प्रमाद – निन्दा

0 टिप्पणीहरू 783 आगन्तुकहरू

यदि प्रारब्धको कारण जगत्को आभाष भयो भने के गर्नुपर्दछ ?

दृश्यं प्रतीतं प्रविलापयन्स्वयं सन्मात्रमानन्दघनं विभावयन् ।
समाहितः सन् बहिरन्तरं वा कालं नयेथाः सति कर्मबन्धे ।।३२१।।

प्रारब्ध कर्मफलको कारण विक्षेप भई प्रतीति भइरहेको दृश्य पदार्थलाई आत्मस्वरूपमा विलय गर्दै स्वयंको आनन्दघन स्वरूपमा भित्र र बाहिर समाहित भएर चिन्तन गर्दै कालयापन गर । ।।३२१।।

जबसम्म देह आदि अनात्म पदार्थमा आत्मबुद्धि निवृत्त भएर स्व–स्वरूपको स्फूरण (आत्मा सक्षात्कार) प्राप्त हुँदैन वा जबबसम्म पूर्वजन्मको (प्रारब्ध कर्मफल) कारण विक्षेप भई प्रतियमान् भइरहेको जगत् दृश्य रहिरहन्छ तबसम्म सम्पूर्ण जगत्को अधिष्ठान् ‘ब्रह्म म हुँ’ भन्ने भावना दृढ गर्दै बाहिर र भित्र इन्द्रियसहित मनलाई आत्मस्वरूपमा विलय गर्दै स्व–स्वरूपको चिन्तन गर्दै आत्मनिष्ठ भएर सदा स्थिर बन । समयलाई व्यतीत गर ।

प्रमादो ब्रह्मनिष्ठायां न कर्तव्यः कदाचन ।
प्रमादो मृत्युरित्याह भगवान् ब्रह्मणः सुतः ।।३२२।।

ब्रह्मनिष्ठामा कहिल्यै प्रमाद (असावधानी) गर्नु हुँदैन । किनभने ब्रह्माजीका पुत्र सनतकुमारजीले प्रमाद नै मृत्यु हो भन्नुभएको छ । ।।३२२।।

यो श्लोकमा जन्मसर्वज्ञ, ब्रह्माजीपुत्र सनतकुमार, धृतराष्ट्रको प्रश्न ‘मृत्यु के हो ?’ को प्रसङ्ग उल्लेख गरिएको छ । प्रश्नको उत्तरमा सनतकुमार भन्नुहुन्छ – ‘म प्रमादलाई मृत्यु र सदा अप्रमादलाई अमृत तङ्खव मान्दछु ।
ब्रह्मनिष्ठामा अल्पमात्र पनि प्रमाद (असावधानी) भयो भने साधक पुनः विषय चिन्तन, जगत् चिन्तनहरू गर्न पुगी संसारकै भवसागर र जन्म–मरणको चक्रमा फस्न पुग्दछ । साधक साधनाबाट पदच्यूत भई नष्ट हुनसक्दछ । यसैले ब्रह्मनिष्ठामा कहिल्यै पनि प्रमाद गर्नु हुँदैन ।

न प्रमादादनर्थोऽन्यो ज्ञानिनः स्व–स्वरूपतः ।
ततो मोहस्ततोऽहंधीस्ततो बन्धस्ततो व्यथा ।।३२३।।

ज्ञानीको स्व–स्वरूपबाट च्युत हुनु समान अन्य कुनै अनर्थ छैन । किनभने यसैबाट मोह, मोहबाट अहंकार, अहंकारबाट बन्धन, बन्(धनबाट व्यथा प्राप्त हुन्छ । ।।३२३।।

मोक्ष प्राप्तिमा साधनारत् विद्वान्हरूले स्व–स्वरूपको चिन्तन र अनुसन्धानमा कहिल्यै प्रमाद वा असावधानी गर्नु हुँदैन । जब चित्त स्व–स्वरूपको चिन्तनबाट च्यूत हुन्छ तत्क्षण, चित्त बहिर्मुखी बन्न पुगी ऊ जगत्का विषयप्रति आकर्षित हुन पुग्दछ । जब विषयप्रतिको मोह सिर्जना हुन्छ, अनात्माप्रति अहंबुद्धि उत्पन्न हुन्छ । यही अहंकारबाट भोग, भोगबाट बन्धन, बन्धनबाट दुःख, व्यथा, बुढ्यौली, मरणरूपीी जगत् प्राप्त हुन्छ । ज्ञानीका लागि ब्रह्मचिन्तनबाट च्यूत भएर विषयवासना चिन्तनमा खस्नुभन्दा ठूलो पतन अनर्थ अन्य केही हुन सक्दैन ।

