मनुष्य जन्मको दुर्लभता

0 टिप्पणीहरू 957 आगन्तुकहरू

संसारका तीन वस्तुहरु अत्यन्तै दुर्लभ छन् –

दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम् ।
मनुष्यत्वं मुमुक्षुत्वं महापुरुषसंश्रयः ।। ३ ।।

मनुष्य जन्म, मोक्षको इच्छा, महापुरुष (सद्गुरु) को आश्रय, यी तीन वस्तु अत्यन्तै दुर्लभ छन्, मात्र ईश्वरीय कृपाले प्राप्त हुन्छन् ।।३।।

सर्वप्रथम प्रारब्धको अधीनमा रहेको मनुष्य जन्म प्राप्त गर्नु अत्यन्तै दुर्लभ अवसर हो । मनुष्य जन्म सहजै प्राप्त हुन सक्दैन । दुर्लभ मानव जीवन प्राप्त भए पनि वासना र इच्छाहरूका कारणले जगत्को भोग, आर्कषणमा चुर्लुम्म डुबेको मनुष्यमा मोक्षको चेतना वा इच्छा जागृत हुँदैन ।

मानव जन्म प्राप्त भयो । मोक्षसम्बन्धी इच्छा पनि जागृत भयो । तर केवल मनुष्य जन्म र मुमुक्षुता (मोक्षको तीव्र इच्छा) मोक्षको लागि प्रयाप्त हुँदैन ।

मोक्ष साधनामार्गमा उत्पन्न हुने अन्यौलहरू एवं भ्रमहरूलाई सही रूपमा निराकरण गर्दै सही मार्गदर्शन गर्न सक्षम पथप्रदर्शकको पनि आवश्यकता पर्छ । पथप्रदर्शक (सद्गुरु) को अनुपस्थितिमा मनुष्य मोक्ष साधनामा प्रवेश गर्नै सक्दैन । गरिहाले पनि नाना तर्क, अन्यौल र भ्रमहरूमाझ अल्झिन पुग्छ ।

लब्ध्वा कथञ्चिन्नरजन्म दुर्लभं तत्रापि पुंस्त्वं श्रुतिपारदर्शनम् ।
यः स्वात्ममुक्तौ न यतेत मूढधीः स ह्यात्महा स्वं विनिहन्त्यसद्ग्रहात् ।। ४ ।।

दुर्लभ मनुष्य शरीर प्राप्त गरेर, श्रुति (वेद) का सिद्धान्तहरूलाई जान्ने–बुझ्ने पुरुषत्व प्राप्त गरेर पनि यदि कोही मुक्तिको लागि प्रयास गर्दैन भने त्यो आत्मघाती हो । मुठबुद्धि, मन्दबुद्धि मनुष्य अनित्य वस्तु ग्रहण गरेर स्वयंलाई नष्ट गर्दैछ ।।४।।

माथिका श्लोकहरूमा मनुष्य जीवन विरलै प्राप्त हुन्छ भन्ने कुरा दर्शाई सकिएको छ । यो श्लोकमा, धर्मशास्त्र, सदाचार नीति नियम एवं वेदान्तको समस्त रहस्यलाई जान्ने–बुझ्ने विद्वान भएर पनि इन्द्रिय एवं विषयको आकर्षणबाट मुक्त हुनसकेको छैन र संसारका विषयमा अल्मलिएर मुक्तिको लागि प्रयास गर्दैन भने त्यो स्वयंको आत्मालाई घात गर्ने आत्मघाती हो, भनिएको छ । आत्मघाती विद्वानहरु पनि त्यसरी नै नष्ट भएर जन्म–मृत्युको चक्रमा फस्दछन्, जसरी अशिक्षित मुढमनुष्य फस्दछ ।इतः को न्वस्ति मूढात्मा यस्तु स्वार्थे प्रमाद्यति ।
दुर्लभं मानुषं देहं प्राप्य तत्रापि पौरुषम् ।। ५ ।।

दुर्लभ मनुष्य देह, उसमा पनि पुरुषार्थ (पराक्रम) गर्ने सामथ्र्य प्राप्त गरेर मोक्ष साधनमा असावधानी गर्दछ भने त्योभन्दा ठूलो मूर्ख को होला ? ।।५।।

दुर्लभ मनुष्य देह अनि अत्यन्त उच्च चेतना, मन, बुद्धि आदिको कारणले पुरुषार्थ गर्ने सामथ्र्य प्राप्त भएको हुन्छ । यदि मनुष्य जगत्का विविध भोग र आसक्तिमा डुब्दै जीवनकै महान् पुरुषार्थ (मोक्ष) प्रति प्रमाद वा लापरवाही गर्दछ भन्ने योभन्दा ठूलो मूर्खता के होला ?

