शास्त्र अध्ययनको मिथ्यात्व

0 टिप्पणीहरू 773 आगन्तुकहरू

मोक्षको साधनामा शास्त्र अध्ययन, शास्त्र व्याख्या, विद्वता, तर्क, वितर्क, अनर्थका प्रश्नहरू किन मिथ्या हुन् ? किन शास्त्रज्ञानले मात्र मोक्ष असम्भव छ ? सद्गुरु तलका केही श्लोकमा प्रस्ट पार्नुहुन्छ –

वीणाया रूपसौन्दर्यं तन्त्रीवादनसौष्ठवम् ।
प्रजारञ्जनमात्रं तन्न साम्राज्याय कल्पते ।।५९।।

वीणाको रूप सौन्दर्य (सुन्दरता) र बजाउने कुशलताले मानिसहरूलाई मनोरञ्जन दिन सक्दछ, तर योबाट कुनै साम्राज्य (महङ्खवपूर्ण तङ्खव) प्राप्त हुन सक्दैन ।।।५९।।

वीणाको बाह्य सुन्दरता र मधुर ध्वनिले मानिसहरूको मनमा आनन्दका लहरहरू उठाइ क्षणिक मनोरन्जन दिन सक्दछ, तर साधकको खोजी नित्य आनन्द तङ्खव (मोक्ष) हो । कुनै क्षणिक मनोरञ्जन होइन । वीणाको मधुर रागझैं जगत््का आकर्षणले क्षणिक आनन्द त देला, तर कुनै गहनतम तङ्खव साधकलाई दिन सक्दैनन् । हे साधक ! तिमी पनि शास्त्र व्याख्या अनि श्रवणको मधुर रागमा डुबेर लक्ष्यभ्रमित नबन ।

वाग्वैखरी शब्दझरी शास्त्रव्याख्यानकौशलम् ।
वैदुष्यं विदुषां तद्वद् भुक्तये न तु मुक्तये ।।६०।।

विद्वान््को विद्वता, वाणी कुशलता, शब्द धारावाहिकता, शास्त्र व्याख्यानको प्रवीणता आदि वीणावादनझैं मात्र भोगका लागि हुन, मुक्तिका लागि होइनन् । यिनीहरूबाट मोक्ष प्राप्त हुँदैन । ।।६०।

मोक्ष भोग वा वासनारहित यात्रा हो । मोक्षमा शब्द, रूप, रस, गन्ध आदि विषय रागलगायत सम्पूर्ण अनित्य, आनन्द अनुभूतिलाई निषेध गरिन्छ । किनकि मोक्ष नित्य आनन्द खोजको यात्रा हो । दुर्भाग्यवश मोक्षक साधकहरू (गुरुहरू वा भक्तहरू) मा कर्णप्रियताको आनन्द भोग गर्ने प्रवृत्ति छ । जब गुरुहरू मधुर धारावाहिक भाषण गर्नुहुन्छ, स्वयंको विद्वता वा धारावाहिक प्रवचन प्रवाह अनि श्रोतामा परेको प्रभावलाई देखेर मनमनै हर्षित हुनुहुन्छ । यो पनि मनको बबन्धन हो । त्यस्तै श्रोताहरू पनि गुरुको कर्णप्रिय प्रवचनलाई वीणाको राग सुनेझैं मनमा आनन्द लिएर सुन्दछन् ।

आदिगुरु भन्नुहुन्छ – मधुरववाणी वा ध्वनीप्रतिको राग वासना हो । भोग हो । सुन्दर, प्रिय, शुभझैं देखिने वस्तुहरूले झन् सूक्ष्म र शक्तिशाली बबन्धन सिर्जना गर्दछ । यिनीहरूबाट मुक्ति मिल्दैन । हे साधक ! तिमी मात्र शास्त्र श्रवण, अध्ययनमा नअल्मलिए । तिमी तीव्र वैराग्य, विवेकरूपी साधन चतुष्ट्यमा प्रवेश गरी सम्पूर्ण मनका वासनालाई नष्ट गरी मोक्ष प्राप्त गर । शुभ वा इष्ट प्रतीत हुने वस्तुहरूप्रतिको रागले झन् शक्तिशाली बबन्धन सिर्जना गर्ने हुनाले तिमी होसियार रहनु ।

अविज्ञाते परे तङ्खवे शास्त्राधीतिस्तु निष्फला ।
विज्ञातेऽपि परे तङ्खवे शास्त्राधीतिस्तु निष्फला ।।६१।।