विषयाभिमुखं दृष्ट्वा विद्वांसमपि विस्मृतिः ।
विक्षेपयति धीदोषैर्योषा जारमिव प्रियम् ।।३२४।।

जसरी वेश्या स्त्री आफ्नो प्रेमी (जार पुरुष) को बुद्धि बिगारेर पागल बनाइदिन्छे, त्यसरी नै विद्वान् पुरुष विषयमा आसक्त भएपछि आत्मविस्मृति, बुद्धिदोषद्वारा विक्षिप्त हुन पुग्दछ । ।।३२४।।

जसरी वेश्या स्त्रीको प्रेममा आसक्त हुँदा मनुष्य विकृत बुद्धि हुनपुगी वेश्याकै इसारामा पागलतुल्य नाच्न थाल्दछ । त्यस्तै, विद्वान् पुरुष पनि विषयमा आसक्त भएपछि आत्मविस्मृति नष्ट भई बुद्धिमा सिर्जना हुने अनेकन विक्षेप दोषहरूद्वारा विक्षिप्त बनी साधनाबाट नष्ट भई पुनः विषयभोगमा फँसी संसारको भयंकर बन्धन प्राप्त गर्दछ । त्यसैले, हे मोक्षका साधकहरू ! हे विद्वान्हरू ! आत्मनिष्ठामा कहिले पनि प्रमाद नगर । अत्यन्त सजग भएर नित्य आत्मस्मृति वा चिन्तनमा स्थिर बन ।

यथापकृष्टं शैवालं क्षणमात्रं न तिष्ठति ।
आवृणोति तथा माया प्राज्ञं वापि पराङ्मुखम् ।।३२५।।
पानीबाट पन्छाएको शैवाल (झ्याउ), क्षणमात्र पनि अलग
रहँदैन (वा आएर पुनः पानीलाई ढाक्दछ), त्यस्तै बहिर्मुखी विद्वान्लाई पनि मायाले आवृत्त गर्दछ । ।।३२५।।

जसरी पोखरीको पानीलाई ढाकेको झ्याउलाई जति पन्छाए पनि केही क्षणमा त्यो आएर पुनः पोखरीलाई ढाकिदिन्छ । त्यस्तै, साधनारत् विद्वान्को मन पनि आत्मनिष्ठामा सजक रहन नसकी बहिर्मुखी हुनपुग्यो भने जगत्का विषय–वासनाको राग (माया) ले छोपी साधकलाई साधनाबाट च्यूत गरिदिन्छ ।

लक्ष्यच्युतं चेद्यदि चित्तमीषद् बहिर्मुखं सन्निपतेत्ततस्ततः ।
प्रमादतः प्रच्युतकेलिकन्दुकः सोपानपङ्क्तौ पतितो यथा तथा ।।३२६।।

प्रमादवश (असावधानी) हातबाट छुटेर खसेको भकुण्डो एकपछि अर्को गर्दै सिँढीको खुट्किलाहरूबाट तल खस्दै जान्छ । त्यस्तै, चित्त पनि आफ्नो लक्ष्य ब्रह्मबाट हटेर बर्हिमुखी भयो भने निरन्तर तल झर्दै जान्छ ।

असावधानिवश भ¥याङ्गमा भकुण्डो खस्दा त्यो एकपछि अर्को सिँढी गर्दै झर्दै तल खस्दै जान्छ । त्यस्तै, साधनरत् साधक पनि आफ्नो लक्ष्य ब्रह्मबाट असावधानीको कारण बहिर्मखुी हुनपुग्यो भने चित्तले आफ्नो लक्ष्यलाई विस्मरण गर्दछ । यसरी लक्ष्यहीनविहीन बनेको बहिर्मुखी चित्त, बुद्धि, मन, इन्द्रिय, देहका विषयमा एकपछि अर्को फस्दै गरेर तिनैका गुणधर्महरूलाई ग्रहण गर्दै जगत्को वासना–सागरमा मनुष्यलाई झन् झन् डुबाउँदै लगी नष्ट गरिदिन्छ ।

