आत्म निष्ठाबाट सर्वात्मभाव

0 टिप्पणीहरू 756 आगन्तुकहरू

(मुक्तको स्वरूपको वर्णन गरिन्छ)

सत्यं ज्ञानमनन्तं ब्रह्म विशुद्धं परं स्वतःसिद्धम् ।
नित्यानन्दैकरसं प्रत्यगभिन्नं निरन्तरं जयति ।।२२७।।
अन्तर्बहिः स्वं स्थिरज·मेषु ज्ञानात्मनाधारतया विलोक्य । त्यक्(त्वाखिलोपाधिरखण्डरूपः पूर्णात्मना यः स्थित एष मुक्तः ।।३३९।।

जो सम्पूर्ण स्थावरजंगम (समस्त चराचर जगत्) पदार्थहरूको भित्र र बाहिर, ज्ञानस्वरूप सम्पूर्ण (जगत्वस्तु) अधिष्ठानरूप स्वयंको अवस्थालाई साक्षात्कार गरेरसम्पूर्ण उपाधिलाई छोडेर अखण्ड र पूर्णरूपमा स्थित छ । त्यो नै मुक्त हो ।।।३३९।।

मुक्त के हो ? यो श्लोकमा भनिएको छ की, मुक्त पुरुष त्यो हो जो सम्पूर्ण चराचर जगत्, ब्रह्माण्ड, देहादि जति पनि सम्पूर्ण पदार्थहरू छन् ती सम्पूर्ण पदार्थहरूको भित्र र बाहिर (सबैतिर) उपस्थित, नित्य ज्ञानस्वरूप, यो चराचर जगत् ब्रह्माण्डको अधिष्ठान जुन स्वयंको आत्मा हो । जसले चित्तका सम्र्पूण उपाधिहरूलाई नष्ट गरेर स्वयंको आत्मालाई, प्राप्त गरेको छ । अनि ‘म ब्रह्महुँ’ भन्ने पूर्णअखण्ड अनुभूतिमा स्थित छ । त्यो नै मुक्त पुरुष हो ।

सर्वात्मना बन्धविमुक्तिहेतुः सर्वात्मभावान्नपरोऽस्ति कश्चित् ।
दृश्याग्रहे सत्युपपद्यतेऽसौ सर्वात्मभावोऽस्य सदात्मनिष्ठया ।।३४०।।

सम्पूर्ण प्रकारका बन्धनहरूबाट छुटेर मुक्त हुनको लागि सर्वात्मभाव (सबैलाई आत्मारूप देख्नु) भन्दा ठूलो (उपाय) अरू केही छैन । यो सर्वात्मभाव, नित्य आत्मनिष्ठामा रहँदा दृश्य पदार्थ (वाध) त्याग हुन गई प्राप्त हुन्छ । ।।३४०।।

समस्त जीव, जगत्लाई स्वयंको आत्मासँग अभिन्न मान्नु सम्पूर्ण जीव एउटै आत्मा हुन भनेर जान्नु सर्वात्मभाव हो । जान्नुको अर्थ मात्र शाब्दिक उच्चारण (बुद्धिको स्तरमा) मात्र नभई, अनुभूतिमा जान्नु बुझ्नु भन्ने अर्थ राख्दछ । जगत्का सम्पूर्ण जीव एउटै हुन भन्ने सर्वात्मभावको अनुभूति त्यो अवस्थामा प्राप्त हुन्छ, जब पुरुषले आत्मसाक्षात्कार प्राप्त गरी नित्य आत्मनिष्ठामा स्थित रहन्छ ।

दृश्यस्याग्रहणं कथं नु घटते देहात्मना तिष्ठतो ।
बाह्यार्थानुभवप्रसक्तमनसः तत्तत्क्रियां कुर्वतः ।
संन्यस्ताखिलधर्मकर्मविषयैर्नित्यात्मनिष्ठापरैः
तङ्खवज्ञैः करणीयमात्मनि सदानन्देच्छुभिर्यत्नतः ।।३४१।।