परमतङ्खवलाई यदि जान्न सकिन्न भने शास्त्र अध्ययन व्यर्थ हुन्छ । यदि परमतङ्खवको ज्ञान प्राप्त भयो भने पनि शास्त्र अध्ययन निष्फल हुन्छ ।।।६१।।

अगाडिका श्लोकहरूमा वीणाको मधुर धुन जस्तै विद्वान््को कर्णप्रिय धारावाहिक शास्त्र व्याख्यालाई रागको रूपमा ग्रहण नगरी मोक्ष प्राप्तिको लागि विवेक, वैराग्य आदिद्वारा साधनामा प्रयत्नरत् हुनुपर्ने बताइएको छ । यो श्लोकमा लक्ष्यप्राप्तिको अभावमा यात्राको व्यर्थताको व्याख्या गर्दै आदिगुरु भन्नुहुन्छ – जीवनपर्यन्त वेद, उपनिषद्, गीता वा अन्य शास्त्रहरूको अध्ययन गरे पनि यदि परमतङ्खवको ज्ञान प्राप्त भएन भने, अज्ञान नष्ट भएन भने सम्पूर्ण शास्त्र अध्ययन व्यर्थ हुनजान्छ । यदि कसैले शास्त्रहरूको अध्ययनपश्चात् शास्त्रमा दिइएका विधिहरूलाई आत्मसात गर्दै, स्वसाधनद्वारा आत्मसाक्षात्कार प्राप्त ग¥यो भने पनि ती शास्त्रहरूको अध्ययन गर्ने आवश्यकता पर्दैन । परमतङ्खवको ज्ञान प्राप्त भएपश्चात् शास्त्र अध्ययन अनावश्यक हुन्छ ।

शब्दजालं महारण्यं चित्तभ्रमणकारणम् ।
अतः प्रयत्नाज्ज्ञातव्यं तङ्खवज्ञात्तत्त्वमात्मनः ।।६२।।

शब्दजाल त चित्तमा भ्रम–सिर्जना गर्ने विशाल घना जङ्गलजस्तै हो । यसैले तङ्खवज्ञानी महात्मबाट प्रयत्नपूर्वक आत्मतङ्खवको ज्ञान प्राप्त गर्नुपर्दछ । ।।६२।।

जसरी घना जङ्गलमा हराएको मनुष्य सही निकास–मार्गको अज्ञानतामा दिशाविहीन भौंतारिंदै हिँड्छ । त्यस्तै, मोक्षको खोजीमा विभिन्न शास्त्रहरूको अध्ययन गर्दा ती शास्त्रहरूमा उल्लेख गरिएका अनेकौं शब्दहरू, दर्शनहरू, मार्गहरूले साधकमा विक्षेप भ्रम सिर्जना गर्दछ । साधना ठीक मार्ग प्राप्त गर्न नसकी घना जङ्गलमा हराएको बटुवाझैं गलत मार्गमा पुग्दछ । असङ्ख्य साधकहरूमा यो स्थिति घटित भएको छ । असङ्ख्य साधकहरू शास्त्रहरूका अनेकौं विधिहरूमा भ्रमित हुँदा समय र जीवनसम्म नष्ट भएको सर्वविदितै छ ।

मोक्ष अत्यन्त गहन विद्या हो । यो विद्या मात्र ती सद्गुरुले दिन सक्नुहुन्छ जो स्वयं आत्मसाक्षात्कार प्राप्त गरी तङ्खवज्ञानी हुनुहुन्छ । स्वयं साधनाको मार्गमा विचरण गर्नुभएकाले यस मार्गका कठिनाइ, अवसर, भ्रम आदि चिन्नुभएको छ । मार्गनिर्देशन गर्न सक्षम हुनुहुन्छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – हे मुमुक्षु ! तिमी अनेकौं शास्त्रहरू, गुरुहरूका शब्दमा भ्रमित नबनी, तङ्खवज्ञानी सद्गुरुको शरणमा गई प्रयत्नपूर्वक आत्मज्ञान प्राप्त गर ।

अज्ञानसर्पदष्टस्य ब्रह्मज्ञानौषधं विना ।
किमु वेदैश्च शास्त्रैश्च किमु मन्त्रैः किमौषधैः ।।६३।।

