आवरण र विक्षेपशक्ति

0 टिप्पणीहरू 851 आगन्तुकहरू

शिष्यको दोस्रो प्रश्न ‘यो बन्धन कसरी प्राप्त हुन्छ ?’ को उत्तर आवरण र विक्षेपशक्तिको व्याख्याबाट गरिएको छ ।

अखण्डनित्याद्वयबोधशक्त्यास्फुरन्तमात्मानमनन्तवैभवम् ।
समावृणोत्यावृतिशक्तिरेषा तमोमयी राहुरिवार्कबिम्बम् ।।१४१।।

अखण्ड, नित्य, अद्वय, बोधरूपी शक्तिद्वारा प्रकाशवान्, अनन्त ऐश्वर्य सम्पन्न आत्मालाई तमोगुणको आवरणशक्ति राहुले सूर्य बिम्बलाई ढाकेझैं ठान्दछ ।।।१४१।।

अपरिच्छिन्न भएका कारण अखण्ड, उत्पत्ति र नाशरहित भएकाले नित्य, कुनै भिन्न द्वितीय वस्तु नभएकाले अद्वय, स्वयंको चेतनशक्तिद्वारा प्रकाशवान्, अनन्त वैभव सम्पन्न आत्मालाई, आकाशमा चम्किरहेको सूर्यको प्रकाशलाई ग्रहणले छोपिदिँदा पृथ्वी नै अन्धकार भई सूर्यको अनुपस्थितिको बोध भएझैं तमोगुणको आवरणशक्तिले छोपिदिँदा मनुष्यलाई स्व–स्वरूप वा आत्माको उपस्थितिको बोध नभई स्वयंलाई देह शरीर भनी बन्धनमा पर्दछ ।

तिरोभूते स्वात्मन्यमलतरतेजोवति पुमान्–
अनात्मानं मोहादहमिति शरीरं कलयति ।
ततः कामक्रोधप्रभृतिभिरमुं बन्धकगुणैः
परं विक्षेपाख्या रजस उरुशक्तिव्र्यथयति ।।१४२।।

अति निर्मल तेजोमय आत्मतङ्खव तिरोभूत (अदृष्य) हुनाले वा ढाकिनाले मनुष्य मोहवश अनात्म शरीरलाई नै ‘म हुँ’ भनी मान्दछ । फलस्वरूप मनुष्यलाई विक्षेप नाम गरेको रजोगुणको प्रबल काम, क्रोध आदि बन्धनकारी गुणहरूले व्यथित गर्दछ ।।।१४२।।

वस्तुतः मनुष्य आत्मा हो तर यो निर्मल प्रकाशवान् आत्मालाई तमोगुणको आवरणशक्तिले छोपिदिँदा अज्ञानी पुरुष आरोपित मिथ्या वस्तुलाई नै सत्य मान्दछ (श्लोक ११६) । तमोगुणको उपस्थितिमा विवेक सम्भव नहुने हुनाले मूढ मनुष्य अनात्म शरीरलाई नै ‘यो म हुँ’ भन्ने अहंभाव लिएर शरीरसँग एकाकार हुन पुग्दछ ।

जब मनुष्य शरीरसँग एकाकार हुन्छ तब शरीरसँगको तादाम्य अभिमानको कारण रजोगुणको विक्षेपशक्ति विस्तार हुन पुग्दछ ।फलस्वरूप मनुष्य काम, क्रोध आदि बन्धनद्वारा व्यथित हुन पुग्दछ ।

महामोहग्राहग्रसनगलितात्मावगमनो–
धियो नानावस्थाः स्वयमभिनयंस्तद्गुणतया ।
अपारे संसारे विषयविषपूरे जलनिधौ
निमज्योन्मज्यायं भ्रमति कुमतिः कुत्सितगतिः ।।१४३।।

जुन मनुष्यको महामोहरूपी गोही (सांसारिक आकर्षण) बाट ग्रसीत भएको कारण आत्मज्ञान नष्ट भएको छ; दुर्बुद्धि र कुत्सित गति भएको त्यो मनुष्य बुद्धिका नाना अवस्था र गुणहरूको अधीनमा रहेर स्वयं अनेकन अभिनय गर्दै अपार विषयरूपी विषयबाट भरिएको संसार–समुद्रमा डुब्दै–उत्रदै, भट्किरहन्छ । ।।१४३।।

