अध्यास

0 टिप्पणीहरू 911 आगन्तुकहरू

शिष्यको प्रश्न ‘बन्धन के हो ?’ को सम्बोधन अध्यासको व्याख्या गरी यो श्लोकबाट सुसुरू गरिएको छ ।

अत्रानात्मन्यहमिति मतिर्बन्ध एषोऽस्य पुंसः प्राप्तोऽज्ञानाज्जननमरणक्लेशसम्पातहेतुः ।
येनैवायं वपुरिदमसत्सत्यमित्यात्मबुद्ध्या
पुष्यत्युक्षत्यवति विषयैस्तन्तुभिः कोशकृद्वत् ।।१३९।।

अनात्म देहमा ‘अहं’ (म हुँ) भन्ने बुद्धि हुनु नै पुरुषको बन्धन हो । अज्ञानले गर्दा प्राप्त यो बन्धन जन्म, मरण र क्लेश आदिका कारण हो । यही कारणले पुरुष असत् शरीरमा आत्मबुद्धि गर्दै यसैलाई सत्य मानेर, रेसमको किरा स्वयंले बनाएको तन्तु (कोश) मा फसेर मरेजस्तै विषय सेवनद्वारा पोषण, सिञ्चय र रक्षा गर्दछ । (र अन्ततःनष्ट हुन्छ) ।।।१३९।।

अनात्म देहमा ‘अहं’ (म हुँ) भन्ने बुद्धि हुनु नै पुरुषको बन्धन हो । अज्ञानले गर्दा प्राप्त यो बन्धन जन्म–मरणको कारण हो । किनकि जब मनुष्य स्वयंलाई देह मान्दछ तब देह, इन्द्रिय र मनका अनन्त इच्छा–वासनाहरूको तृप्तिमा नै लीन रहन्छ । यी वासनामय कर्महरूले मनुष्यको तमोगुणी र रजोगुणी स्वभावको झन् वृद्धि गर्दछ । जब मृत्यु हुन्छ, मृत्युपश्चात् पनि यी वासनाहरू सूक्ष्म शरीर हुँदै अर्को जन्ममा पुग्दछन् । वेदान्त दर्शन भन्दछ – जस्तो वासनाको प्रकृति छ, त्यस्तै जुनी प्राप्त हुन्छ । जबसम्म मोक्ष प्राप्त हुँदैन यो शरीरले यिनै वासनाहरूको स्वभावअनुसारको योनी प्राप्त गरीरहन्छ ।

यसको उदाहरण दिँदै आदिगुरु भन्नुहुन्छ – जसरी रेसमको किरा स्वयंले बनाएको कोशमा फसेर बाहिर निस्कन असमर्थ भई मृत्युलाई प्राप्त गर्छ त्यसैगरी मनुष्य पनि अनात्म शरीरलाई ‘म हुँ’ भन्ने मानेर जीवनपर्यन्त अनेकन इन्द्रिय विषय सेवन गरी विषयभोगहरूबाट निस्कन नसकी यिनै विषयहरूमा वसीभूत भएर नष्ट हुन्छ । अनि जन्म–मरण आदि सम्पूर्ण अनर्थरूप दुःखलाई प्राप्त गर्दछ ।

श्लोक (१२७ देखि लिएर श्लोक १३८ सम्म)मा सद्गुरुले ‘आत्मा के हो ?’ भन्ने प्रश्नको उत्तर दिनुभएको छ । शिष्यको प्रश्न ‘बन्धन के हो ?’ को उत्तर माथिका कैयन श्लोकहरूमा समेटिएको छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – यो अनात्म (जड वा चैतन्यरहित शरीर) लाई स्व–स्वरूपको ज्ञानको अभावमा वा ‘म हुँ’ भन्नु नै बन्धन हो वा स्वयं आत्मा हुँदाहुँदै अज्ञानवश ‘म शरीर हुँ’ भनेर बुझ्नु वा अनात्म देहमा देहबुद्धि हुनु नै पुरुषको बन्धन हो ।

अतस्मिंस्तद्वुद्धिः प्रभवति विमूढस्य तमसा
विवेकाभावाद्वै स्फुरति भुजगे रज्जुधिषणा ।
ततोऽनर्थब्रातो निपतति समादातुरधिक–
स्ततो योऽसद्ग्राहः स हि भवति बन्धः शृणु सखे ।।१४०।।

