारण शरीर आदिबाट विलक्षण छु ।

नमो नमस्ते गुरवे महात्मने विमुक्तस·ाय सदुत्तमाय । नित्याद्वयानन्दरसस्वरूपीणे भूम्ने सदापारदयाम्बुधाम्ने ।।४८७।। यत्कटाक्षशशिसान्द्रचन्द्रिकापातधूतभवतापजश्रमः । प्राप्तवानहमखण्डवैभवानन्दमात्मपदमक्षयं क्षणात् ।।४८८।।
जसको कृपाकटाक्षरूप चद्रमाको स्निग्ध चन्द्रिकाको संसर्गबाट संसार– तापजन्य श्रम छुट्नजाँदा मैले क्षणभरमा नै अखण्ड ऐश्वर्य र आनन्दमय अक्षय आत्मपद प्राप्त गरको छु । ती स·रहित ब्रम्हवेत्ताहरूमा श्रेष्ठ, नित्य अद्वितीय आनन्दरस स्वरूप, व्यापक, नित्य अपार दयासागर महात्मा गुरुदेव म हजुरलाई वारम्वार प्रणाम गर्दछु । ।।४८७,४८८।।

संसाररूपी प्रचण्ड दावानल ज्बालावाट सन्तप्त भई शरणमा आएको शिष्य (श्लोक ४१) लाई जब गुरुले करूणामयी दृष्टि राख्दै आत्मज्ञानको शिक्षा दिनु भयो । गुरुकृपाको कारण शिष्यले जसरी अल्पकालमा नै आत्मज्ञान प्राप्त ग¥यो यो श्लोकमा एक कृतज्ञ शिष्य गुरूप्रति विनम्र कृतज्ञताको भाव प्रकट गर्दछ ।

उनी भन्दछन् कि हे गुरुदेव हजुरको चन्द्रमा झैं शीतल स्निग्ध वचनहरूद्वारा संसारको दावानल अग्नि ज्बालाबाट मैंले अल्पसमयमा मुक्ति पाई अखण्ड आनन्दमय परम शान्तिपद प्राप्त गरको छु । हजुर, जगत्सँग असंग, ब्रह्मवेत्ता गुरुहरूमा श्रेष्ठ, नित्य, अद्वितीय, आनन्दरस, व्यापक, अपार दयासागर (यी शब्दरूले शिष्यले गुरुदेवलाई ब्रह्मको रूपमा दर्शन गरिरहेको स्पष्ट छ) । हुनुहुन्छ ।

हजुरको कृपाले आज भवसागर पार भई अमृतमय परम शान्तिपद प्राप्त गरेको छु । म कृतज्ञ भावले हजुरलाई वारम्वार प्रणाम गर्दछु । मसँग कृतज्ञताका लागि शब्दहरू नै छैनन । म मात्र विनम्र भावले प्रणाम गर्दछु ।

धन्योऽहं कृतकृत्योऽहं विमुक्तोऽहं भवग्रहात् ।
नित्यानन्दस्वरूपोऽहं पूर्णोऽहं तदनुग्रहात् ।।४८९।।
श्री गुरुदेवको अनुग्रहले आज म धन्य भएको छु । कृतकृत्य भएको छु । म नित्य आनन्द स्वरूप र पूर्ण भएको छु । तथा संसाररूपी ग्राह (गोही) बाट म मुक्त भएको छु । ।।४८९।।

आत्मज्ञान प्राप्त गरेर संसार वासनारूपी गोहीको पञ्जाबाट वासनाको शक्तिबाट मुक्त भएको शिष्य स्वयंको प्राप्तिप्रति कृतकृत्य धन्य हुन पुग्दछ । गुरुलाई वारम्वार प्रणाम गरेर कृतज्ञता व्यक्त गरिसकेपछि गुरूप्रतिको श्रद्धाले अझै उसको मनमा भरिरहन्छ । उ भन्दछ की श्री गुरुदेवको कृपा अनुग्रहले आज म आत्मज्ञान प्राप्त गरी धन्य भएको छु । मनुष्य जीवन पुरा गर्नुपर्ने मुख्य कर्तव्य पुरा गरी आज म कृतकृत्य भएको छु । म जगत्को डरलाग्दो वासनाबाट मुक्त भएर नित्य आनन्द स्वरूप र पूर्ण भएको छु । जगत्का रागरूपी बन्धनबाट मुक्त भएको छु ।

अस·ोऽहमन·ोऽहमलि·ोऽहमभ·ुरः ।
प्रशान्तोऽहमनन्तोऽहममलोऽहं चिरन्तनः ।।४९०।।
म अस·, अशरीर, अलि· अक्षय प्रशान्त, अनन्त, अश्रान्त र पुरातन हुँ । ।।४९०।।

मोक्ष प्राप्त भएपछि पुरुषलाई हुने अनुभूति र ब्रह्मलाई व्याख्या गर्ने क्रममा प्रयोग गरिएका विशेषहरूमा कुनै विविधता छैन वा हुन सक्दैन । ब्रह्मलाई व्याख्या गर्ने क्रममा यसै पुस्तकका विभिन्न श्लोकहरूमा विभिन्न शब्द विशेषणहरूको प्रयोग गरिएको छ ।