तमोगुणी र रजोगुणी मनुष्यको महामोहरूपी गोही (सांसारिक आकर्षण) बाट ग्रसित भएर आत्मज्ञान नष्ट भएको छ । आत्मज्ञान नष्ट भएर वा अज्ञानको उपस्थितिले गर्दा नित्य–अनित्य वस्तुभेदलाई चिन्न असमर्थ भई दृढ रूपमा ‘म यो शरीर हुँ’ भन्ने भावमा स्थित छ । त्यस्ता दुर्बुद्धी र वासना–विवशताले गर्दा कुत्सित गति भएका अज्ञान मनुष्यहरू बुद्धिका नाना अवस्था र गुणहरूको अधीनमा रहेर अनेकन वासनामय कर्महरू गर्दै यही विषयरूपी संसार–सागरमा डुब्दै–उत्रदै भट्किरहनु पर्दछ । ऊ ब्रह्मलाई प्राप्त गर्न सक्दैन ।

भानुप्रभासञ्जनिताभ्रपङ्क्तिर्भानुं तिरोधाय विजृम्भते यथा । आत्मोदिताहङ्कृतिरात्मतङ्खवं तथा तिरोधाय विजम्ृभते स्वयम् ।।१४४।।

जसरी सूर्यको किरणबाट उत्पन्न भएको मेघमाला (बादल) ले
सूर्यलाई नै ढाकेर फैलिन्छ, त्यस्तै आत्माबाट उत्पन्न भएको अहंकार पनि आत्मालाई नै ढाकेर विस्तारित हुन्छ । ।।१४४।।

ग्रीष्मकालमा जसरी जलाशयको जल सूर्यको किरणले गर्दा बादलमा परिणत भई अन्ततः सूर्यलाई नै छोपिदिन्छ ।त्यस्तै चेतन आत्माको सम्पर्कमा आएपछि जड अन्तःकरणमा सिर्जना हुने देह अहंकार देहबुद्धिले आत्माको वास्तविक स्वरूपलाई छोपिदिँदा स्व–स्वरूलाई चिन्न नसकी मनुष्य स्वयंलाई ‘म शरीर हुँ’ भन्दछ ।

कवलितदिननाथे दुर्दिने सान्द्रमेघै–
व्र्यथयति हिमझञ्झावायुरुग्रो यथैतान् ।
अविरततमसात्मन्यावृते मूढबुद्धिं
क्षपयति बहुदुःखैस्तीव्रविक्षेपशक्तिः ।।१४५।।

जब कुनै दुर्दिन घना बादलले सूर्यलाई ढाकिदिन्छ; त्यो कष्टकर दिनमा हिमपानी, आँधिबेहरीले पथीक वा यात्रीलाई दुःख दिन्छ । त्यस्तै निरन्तर (घना) तमोगुणले आत्मा ढाकिँदा तीव्र विक्षेपशक्तिले मुढबुद्धि पुरुषलाई अनेक प्रकारका दुःख–कष्ट दिई सन्तप्त तुल्याउँछ । ।।१४५।।

प्रतिकूल मौसमको कुनै कष्टकर दिनमा तीव्रवायु, आँधिबेहरी, हिमपात आदि सिर्जना हुँदा यात्री वा पथिकहरूले अनेक प्रकारका दुःख–कष्ट, जाडो आदि भोग्नु पर्दछ । त्यस्तै, घना तमोगुणले आत्मालाई पूर्णरूपमा ढाकेको मुढ मनुष्यमा रजोगुणका विक्षेपशक्ति झन् झन् फैलने हुँदा (श्लोक ११५ हेर्नुहोस्) त्यो मनुष्य सधैं काम, क्रोध, दम्भ, अभिमान, ईष्र्या आदि विकार–वासनाहरूबाट ग्रसित हुन पुग्छ । यी वासनाहरूबाट उम्किनै नसकी अनेकन दुःख–कष्ट, रोग भोग्दै दुःखी–सन्तप्त जीवन जिउँदछ ।

एताभ्यामेव शक्तिभ्यां बन्धः पुंसः समागतः ।
याभ्यां विमोहितो देहं मत्वाऽऽत्मानं भ्रमत्ययम् ।।१४६।।

आवरण र विपेक्षशक्तिद्वारा नै मनुष्यलाई बन्धन प्राप्त भएको छ । यिनीहरूकै कारणबाट मोहित भएको अज्ञानी मनुष्य शरीरलाई नै आत्मा मानेर भट्किरहन्छ । ।।१४६।।

