मुक्तिको दुर्लभता

0 टिप्पणीहरू 621 आगन्तुकहरू

प्रस्तुत श्लोकमा मुक्तिको दुर्लभता प्रकाश पारिएको छ –

जन्तूनां नरजन्म दुर्लभमतः पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम् ।
आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति– र्मुक्तिर्नो शतकोटिजन्मसु कृतैः पुण्यैर्विना लभ्यते ।। २ ।।

जीवहरूका लागि प्रथमतः मानव जन्म नै दुर्लभ छ । योभन्दा पनि दुर्लभ पुरुषत्व छ । ब्राम्हणतङ्खव अझ दुर्लभ छ । योभन्दा पनि दुर्लभ बैद्धिक धर्ममार्गमा शास्त्रहरूद्वारा प्रतिपादन गरेअनुसार छ । यो अनुसरणभन्दा दूर्लभ विद्वता छ । यी सबैभन्दा दुर्लभ आत्मा र अनात्माको विवेचना गरेर आत्म–साक्षात्कार प्राप्तगरी ब्रह्मरूप नित्य स्थितिरूपी मुक्ति छ । जुन रूप करोडौँ जन्ममा गरिएका शुभ (पुण्य) कर्मविना प्राप्त हुन सक्दैन ।।२।।

मानव जन्म प्रारब्धले हुन्छ । यो प्रारब्ध कहिले, कसरी प्राप्त हुन्छ ? ईश्वरीय नियमहरूको नियन्त्रणमा छ । तसर्थ, मानव भएर पृथ्वीमा जन्मन पाउनु अत्यन्त दुर्लभ अवसर हो । मानव भएर जन्मन पाउनु यति धेरै दुर्लभ छ कि शास्त्रहरूले पनि स्वर्गादि देवयोनिलाई भोगयोनिको संज्ञा दिँदै ‘नुतन कर्म’ गर्ने अवसर प्राप्त हुने भएकाले मनुष्य योनिलाई ‘देवयोनि’भन्दा उच्च स्थानमा शास्त्रहरूले राखेको पाइन्छ । मनुष्ययोनिबाहेक अन्य योनिमा स्वतन्त्र कर्म गर्न सम्भव नभएकाले तथा चेतनासमेत यो स्तरमा विकास नभएकाले मनुष्य जन्म अत्यन्त दुर्लभ र मोक्षका दृष्टिले एक अमूल्य अवसर हो । हामीलाई प्रारब्ध कर्मले मोक्षसम्म लैजान सक्ने चेतनायुक्त मानव जन्म प्राप्त भयो, तर मानव जन्म मात्र मोक्षको लागि प्रर्याप्त भने हुँदैन ।

मोक्षको दृष्टिले मानव जन्मभन्दा पनि दुर्लभ तत्व हो, पुरुषार्थ वा गहन कार्यसम्पादन गर्ने संकल्प र क्षमता । जीवनमा पुरुषार्थ गर्न नसकी वासना चिन्तन र तृप्तिमा नै मनुष्य जीवन समाप्त भएर गएका कैयन् उदाहरणहरू हाम्रै वरिपरि छन् ।

मानव जन्म प्राप्त भयो । पुरुषार्थ गर्ने संकल्प पनि प्राप्त भयो । तर बैद्धिक धर्मशास्त्रहरुद्वारा निर्देशित विविध कर्म एवं उपाशनाद्वारा चित्त शुद्ध भएपश्चात् तीव्र मोक्ष प्राप्त गर्ने इच्छा नभएमा मोक्ष प्राप्त गर्न सकिँदैन । अतः यो संसारमा मुक्त हुने इच्छा थोरै मनुष्यहरूलाई मात्र हुन्छ ।

