अन्नमय कोश

0 टिप्पणीहरू 773 आगन्तुकहरू

आत्माको उपाधि देहका पाँच कोशमध्ये अन्नमय कोशको वर्णन तलका श्लोकहरुमा गरिएको छ ।

देहोऽयमन्नभवनोऽन्नमयस्तु कोशः
ह्यन्नेन जीवति विनश्यति तद्विहीनः ।
त्वक्चर्ममांसरुधिरास्थिपुरीषराशि–
र्नायं स्वयं भवितुमर्हति नित्यशुद्धः ।।१५६।।

अन्नबाट उत्पन्न यो देह नै अन्नमय कोश हो । यो अन्नबाट जीवित रहन्छ । अन्न विना अवश्य नष्ट हुन्छ । त्वचा, छाला, मासु, रगत, हाड, मल, आदिको समूह यो देह नित्य शुद्ध आत्मा हुन
सक्दैन । ।।१५६।।

नित्य अनित्य विवेकको चर्चा गर्दै आदिगुरु शङ्कराचार्य भन्नुहुन्छ, पाँच देहकोशमा यो प्रत्यक्ष स्थूल देह अन्नमय कोश हो । यो अन्नकै कारणले जीवित रहन्छ । अन्नको अभावमा यो अन्नमय कोश जीवित रहन सक्दैन । त्वचा, छाला, रगत, हाड, मल आदिको समूह यो नित्य शुद्ध आत्मा कसरी हुन सक्दछ ?यसैले यो शरीर आत्मा हो, तिमी यो भ्रममा नपर ।

पूर्वं जनेरपि मृतेरथ नायमस्ति जातः क्षणक्षणगुणोऽनियतस्वभावः ।
नैको जडश्च घटवत्परिदृश्यमानः स्वात्मा कथं भवति भावविकारवेत्ता ।।१५७।।

जन्मपूर्व मृत्युपश्चात् स्थूल शरीर रहँदैन । प्रतिक्षण वृद्धि ह्रासरूपी गुणधर्म भएको, अस्थिर स्वभाव, एकतत्व रहित, घडा जस्तै स्थूल दृश्य यो जड देह, सम्पूर्ण भाव विकारलाई जान्ने आत्मा कसरी हुन सक्दछ ?।।१५७।।

यो स्थूल देह जसलाई अज्ञान वस मनुष्यले ‘म’ भन्दछ । जन्मपूर्व थिएन । मृत्युपछि पनि यो स्थूल देह रहँदैन । यो स्थूल देहको निर्माण स्त्री र पुरुषका प्रजनन कोशीकाको मिलनबाट सुरू हुन्छ । प्राकृतिक नियम अनुसार जन्म, बाल्यकाल, यौवनकाल, वृद्धावस्थारूपी अवस्था हुँदै प्रतिक्षण वृद्धि ह्रास हुँदै अनन्त मृत्युलाई प्राप्त गर्दछ । यस्तो सँधै परिवर्तनशील विभिन्न तङ्खवहरूबाट सिर्जना भएको घडा जस्तै स्थूल र स्पष्ट प्रतीत यो देह कसरी चेतन आत्मा हुन सक्दछ ? सक्दैन ।

पाणिपादादिमान्देहो नात्मा व्य·ेऽपि जीवनात् ।
तत्तच्छक्तेरनाशाच्च न नियम्यो नियामकः ।।१५८।।

यो हात खुट्टा आदि अंग भएको यो शरीर आत्मा हुन सक्दैन । किनकि अ· भ· हुँदा पनि यो जीवित रहन्छ । अंगहरू नाश हुँदा पनि त्यो शक्तिको नास हुँदैन । त्यसैले आत्मा कसैबाट शासित छैन । उ देह आदि इन्द्रियको शासक हो । ।।१५८।।