एक वस्तु अर्को जस्तो प्रतीत हुनु, अज्ञान, मुढता आदि तमोगुणका धर्म हुन् (श्लोक ११८); काम, अहंकार, ईष्र्या आदि रजोगुणका धर्म हुन् (श्लोक ११४);

रजोगुणका यिनै धर्महरूले गर्दा विपेक्षशक्तिको सिर्जना हुन्छ । रजोगुणको विक्षेपशक्तिले नै क्रिया गर्न प्रवृत्त गराउँछ (श्लोक ११३) । तमोगुणको आवरणशक्ति

र रजोगुणको विक्षेपशक्तिहरू बन्धन हुन भनेर माथिका विविध श्लोकहरूमा भनिएको छ । यो श्लोकमा पनि भनिएको छ – जबसम्म आत्मासाक्षात्कार प्राप्त हुँदैन, त्यो क्षणसम्म मनुष्यमा तमो र रजोगुण रहिरहन्छ । जबसम्म यी गुणहरू रहन्छन्, तबसम्म आवरण र विक्षेपशक्ति पुरुषमा रहिरहन्छ । अनि आवरण र विक्षेप शक्तिरूपी बन्धनले गर्दा सत्–असत् वस्तु छुट्याउन असमर्थ अज्ञानी पुरुष यही शरीरलाई आत्मा (वा सत्य) ठानेर, यसकै आवश्यकता पूर्ति गर्दै जीवनपर्यन्त भड्किरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 792 0
मंगलाचरण 1/15/2023 767 0
मुक्तिको दुर्लभता 1/15/2023 666 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 914 0
विचारको महङ्खव 1/15/2023 635 0
शिष्य लक्षण 1/15/2023 792 0
साधन–चतुष्टय 1/15/2023 1779 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 756 0
सद्गुरु लक्षण 795 0
शिष्य प्रार्थना 1/15/2023 885 0
गुरु कर्तव्य 1/15/2023 875 0
1/15/2023 615 0
शिष्य प्रशंसा 1/15/2023 698 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 709 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 774 0
अपरोक्षानुभवको आवश्यकता 731 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1085 0
विषयविन्दा 1/15/2023 758 0
देहाशक्तिको निन्दा 1/15/2023 689 0
स्थूल शरीर निन्दा 1/15/2023 882 0
दश इन्द्रियहरू 1/15/2023 1122 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 993 0
पञ्चप्राण 1/15/2023 900 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 939 0
प्राणको धर्म 1/15/2023 592 0
अहंकार 1/15/2023 705 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 594 0
माया वर्णन 1/15/2023 1380 0
रजोगुण 1/15/2023 720 0
तमोगुण 1/15/2023 626 0
सङ्खवगुण 1/15/2023 725 0
कारण शरीर 1/15/2023 868 0
आत्मा–निरूपण 1/15/2023 698 0
अध्यास 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 642 0
अन्नमय कोश 1/15/2023 722 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 661 0
विज्ञानमय कोश 1/15/2023 734 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 810 0
आनन्दमय कोश 1/15/2023 590 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 635 0
आत्मस्वरूप निरूपण 1/15/2023 697 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 565 0
जगत्को मिथ्यात्व 1/15/2023 707 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 798 0
ब्रह्मा–भावना 1/15/2023 756 0
वासना त्याग 1/15/2023 793 0
अध्यास निराकरण 1/15/2023 844 0
अहंपदार्थ निरूपण 1/15/2023 686 0
अहंकार – मुख्यवाधा 1/15/2023 604 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 622 0
प्रमाद – निन्दा 1/15/2023 726 0
अविद्याको स्थिति 1/15/2023 720 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 683 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 771 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 794 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 656 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 736 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 679 0
ध्यान विधि 1/15/2023 654 0
आत्म दृष्टि 1/15/2023 733 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 708 0
आत्म चिन्तनको उपदेश 1/15/2023 644 0
शरीर उपेक्षा 1/15/2023 633 0
आत्मज्ञानको फल 1/15/2023 718 0
जीवनमुक्तको लक्षण 1/15/2023 719 0
प्रारब्ध कर्म विचार 744 0
प्रारब्ध निराकरण 1/15/2023 701 0
नानात्व – निषेध 1/15/2023 761 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 816 0
बोधोपलब्धी 1/15/2023 680 0
शिष्यको अनुभव 1/15/2023 779 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 890 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1099 0
आत्माको अविनाशिता 1/15/2023 1167 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36037 0