यो श्लोकमा मोक्ष प्राप्त गरी ‘म ब्रह्म हुँ’ को अनुभूतिमा स्थित शिष्य स्वयंको अनुभूतिलाई शब्दमा भनिरहेका छन् म असंग हुँ । म अशरीर हुँ । म लिङ्ग विहीन, म अक्षय (अविनाशी) हुँ । म वासना रहित परमशान्त हुँ । म परिच्छेद रहित अनन्त हुँ । म अश्रान्त र पुरातन हुँ ।

अकर्ताहमभोक्ताहमविकारोऽहमक्रियः ।
शुद्धबोधस्वरूपोऽहं केवलोऽहं सदाशिवः ।।४९१।।

म अर्कता, अभोक्ता, अविकारी, निष्क्रिय, शुद्ध बोधस्वरूप केवल कल्याणस्वरूप सदाशिव हुँ ।।।४९१।।
मोक्ष स्थिति प्राप्त शिष्य भनिरहेछन् कि म अकर्ता(कर्ताभाव रहित), अभोक्ता (भोग नगर्ने) अविकारी (विकार रहित) निष्क्रिय, शुद्ध बोध स्वरूप कल्याणस्वरूप सदाशिव हुँ । म ब्रह्म हुँ ।

द्रष्टुः श्रोतुर्वक्तुः कर्तुर्भोक्तुर्विभिन्न एवाहम् । नित्यनिरन्तरनिष्क्रियनिःसीमास·पूर्णबोधात्मा ।।४९२ ।।
म द्रष्टा, श्रोता, वक्ता, कर्ता र भोक्ता यी सबैबाट भिन्न नित्य, निरन्तर, निष्क्रिय, निःसीम, अस· र पूर्णज्ञान स्वरूप हुँ । ।।४९२ ।।

द्वैत सत्तामा म र ब्रह्म पृथक् हो भन्ने अनुभूति उपस्थित हुने हुनाले कर्ता, भोक्ता भाव जीवित रहन्छ । जब द्वैतसत्ता नष्ट हुन्छ,अद्वैत सत्ता उपस्थितको त्यो क्षणमा मात्र सर्वत्र ब्रह्म उपस्थित रहन्छ ।

आत्मज्ञान प्राप्त शिष्य भनिरहेका छन् कि म द्रष्टा, श्रोता, वक्ता, कर्ता, भोक्तादि देहसँग सम्बन्धित वस्तुहरूबाट पृथक् नित्य, निरन्तर, निक्रिय निःसीम (सीमारहित), असंग, पूर्णज्ञान स्वरूप ब्रह्म हुँ ।

नाहमिदं नाहमदोऽप्युभयोरवभासकं परं शुद्धम् ।
बाह्याभ्यन्तरशून्यं पूर्णं ब्रह्माद्वितीयमेवाहम् ।।४९३।।
म यो होइन म त्यो होइन, म ती दुवै (स्थूल–सूक्ष्म जगत्) को प्रकाशक परमशुद्ध बाह्याभ्यान्तर भेदरहित पूर्ण, अद्वितीय ब्रह्मा हुँ । ।।४९३।।

आत्मा ज्ञानी शिष्य भन्छन् कि म प्रत्यक्ष रूपमा प्रतीत हुने स्थूल, अप्रत्यक्ष मन, बुद्धि (सूक्ष्म) भन्दा पृथक्, म यी दुवैको प्रकाशक हुँ । ऐनामा प्रतीत प्रतिबिम्ब जस्तै यिनीहरू मेरो प्रकाशले प्रकाशवान भएका छन् । सम्पूर्ण मल विकारले परम शुद्ध, (विकाररहित), भेदरहित, पूर्ण, अद्वितीय ब्रह्मा हुँ । म र ब्रह्ममा कुनै भेद छैन । म ब्रह्मा हुँ ।

निरूपममनादितङ्खवं त्वमहमिदमद इति कल्पनादूरम् । नित्यानन्दैकरसं सत्यं ब्रह्माद्वितीयमेवाहम् ।।४९४।।
उपमा रहित, अनादि तत्व, तँ, म, यो, उ, आदि कल्पनारहित, नित्य आनन्दरस, सत्य र अद्वितीय ब्रह्म म नै हुँ । ।।४९४।।
कसैसँग तुलना गर्न असम्भव उत्पति आदिबाट रहित तँ, म, यो, उ आदि देह जनित उपाधिबाट रहित, नित्य आनन्दरस, सत्य, अद्वितीय ब्रह्म हुँ ।

नारायणोऽहं नरकान्तकोऽहं पुरान्तकोऽहं पुरुषोऽहमीशः । अखण्डबोधोऽहमशेषसाक्षी निरीश्वरोऽहं निरहञ्च निर्ममः ।।४९५।।
म नारायण हुँ, म नरकासुरलाई नाश गर्ने कृष्ण हुँ । त्रिपुरासुर नाश गर्ने शिव हुँ, म परमपुरुष ईश्वर हुँ । म अखण्ड बोध स्वरूप, सर्वसाक्षी, स्वतन्त्र तथा अहंता र ममताले रहित हुँ । ।।४९५।।