यो श्लोकमा आदिगुरु स्थूल शरीरलाई विभिन्न कोणहरूबाट नियालेर किन स्थलु शरीर आत्मा होइन ?भन्ने बुझाउन प्रयास गर्दै भन्नुहुन्छ हे शिष्य ! यो देहमा हात, खुट्टा, नाक, मुख आदि अंगहरू छन् । विशुद्ध चेतन तङ्खव आत्मामा अंग हुन असम्भव छ त्यसैले यो स्थूल देह आत्मा हुन सक्दैन ।

त्यस्तै, जब प्राकृतिक, दुर्घटना वा अन्य कारणवस शरीरको अङ्ग भङ्ग हुँदा शरीरबाट ती अङ्गहरू नष्ट भएपनि शरीर त जीवितै रहन्छ । शरीरको त्यो शक्ति पनि रहिरहन्छ । त्यही शक्ति आत्मा हो । आत्माको कारणबाट देह इन्द्रिय आदि सञ्चालन हुने हुनाले उ देह इन्द्रियको शासक हो ।

देहतद्धर्मतत्कर्मतदवस्थादिसाक्षिणः ।
सत एव स्वतः सिद्धं तद्वैलक्षण्यमात्मनः ।।१५९।।

शरीर र यसको धर्म, कर्म, अवस्थाको साक्षी, आत्मादेखि भिन्न छ भन्ने कुरा स्वतः सिद्ध छ । रूप, स्पर्श, गन्ध आदि देहका धर्म हुन । वस्नु हिँड्नु आदि देहका अवस्थाहरू हुन् । ।।१५९।।

आत्मा नित्य चेतन शक्ति हो । जसको कारणले शरीर, शरीरको परिवर्तनशीलता, शरीरको धर्म, शरीरले गरिरहेका कर्महरू, वस्नु, उठ्नु आदि शरीरका अवस्थाहरू थाहा भइरहन्छ, देहका सम्पूर्ण धर्म, कर्म, अवस्था थाहा पाउने तङ्खव आत्मा हो ।
कुल्यराशिर्मांसलिप्तो मलपूर्णोऽतिकश्मलः ।
कथं भवेदयं वेत्ता स्वयमेतद्विलक्षणः ।।१६०।।

हाडको समूह, मासुले लिप्त (छोपिएको) मल (दिसा) ले भरिएको, अत्यन्त घृणित यो शरीर, आफूदेखि (भिन्न) स्वयंलाई जान्ने आत्मा कसरी ? हुनसक्छ । ।।१६०।।

मनुष्यमा रहेको ‘म शरीर हुँ’ भन्ने दृढभावलाई भत्काउन स्थूल शरीरको वास्तविक रूपको यो श्लोकमा व्याख्या गरि भनिएको छ कि यो स्थूल देहछाला, मासु, हाड, रगत, नसा, दिसा, पिसाब–आदिको समूह हो । यदि शरीरमा आत्मा नहुँदो हो त यो एक घृणित मासु रगत, मल, मुत्र आदिको थुप्रो समूह मात्रमा सीमित हुने थियो । यस्तो अशुद्ध देह कसरी साक्षी शुद्ध आत्मा हुन
सक्दछ ? सक्दैन ।

त्वङ्मांसमेदोऽस्थिपुरीषराशावहंमतिं मूढजनः करोति ।
विलक्षणं वेत्ति विचारशीलो निजस्वरूपं परमार्थभूतम् ।।१६१।।

मूढ पुरुष त्वचा, मासु, हाड, मल आदिको समूह शरीरमा अहम् बुद्धि गर्दछ । तर विचारशील पुरुष यो शरीरभन्दा भिन्न आफ्नो पारमार्थिक स्वरूपलाई जान्दछ । ।।१६१।।