जो देहात्मबुद्धिमा स्थिर भएर बाहिरी पदार्थहरूको मनमा आसत्ती राखेर त्यसैमा निरन्तर लागिरहन्छ, उसलाई दृश्य अप्रतिति कसरी हुन्छ ? त्यसैले नित्यानन्दको इच्छुक तङ्खवज्ञ, पुरुष सम्पूर्ण धर्म, कर्म र विषयलाई त्याग गरेर आत्मा निष्ठामा तत्पर रहि प्रतीत दृष्य प्रपञ्चलाई यत्नपूर्वक वाध (निषेध) गर्नु पर्दछ ।।।३४१।।

अज्ञानी पुरुष देहात्म बुद्धिमा स्थित भएर सांसारिक पदार्थहरूको प्राप्ति र भोगको चिन्तन गर्दछ अनि ती वस्तुहरूको प्राप्तिको लागि प्रयास गर्दछ भने, उसलाई सांसारिक वस्तुहरू प्राप्त हुन्छ । कर्मफल परिणाम स्वरूप बन्धन अनि जन्म–मरण प्राप्त हुन्छ । त्यो पुरुषलाई कसरी बन्धनयुक्त अवस्था वा (जगत्दृष्य अप्रितीति) प्राप्त हुनसक्छ ? सक्दैन । जगत्मा कर्म अनुसार नै कर्मफल, प्राप्त हुने हुनाले विपरित कर्मफल प्राप्त हुन सक्दैन ।

बाह्य वस्तुको आसक्तिले मोक्ष असम्भव भएकोले आत्मा साक्षात्कार गरी नित्य आनन्द पाउन इच्छुक तङ्खव जिज्ञासु पुरुषहरूले सम्पूर्ण धर्म (कर्मकाण्डीय पूजा आदि) लौकिक कर्म, (लोककर्म) र विषय चिन्तनलाई चटक्कै त्यागेर साधन चतुष्टयको मार्गद्वारा आत्म निष्ठामा तत्पर हुँदै प्रतीत जगत् दृश्य प्रपञ्चलाई युक्तिपूर्वक निषेध गर्नु पर्दछ ।

सार्वात्म्यसिद्धये भिक्षोः कृतश्रवणकर्मणः ।
समाधिं विदधात्येषा शान्तो दान्त इति श्रुतिः ।।३४२।।

वेदान्तको श्रवण गरिसकेको भिक्षुकोलागि सर्वात्म सिद्धिको निमित्त श्रुति (वेद) ले शान्तो दान्तको विधान गरेको छ । ।।३४२।।

“शान्तो दान्त उपरतस्तितिक्षुःसमाहितोभुत्वाङङत्मवात्माने” (वृहदारण्यकोपनिषद ४÷४÷२३ अर्थात् आत्मज्ञ पुरुष शान्त (शमयुक्त – श्लोक २२), दान्त (दमयुक्त –श्लोक २३,२४) उपरती (श्लोक २४) तितिक्षा (श्लोक २५) र समाहित भएर आत्मामा नै आत्मालाई देख्नु पर्दछ । अर्थात्, यो श्लोकमा भनिएको छ की मोक्ष आभिलाशी साधक भिक्षु सद्गुरूबाट वेदान्त (मोक्षज्ञान) श्रवण प्राप्त गरिसकेपछि कैवल्यरूपी सर्वआत्म भाव प्राप्त गर्न समयुक्त, दमयुक्त, तितिक्षापूर्ण, उपरत्तिपूर्ण अवस्था प्राप्त गरी समाधिमा स्थित रही सम्पूर्ण बाह्यवृत्तिलाई त्याग गरी निरन्तर आत्म चिन्तन गर्नु पर्दछ ।

आरूढशक्तेरहमो विनाशः कर्तुंन शक्यः सहसापि पण्डितैः । योनिर्विकल्पाख्यसमाधिनिश्चलाः तानन्तराऽनन्तभवा हि वासनाः ।।३४३।।