सम्पूर्ण जगत्,स्वयं ब्रह्म भएको पूर्ण अनुभूतिमा स्थित शिष्य भन्दछन् कि म परमपुरुष ईश्वर हुँ । नरकासुर, त्रिपुरासुर असत्लाई नाश गर्ने नारायण, कृष्ण, शिव, ती ब्रह्मा म हुँ । म अखण्ड बोधस्वरूप, सर्वसाक्षी, स्वतन्त्र ब्रह्म भएको कारण अहंता ममताले रहित हुँ ।

सर्वेषु भूतेष्वहमेव संस्थितो ज्ञानात्मनान्तर्बहिराश्रयः सन् ।
भोक्ता च भोग्यं स्वयमेव सर्वं यद्यत् पृथग्दृष्टमिदन्तया पुरा ।।४९६।।
सम्पूर्ण भूत (वस्तु) मा बाहिर भित्र अधिष्ठान भएर ज्ञानरूपमा म नै स्थित छु । पहिले जो पदार्थ इदम (त्यो) वृत्तिद्वारा भिन्न देखिएको थियो । ती भोक्ता, भोग्य आदि वस्तु स्वयं म नै हुँ । ।।४९६।।

ब्रह्मरूप शिष्य भन्दछन् कि म बोधरूप अधिष्ठान हुँ । आकाशादि सम्पूर्ण भूत (वस्तु) को आन्तरिक र बाह्य आश्रय म नै हुँ । म यी सम्पूर्ण भूतमा म सम्यक्रूपमा स्थित छु । अज्ञान अवस्थामा इदम (यो) वृत्तिद्वारा भोक्ता, भोग्यादि जति भेद देखिएका थिए । यथार्थमा ती भोक्ता, भोग्यआदि सम्पूर्ण ब्रह्मस्वयं म हुँ ।

मय्यखण्डसुखाम्भोधौ बहुधा विश्ववीचयः ।
उत्पद्यन्ते विलीयन्ते मायामारुतविभ्रमात् ।।४९७।।
म अखण्ड आनन्दरूप समुद्रमा यी विश्वरूपी नाना तर·हरू मायारूपी वायुको वेगबाट उत्पन्न र लीन हुँदै रहन्छन् । ।।४९७।।

जसरी समुन्द्रमा आँधी, तरङ्ग, बुलबुल, छाल, भूमरी सिर्जना हुन्छन् । विलीन हुन्छन् । यथार्थमा जलको अतिरिक्त यी वस्तुहरूको कुनै पृथक् सत्ता हुँदैन । म अखण्ड आनन्दरूप अधिष्ठान ब्रह्म समुन्द्रमा विश्वरूपी नाना तरङ्गहरू मायारूपी वायुको वेगबाट उत्पन्न, लीन हुँदै रहन्छन् । यहाँ म ब्रह्मको अतिरिक्त अन्य कुनै सत्ता उपस्थित छैन ।

स्थूलादिभावा मयि कल्पिता भ्रमादारोपिता नु स्फुरणेन लोकैः ।
काले यथा कल्पकवत्सरायणत्र्वादयो निष्कलनिर्विकल्पे ।।४९८।।
जसरी अज्ञानी मनुष्यले निरवयव (अभाज्य) र भेदरहित कालमा कल्प, वर्ष, अयन (उत्तरायण, दक्षिणायन) र ऋतु आदिको कल्पना गर्दछन् । त्यस्तै प्रकारका मानिसले ममा भ्रमवस कल्पित स्थूल शूक्ष्मादि उपाधिको कल्पना गरेका छन् । ।।४९८।।

नीरवयव टुक्र्याउन नसकिने भेदरहित काल (समय) लाई अज्ञानी मानिसहरूले घण्टा, मिनेट, दिन, महीना, वर्ष, उत्तरायण, दक्षिणायन (सूर्यको स्थिति), ऋतु आदिको रूपमा कल्पना गरेका छन् । काल अखण्डित छ यसैले कल्प, वर्ष आदि भेद मिथ्या हुन् । अज्ञानी मानिसहरूले असङ्ग, अभाज्य,ब्रह्ममा भ्रमवस स्थूल, सूक्ष्म, कारण शरीररूपी द्वैतसत्ताको कल्पना गरेका छन् । देश, काल र वस्तु परिच्छेद (सिमा) रहित म ब्रह्मामा यी सम्पूर्ण भ्रमवस कल्पित हुन् । म अखण्ड ब्रह्म हुँ ।

आरोपितं नाश्रयदूषकं भवेत् कदापि मूढैर्मतिदोषदूषितैः । नार्द्र्रीकरोत्यूषरभूमिभागं मरीचिकावारिमहाप्रवाहः ।।४९९।।