मनुष्य जन्म प्राप्त भयो, यसमा पनि पुरुषार्थ गर्न योग्य शरीर एवं धर्मकर्मादिद्वारा चित्त शुद्धि, वैराग्य प्राप्त गर्न सफल भयौं, तर आत्मा–अनात्माको विवेक गर्न सकिएन भने अनात्म वासनाले जीवलाई सांसारिक बन्धनमात्र प्रदान गर्दछ । यसकारण मुमुक्षु पुरुषले निरन्तर संसार–मिथ्याको अभ्यास गर्दै स्वःस्वरूपमा निशंक भावले स्थिति प्राप्त गर्ने अभ्यास गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 746 0
मंगलाचरण 1/15/2023 725 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 882 0
विचारको महङ्खव 1/15/2023 597 0
शिष्य लक्षण 1/15/2023 718 0
साधन–चतुष्टय 1/15/2023 1747 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 708 0
सद्गुरु लक्षण 743 0
शिष्य प्रार्थना 1/15/2023 799 0
गुरु कर्तव्य 1/15/2023 821 0
1/15/2023 589 0
शिष्य प्रशंसा 1/15/2023 644 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 660 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 720 0
अपरोक्षानुभवको आवश्यकता 642 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1051 0
विषयविन्दा 1/15/2023 710 0
देहाशक्तिको निन्दा 1/15/2023 649 0
स्थूल शरीर निन्दा 1/15/2023 832 0
दश इन्द्रियहरू 1/15/2023 1084 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 919 0
पञ्चप्राण 1/15/2023 856 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 897 0
प्राणको धर्म 1/15/2023 560 0
अहंकार 1/15/2023 657 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 542 0
माया वर्णन 1/15/2023 1332 0
रजोगुण 1/15/2023 692 0
तमोगुण 1/15/2023 586 0
सङ्खवगुण 1/15/2023 631 0
कारण शरीर 1/15/2023 824 0
आत्मा–निरूपण 1/15/2023 640 0
अध्यास 1/15/2023 798 0
आवरण र विक्षेपशक्ति 1/15/2023 810 0
बन्ध निरूपण 1/15/2023 608 0
अन्नमय कोश 1/15/2023 642 0
प्राणमय कोश 1/15/2023 684 0
मनोमय कोश 1/15/2023 623 0
विज्ञानमय कोश 1/15/2023 684 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 777 0
आनन्दमय कोश 1/15/2023 546 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 581 0
आत्मस्वरूप निरूपण 1/15/2023 647 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 541 0
जगत्को मिथ्यात्व 1/15/2023 663 0
ब्रह्म निरूपण 1/15/2023 877 0
महावाक्य – विचार 1/15/2023 768 0
ब्रह्मा–भावना 1/15/2023 724 0
वासना त्याग 1/15/2023 749 0
अध्यास निराकरण 1/15/2023 742 0
अहंपदार्थ निरूपण 1/15/2023 632 0
अहंकार – मुख्यवाधा 1/15/2023 554 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 568 0
प्रमाद – निन्दा 1/15/2023 685 0
अविद्याको स्थिति 1/15/2023 666 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 639 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 691 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 754 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 624 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 666 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 633 0
ध्यान विधि 1/15/2023 628 0
आत्म दृष्टि 1/15/2023 681 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 680 0
आत्म चिन्तनको उपदेश 1/15/2023 590 0
शरीर उपेक्षा 1/15/2023 569 0
आत्मज्ञानको फल 1/15/2023 666 0
जीवनमुक्तको लक्षण 1/15/2023 685 0
प्रारब्ध कर्म विचार 712 0
प्रारब्ध निराकरण 1/15/2023 663 0
नानात्व – निषेध 1/15/2023 717 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 740 0
बोधोपलब्धी 1/15/2023 650 0
शिष्यको अनुभव 1/15/2023 701 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 834 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1043 0
आत्माको अविनाशिता 1/15/2023 1111 0
परमार्थता 1/15/2023 1598 0
शिष्य बिदाइ 1/15/2023 1340 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35860 0