जो पुरुष निर्विकल्प समाधिमा स्थित भएका छन् उनीहरूको अतिरित्त यो अति वलवान अहंकारलाई पण्डितहरूले पनि सहजै नाश गर्न सक्दैनन् किनकि यी वासनाहरू अनन्त जन्मदेखि निर्माण भएको छ । ।।३४३।।
बन्धनको मूलकारण (वा मोक्ष प्राप्तिको प्रमुख वाधक) यो वलवान देह अहंकार अनादि (अन्नत जन्मदेखी निर्माण भएकोले शास्त्रज्ञाता पण्डितहरूले पनि सहजै नाश गर्न सक्दैनन् । अहंकाररूपी वासना सतही साधनाले मेटाउन सकिँदैन । निर्विकल्प समाधिमा स्थित आत्मज्ञानी पुरुषले मात्र यो अहंकारलाई नष्ट गर्न सक्दछन् । प्रश्न उठ्दछ की निर्विकल्प समाधि के हो ?

समाधिलाई “सविकल्प समाधि” र “निर्विकल्प समाधि” गरि दुई भागमा बाँडिएको छ । समाधिका तीन तङ्खव द्रष्टा (ज्ञाता) दृष्टी (ज्ञान), दृश्य (ज्ञेय) । जसलाई त्रिपुटी भनिन्छ । ‘सविकल्प समाधि’मा ज्ञाता, ज्ञान र ज्ञेय पूर्णरूपमा विलय नभई ज्ञेय (लक्ष्य वा परमात्मा) को प्रतीति भइरहन्छ । ब्रह्मा (परमात्मा) को नाम, रूप र ज्ञान (बोध) रहिरहन्छ । द्वैतसत्ता रहिरन्छ । निर्विकल्प समाधिमा यो त्रीपुटी स्थिति मेटीई मात्र ‘म ब्रह्मा हुँ’ भन्ने बोध रहन्छ । वलवान अनादि अहंकार निर्विकल्प समाधिमा स्थित मुक्त पुरुषमा मात्र नष्ट हुन्छ । द्वैतभावसविकल्प समाधिको स्थितिसम्म) यो रहिरहन्छ ।

अहंबुद्ध्यैव मोहीनया योजयित्वावृतेर्बलात् ।
विक्षेपशक्तिः पुरुषं विक्षेपयति तद्गुणैः ।।३४४।।

वृद्धिलाई मोहित गर्ने अहंबुद्धिसँग आफ्नो आवरण शक्तिको वलमा पुरुषको भेट गराएर विक्षेप शक्तिले अहम् बुद्धिका गुणबाट पुरुषलाई विक्षिप्त गराउँछ । ।।३४४।।

जबसम्म मनुष्यमा अहंबुद्धि (अज्ञानरूपी देहभिमान) रहन्छ । त्यो अवस्थामा आत्माको स्वरूप तिरोहित (अदृश्य) हुन जान्छ । त्यो अवस्थामा रजोगुणीय विपेक्ष शक्ति, तमोगुणीय आवरण शक्तिको आडमा काम, क्रोध आदि वृत्तिहरूको सिर्जना गरेर पुरुषलाई विक्षिप्त गराउँदछ । देहबुद्धि भएको तमोगुणी पुरुषमा विक्षेप शक्तिले क्रियाहरू उत्पन्न गराएर उसलाई विक्षिप्त गराउँदछ । श्लोक ११३,११४,११५ पनि हेर्नुहोस् ।

विक्षेपशक्तिबीजयो विषमो विधातुं निःशेषमावरणशक्तिनिवृत्त्यभावे ।
दृग्दृश्ययोः स्फुटपयोजलवद्विभागे नश्येत्तदावरणमात्मनि च स्वभावात् । निःसंशयेन भवति प्रतिबन्धशून्यो निक्षेपणं न हि तदा यदि चेन्मृषार्थे ।।३४५।।

