वैराग्य र मुमुक्षताको महङ्खव

0 टिप्पणीहरू 757 आगन्तुकहरू

यहाँ साधन चतुष्ट्यका प्रथम र चौथो साधन वैराग्य एवं मुमुक्षुताको महङ्खव वर्णन गरिन्छ ।

वैराग्यञ्च मुमुक्षुत्वं तीव्रं यस्य तु विद्यते ।
तस्मिन्नेवार्थवन्तः स्युः फलवन्तः शमादयः ।।३०।।

जुन साधकमा वैराग्य र मुमुक्षुता तीव्र हुन्छ उसमा नै शम आदि साधन चरितार्था र सफल हुन्छन् । ।।३०।।

साधन चतुष्ट्य (विवेक, वैराग्य, षट्सम्पति, मुमुक्षुता) मध्ये साधकमा जब वैराग्य (श्लोक २१), मुमुक्षुता (श्लोक २८) तीव्र हुन्छ, साधकमा शमादि सिद्धि सफल भई मोक्ष प्राप्त हुन्छ । जब साधकमा मोक्षप्रति तीब्र प्यास अनि संसारका सम्पूर्ण भोगवस्तुप्रति पूर्ण वैराग्य जागृत हुन्छ, तब शम, दम (इन्द्रियहरू विषयप्रति आकृष्ट नभई गोलकमा स्थिर हुनु), उपरति (विषयकार वृत्ति नहुनु), तितिक्षा (प्रतिकुलतामा शोक–चिन्तारहित हुनु), श्रद्धा (शास्त्र र गुरुवचनप्रति स्वीकार÷समर्पण), समाधान (मन शुद्ध ब्रह्ममा स्थिर हुनु) आदि स्थितिहरू सहजै प्राप्त हुन्छन् । जब साधकमा यी साधनहरूको सिद्धि हुन्छ, तब ऊ सहजै आत्मासाक्षात्कारको मार्ग हुँदै ब्रह्ममा विलय हुन्छ । मोक्ष प्राप्त गर्दछ ।

एतयोर्मन्दता यत्र विरक्तत्वमुमुक्षुयोः ।
मरौ सलिलवत्तत्र शमादेर्भासमात्रता ।।३१।।

जहाँ (जुन साधकमा) वैराग्य र मुमुक्षुता दुवै मन्द छन्, त्यहाँ शम, दम आदि मरूभूमिमा देखिएको जलझैं मात्र प्रतीति हुन्छन् । ।।३१।।

वैराग्य र मुमुक्षुताको महङ्खवलाई प्रकाश पार्दै यो श्लोकमा भनिएको छ – जसरी गृष्मकालमा मरूभूमिमा सूर्यको प्रकाश परावर्तन हुँदा जलाशयको आभाष हुन्छ; (त्यहाँ कुनै जलाशय हुँदैन, प्रकाश परावर्तनको कारणले सिर्जित एक भ्रममात्र हो) त्यस्तै सांसारिक भोग्य पदार्थहरूप्रति मन पूर्ण विरक्त भएर मोक्षप्रति मनमा तीव्रइच्छा नजागिसकेको साधकको मन विषयवस्तुहरूबाट विरक्त भएर आत्मामा स्थिर भएको अनुभूति भयो भने त्यो मरूभूमिको जलाशयझैं मिथ्या हुन पुग्दछ ।

‘पूर्ण वैराग्य’ र ‘मुमुक्षुता’ त्यस्ता साधन हुन् जसमा सिद्धि नभई शम, दम आदि साधनहरूको सिद्धि असम्भव छ । हे साधकहरू ! तिमीहरू मोक्ष चाहन्छौ भने सर्वप्रथम सम्यक् वैराग्य र मुमुक्षुताको स्थिति प्राप्त गर । विना दृढता वैराग्य र मुमुक्षुता मोक्षका अन्य साधनहरू सफल हुँदैनन् । तिमी अनेकन भ्रमहरू र व्याख्याहरूको पछाडि नलाग ।

मोक्षकारणसामग्य्रां भक्तिरेव गरीयसी ।
स्व–स्वरूपानुसन्धानं भक्तिरित्यभिधीयते ।।
स्वात्मतत्ङ्खवानुसन्धानं भक्तिरित्यपरे जगुः ।। ३२ ।।

मोक्षको कारणरूप सामग्रीमा भक्ति नै सर्वश्रेष्ठ हो । आफ्नो स्वरूपको अनुसन्धान गर्नु नै भक्ति हो । कसै कसैले स्वात्मतङ्खव (स्व—आत्मतङ्खव) को अनुसन्धानलाई पनि भक्ति भनेका छन् । ।।३२।।

वेदान्त दर्शनमा भक्ति भन्नाले कुनै पृथक्् ईश्वर–कल्पना जस्तै राम, कृष्ण, शिवको भजनकिर्तन र स्मरण भन्ने बुझिँदैन । वेदान्त दर्शनमा मनुष्य स्वयं नै आत्मा, परमात्मा, ब्रह्म भएकाले स्व—स्वरूपको अनुसन्धान, चिन्तन र मनन गर्नु नै भक्ति हो ।