वदन्तु शास्त्राणि यजन्तु देवान् कुर्वन्तु कर्माणि भजन्तु देवताः ।
आत्मैक्यबौधेन विना विमुक्तिर्न सिध्यति ब्रह्मशतान्तरेऽपि ।।६।।

जति शास्त्रहरूको अध्ययन र व्याख्या गरे पनि, जति देवताहरूको पूजा गरे पनि, अनेकन कर्मकाण्ड तथा देवताको उपासना गरे पनि, ब्रह्म र आत्माको एकत्वबोध नभएसम्म सय ब्रह्माको सयकडौं वर्ष व्यतित हुँदासमेत मुक्ति प्राप्त हुँदैन ।।६।।

यो श्लोकमा भनिएको छ – शास्त्रको अध्ययन, व्याख्या, अनेकन कर्मकाण्डहरू, देवताको पूजा, आराधना, प्रार्थनादि जति विधिहरू अपनाए पनि, जति शक्ति र समय खर्चिए पनि, यी चित्तशुद्धिका बाह्य विधिहरूमात्र भएकाले आत्मा र ब्रह्मको एकत्व बोध सय ब्रम्हाकाल (अत्यन्त लामो समय) सम्म पनि हुन सक्दैन । (पौराणिक गाथाअनुसार मनुष्यको चार अर्ब बत्तीस करोड वर्ष ब्रह्माको एकदिन हुन्छ) ।

अमृतङ्खवस्य नाशास्ति वित्तेनेत्येव हि श्रुतिः ।
ब्रवीति कर्मणो मुक्तेरहेतुत्वं स्फुटं यतः ।। ७ ।।

श्रुतिले स्पष्ट भनेको छ कि धनबाट अमृतङ्खव (मुक्ति) को आशा छैन । मुक्तिको हेतु कर्म हुँदैन ।।७।।

मुक्ति आत्मा र परमात्माको एकत्व बोध हो । यो ज्ञानबाट प्राप्त हुने पारमार्थिक अवस्था हो, धनको प्रयोगबाट वा खरीद–बिक्री गरी प्राप्त गर्न सकिने कुनै सांसरिक वस्तु होइन । यसकारण धनबाट मोक्षप्राप्त हुन सक्दैन । मुक्तिको आशा गर्न सकिन्न । धन कमाउने प्रक्रियामा तनाव र दुःख हुन्छ । धन रक्षाको चिन्ता वृद्धिसँगै लोभ तथा अहंकारको वृद्धि हुन्छ । धनमार्फत अनेकानेक वासना सिर्जना भई झन् झन् बबन्धनहरूको सिर्जना हुने हुनाले मुक्ति प्राप्त गर्न कुनै धन आर्जन एवं सकाम कर्म गरेर सम्भव छैन ।

अतो विमुक्तत्यै प्रयतेत विद्वान्् संन्यस्तबाह्यार्थसुखस्पृहः सन् ।
सन्तं महान्तं समुपेत्य देशिकं तेनोपदिष्टार्थसमाहितात्मा ।। ८ ।।

त्यसैले मुक्तिका जिज्ञासु विद्वान््हरूले समस्त बाह्य विषयबाट प्राप्त सुखको आशालाई छोडेर सन्त सद्गुरुको शरणमा गई वहाँबाट दिइएको उपदेशले सम्पूर्णमन र इन्द्रिय निग्रह गरी मुक्तिको लागि प्रयास गरोस् ।।८।।

बाह्य विषय र वासना चिन्तन मुक्तिको साधना मार्ग होइनन् । साधकको लक्ष्य विषयभोग अनि तृप्ति हैन । वासनाको मसिनो झिल्काले तत्क्षण चित्तलाई क्लेशपूर्ण बनाएर साधकलाई पथभ्रष्ट बनाउँदछ । त्यसैले यो श्लोकमा भनिएको छ – मुक्तिका जिज्ञासु साधकहरूले संसारका बाह्य विषयबाट प्राप्त हुने सुख विषसमान हुुन् भन्ने बुझ्नु पर्छ । बाह्य सुखको प्रपञ्चमा नअलमलिइकन मुक्त सद्गुरुको शरणमा जानुपर्दछ । अनि उहाँले दिनुभएका सद्वचन वा उपदेशहरूलाई ग्रहण, चिन्तन र मननका साथै इन्द्रियलाई निग्रह गरी मुक्तिको लागि सदासर्वदा प्रयास गरिरहनु पर्दछ ।