विचारहीन भ्रान्तबुद्धि मनुष्यलाई ‘मूढ’ भनिन्छ । तमोगुणी मूढ पुरुषहरू तमोगुणको आवरणशक्तिले आत्माको स्वरूपलाई छोपिदिएकोले आत्मालाई चिन्न नसकी भ्रान्तिवस् छाला, मासु, रगत, मल आदिले भरिएको यो शरीरलाई नै ‘म हँु’ मानी शरीरसँग एकाकार हुँदै विषयभोगमा लिप्त हुँदै कर्मबन्धनमा पर्दछ । तर विचारशील गम्भीर पुरुषहरू स्वयंलाई यो स्थूल शरीरबाट पृथक् परमार्थ (नित्यसत्य) स्वरूप हुँ भनेर जान्दछन् । स्वयंलाई म शरीर होइन ‘आत्मा हुँ’ भनेर जान्दछन् ।

देहोऽहमित्येव जडस्य बुद्धिर्देहे च जीवे विदुषस्त्वहंधीः ।
विवेकविज्ञानवतो महात्मनो ब्रह्माहमित्येव मतिः सदात्मनि ।।१६२।।

जढ (मूढ) पुरुषमा ‘म शरीर हुँ’ भन्ने देह बुद्धि हुन्छ । विद्वान् आत्मामा आत्मबुद्धि गर्दछ । आत्मासाक्षत्कार प्राप्त महात्मामा सधैं ‘म ब्रह्मा हुँ’ भन्ने भाव रहन्छ ।।।१६२।।

अज्ञानी मूढबुद्धि पुरुषको देहमा आत्मबुद्धि भएकोले उ देहलाई नै सवथोक मान्दछ । उ शरीरलाई ‘म हुँ’ भनि ठान्दछ । शरीरको अतीरिक्त अन्य केही छ भन्ने कुरामा उ विश्वास गर्दैन । यसैले उ जीवनपर्यन्त शरीरको भरणपोषणमा लिप्त रही जन्म, दुःख, मरणको चक्रमा परिरहन्छ ।

सूक्ष्म बुद्धि भएका विद्वान्हरू जो आत्मासाक्षात्कारको स्थिती प्राप्त गरिसकेका हुँदैनन्, तर शास्त्रका ज्ञाता हुन्छन् । यिनीहरू देह र जीव दुवैमा आत्मबुद्धि गर्दछन् । यिनीहरू सांसरिक कार्यहरू सम्पन्न गर्दा स्वयंलाई देह सम्झिएर कर्म गर्दछन् । देहको आत्मबुद्धि अझै नष्ट नभएकोले यिनीहरू अपमानमा क्रोधित भएका पनि देखिन्छन् । विद्वान्हरू सम्मानमा चोट पर्दा क्रोधित देखिनु देहबुद्धि उपस्थितीको प्रमाण हो । फेरि जब यिनीहरू वैदिक कार्य सम्पन्न गर्दछन् । यिनीहरू स्वयंलाई वैदिक कर्मको फलभोक्ता जीव सम्झिन्छन् । मृत्युपश्चात् वैदिक कर्मबाट मिल्ने फलको आशा गर्दछन् ।

आत्मा साक्षात्कार प्राप्त गरिसकेको महात्मा सम्पूर्ण द्विविधा, भ्रमबाट मुक्त भएर स्व–स्वरूपमा स्थित ‘म ब्रह्म हुँ’ भन्ने अटल भावमा स्थित रहन्छ । मोक्षप्राप्त महात्मा शरीरको पालनपोषण, मान अपमानको चिन्तनबाट धेरै माथि उठिसकेका हुन्छन् । देह, मनका क्रिया र भावहरूले यिनीहरूलाई स्पर्श गर्न सक्दैन ।

अत्रात्मबुद्धिं त्यज मूढबुद्धे त्वङ्मांसमेदोऽस्थिपुरीषराशौ ।
सर्वात्मनि ब्रह्मणि निर्विकल्पे कुरुष्व शान्तिं परमां भजस्व ।।१६३।।