बुद्धि दोषबाट दूषित अज्ञानीहरूद्वारा आरोपित गरिएका वस्तुले आफ्नो आश्रयलाई दूषित गर्न सक्दैन । जसरी मृगतृष्णाको महान् जल प्रवाह आफ्नो आश्रय मरूभूमिलाई अलिकति पनि भिजाउन सक्दैन । ।।४९९।।
मरूभूमिमा सूर्यको प्रकाश परावर्तन हुँदा जलप्रवाह जलाशयहरू निर्मित भएको देखिन्छ । ती यथार्थमा जलाशय नभएर सुर्य प्रकाशको कारणले सिर्जित भ्रमपूर्ण प्रतीति भएकोले ती मिथ्यापूर्ण जलाशय मरूभूमिलाई चिसो पार्न वा भिजाउन सक्दैनन् ।

अज्ञानीहरूद्वारा आत्मामा आरोपित स्थूल, देह, आदि पदार्थ मरूभूमिको जलाशय झैं मिथ्यासत्ता भएकोले अधिष्ठान आत्मालाई दूषित पार्न सक्दैनन् ।

आकाशवल्लेपविदूरगोऽहमादित्यवद्भास्यविलक्षणोऽहम् । अहार्यवन्नित्यविनिश्चलोऽहमम्भोधिवत्पारविवर्जितोऽहम् ।।५००।।
म आकाश जस्तै निर्लेप (लिप्त नहुनु), सूर्य समान अप्रकाश्य छु । पर्वत झैं नित्य निश्चल छु र समुद्र समान अपार छु । ।।५००।।

मोक्ष प्राप्तिपछिको अनुभूतिलाई निरन्तर व्याख्या गरिरहेका शिष्य भन्छन् कि जसरी आकाश निर्गुण भएको कारण धुलो, धुवाँबाट लिप्त हुँदैन त्यस्तै म निर्गुण ब्रह्मरूप भएको कारण अनात्म वस्तुबाट अलग छु । जसरी सूर्य प्रकाशित हुनको लागि अन्य प्रकाशको अपेक्षा राख्दैन, त्यस्तै म स्वयंप्रकाश ब्रह्म भएको कारण अप्रकाश छु । प्रकाशित हुन बाह्य प्रकाशको आवश्यकता राख्दिन । म पर्वत झैं नित्य निश्चल भावले स्थित छु । पार पाउन असम्भव (अंपार) समुद्र झैं सर्वत्र फैलिएको म ब्रह्मा अपार छु ।

न मे देहेन सम्बन्धो मेघेनेव विहायसः ।
अतः कुतो मे तद्धर्मा जाग्रत्स्वप्नसुषुप्तयः ।।५०१।।

जसरी मेघको आकाशसँग कुनै सम्बन्ध छैन । यस्तै मेरो पनि शरीरसँग कुनै सम्बन्ध छैन । यसैले जागृत, स्वप्न र सुषप्तीरूपीशरीरको धर्म ममा कसरी हुनसक्छ ?।।५०१।।

आकासमा मेघ (वादल) सिर्जना हुन्छ । वायुद्वारा स्थानान्तरण छिन्न भिन्न हुन्छ । वर्षामा परिणत हुन्छ । यीसम्पूर्ण क्रियाहरूबाट आकाश असँग रहन्छ । वादलमा घटीत घटनाहरूको आकाशसँग कुनै सम्बन्ध हुँदैन । स्वयं ब्रह्मामय शिष्य भन्दछन् की मेरो यो शरीरसँग कुनै सम्बन्ध छैन । शरीरसँग सम्बन्ध नभएपछि शरीरका जागृत, स्वप्न, शुषुप्तिरूपी धर्म देहमा उपस्थित रहँदैन ।

उपाधिरायाति स एव गच्छति स एव कर्माणि करोति भुङ्क्ते ।
स एव जीर्यन्म्रियते सदाहं कुलाद्रिवन्निश्चल एव संस्थितः ।।५०२।।
उपाधि आउँछ, जान्छ, उपाधि कर्म गर्दछ । उही उपाधि फल भोग्दछ । उसलाई जन्म (उत्पति) मृत्यु प्राप्त हुन्छ । म त कूलपर्वतझैं सधैं निश्चल स्थीत छु । ।।५०२।।

ब्रह्म अनुष्ठान हो । देह, मन, बुद्धि, अहंकार, आदि आत्माका उपाधि हुन । जन्मनु, कर्म गर्नु, कर्मको फल भोग्नु मृत्यु प्राप्त हुनु यी सम्पूर्ण उपाधिका धर्म हुन् । यो देहमा घटीत हुन्छ । अनुष्ठानरूपी ब्रह्ममा यी घटनाहरू घटीत हुन सक्दैनन् । शिष्य भन्दछन् की म उपाधिका कर्म, कर्मफल भन्दा पृथक् म कूलपर्वत भैm निश्चल स्थित अधिष्ठान ब्रह्म हुँ ।

न मे प्रवृत्तिर्न च मे निवृत्तिः सदैकरूपस्य निरंशकस्य । एकात्मको यो निबिडोनिरन्तरो व्योमेव पूर्णः स कथं नु चेष्टते ।।५०३।।

सधैं एकरूप र निरवयव आत्माको न प्रवृत्ति छ न निवृत्ति । जो एकरूप, घनीभूत (सघन) र आकाशको समान पूर्ण छ । उ कसरी चेष्टा गर्न सक्दछ ?।।५०३।।