पूर्णरूपमा आवरणशक्तिको निवृत्तको अभावमा विक्षेपशक्ति माथि बीजय प्राप्त गर्न कठीन छ । दुध र पानी जस्तो दृश्य (आत्मा, अनात्मा) लाई स्पष्ट छुट्याई दिएपछि आत्मामा अध्यस्त यो आवरण अनायास नष्टहुन्छ । त्यसपछि यदि मिथ्या पदार्थमा मन संलग्न भएन भने विक्षेपशक्ति माथि विजय प्राप्त निःसंंशय हुन जान्छ (निश्चित रूपमा प्राप्त हुन्छ) । ।।३४५।।

जबसम्म साधकमा तमोगुण (अज्ञान, मुढता आदि) को आवरण शक्ति रहिरहन्छ, त्यस्तो अवस्थामा रजोगुणको विक्षेपशक्ति माथि बीजय प्राप्त गर्न असम्भव छ (श्लोक ११३,११४,११५, ११६,११७ पनि हेर्नुहोस्) । जब विवेकरूपी तलवारद्वारा आत्मा अनात्मलाई छुट्याई अनात्म तङ्खवलाई नष्ट गर्दै गयो भने, दृष्टा र दृश्य (आत्मा, अनात्मा) स्पष्ट रूपमा छुट्टिीन गई आत्मामा अध्यस्त (आरोपित) यो तमोगुणरूपी आवरण नष्ट हुन्छ । जब तमोगुणको आवरण शक्ति नष्ट हुन्छ, त्यो अवस्थामा साधकले साधनालाई निरन्तरता दिई आदि मिथ्या पदार्थबाट मनलाई असंलग्न गरायो भने रजोगुणको विक्षेप शक्तिरूप काम, क्रोध, लोभ, मोहमाथि विजय प्राप्त हुन्छ ।

सारांशमा तमोगुण (मुढता, अज्ञान आदि) रहेसम्म रजोगुण (काम, क्रोध आदि) क्रिया हटाउन सकिँदैन । तमोगुण रहेसम्म पुरुषलाई अभावना, विपरित भावना, असम्भावना र विप्रति यी चारदोषले छोड्दैन । जब तमोगुण नष्ट हुन्छ, रजोगुणमा विजय सम्भव छ ।

सम्यग्विवेकः स्फुटबोधजन्यो विभज्य दृग्दृश्यपदार्थतङ्खवम् ।
छिनत्ति मायाकृतमोहबन्धं यस्माद्विमुक्तस्य पुनर्न संसृतिः ।।३४६।

(आत्मा, अनात्मा) को पृथक्बोधबाट उत्पन्न सम्यक् विवेकले दृष्टा तथा दृश्य पदार्थलाई छुट्याएर मायाजनित मोहबन्धनलाई काटिदिन्छ । जसबाट मुक्त भएको पुरुषलाई पुनः (जन्म मरणरूप) संसार प्राप्त हुँदैन । ।।३४६।।

ब्रह्मसत्य, जगत्् मिथ्या हो । यसको पूर्णअनुभूति नै सम्यक् विवेक हो । जब विवेकरूपी तलवारद्वारा सत्, असत्, वस्तु भेद छुट्याउँदै असतलाई नष्ट गर्दै जाँदा साधक त्यो स्थितिमा पुग्दछ जहाँ असत् सत्ता नष्ट भई ब्रह्म सत्य हो, जगत् मिथ्या हो भन्ने सम्यक् विवेक वा पूर्ण अनुभूति प्राप्त हुन जान्छ ।

जब सम्यक् विवेक प्राप्त हुन्छ, त्यो अवस्थामा जगत् दृश्य मिथ्या हो भन्ने पूर्ण बोध हुने भएकोले दृश्य पदार्थ वा मायाजनित मोहबन्धन नष्ट हुन पुग्दछ । जसको फलस्वरूप अज्ञान मूलसहित नष्ट हुनपुग्दछ । जब अज्ञान नष्ट हुन्छ जन्म मरणरूप संसार समाप्त हुन्छ ।

परावरैकत्वविवेकवहीनर्दहत्यविद्यागहनं ह्यशेषम् ।
किं स्यात्पुनः संसरणस्य बीजमद्वैतभावं समुपेयुषोऽस्य ।।३४७।।

