विषयविन्दा

0 टिप्पणीहरू 819 आगन्तुकहरू

विषयप्रतिको राग नै बन्धन, अनि बन्धन नष्ट नभईकन मोक्ष प्राप्ति नहुने भएकाले आदिगुरु तलका श्लोकहरूमा विषयको भयंकर शक्ति अनि त्यसको परिणामको व्याख्या गर्नुहुन्छ ।

शब्दादिभिः पञ्चभिरेव पञ्च पञ्चत्वमापुः स्वगुणेन बद्धाः । कुर·मात·पत·मीनभृ·ा नरः पञ्चभिरञ्चितः किम् ।।७८।।

आ–आफ्नो स्वभावअनुसार शब्द आदि पाँच विषयमध्ये केवल एक विषय सेवन गर्ने हरिण, हात्ती, पुतली, माछा, भमराले मृत्यु प्राप्त गर्दछ भने पाँचै विषयमा जकडिएको मनुष्यको दशा के होला ?।।७८।।

विषय कति बलवान् छ ? मोक्ष कति कठिन छ ? भन्ने प्रश्नलाई स्पष्ट पार्दै आदिगुरु भन्नुहुन्छ – ‘वासना’कै कारण मधुर वीणा संगीत (शब्द) मा आकर्षित हुँदा एउटा हिरण, ‘स्पर्श’को लोभमा यौवनपूर्ण हथिनीवरिपरि खनिएको खाडलको धरापमा परेको हात्ती, बलेको दीपकको ‘रूप’मा आकृष्ट भ्रमरा, बल्छीमा राखिएको चारोको ‘स्वाद’को लोभमा फसेको माछा, कमलको फूलको ‘गन्ध’मा लोभिएको भमरा आदि सम्पूर्ण एउटा वासनाकै कारण मृत्युलाई प्राप्त गर्दछन् । देहमा माथि उल्लेखित पाँचै विषयलाई ग्रहण गर्ने पाँच इन्द्रियहरू भएको मानिसको दशा के हुन्छ होला ? अथवा देहका इन्द्रियहरूलाई निग्रह गरी यी पाँच विषय–इच्छाबाट मुक्त हुन कति कठिन होला ?

दोषेण तीव्रो विषयः कृष्णसर्पविषादपि ।
विषं निहन्ति भोक्तारं द्रष्टारं चक्षुषाप्ययम् ।।७९।।

दोषका दृष्टिले रूप आदि विषय कालो सर्पको विषभन्दा धेरै तीक्ष्ण छ । किनकि विषले भोक्तालाई मार्दछ, तर रूप आदि विषयले आँखाबाट हेर्ने मनुष्यलाई पनि नष्ट गर्दछ । ।।७९।।

विषयहरूको डरलाग्दो शक्तिलाई स्पष्ट पार्दै, मोक्ष प्राप्ति अत्यन्त दूरह हुनुको व्याख्या गर्दै आदिगुरु भन्नुहुन्छ – विषयबाट नष्ट हुन विषयको भोग पनि गर्नुपर्दैन । मात्र विषयको दर्शन (दृष्टि पर्नु) नै प्रर्याप्त छ । उदाहरण दिँदै भनिएको छ – सर्पको विषले त्यतिबेला मात्र मनुष्यलाई मार्दछ, जब मनुष्यलाई सर्पले टोक्दछ ।इन्द्रियका विषयहरू (रूप, रस, स्पर्श, गन्ध आदि) यति डरलाग्दा र भयानक छन् कि आँखाबाट देख्ने मानिसलाई पनि मार्दछन् । उदाहरणका लागि जब मनुष्यले कुनै सुन्दररूप (युवा, युवती) वा अन्य कुनै वस्तुलाई जेख्दछ, उसमा त्यो वस्तु प्राप्त गर्ने, ग्रहण गर्ने, भोग गर्ने अनेकन भावहरू उठ्न थाल्दछन् । त्यो वस्तु प्राप्त गर्न ऊ अनेकन प्रयत्नहरू गर्न थाल्दछ । त्यो वस्तु प्राप्त नभए व्याकुल बनिरहन्छ । यदि प्राप्त भयो भने पनि बारम्बार भोगमा प्रवृत्त हुन पुग्दछ । यसरी वासनाभोगद्वारा बबन्धनलाई झन् झन् शक्तिशाली बनाउँदै त्यही बबन्धनमा फँसेर नष्ट हुन्छ ।