जगत्का विषयप्रति प्रवृत्ति वा निवृत्ति शरीर र मनका धर्म हुन्छ । आत्मा साक्षात्कार पछि जो म ब्रह्म हुँ भन्ने पूर्ण अनुभूतिमा स्थित हुन्छ उ वासना वा इच्छाबाट प्रेरित भएर कुनै वस्तु प्राप्तिको लागि प्रवृत्त हुन सक्दैन । मोक्षको कारण ब्रह्मको अतिरिक्त अन्य कुनै वस्तु उपस्थित रहेको अनुभूति नरहेकोले निवृत्तिको प्रश्न उठ्न सक्दैन । जो जगत्मा प्रवृत्त हुन्छ उ मात्र साधनद्वारा जगत्बाट निवृत्तिको मार्ग खोज्दछ । जब मोक्ष प्राप्ति हुन्छ प्रवृत्ति र निवृत्तको प्रश्नहरू समाप्त हुन्छन् । त्यसैले शिष्य आफ्नो अनुभूति वाँड्दै भन्दछन् कि म सधैं एकरूप, सघन अनि आकाशसमान पूर्ण ब्रह्म हुँ म प्रवृत्ति, निवृत्ति आदि चेष्टाहरूबाटरहित हुँ ।

पुण्यानि पापानि निरिन्द्रियस्य निश्चेतसो निर्विकृतेर्निराकृतेः ।
कुतो ममाखण्डसुखानुभूतेब्र्रूते ह्यनन्वागतमित्यपि श्रुतिः ।।५०४।।
इन्द्रिय, चित्त, विकार र आकाररहित म अखण्ड सुख स्वरूपलाई पुण्य र पाप कसरी हुन सक्दछ ? “अनन्वागत पुण्येनानन्वगतं पापेन” यो श्रुति पनि यही भन्छ । ।।५०४।।

शास्त्रमा पाप र पुण्यका कर्म, यी कर्मका कर्मफलहरू मात्र मन र देहसँग सम्बन्धित वस्तुहरू हुन् । मोक्षप्राप्त शिष्य जो आत्मभावमा स्थित छ अखण्डसुखस्वरूप आत्मा जो इन्द्रिय,मन, बुद्धि, चित्तका विकार आदि सम्पूर्ण उपाधिहरूबाट पूर्वमुक्त क्रियारहित छ, उ कसरी कुन कर्म गर्दछ ?अनि किन पुण्य वा पापको परिणती भोग्दछ ?

छायाया स्पृष्टमुष्णं वा शीतं वा सुष्ठु दुष्ठु वा ।
न स्पृशत्येव यत्किञ्चित् पुरुषं तद्विलक्षणम् ।।५०५।।
उष्ण–शील, राम्रो–नराम्रो जस्तोसुकै वस्तुले छायाँलाई स्पर्श गरेपनि उसबाट सर्वथा पृथक् पुरुषलाई स्पर्श गर्न सक्दैन । ।।५०५।।
न साक्षिणं साक्ष्यधर्माः संस्पृशन्ति विलक्षणम् ।
अविकारमुदासीनं गृहधर्माः प्रदीपवत् ।।५०६।।

त्यस्तै घरको धर्म (सुन्दरता, कुरूपता) आदिले घरलाई प्रकाशित पार्ने दियोलाई प्रभाव पार्न सक्दैन । त्यस्तै शरीर आदि पदार्थको धर्मले त्यसबाट विलक्षण, अविकारी अस· साक्षी आत्मालाई स्पर्श गर्न सक्दैन । ।।५०६।।
प्रकाशको कारण सिर्जित प्रतिति भएकोले छायाँ र शरीर बीच कुनै सम्बन्ध हुँदैन । यसैले छायाँलाई उष्ण–शील, शुभ–अशुभ आदि जस्तोसुकै वस्तुले छोएपनि उसबाट पूर्ण पृथक् शरीरलाई तातो–चिसो आदिको अनुभूति हूँदैन । घरको धर्म र रात्रीको प्रकाशमा पनि त्यही सम्बन्ध रहन्छ ।

शिष्य भन्दछन् कि देह र छायाँ, घरको सुन्दरता र प्रकाश, जस्तै शरीर इन्द्रिय, मन, बुद्धि आदि उपाधि पदार्थका जुन धर्महरू वा स्वभावहरू छन्, म पूर्णत, असंग, साक्षी आत्मालाई उपाधिका धर्महरूले स्पर्श गर्न सक्दैनन् । विकार सिर्जना गर्न सक्दैनन् । मदेह, इन्द्रिय, मन र बुद्धिका धर्महरूबाट पूर्णतः विलक्षण अंसग, साक्षी, अविकारी, शुद्ध ब्रह्म हुँ ।

रवेर्यथा कर्मणि साक्षिभावो वह्नेर्यथा वाऽयसि दाहकत्वम् ।
रज्जोर्यथाऽऽरोपितवस्तुस·स्तथैव कूटस्थचिदात्मनो मे ।।५०७।।