परमात्मा र जीवको एकत्वज्ञानरूप अग्निले अविद्यारूपी वनलाई पूर्णरूपमा जलाइदिन्छ । (अविद्या सम्पूर्णरूपमा नष्ट भएपछि) अद्वैत भाव प्राप्त पुरुषलाई संसारप्राप्तिको कारण के बाँकी रहन्छ ?।।३४७।।

परमात्मा र जीव एकै हुन भन्ने सम्यक् विवेक ज्ञानरूप अग्नि हो । जब परमात्मा र जीव एकै हुन भन्ने सम्यक् विवेक ज्ञान प्राप्त हुन्छ । त्यो अवस्थामा अविद्या पूर्णरूपमा जलेर खरानी हुन्छ । जब अविद्या पूर्णरूपमा नष्ट भएर पुरुषले परमात्मा र जीव एकै रहेछन् भन्ने अद्वैत भाव प्राप्त गर्दछ, द्वैतभाव समाप्त भएको त्यो स्थितिमा संसार प्राप्तिको कारण के रहन्छ ?

आवरणस्य निवृत्तिर्भवति च सम्यक्पदार्थदर्शनतः । मिथ्याज्ञानविनाशस्तद्वद्विक्षेपजनितदुःखनिवृत्तिः ।।३४८।।

आत्मवस्तुको सम्यक् दर्शन (साक्षात्कार) भएपछि आवरण निवृत्त (नष्ट) हुन्छ मिथ्या ज्ञानको पनि विनाश हुन्छ, विक्षेपबाट उत्पन्न दुःखको पनि निवृत्ति हुन्छ । ।।३४८।।

तमोगुणको आवरण शक्ति र रजोगुणको विक्षेण शक्तिका कारण पुरुषलाई बन्धनप्राप्त हुन्छ भनि विविध श्लोकहरू(११३ वाट ११८) मा व्याख्या गरिसकिएको छ । विवेक, वैराग्य आदि साधनहरूद्वारा जब आवरण र विक्षेप शक्ति नष्ट भई मनुष्यलाई आत्मसाक्षात्कार प्राप्त हुन्छ, त्यो अवस्थामा चित्तमा आरोपित मिथ्या देहबुद्धिरूपी ज्ञानको पनि विनाश हुन्छ । जब मिथ्याज्ञान नष्ट हुन्छ, कर्ता र भोक्ता आदि भावनष्ट हुन्छ, त्यो अवस्थामा विक्षेपबाट उत्पन्न काम, क्रोध, लोभ, दम्भ, अभिमान आदि दुःखहरूको पनि निवृत्ति हुन्छ ।

एतत्त्रितयं दृष्टं सम्यग्रज्जुस्वरूपविज्ञानात् ।
तस्माद्वस्तुसतङ्खवं ज्ञातव्यं बन्धमुक्तये विदुषा ।।३४९।।

डोरीको स्वरूपको यथार्थ ज्ञान हुनेवित्तिकै (आवरण, भ्रान्ति, विक्षेप जनित दुःख) यी तीन निवृत्त भएको देखिएको छ । यसैले विद्वान् पुरुषले मुक्तिको लागि आत्मतङ्खवको ज्ञान प्राप्त गर्नु पर्दछ । ।।३४९।।