विषयेष्वाविशच्चेतः सङ्कल्पयति तद्गुणान् ।
सम्यक्सङ्कल्पनात्कामः कामात्पुंसः प्रवर्तनम् ।।३२७।।
ततः स्वरूपविभ्रंशो विभ्रष्टस्तु पतत्यधः ।
पतितस्य विना नाशं पुनर्नारोह ईक्ष्यते ।
सङ्कल्पं वर्जयेत्तस्मात् सर्वानर्थस्य कारणम् ।।३२८।।

विषयमा आसक्त चित, विषयको गुणहरूको चिन्तन गर्दछ । निरन्तरको चिन्तनका कारणबाट कामना जागृत हुन्छ । कामनाबाट पुरुष विषयमा प्रवृत्त हुन्छ । यसबाट स्वरूप र आत्माको विस्मृति हुन्छ । आत्मा–विस्मृत पुरुष भ्रष्ट भएर झन् तल झर्दछ । यस्तो पतित पुरुषको विनाशसिवाय उत्थान भएको देखिएको छैन । यसैले, सम्पूर्ण अनर्थको कारण संकल्प (विषय कल्पना) लाई त्याग्नु पर्छ । ।।३२७,३२८।।

साधनामा असावधानीको कारण जब चित्त वहिर्मुखी भई विषयप्रति आकृष्ट हुन्छ । त्यो अवस्थामा वहिर्मुखी चित्त शब्द, स्पर्श, रूप, रस र गन्धरूपीी विषयमा आशक्त भई ती विषयहरूप्रतिको सुखको चिन्तन गर्दछ । कल्पना गर्दछ । निरन्तर कल्पनाबाट विषयसुख प्राप्त गर्ने कामना मनमा जागृत हुन्छ । जब कामना मनमा जागृत हुन्छ तब ती विषयलाई प्राप्त गर्न अनेक प्रकारका प्रयत्नहरू गर्दछ । अनन्तः ऊ विषयभोगमा प्रवृत्त हुन्छ । जब मनुष्य विषयभोगमा प्रवृत्त हुन्छ तब विषय–चिन्तन तीव्र हुने हुनाले आत्मस्वरूप झन् झन् विस्तृत हुन जान्छ । आत्म विस्तृत भएकै कारण ऊ पशुतुल्य भई अनेक वासना कर्महरूमा लिप्त भएर संसारको भोगरूपीी भवसागरमा डुब्दै जान्छ । यस्तो भ्रष्ट, विषय–चिन्तक पुरुषको मात्र विनाश भएको देखिएको छ । यसैले, यी सम्पूर्ण अनर्थको मूलकारण संकल्प वा प्रमादवश मनमा उठ्ने विषय चिन्तनलाई तुरून्त हटाऊ । स्वयंको नाश (नष्टता) को प्रमुख कारक विषय चिन्तनलाई बन्द गर ।

अतः प्रमादान्न परोऽस्ति मृत्युर्विवेकिनो ब्रह्मविदः समाधौ ।
समाहितः सिद्धिमुपैति सम्यक्् समाहितात्मा भव सावधानः ।।३२९।।

यसकारण विवेकी ब्रह्मवेत्ता पुरुषका लागि समाधिमा प्रमाद गर्नुभन्दा ठूलो अर्को मृत्यु छैन । सम्यक् समाहित (स्थिर) पुरुषले नै आत्मसिद्ध प्राप्त गर्दछ । यसैले तिमी पनि प्रमादरहित र समाहित बन । ।।३२९।।