जसरी (मनुष्य) कर्ममा सुर्यको साक्षी भाव छ । अथवा जसरी आगोको फलाममा दाहकता तातोपना छ । जसरी आरोपित सर्प आदि डोरीसँग छ । त्यसरी नै म कुटस्थ चेतन आत्मा असंग छु । ।।५०७।।
जसरी मनुष्यको शुभ–अशुभ कर्ममा सुर्य असंग छ । जसरी फलाममा दाह(कता, डोरीमा सर्प कल्पित छ । त्यस्तै विकाररहित, ज्ञानस्वरूप म चेतनब्रह्ममा कल्पित देहादि सम्बन्धबाट म असंग छु । म शुद्ध ब्रह्म हुँ ।

कर्तापि वा कारयितापि नाहं भोक्तापि वा भोजयितापि नाहम् ।
द्रष्टापि वा दर्शयितापि नाहं सोऽहं स्वयंज्योतिरनीदृगात्मा ।।५०८।।
म न गर्नेवाला हुँ, न म गराउने वाला हुँ, न म भोग्नेवाला हुँ, न म भोग गराउने वाला हुँ । त्यस्तै न म देख्नेवाला हुँ, न म देखाउनेवाला हुँ, म त सर्वधर्मरहित स्वयं प्रकाश आत्मा नै हुँ । ।।५०८।।

गर्नु, गराउनु, भोग्नु, भोगाउनु, देख्नु, देखाउनु आदि सम्पूर्ण कर्ता, भोक्ता भावहरू अज्ञान सिर्जित देह, मन, बुद्धि, इन्द्रिय आदिका धर्महरू हुन् । यी अभिव्यक्तिहरू अज्ञान अवस्थामा मात्र अनुभूति हुन्छन् । अज्ञान नष्ट भई ब्रह्मभावमा स्थित शिष्य आफ्नो अनुभूतिको अभिव्यक्ति दिँदै भन्दछन् कि म गर्ने, गराउने, भोग्ने, भोगाउने, देख्ने, देखाउने यी सम्पूर्ण देह धर्मबाट रहित स्वयं प्रकाश आत्मा हुँ । म मात्र ब्रह्म हुँ ।

चलत्युपाधौ प्रतिबिम्बलौल्यमौपाधिकं मूढधियो नयन्ति ।
स्वबिम्बभत्ूां रविवद्विनिष्क्रियं कर्तास्मि भोक्तास्मि हतोऽस्मि हेति ।।५०९।।
जसरी (जलरूप) उपाधि चञ्चल हुँदा (हलिँल्दा) मूढबुढ पुरुष हल्लिएको (औपाधीक) प्रतिबिम्बको चञ्चलतालाई बिम्बभूत सूर्यमा आरोप गर्दछ । यसैप्रकार सूर्य समान निष्क्रिय आत्मामा (अध्यासको कारण) म कर्ता हुँ, म भोक्ता हु, म मर्न लागे आदि भन्दछ ।।।५०९।।

पानीमा परेको सूर्यको प्रतिबिम्ब जब पानी हलिन्छ । त्यो अवस्थामा अल्पबुद्धि पुरुषलाई उपाधिको कारण सूर्य नै हल्लिएको प्रतित हुन्छ । त्यस्तै स्वयं ब्रह्म हुँदाहुँदै मनुष्य अज्ञानवस देहका धर्महरू धारणा गरी म कर्ता हुँ, म भोक्ता हुँ, म मर्न लागे अहंकाररूपी कर्ता, भोक्ता भाव व्यक्त गर्दछ ।

जले वापि स्थले वापि लुठत्वेष जडात्मकः ।
नाहं विलिप्ये तद्धर्मैर्घटधर्मैर्नभो यथा ।।५१०।।
जसरी घडाको धर्मबाट आकाश लिप्त हुँदैन । त्यस्तै जडरूपी यो देह जल वा स्थल जहाँ रहेपनि म (ब्रह्म) यसको धर्ममा लिप्त हुन्न । ।।५१०।।

घडाको धर्म जस्तै आकार, रूप, रङ्ग अनित्यता आदिसँग आकाशको कुनै सम्बन्ध हुँदैन । आकाशले घडाको धर्मलाई ग्रहण गर्दैन लिप्त हुँदैन । त्यस्तै जडरूपी यो देह शरीर जुनसुकै स्थानमा रहेपनि जन्म, मरण, रोग, व्याधी आदि जड शरीरका धर्महरूसँग म (ब्रह्म) लिप्त हुन्न । म जन्म, मरण आदि रहित नित्य ब्रह्म हुँ ।

कर्तृत्वभोत्तृmत्वखलत्वमत्तता जडत्वबद्धत्वविमुक्ततादयः ।
बुद्धेर्विकल्पा न तु सन्ति वस्तुतः स्वस्मिन् परे ब्रह्मणि केवलेऽद्वये ।।५११।
अद्वितीय परब्रह्मारूप आत्मामा कर्तापन, भोक्तापन, दुष्टता, उन्मत्तता, जडता, बन्धन र मोक्ष यी सम्पूर्ण बुद्धिकै विकल्प (कल्पना) हुन वस्तुतः यथार्थ होइन । ।।५११।।