हे मूढबुद्धि (मुर्ख) यो छाला, मासु, हड्डी, मल–मुत्र आदिको समूहरूप जुन यो शरीर हो । यस प्रतीकोे आत्मबुद्धिलाई त्याग गरेर निर्विकल्प सर्वात्मा ब्रह्मामाअहंभाव गरी परमशान्तिलाई प्राप्त गर । ।।१६३।।

नित्य अनित्यको भेद र विवेचना गर्न असमर्थ, देहलाई सम्पूर्ण मान्ने, देहभन्दा अन्य केही छैन मृत्युसँगै सम्पूर्ण कुरा समाप्त हुन्छ भन्ने अज्ञानी मनुष्यहरूप्रती करूण हृदय गर्दै गुरुदेव, ‘हे मूढबुद्धि’ भनेर सम्बोधन गर्नुहन्छ । र भन्नुहुन्छ हे मनुष्य अज्ञानको कारण तिमीमा छाला, मासु, हड्डी, मल मुत्र आदिको समूह यो देहप्रती जुन आत्मबुद्धि पलाएको छ ‘म शरीर हुँ’ भन्ने जुन भाव सिर्जना भएको छ, तिमी देहप्रतिकोे यो आत्मबुद्धिलाई तत्काल छोड ।

तिमी अनेकन संकल्प विकल्प आदिबाट रहित (निर्विकल्प), सबैमा आत्मारूप भई निवास गर्ने सर्वआत्मा ब्रह्म हौ । तिमी देहप्रतिकोे यो आत्(मबुद्धिलाई छोडेर, ब्रह्ममा आत्मबुद्धि गर । स्वयंलाई ‘म शरीर होइन’ । ‘म आत्मा हुँ ब्रह्म हुँ’ भन्ने भाव राख । यो भावलाई दृढ बनाई परमशान्तिलाई प्राप्त गर ।

देहेन्द्रियादावसति भ्रमोदितां विद्वान्हन्तां न जहाति यावत् ।
तावन्न तस्यास्ति विमुक्तिवार्ताप्यस्त्वेष वेदान्तनयान्तदर्शी ।।१६४।।

विद्वान् जबसम्म असत् देह, इन्द्रिय आदिमा भ्रमबाट उत्पन्न अहंताको त्याग गर्न सक्दैन । वेदान्त शास्त्रमा पारदर्शी विद्वान् नै भएपनि मुक्ति
सम्भव छैन । ।।१६४।।

यो श्लोकमा मोक्षको जटिलतालाई स्पष्ट पारिएको छ । मूढबुद्धि भएका मनुष्यहरू त देहबुद्धिको कारणले बन्धनमा पर्दछन् । अनि मुक्ति प्राप्त गर्न नसकी संसारको भवसागरमा डुब्दै उत्रँदै गर्दछन् । तर अत्यन्त शिक्षित, शास्त्रहरूको कूशल ज्ञाता तथा प्रविण व्याख्याकार, वेदान्त दर्शनका विद्वान्हरूलाई पनि मोक्ष त्यति सहज छैन । किनभने आत्मज्ञान व्याख्या, अध्ययन, विवेचना एउटा पक्ष हो । साधन चतुष्ट्यमा सिद्ध भएर आत्मा साक्षात्कारको स्थिति प्राप्त गर्नु पृथक् पक्ष हो ।

यो श्लोकमा आदिगुरुले स्पष्ट पार्नु भएको छ कि साधनाको अनुपस्थितीमा मात्र शाब्दीक जानकारी र त्यसको व्याख्याको कारणले विद्वान्लाई पनि मोक्ष प्राप्त हुन सक्दैन । फेरि विद्वान्हरूमा पनि लोक किर्ती, सम्मान, चर्चा आदिले अहंकारलाई झन झन मलजल गरि मोक्षबाट टाढा पुर्याई दिने भएकोले विद्वान्हरुले त्यो क्षणसम्म मोक्ष प्राप्त गर्न सक्दैनन् जबसम्म असत देह, इन्द्रिय आदिमा भ्रमबाट उत्पन्न अहंताको त्याग गर्न सक्दैनन् ।