जो विवेकी तथा ब्रह्मतङ्खवलाई बुझेको पुरुष छ उसका लागि ब्रह्म साधनामा प्रमाद गर्नुभन्दा ठूलो अनर्थ केही हुन सक्दैन । मोक्षको साधनामा अनेक भ्रमहरू सिर्जना भएका उदाहरण छन् । ती भ्रमहरूले साधकहरूमा विभिन्न द्विविधा सिर्जना गर्दछ । साधनाको विभिन्न स्थितिका साधकहरूलाई “मलाई मोक्ष प्राप्त भयो, “मलाई समाधि प्राप्त भयो” भनी भ्रमित भएर असावधानीवश आफ्ना अनेकन अनुभव अन्य व्यक्तिहरूलाई सुनाउन आतुर भई साधनाबाट च्युत भएका कैयन उदाहरणहरू छन् । त्यसैले गुरूदेव भन्नुहुन्छ – ‘हे शिष्य ! तिमी साधनाकालमा प्रमादलाई त्यागेर आफ्नो चित्तलाई पूर्णरूपमा परमात्मा लीन गरी त्यो स्थितिसम्म साधनालाई निरन्तरता देऊ, जबसम्म ब्रह्मभावमा स्थिर स्थिति प्राप्त गर्दैनौ ।

जीवतो यस्य कैवल्यं विदेहे स च केवलः ।
यत्किञ्चित् पश्यतो भेदं भयं ब्रूते यजुश्श्रुतिः ।।३३०।।

जसले जीवित अवस्थामा ‘कैवल्य पद’प्राप्त गरेको छ, मरेपछि कैवल्यमुक्त हुन्छ । तर अलिकति पनि भेद (पूर्ण स्व–स्वरूपको सम्यक् अनुभूति नभएको स्थिति) देख्दछ भने उसलाई भय प्राप्त हुन्छ । यजुर्वेदमा भगवती श्रुतिले पनि यही भन्दछिन् । ।।३३०।।

जुन पुरुषले जीवित अवस्थामा सम्पूर्ण वासनालाई नष्ट गरी आत्मज्ञान प्राप्त गरी कैवल्यपद (पूर्ण मुक्त वा ब्रह्मलीन पुरुषको जगत्सँगको सम्बन्ध नष्ट भएपछि प्राप्त हुने “केवल पना” वा “एक्लोपना”, जहाँ मुक्त पुरुष ‘म ब्रह्म हुँ’ भन्ने अनुभूतिमा स्थिर रहन्छ) प्राप्त गरेको छ, ब्रह्मवेत्ताहरूमा पनि श्रेष्ठ यस्ता महापुरुषलाई मृत्युपछि पनि ‘कैवल्य मोक्ष पद’ नै प्राप्त हुन्छ ।

पूर्णरूपमा ब्रह्ममा विलीन नभएको पुरुष, जगत््का वासनाहरू अझ सूक्ष्मरूपमा नै किन नहोस्, जीवितै छन् भने त्यो पुरुषको मनका वासना अझै नष्ट नभएकाले वा मनको उपस्थिति रहेका कारण उसलाई भय प्राप्त हुन्छ । दुःख–सुख आदि भावहरू मनका भावहरू हुन् । विशुद्ध ब्रह्म अक्रिय, भावरहित छ ।

यदा कदा वापि विपश्चिदेषः ब्रह्मण्यनन्तेऽप्यणुमात्रभेदम् ।
पश्यत्यथामुष्य भयं तदैव यदीक्षितं भिन्नतया प्रमादात् ।।३३१।।

जब विद्वान् अनन्त ब्रह्ममा लेश (अणु) मात्र भेद देख्दछ, तब उसलाई भय प्राप्त हुन्छ । स्व–स्वरूपको प्रमाद भएर नै अखण्ड आत्मामा भेद प्रतीत हुन्छ । ।।३३१।।

अनित्य वस्तुहरूमा अनन्त भेदहरू छन् । नित्य ब्रह्म एक छ । जब पुरुष पूर्णरूपमा ब्रह्ममा विलय हुन्छ तब स्वयं र ब्रह्ममा कुनै भेद सिर्जना नभएकाले निर्भय पद प्राप्त हुन्छ । असमाहित चित्त भएको, विद्वान् पुरुष, प्रमादवब स्वयं
र ब्रह्ममा अलिकति पनि भेद देख्दछ भने त्यो क्षणमा मन पुर्नजीवित भई जगत् पुनःदृश्यवान् हुने भएकाले उसले भय प्राप्त गर्दछ । त्यसैले, साधकले स्वयं आत्मा र ब्रह्ममा भेद देख्न हुँदैन ।