म कर्ता हुँ, म भोक्ता हुँ, म दुष्ट हुँ, म उन्मुक्त हुँ, म जड हुँ, म बन्धनमा छु, म मुक्त छु मलाई मोक्ष प्राप्ति भएको छ । यी सम्पूर्ण कर्ता, भोक्ता आदि भावहरू अज्ञानको कारण बुद्धिमा सिर्जित कल्पनाहरू हुन् । अज्ञान नष्ट भएपछि यी कल्पनाहरू, अनुभूतिहरू पनि नष्ट हुने हुनाले यी यथार्थ वा सत्य होइनन् ।

सन्तु विकाराः प्रकृतेर्दशधा शतधा सहस्रधा वापि ।
किं मेऽस·चितेस्तैर्न घनः क्वचिदम्बरं स्पृशति ।।५१२।।
प्रकृतिका विकारहरू दशौं सयौं वा हजारौं किन नहुन् । म असंग चेतनलाई ती विकारबाट के हुन्छ ? मेघ (वादल) ले कहिल्यै पनि आकाशलई स्पर्श गर्दैन । ।।५१२।।

सृष्टिमा जति वासना, भावना, इच्छा, अहंकार, मोह, तृष्णा आदि विकारहरू छन् ती सम्पूर्ण प्रकृतिका तम रज, सत, गुणका कारण सिर्जित हुन्छन् । प्रकृतिका यी विकारहरू असंख्य भएपनि असंग, विकाररहित, शुद्ध, निर्मल म (ब्रह्म) लाई यी गुणहरूले स्पर्श वा प्रभावपारी विकार सिर्जना गर्न सक्दैन । जसरी मेघका गुण धर्महरूले आकाशलाई स्पर्श गर्न सक्दैन ।

अव्यक्तादिस्थूलपर्यन्तमेतद्विश्वं यत्राभासमात्रं प्रतीतम् ।
व्योमप्रख्यं सूक्ष्ममाद्यन्तहीनं ब्रह्माद्वैतं यत्तदेवाहमस्मि ।।५१३।।
अव्यक्त (प्रकृति) देखि लिएर स्थूल शरीर पर्यन्तसम्म यो जगत् जुन ब्रह्ममा आभासमात्र प्रतीति भइरहेको छ । जो आकाश जस्तै सूक्ष्मर आदि अन्तरहित अद्वितीय ब्रह्मा छ । म त्यही हुँ । ।।५१३।।

आत्माज्ञान प्राप्त शिष्य भन्दछन् कि अव्यक्त (प्रकृति) देखि लिएर स्थूल देह, अनि जगत्का पदार्थहरूसम्म जुन अज्ञानका कारण म ब्रह्ममा आभासरूपले प्रतीत भइरहेको छ । त्यो आरोपित असत् सत्ताको अधिष्ठानिरूपी ब्रह्मा म नै छु, हुँ । आकाश जस्तै सूक्ष्मरूप अनि आदि (जन्म) र अन्तरहित अद्वितीय ब्रह्म जुन छ त्यो पनि म नै हुँ ।

सर्वाधारं सर्ववस्तुप्रकाशं सर्वाकारं सर्वगं सर्वशून्यम् ।
नित्यं शुद्धं निष्कलं निर्विकल्पं ब्रह्माद्वैतं यत्तदेवाहमस्मि ।।५१४।।

सबैको आधार, सम्पूर्ण वस्तुको प्रकाशक, सर्वरूप, सर्वव्यापी,सबैबाट रहित, नित्य, शुद्ध, कलारहित, निर्विकल्प जुन अद्वितीय ब्रह्म छ । त्यो म नै हुँ ।।।५१४।।

अधिष्ठान वा सम्पूर्ण अव्यक्त प्रकृतिदेखि लिएर स्थूलदेह जगत् आदिको आधार भएकोले सबैको आधार, उसको चेत्को कारण जगत्का सम्पूर्ण वस्तुहरू प्रकाशित हुन हुनाले सम्पूर्ण वस्तुको प्रकाशक, सम्पूर्ण रूपमा एक भएकोले सर्वरूप, सर्वत्र फैलिएको सर्वव्यापी, विकाररहित तत्व भएकोले सबैबाट रहित शुद्ध, सधैं उपस्थित भएकोले नित्य, निष्कल निराकार भएकोले कलारहित, सम्पूर्ण भेदरहित निर्विकल्प यस्तो जुन अद्वितीय ब्रह्म छ । त्यो ब्रह्म म हुँ ।

यत्प्रत्यस्ताशेषमायाविशेषं प्रत्यग्रूपं प्रत्ययागम्यमानम् ।
सत्यज्ञानानन्तमानन्दरूपं ब्रह्माद्वैतं यत्तदेवाहमस्मि ।।५१५।।
सम्पूर्ण मायिक भेदहरूबाट रहित, अन्तरआत्मा रूप, साक्षात प्रतितिको अविषय, तथा अनन्त सच्चिदानन्द अद्वैत ब्रह्मजुन छ त्यो म हुँ । ।।५१५।।