साँझपख अँध्यारोमा जब डोरी सर्पझैं प्रतित हुन्छ । त्यो अवस्थामा डोरीलाई सर्प मान्दा मनुष्यलाई कम्पन, भय आदि रूप दुःख प्राप्त हुन्छ । तर जबडोरीमा प्रकाश परि डोरीको यथार्थ स्वरूप बोध हुन्छ । त्यो अवस्थामा सम्यक् बोधको कारणले गर्दा डोरीमा प्रतीति भएको सर्प भ्रान्तिले सिर्जित भएका भय, कम्पन आदि यी वस्तु नष्ट हुन्छन् । त्यस्तै यथार्थमा मनुष्य आत्मा हो । तर अज्ञानको उपस्थितिमा स्व–स्वरूपको ज्ञान प्राप्त नहुँदा मनुष्यले स्वयंलाई शरीर मानेको छ । यही भ्रान्तिले मनुष्यले विपेक्षजनित दुःख प्राप्त गरेको छ । प्रकाशको उपस्थितिले डोरीको वास्तविक स्वरूप प्रकट हुँदा आवरण, मिथ्याज्ञान, विक्षेप जनित (तीन) दुःख नाश भएझैं मनुष्यले पनि जब आत्मज्ञान प्राप्त गरि स्व–स्वरूप
(आत्मा) लाई चिन्दछ त्यो अवस्थामा यी तीन नष्ट हुन्छन् ।

अयोऽग्नियोगादिव सत्समन्वयामात्रादिरूपेण विजृम्भते धीः ।
तत्कार्यमेतत्त्रितयं यतो मृषा दृष्टं भ्रमस्वप्नमनोरथेषु ।।३५०।।

अग्नि संयोगबाट फलाम अग्निरूप भासवान भएझैं, आत्माको संयोगबाट बुद्धि नाना प्रकारका विषयहरूमा प्रकाशित हुन्छ । यो द्वैत आभास बुद्धिको कार्य हो। यसैले मिथ्या हो किनभने भ्रम, स्वप्न, मनोरथको समयमा यसको प्रतीतिको मिथ्यात्व स्पष्ट रूपमा देखिन्छ । ।।३५०।।

जसरी अग्निको सम्पर्कमा आएको फलामले अग्निकै गुण, धर्म ग्रहण गरेर भासवान हुन्छ । त्यस्तै जडप्रकृतिको बुद्धि पनि सत् आत्माको संयोग पाएर आत्मा झैं चेतनामय भएर विभिन्न विषयमा भासवान् प्रकाशित हुन्छ । यथार्थतामा जगत्मा त ब्रह्मभन्दा अन्य केही छैन । तर अविद्या बुद्धिको कारण जगत्मा विभिन्न प्रकारका पदार्थहरू वा द्वैत सत्ताको आभास हुन्छ । बुद्धिका कारणले सिर्जना हुने भ्रम (जस्तैः डोरीलाई सर्प देख्नु), सपना, मनका कल्पना यी सम्पूर्ण असत् सत्ता हुन । त्यसैले चेतन आत्माको सम्पर्कबाट चेतनायुक्त भएर बुद्धिद्वारा गरिने सम्पूर्ण कार्यहरू भ्रम, सपना वा मनको कल्पना झैं मिथ्या हुन् ।

ततो विकाराः प्रकृतेरहंमुखा देहावसाना विषयाश्च सर्वे । क्षणेऽन्यथाभावितयाह्यमीषामसङ्खवमात्मा तु कदापि नान्यथा ।।३५१।।

बुद्धिको कार्य मिथ्या भएकोले अहंकारदेखि लिएर देहसम्म प्रकृतिका विकार र सम्पूर्ण शब्द आदि विषय प्रतिक्षण बदलिरहन्छन् । यो आत्मा न उत्पन्न हुन्छ, न नष्ट हुन्छ, तथा न अन्यथा (परिवर्तन) नै हुन्छ । ।।३५१।।

जडबुद्धि आत्मा सम्पर्कको कारणले भासवान हुन्छ । बुद्धिको कारणले जन्मने भ्रमहरू, मनका कल्पनाहरू, सपनाहरू आदि सम्पूर्ण मिथ्या हुन् भनेर अघिल्लो श्लोकमा भनिसकिएको थियो । यो श्लोकमा भनिएको छ की बुद्धि मिथ्या भएकोले बुद्धिका कार्यहरू पनि मिथ्या हुन् । यसैले बुद्धिको कारण सिर्जना हुने (वा बुद्धिको कार्य) अहंकारदेखि लिएर देहसम्म प्रकृतिका जति विकारहरू छन्, जुन क्षण–क्षणमा बदलिरहन्छन् । यी प्रतिक्षण वदलिरहने हुनाले मिथ्या हुन् । यसको विपरित आत्मा न त परिवर्तनशील छ । न त उत्पन्न हुन्छ । न त नष्ट हुन्छ ।