उद्धरेदात्मनाऽऽत्मानं मग्नं संसारवारिधौ ।
योगारूढत्वमासाद्य सम्यग्दर्शननिष्ठया ।।९।।

संसाररूपी समुद्रमा निमग्न स्वयंको आत्मालाई सम्यक् दर्शनरूपी निष्ठाद्वारा योगारूढ भई उद्धार गर ।।९।।

इन्द्रियहरूको विषयप्रति पूर्ण अनासक्त वा उदाशीन स्थिति नै योगारूढको स्थिति हो । यो अवस्थामा साधक संसारिक विषयहरूप्रति पूर्ण विरक्त स्थितिमा रहन्छ । सम्यक् दर्शनरूपी निष्ठा त्यतिबेला प्राप्त हुन थाल्दछ, जब साधकको मनमा अनेकन जगत्–वासना प्रपञ्चरहित भई ‘म निर्मल आत्मा हँु’ भन्ने भाव दृढ हुँदै जान्छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – हे मनुष्य ! तिमी जगत्को भोग र वासनारूपी समुद्रमा निमग्न डुबेका छौ । मनका अनेकन वासनाहरू, प्रपञ्चहरू, कल्पनाहरूले तिमीलाई कहाँ कहाँ पुर्‍याएको छ । तिमी कता कता बिलाएका छौ । हराएका छौ । जीवन–मृत्युको सीमातिर बढिरहेको यथार्थलाई बिर्सिएर तिमी जगत्का सुख, आकर्षणमा अलमलिएर यसरी बाँचिरहेका छौ कि मानौं तिम्रो जीवन नित्य अमर छ ।

तिमी जुन संसाररूपी समुद्रमा चुर्लुम्म डुबेर जुकाले रगत चुसेझैं जगत् वासनाको रस लिइरहेका छौ, लिन प्रयास गरिरहेका छौ, यो मृत्युमार्ग हो । संसारिक वासनाहरूको सुख क्षणिक हो । त्यसैले तिमी यी विषयहरूप्रति वैराग्य चिन्तन गर्दैै यी विषयलाई विष समान त्याग । चित्तलाई पूर्ण शुद्ध गराई आत्मासाक्षात्कारको स्थिति प्राप्त गर । वासनामा डुबेको आफ्नो उद्धार गर ।

संन्यस्य सर्वकर्माणि भवबन्धविमुक्तये ।
यत्यतां पण्डितैर्धीरैरात्माभ्यास उपस्थितैः ।।१०।।

आत्माभ्यासमा तत्पर धीर पण्डितहरूले सम्पूर्ण कर्महरुको त्याग गर्दै संसारिक बन्धनबाट मुक्तिका लागि प्रयत्न गर्नु पर्दछ ।।१०।।

मोक्ष प्राप्तिको अभिलाषा राखी आत्माको निरन्तर अनुसन्धान गर्न तत्पर इन्द्रिय संयमी वा धीर पण्डितहरूले जगत््का सम्पूर्ण कर्महरूको व्यर्थतालाई बुझी, सम्पूर्ण कर्महरूको त्याग गरी संसाररूपी बबन्धनबाट मुक्त हुन बिलम्व गर्नु हुँदैन । विना प्रयत्न कोही पनि मुक्त हुन सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 712 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1827 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 794 0
सद्गुरु लक्षण 841 0
शिष्य प्रार्थना 1/15/2023 931 0
गुरु कर्तव्य 1/15/2023 915 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 738 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 754 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 914 0
दश इन्द्रियहरू 1/15/2023 1164 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1035 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 987 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 736 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 886 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 782 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 737 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 743 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 792 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 878 0
अहंपदार्थ निरूपण 1/15/2023 722 0
अहंकार – मुख्यवाधा 1/15/2023 642 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 660 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 768 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 696 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 776 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 713 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 671 0
आत्मज्ञानको फल 1/15/2023 756 0
जीवनमुक्तको लक्षण 1/15/2023 795 0
प्रारब्ध कर्म विचार 784 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 801 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 852 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 821 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 936 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1143 0
आत्माको अविनाशिता 1/15/2023 1203 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0