प्रकृतिरूपी मायाका सम्पूर्ण भेदहरूबाट रहित,स्वयं साक्षी तङ्खव भएकोले साक्षात प्रतीतिको अविषय, स्वयंभित्र रहेकोले अन्तरआत्मारूपी अनन्त, सच्चिदानन्द रूपी जुन अद्वैत अद्वितीय ब्रह्म छ । त्यो म नै हुँ ।

निष्क्रियोऽस्म्यविकारोऽस्मि निष्कलोऽस्मि निराकृतिः ।
निर्विकल्पोऽस्मि नित्योऽस्मि निरालम्बोऽस्मि निद्र्वयः ।।५१६।।
म क्रिया, विकार, कला, आकृति, र विकल्परहित हुँ । म नित्य, निरालम्व, र अद्वितीय हुँ । ।।५१६।।

ब्रह्मभावमा स्थित शिष्य भन्दछन् कि म नित्य, निरालम्व (अनाश्रित), विकल्परहित ब्रह्मा हुँ । म निष्क्रिय (क्रियारहित), शुद्ध (विकाररहित), निराकार(कलारहित), निरयव(आकृतिरहित), विकल्परहित ब्रह्म हुँ ।

सर्वात्मकोऽहं सर्वोऽहं सर्वातीतोऽहमद्वयः ।
केवलाखण्डबोधोऽहमानन्दोऽहं निरन्तरः ।।५१७।।
म सम्पूर्णको आत्मा, सर्वरूप, सबैभन्दा पर, र अद्वितीय हुँ । तथा केवल अखण्ड ज्ञानरूप र निरन्तर आनन्दरूप हुँ । ।।५१७।।

ब्रह्मभावमा स्थित शिष्य भन्दछन् कि म स्वयं ब्रह्म भएको कारण सम्पूर्णको आत्मा, जगत्का सम्पूर्ण वस्तु नै ब्रह्मा वा मेरै रूप भएकोले सर्वरूपी, अंसग भएकोले सबैभन्दा पर, त्यो अद्धितिय अखण्ड ज्ञानरूप ब्रह्म हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 792 0
मंगलाचरण 1/15/2023 767 0
मुक्तिको दुर्लभता 1/15/2023 662 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 908 0
विचारको महङ्खव 1/15/2023 635 0
शिष्य लक्षण 1/15/2023 792 0
साधन–चतुष्टय 1/15/2023 1777 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 752 0
सद्गुरु लक्षण 793 0
शिष्य प्रार्थना 1/15/2023 883 0
गुरु कर्तव्य 1/15/2023 873 0
1/15/2023 615 0
शिष्य प्रशंसा 1/15/2023 696 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 703 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 772 0
अपरोक्षानुभवको आवश्यकता 727 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1081 0
विषयविन्दा 1/15/2023 758 0
देहाशक्तिको निन्दा 1/15/2023 685 0
स्थूल शरीर निन्दा 1/15/2023 876 0
दश इन्द्रियहरू 1/15/2023 1120 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 989 0
पञ्चप्राण 1/15/2023 900 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 933 0
प्राणको धर्म 1/15/2023 592 0
अहंकार 1/15/2023 705 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 588 0
माया वर्णन 1/15/2023 1380 0
रजोगुण 1/15/2023 720 0
तमोगुण 1/15/2023 626 0
सङ्खवगुण 1/15/2023 725 0
कारण शरीर 1/15/2023 868 0
आत्मा–निरूपण 1/15/2023 698 0
अध्यास 1/15/2023 892 0
आवरण र विक्षेपशक्ति 1/15/2023 846 0
बन्ध निरूपण 1/15/2023 642 0
अन्नमय कोश 1/15/2023 722 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 661 0
विज्ञानमय कोश 1/15/2023 734 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 808 0
आनन्दमय कोश 1/15/2023 590 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 631 0
आत्मस्वरूप निरूपण 1/15/2023 691 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 565 0
जगत्को मिथ्यात्व 1/15/2023 701 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 798 0
ब्रह्मा–भावना 1/15/2023 756 0
वासना त्याग 1/15/2023 793 0
अध्यास निराकरण 1/15/2023 844 0
अहंपदार्थ निरूपण 1/15/2023 680 0
अहंकार – मुख्यवाधा 1/15/2023 600 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 616 0
प्रमाद – निन्दा 1/15/2023 726 0
अविद्याको स्थिति 1/15/2023 714 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 677 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 765 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 790 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 652 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 730 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 675 0
ध्यान विधि 1/15/2023 654 0
आत्म दृष्टि 1/15/2023 733 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 702 0
आत्म चिन्तनको उपदेश 1/15/2023 642 0
शरीर उपेक्षा 1/15/2023 627 0
आत्मज्ञानको फल 1/15/2023 716 0
जीवनमुक्तको लक्षण 1/15/2023 715 0
प्रारब्ध कर्म विचार 738 0
प्रारब्ध निराकरण 1/15/2023 695 0
नानात्व – निषेध 1/15/2023 761 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 810 0
बोधोपलब्धी 1/15/2023 680 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 886 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1093 0
आत्माको अविनाशिता 1/15/2023 1161 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36037 0