तमोगुणले विमूढ भएको मनुष्यलाई अनात्मामा आत्मबुद्धि हुन्छ । विवेकको अभावमा डोरीमा सर्पको भान हुन्छ । यसबाट (डोरीलाई
सर्प सम्झिँदा नै) भय आदि अनर्थ समूह प्राप्त हुन्छ । त्यसैले हे मित्र हो, असत्लाई सत्य सम्झिएर ग्रहण गर्नु नै बन्धन हो । ।।१४०।।

जसरी साँझ प्रकाशको अनुपस्थितिमा सत्य–असत्य छुट्याउन नसक्दा डोरीलाई सर्प ठानी मनुष्यमा भय–कम्पन आदि पैदा हुन्छ । त्यस्तै, तमोगुणले ढाकिएको मुढबुद्धि मनुष्य पनि सत्य र असत्य पदार्थ छुट्याउन नसक्दा (वा विवेकरहित हुँदा) अनात्म शरीरमा नै आत्मबुद्धि गरी देह, इन्द्रिय, मन, बुद्धि आदिका अनेकन बन्धनहरू प्राप्त गर्दछ । यसैले यो असत् देहलाई सत्य सम्झिएर ग्रहण गर्नु नै बन्धन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 814 0
मंगलाचरण 1/15/2023 785 0
मुक्तिको दुर्लभता 1/15/2023 686 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 934 0
विचारको महङ्खव 1/15/2023 653 0
शिष्य लक्षण 1/15/2023 808 0
साधन–चतुष्टय 1/15/2023 1795 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 774 0
सद्गुरु लक्षण 815 0
शिष्य प्रार्थना 1/15/2023 907 0
गुरु कर्तव्य 1/15/2023 891 0
1/15/2023 635 0
शिष्य प्रशंसा 1/15/2023 712 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 725 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 796 0
अपरोक्षानुभवको आवश्यकता 751 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1105 0
विषयविन्दा 1/15/2023 780 0
देहाशक्तिको निन्दा 1/15/2023 707 0
स्थूल शरीर निन्दा 1/15/2023 894 0
दश इन्द्रियहरू 1/15/2023 1138 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1009 0
पञ्चप्राण 1/15/2023 918 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 963 0
प्राणको धर्म 1/15/2023 612 0
अहंकार 1/15/2023 727 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 616 0
माया वर्णन 1/15/2023 1402 0
रजोगुण 1/15/2023 740 0
तमोगुण 1/15/2023 646 0
सङ्खवगुण 1/15/2023 743 0
कारण शरीर 1/15/2023 884 0
आत्मा–निरूपण 1/15/2023 714 0
आवरण र विक्षेपशक्ति 1/15/2023 868 0
बन्ध निरूपण 1/15/2023 660 0
अन्नमय कोश 1/15/2023 742 0
प्राणमय कोश 1/15/2023 752 0
मनोमय कोश 1/15/2023 681 0
विज्ञानमय कोश 1/15/2023 752 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 832 0
आनन्दमय कोश 1/15/2023 608 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 653 0
आत्मस्वरूप निरूपण 1/15/2023 711 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 589 0
जगत्को मिथ्यात्व 1/15/2023 725 0
ब्रह्म निरूपण 1/15/2023 927 0
महावाक्य – विचार 1/15/2023 818 0
ब्रह्मा–भावना 1/15/2023 772 0
वासना त्याग 1/15/2023 813 0
अध्यास निराकरण 1/15/2023 858 0
अहंपदार्थ निरूपण 1/15/2023 700 0
अहंकार – मुख्यवाधा 1/15/2023 622 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 636 0
प्रमाद – निन्दा 1/15/2023 748 0
अविद्याको स्थिति 1/15/2023 740 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 727 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 791 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 812 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 672 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 750 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 697 0
ध्यान विधि 1/15/2023 676 0
आत्म दृष्टि 1/15/2023 753 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 726 0
आत्म चिन्तनको उपदेश 1/15/2023 670 0
शरीर उपेक्षा 1/15/2023 649 0
आत्मज्ञानको फल 1/15/2023 736 0
जीवनमुक्तको लक्षण 1/15/2023 759 0
प्रारब्ध कर्म विचार 760 0
प्रारब्ध निराकरण 1/15/2023 719 0
नानात्व – निषेध 1/15/2023 773 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 832 0
बोधोपलब्धी 1/15/2023 700 0
शिष्यको अनुभव 1/15/2023 799 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 910 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1119 0
आत्माको अविनाशिता 1/15/2023 1183 0
परमार्थता 1/15/2023 1734 0
शिष्य बिदाइ 1/15/2023 1452 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36131 0