विषयाशामहापाशाद्यो विमुक्तः सुदुस्त्यजात् ।
स एव कल्पते मुक्त्यै नान्यः षट्शास्त्रवेद्यपि ।।८०।।

जो पुरुष त्याग्न अत्यन्त कठिन विषयको आशारूपी महाबन्धनबाट छुटेको छ, त्यही पुरुष मोक्षको भागी हुन्छ । अरू केही हुँदैन, चाहे ऊ षट्शास्त्रको ज्ञाता नै किन नहोस् ।।।८०।।

क्षणिक नै किन नहोस्; सुखदायी, दीर्घकालसम्मको भोगले शक्तिशाली, विषय भोगका इच्छाहरू सहजै त्याग्न असम्भव प्रायः छ । यी विषयका आशारूपी महाबन्धनलाई करोडौंमा एक दुई साधनहरूले तीव्र विवेक र वैराग्यद्वारा नष्ट गरेका छन् । तिनीहरू मात्र मोक्षका अधिकारी हुन् । विषय–वासनाको आशारूपी बन्धनबाट पूर्णरूपमा नछुटेको वा पूर्ण वैराग्य प्राप्त नगरेको कुनै पनि पुरुष; चाहे त्यो षट्शास्त्र, उत्तर मीमांसा, सांख्य, योग, न्याय, वैशेषिक, पूर्व मीमांसा, वैशिष्ट ज्ञाता नै होस्; मुक्ति पाउन असमर्थ हुन्छ । किनकि मुक्ति ज्ञानद्वारा सम्भव छ; शास्त्र अध्ययन, श्रवण आदिबाट मुक्तिरूपी फल प्राप्त हुँदैन ।

आपातवैराग्यवतो मुमुक्षून् भवाब्धिपारं प्रतियातुमुद्यतान् ।
आशाग्रहो मज्जयतेऽन्तराले विगृह्य कण्ठे विनिवत्र्य वेगात् ।। ८१ ।।

संसारको भवसागर पार गर्न इच्छुक तर क्षणिक वैराग्य भएका मुमुक्षुलाई आशारूपी गोहीले बिचसागरमा वेगपूर्वक गला समाएर डुबाइदिन्छ । ।।८१।।

क्षणिक वैराग्य वा कुनै कारणवश (जस्तै स्वजनको मृत्यु, शास्त्र अध्ययन, गुरुवचन श्रवण आदि) वैराग्य सिर्जिना भएका साधकहरू मनमा संसारप्रतिको आशक्ति जीवित रहँदारहँदै पनि क्षणिक रूपमा उठेका वैराग्य विचारहरूको प्रभावमा संसारको भावसागर तर्न प्रयास गर्दछन् । साधनाका अनेकन विधिहरू अपनाउन प्रयास गर्दछन् ।

तर यी वैराग्य विचारहरू क्षणिक भएकाले वा हृदयको गहिराइबाट उठेको तीव्र प्यास नभएकाले ती मनुष्यहरू पुनः सकाम कर्मप्रति वा जगत््का विषयप्रति आकर्षित हुन्छन् । अनि त्यही क्षण संसारको राग वा आशारूपी गोहीले वेगपूर्वक तिनीहरूलाई पुनः संसारकै वासनासागरमा डुबाइदिन्छ । द्विविधाग्रस्त यस्ता साधक जो वैराग्य विचार उठेको समयमा मोक्ष साधना अनि जगत््का आकर्षणले खिचेको समयमा वासनारूपी कार्यहरू गर्दैजगत् भवसागमा उत्रदै–डुब्दै गर्ने गर्दछ । सारांशमा, कुनै कारणवश जन्मिएको वा पूर्णरूपमा नपाकेको वैराग्यको डुङ्गामा चढेर संसारको भवसागर तर्न सकिँदैन ।