अज्ञानरूपी सर्पले डसेको (मनुष्य) लाई ब्रह्मज्ञानरूपी औषधिबाहेक वेद, शास्त्र, मन्त्र र अन्य औषधिको के प्रयोजन ?।।६३।।

बबन्धनको मुख्य कारण हो अज्ञान । यो अज्ञान त्यो अवस्थासम्म रहिरहन्छ, जबसम्म मुमुक्षु, साधन चतुष्टय सिद्धि गरी, सद्गुरुको आश्रममा गई स्व–स्वरूपको निरन्तर श्रवण, मनन (निदिध्यासन) गरी ‘म ब्रह्म हुँ’ भन्ने पूर्ण अनुभूति गर्दैन तबसम्म रहन्छ । त्यसैले, अज्ञान जस्तो भयंकर सर्पले डसेर व्याकुल बनेको मनुष्यलाई उद्धार गर्न ऋग्वेदसहितका चारै वेद, व्याकरणादि शास्त्र, अनेककौं मन्त्रहरूको श्रवण मात्रको कुनै प्रयोजन छैन । यी शास्त्रहरूको अध्ययनले मात्र मोक्ष दिन सक्दैनन् । यो विषयबाट मुक्ति पाउन विवेक, वैराग्य आदि मार्गद्वारा ब्रह्मज्ञानरूपी औषधि आत्मसाक्षात्कार प्राप्त गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 792 0
मंगलाचरण 1/15/2023 767 0
मुक्तिको दुर्लभता 1/15/2023 664 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 912 0
विचारको महङ्खव 1/15/2023 635 0
शिष्य लक्षण 1/15/2023 792 0
साधन–चतुष्टय 1/15/2023 1779 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 754 0
सद्गुरु लक्षण 793 0
शिष्य प्रार्थना 1/15/2023 885 0
गुरु कर्तव्य 1/15/2023 875 0
1/15/2023 615 0
शिष्य प्रशंसा 1/15/2023 698 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 705 0
अपरोक्षानुभवको आवश्यकता 729 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1083 0
विषयविन्दा 1/15/2023 758 0
देहाशक्तिको निन्दा 1/15/2023 687 0
स्थूल शरीर निन्दा 1/15/2023 880 0
दश इन्द्रियहरू 1/15/2023 1122 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 993 0
पञ्चप्राण 1/15/2023 900 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 937 0
प्राणको धर्म 1/15/2023 592 0
अहंकार 1/15/2023 705 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 592 0
माया वर्णन 1/15/2023 1380 0
रजोगुण 1/15/2023 720 0
तमोगुण 1/15/2023 626 0
सङ्खवगुण 1/15/2023 725 0
कारण शरीर 1/15/2023 868 0
आत्मा–निरूपण 1/15/2023 698 0
अध्यास 1/15/2023 892 0
आवरण र विक्षेपशक्ति 1/15/2023 848 0
बन्ध निरूपण 1/15/2023 642 0
अन्नमय कोश 1/15/2023 722 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 661 0
विज्ञानमय कोश 1/15/2023 734 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 808 0
आनन्दमय कोश 1/15/2023 590 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 633 0
आत्मस्वरूप निरूपण 1/15/2023 695 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 565 0
जगत्को मिथ्यात्व 1/15/2023 705 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 798 0
ब्रह्मा–भावना 1/15/2023 756 0
वासना त्याग 1/15/2023 793 0
अध्यास निराकरण 1/15/2023 844 0
अहंपदार्थ निरूपण 1/15/2023 684 0
अहंकार – मुख्यवाधा 1/15/2023 602 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 620 0
प्रमाद – निन्दा 1/15/2023 726 0
अविद्याको स्थिति 1/15/2023 716 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 681 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 769 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 792 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 654 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 732 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 677 0
ध्यान विधि 1/15/2023 654 0
आत्म दृष्टि 1/15/2023 733 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 704 0
आत्म चिन्तनको उपदेश 1/15/2023 644 0
शरीर उपेक्षा 1/15/2023 631 0
आत्मज्ञानको फल 1/15/2023 718 0
जीवनमुक्तको लक्षण 1/15/2023 717 0
प्रारब्ध कर्म विचार 742 0
प्रारब्ध निराकरण 1/15/2023 699 0
नानात्व – निषेध 1/15/2023 761 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 814 0
बोधोपलब्धी 1/15/2023 680 0
शिष्यको अनुभव 1/15/2023 777 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 888 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1097 0
आत्माको अविनाशिता 1/15/2023 1163 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36037 0