श्रुतिस्मृतिन्यायशतैर्निषिद्धे दृश्येऽत्र यः स्वात्ममतिं करोति ।
उपैति दुःखोपरि दुःखजातं निषिद्धकर्ता स मलिम्लुचो यथा ।।३३२।।

श्रुति (वेद) स्मृति र अन्य सयौं युक्तिहरूले निषेध गरेको दृश्यवस्तु देहादिमा आत्मबुद्धि गर्दछ । त्यो निषिद्धकर्म गर्ने (पापी) हो । जसरी मलीन अन्तःकरण भएको मनुष्यले दुःखमाथि दुःख पाउँछ । त्यस्तै , ऊ दुःखको भागी हुन्छ । ।।३३२।।

श्रुति (वेद वा ईश्वर वचन), स्मृति (ईश्वर वचन नभै मानवनिर्मित रामायण आदि ग्रन्थ), युक्ति (तर्कसंगत) हरूले देह, प्राण, मन, इन्द्रियदेखि लिएर अहंकारपर्यन्तका सम्पूर्ण वस्तु अनात्मा हुन्, मिथ्या हुन्, भ्रम हुन् । यी वस्तुहरूमा आत्मबुद्धि गर्नु हुँदैन भनेर निषेध गर्दागर्दै यदि कोही तमोगुणी अल्पबुद्धि पुरुष यी शास्त्र वचनहरूलाई कुल्चिएर जगत् दृष्य, देहमा आत्(मबुद्धि गरी जीवनमा वासनामय कर्महरू गर्दछ भने त्यो शास्त्र निषेधित कर्म गर्ने पापी हो । जगत्का रागपूर्ण दृश्यहरूमा आकर्षित भई वासना प्राप्तिका कर्महरू गर्ने मनुष्यले दुःखमाथि दुःख पाई नष्ट हुने निश्चित छ ।

सत्याभिसन्धानरतो विमुक्तो महत्त्वमात्मीयमुपैति नित्यम् । मिथ्याभिसन्धानरतस्तु नश्येद् दृष्टं तदेतद्यदचोरचोरयोः ।।३३३।।

सत्य परमात्माको अनुसन्धानमा निरत (अनुसन्धानरत्) पुरुष मुक्त भएर नित्य आत्मिक महङ्खव (शुद्ध अन्तःकरण) लाई प्राप्त गर्दछ । मिथ्या वस्तुमा निरत रहने मनुष्य नष्ट हुन्छ । साधु र चोरको विषयमा (छान्दोग्य उपनिषदमा) यो दृष्टान्त देखिएको छ । ।।३३३।। महङ्खव

जो मुमुक्षु परमात्माको अनुसन्धानमा निरन्तर लागिरहेको छ । आत्मसाक्षात्कारद्वारा ब्रह्मसँग एकाकार हुन साधनारत् छ । त्यो पुरुषले कालान्तरमा आत्मज्ञान प्राप्त गरी आफ्नो वास्तविक स्वरूप–रूप आत्मिक महङ्खव वा निर्विकार अन्तःकरणलाई प्राप्त गर्दछ । जो पुरुष जगत्का अनित्य वस्तुहरू जस्तैः इन्द्रिय, भोग, धन, सम्मानको निरन्तर चिन्तन गरी ती वस्तुहरू प्राप्त गर्न प्रयत्न गर्दछ भने विषय–चिन्तनले वासना क्रिया, वासना क्रियाले बन्धन, बन्धनले दुःखपूर्ण जगत् वा भवसागर प्राप्त गरी वासनाको सागरमा डुब्दै–उत्रदै नष्ट हुन्छ । साधु र चोरको जीवनमा कर्म परिणतीको रूपमा तिनीहरूले जे जे प्राप्त गर्दछन् त्यो परिणामप्रति दृष्टि दिँदा यो स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 817 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 683 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 818 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 644 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1430 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 678 0
सङ्खवगुण 1/15/2023 773 0
कारण शरीर 1/15/2023 910 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 944 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 692 0
अन्नमय कोश 1/15/2023 772 0
प्राणमय कोश 1/15/2023 784 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 615 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 953 0
महावाक्य – विचार 1/15/2023 852 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 728 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0