स्वरूपको अनुसन्धान के हो ? – शास्त्रहरूमा आत्माको स्वरूपलाई सत् (सत्ता, अस्तिङ्खव), चित् (चेतना), आनन्द र अद्वितीय भनेर बताइएको छ । उपनिषद्का चार महावाक्यहरू ‘‘प्रज्ञानम ब्रह्म’’ (ज्ञान नै ब्रह्म हो), ‘‘अहम् ब्रह्म अस्मि’’ (म नै ब्रह्म हुँ), ‘‘तत् त्वम् असी’’ (त्यो तिमी नै हौ), ‘‘अयम आत्मा ब्रह्म’’ (यो आत्मा नै ब्रह्म हो), त्यस्तै शास्त्रका अन्य महावाक्यहरू जहाँ मनुष्यलाई ‘‘तिमी नै आत्मा, परमात्मा, ब्रह्म सम्पूर्ण हौ’’ भनिएको छ । यसरी शास्त्रहरूमा बताइएका वाक्यहरू वा स्वयंको स्वरूपप्रतिको निरन्तर र गहन ध्यान (निदिध्यासन) नै स्व—स्वरूपको अनुसन्धान हो । स्व र आत्मतङ्खव पृथक्् नभएकाले स्वात्मतङ्खव र स्वरूपको अनुसन्धानमा भेद छैन ।

उक्तसाधनसम्पन्नस्तत्ङ्खवजिज्ञासुरात्मनः ।
उपसीदेद्गुरुं प्राज्ञं यस्माद्बन्धविमोक्षणम् ।।३३।।

उक्त साधन चतुष्ट्यबाट सम्पन्न आत्मतङ्खवको जिज्ञासू प्राज्ञ ब्रह्मनिष्ठ गुरुको शरणमा जाओस्, जसद्वारा भवबन्धन सम्बन्धी ग्रन्थी (गाँठो) को निवृत्ति होस् । ।।३३।।

कैयन् साधकहरू स्वयंमा पात्रताको विकास वा मोक्षको पृष्ठभूमि तयार नभई विनासंघर्ष गुरुआश्रम वा सद्गुरुको आश्रयमा गई सोझै मोक्ष प्राप्त गर्ने आकांक्षा राख्दछन् । यो श्लोकमा साधनाको पृष्ठभूमिमा चर्चा गर्दै आ(िदगुरु भन्नुहुन्छ – मोक्षका साधकहरूमा सर्वप्रथम साधन चतुष्ट्यको सिद्धि हुन अत्यन्त आवश्यक छ । स्व—संघर्ष आवश्यक छ । पात्रताको विकास हुनुपर्दछ । जब पात्रता पुर्णरूपमा तयार हुन्छ, अनिमात्र सद्गुरुको शरणमा जानुपर्दछ । सारांशमा साधन चतुष्ट्य (विवेक, वैराग्य, षड्सम्पत्ति) आदिमा गहन साधनाद्वारा पूर्णता प्राप्त गरेपछि मात्र साधनालाई निरन्तरता दिई, पूर्णमोक्ष प्राप्ति गर्न सद्गुरुचरणमा जानुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 792 0
मंगलाचरण 1/15/2023 767 0
मुक्तिको दुर्लभता 1/15/2023 666 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 914 0
विचारको महङ्खव 1/15/2023 635 0
शिष्य लक्षण 1/15/2023 792 0
साधन–चतुष्टय 1/15/2023 1779 0
सद्गुरु लक्षण 795 0
शिष्य प्रार्थना 1/15/2023 885 0
गुरु कर्तव्य 1/15/2023 875 0
1/15/2023 615 0
शिष्य प्रशंसा 1/15/2023 698 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 709 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 774 0
अपरोक्षानुभवको आवश्यकता 731 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1087 0
विषयविन्दा 1/15/2023 758 0
देहाशक्तिको निन्दा 1/15/2023 689 0
स्थूल शरीर निन्दा 1/15/2023 882 0
दश इन्द्रियहरू 1/15/2023 1122 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 993 0
पञ्चप्राण 1/15/2023 900 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 939 0
प्राणको धर्म 1/15/2023 592 0
अहंकार 1/15/2023 705 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 594 0
माया वर्णन 1/15/2023 1380 0
रजोगुण 1/15/2023 720 0
तमोगुण 1/15/2023 626 0
सङ्खवगुण 1/15/2023 725 0
कारण शरीर 1/15/2023 868 0
आत्मा–निरूपण 1/15/2023 698 0
अध्यास 1/15/2023 892 0
आवरण र विक्षेपशक्ति 1/15/2023 852 0
बन्ध निरूपण 1/15/2023 642 0
अन्नमय कोश 1/15/2023 722 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 661 0
विज्ञानमय कोश 1/15/2023 734 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 810 0
आनन्दमय कोश 1/15/2023 590 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 635 0
आत्मस्वरूप निरूपण 1/15/2023 697 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 565 0
जगत्को मिथ्यात्व 1/15/2023 707 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 798 0
ब्रह्मा–भावना 1/15/2023 756 0
वासना त्याग 1/15/2023 793 0
अध्यास निराकरण 1/15/2023 844 0
अहंपदार्थ निरूपण 1/15/2023 686 0
अहंकार – मुख्यवाधा 1/15/2023 606 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 622 0
प्रमाद – निन्दा 1/15/2023 726 0
अविद्याको स्थिति 1/15/2023 720 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 683 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 771 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 796 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 656 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 736 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 679 0
ध्यान विधि 1/15/2023 654 0
आत्म दृष्टि 1/15/2023 733 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 708 0
आत्म चिन्तनको उपदेश 1/15/2023 644 0
शरीर उपेक्षा 1/15/2023 633 0
आत्मज्ञानको फल 1/15/2023 718 0
जीवनमुक्तको लक्षण 1/15/2023 721 0
प्रारब्ध कर्म विचार 744 0
प्रारब्ध निराकरण 1/15/2023 701 0
नानात्व – निषेध 1/15/2023 761 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 816 0
बोधोपलब्धी 1/15/2023 680 0
शिष्यको अनुभव 1/15/2023 779 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 890 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1099 0
आत्माको अविनाशिता 1/15/2023 1167 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36037 0