छायाशरीरे प्रतीबिम्बगात्रे यत्स्वप्नदेहे हृदि कल्पिता·े ।
यथात्मबुद्धिस्तव नास्ति काचिज्जीवच्छरीरे च तथैव मास्तु ।।१६५।।

छायाँ, प्रतीबिम्ब, स्वप्न र मनमा कल्पित गरिएको शरीरमा जसरी तिम्रो आत्मबुद्धि हुँदैन । त्यस्तै जीवित शरीरमा पनि आत्मबुद्धि हुनुहुँदैन । ।।१६५।।

प्रकाशमा सिर्जित शरीरको छायाँ, ऐना दर्पण आदिमा सिर्जित देहको प्रतिबिम्ब, सपना अवस्थाका अनेकन दृष्यहरू, घटनाहरू जागृतावस्थाका मनका अनेकन कल्पनाहरूलाई, मनुष्यहरू यिनीहरू त छायाँ, प्रतीबिम्ब, सपना, मनका कल्पनाहरू हुन् र यी मिथ्या हुन् भनेर (ठानेर) अस्वीकार गर्दछन् । यी वस्तुहरूमा आत्मबुद्धि गर्दैनन् । यिनीहरूको अस्तिङ्खवलाई मनले अस्वीकार गरेकाले यी वस्तुहरू बन्धन बन्न सक्दैनन् ।

यो श्लोकमा भनिएको छ जसरी यी छायाँ, प्रतिबिम्ब, सपना, मनका अनेकन कल्पनालाई तिमीले मिथ्या ठानेर आत्मबुद्धि नराखे झैं यो शरीर पनि त्यस्तै असत् मिथ्या भएकोले तिमीमा यो देहप्रति आत्मबुद्धि हुनुहुँदैन ।

देहात्मधीरेव नृणामसिद्ध्यां जन्मादिदुःखप्रभवस्य बीजम् ।
यतस्ततस्त्वं जहि तां प्रयत्नात् त्यक्ते तु चित्ते न पुनर्भवाशा ।।१६६।।

देहमा आत्मबुद्धि गर्नु नै असत् बुद्धि हो । मनुष्यको जन्म आदि दुःखको कारण हो । दुःखको कारण यो देहबुद्धिलाई तिमी प्रयत्नपूर्वक नष्ट गर । देह आदिबाट चित्त मुक्त भएपछि पुनर्जन्मको सम्भावना रहँदैन । ।।१६६।।

असत् बुद्धि (अज्ञानवस) जब मनुष्य देहमा आत्मबुद्धि गर्दछ । शरीरलाई ‘म हुँ’ भनेर मान्दछ, देहप्रतिकोे यही धारणाले उ शरीर, इन्द्रिय, मनसँग एकाकार बन्न पुगि जीवनपर्यन्त मन, देह, इन्द्रिय आदिका विषयमा लिप्त रहि अनेकन वासना कर्महरू गर्दै रोग, व्याधी, अनेकन दुःख प्राप्त गरी वारम्वार जन्म–मरणको चक्रमा पर्दछ । त्यसैले हे मुमुक्षु तिमी सर्वप्रयत्न गरेर यो देहप्रतिकोे आत्मबुद्धि नष्ट गर । जब देह आदिबाट मनको सम्वध छुट्ने छ, तिमी यो दुःखको भवसागर र जन्म मरणको चक्रबाट मुक्त हुनेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 817 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 683 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 820 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 644 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1432 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 680 0
सङ्खवगुण 1/15/2023 775 0
कारण शरीर 1/15/2023 910 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 946 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 694 0
प्राणमय कोश 1/15/2023 786 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 617 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 953 0
महावाक्य – विचार 1/15/2023 852 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 784 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 730 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0