नित्याद्वयाखण्डचिदेकरूपो बुद्ध्यादिसाक्षी सदसद्विलक्षणः ।
अहंपदप्रत्ययलक्षितार्थः प्रत्यक् सदानन्दघनः परात्मा ।।३५२।।

परमात्मा नित्य, अद्वय, अखण्ड, ज्ञानस्वरूप, बुद्धिको साक्षी, सत असतबाट भिन्न, अहंम् पदको प्रतीतिबाट लक्षित, प्रत्यक (अन्तर्तम) र सदा आनन्द स्वरूप छ । ।।३५२।।

यो श्लोकमा मुख्य आत्माको स्वरूपको बारेमा व्याख्या गरिएको छ । भनिएको छ की, परमात्मा आदि र अन्तरहित भएकोले नित्य,द्वैतको अभाव भएकोले अद्वय अनि अद्वैय भएकोले अखण्ड, स्वरूपले बोधपूर्ण ज्ञानस्वरूप, असँग, बोधपूर्ण स्वभावले गर्दा बुद्धि आदिको साक्षी, कार्य र कारण सत असतबाट पृथक्, दुःख अहंकार आदिबाट विलक्षण, सम्पूर्ण विषय जान्ने भएकोले प्रत्येक र सदा आनन्द स्वरूप छ ।

इत्थं विपश्चित् सदसद्विभज्य निश्चित्य तङ्खवं निजबोधदृष्ट्या ।
ज्ञात्वा स्वमात्मानमखण्डबोधं तेभ्यो विमुक्तः स्वयमेव शाम्यति ।।३५३।।

यसप्रकार विद्वान् सत् र असत्लाई (छुट्याएर) ज्ञानदृष्टिद्वारा निश्चय गरेर अखण्ड ज्ञान स्वरूप स्वयंको आत्मालार्ई चिनेर (सम्पूर्ण) अनात्म पदार्थबाट मुक्त भएर स्वयं शान्त हुन्छन् । ।।३५३।।

शास्त्र ज्ञाता, मोक्ष अभिलाषी, विशिष्ट वौद्धिक क्षमता भएका विद्वान्हरू, जीवन पर्यन्त स्वयंलाई देह मान्दै, इन्द्रियका वासना तृप्ति भोगमा जीवनलाई नष्ट गर्दैनन् । तिनीहरू ज्ञान दृष्टिद्वारा सत् तङ्खव र असत् तङ्खवलाई निश्चय गरेर मिथ्यापूर्ण असत् तङ्खवलाई त्याग गर्दै, आत्मज्ञान प्राप्त गर्दछन् । सम्पूर्ण अनात्म पदार्थको आकर्षणबाट मुक्त भएर अखण्ड ज्ञानस्वरूप ब्रह्ममा स्थिर भई शान्त हुन्छन् । ती जीवन पर्यन्त वासना चिन्तन, चिन्ता र तृप्तिमा अस्थिर हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 840 0
मंगलाचरण 1/15/2023 819 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 964 0
विचारको महङ्खव 1/15/2023 683 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1835 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 939 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 667 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 822 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 924 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 648 0
अहंकार 1/15/2023 751 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1432 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 680 0
सङ्खवगुण 1/15/2023 775 0
कारण शरीर 1/15/2023 912 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 946 0
आवरण र विक्षेपशक्ति 1/15/2023 896 0
बन्ध निरूपण 1/15/2023 694 0
अन्नमय कोश 1/15/2023 774 0
प्राणमय कोश 1/15/2023 788 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 859 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 679 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 617 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 955 0
महावाक्य – विचार 1/15/2023 854 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 784 0
अविद्याको स्थिति 1/15/2023 770 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 842 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 784 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 758 0
आत्म चिन्तनको उपदेश 1/15/2023 692 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 730 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1788 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36462 0