विषयाख्यग्रहो येन सुविरक्त्यसिना हतः ।
स गच्छति भवाम्भोधेः पारं प्रत्यूहवर्जितः ।।८२।।

विषय नामक गोहीलाई जुन पुरुषले वैराग्यरूपी खड्गबाट मार्दछ, ऊ नै निर्विघ्न संसार–सागरलाई तर्दछ । ।।८२।।

पाँच इन्द्रियहरूद्वारा ग्रहण गरिने रूप, स्पर्श, गन्ध, रस, शब्दरूपी विषय नामक डरलाग्दो गोहीलाई जुन पुरुषले वैराग्यरूपी खड्गबाट मार्दछ; त्यो धीर पुरुषले मात्र रोग, मृत्यु आदिले युक्त, पाँच इन्द्रियहरूको तृष्णारूपी पवन, अनि विक्षोभबाट उत्पन्न अनेकन लहरहरूले तरङ्गीत, वासनाहरूले आक्रान्त पारेका मानिसहरूको रोदन, क्रन्दन, अनि पीडा गुन्जिएको यो अत्यन्त दुःखरूपी संसार भवसागरलाई मोक्षरूपी डुङ्गाबाट पार गरेर परमशान्ति प्राप्त गर्दछ । जगत््का आकर्षणप्रति सम्यक् वैराग्य प्राप्त नगरेका पुरुषले जगत््को भवसागरलाई तर्न र मोक्ष प्राप्त गर्न सक्दैनन् ।

विषमविषयमार्गे गच्छतोऽनच्छबुद्धेः प्रतिपदमभिघातो
मृत्युरप्येष सिद्धः । हितसुजनगुरुक्त्या गच्छतः स्वस्य
युक्त्या प्रभवति फलसिद्धिः सत्यमित्येव विद्धि ।।८३।।

विषम विषयरूपी मार्गमा हिँड्ने मन्दबुबुद्धि भएकालाई पाइला–पाइलामा दुःखमय संसाररूपी मृत्यु (प्राप्त) हुन्छ । तर हितैषी सज्जन, गुरुवचन र आफ्नो युक्तिद्वारा हिँड्नेलाई फलसिद्धि प्राप्त हुन्छ । तिमी यो सत्य जान । ।।८३।।

अत्यन्त दुःखपूर्ण, विषय समान शब्द, रूप, रस आदि युक्त विषय–मार्गमा मुख्यतः तमोगुणी, मन्दबुबुद्धि भएका मनुष्यहरू विचरण गर्दछन् । यस्ता अल्पबुबुद्धि अनि असुद्ध मन भएका मनुष्यहरूका मन विषय–भोगहरूका इच्छाले सधैं ग्रसित रहन्छ । त्यसैले यिनीहरू अस्थिर, चञ्चल, व्यग्र, असान्त मनले दिइरहने दुःख भोगिरहन्छन् ।

जब विषय लोलुपताको कारण यिनीहरू बारम्बार भोगप्रति आशक्त हुन्छन् तब अनियन्त्रित विषय–भोग प्रवृत्तिले वासनामय हुँदै रोग, क्रोध, व्याधी आदि संसाररूपी दुःखहरू प्राप्त गर्दै अकालमा मृत्यु प्राप्त गर्दछन् । यसको विपरीत, स्व–हितैषी (स्वयंको आत्माको हित चिताउने) पुरुषहरू, जो गुरुवचन अनि आफ्नो स्वविवेक र अनुभवको युक्तिद्वारा सद्मार्गमा हिँडी साधनारत् रहन्छन्, अनन्तः मोक्षरूपी फलसिद्धि प्राप्त गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 815 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 681 0
शिष्य लक्षण 1/15/2023 842 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 818 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 644 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1430 0
रजोगुण 1/15/2023 768 0
तमोगुण 1/15/2023 678 0
सङ्खवगुण 1/15/2023 773 0
कारण शरीर 1/15/2023 910 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 944 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 692 0
अन्नमय कोश 1/15/2023 772 0
प्राणमय कोश 1/15/2023 784 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 632 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 615 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 953 0
महावाक्य – विचार 1/15/2023 852 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 845 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 782 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 704 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 728 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0