ध्यान विधि

0 टिप्पणीहरू 627 आगन्तुकहरू

ध्यान कसरी गर्नु पर्दछ ? ध्यान विधिको व्याख्या गरिएको छ ।

लक्ष्ये ब्रह्मणि मानसं दृढतरं संस्थाप्य बाह्येन्द्रियं
स्वस्थाने विनिवेश्य निश्चलतनुश्चोपेक्ष्य देहस्थितिम् ।
ब्रह्मात्मैक्यमुपेत्य तन्मयतया चाखण्डवृत्त्यानिशं
ब्रह्मानन्दरसं पिबात्मनि मुदा शून्यैः किमन्यैर्भ्रमैः ।।३७९।।

शरीरको स्थितिप्रति ध्यान नदिएर, शरीरलाई स्थिर राखेर, बाह्य इन्द्रियलाई आ–आफ्नो गोलकमा स्थापित गरेर, चित्तलाई उसको लक्ष्य ब्रह्मामा दृढतापूर्वक स्थिर गरेर, जीव र ब्रह्म एकताको साक्षात्कार गर्दै निरन्तर अखण्डवृत्तिबाट आत्मामा आनन्दपूर्वक ब्रह्मानन्द रसलाई प्रेमपूर्वक पान (सेवन) गर । अन्य अनात्म भ्रान्तिहरूबाट के लाभ छ ? ।।३७९।।

आदिगुरू यो श्लोकमा भन्नुहुन्छ – हे शिष्य ! तिमी शरीरलाई हलचल नगरी शरीर, इन्द्रिय, मन आदिको स्थितिप्रति पटक्कै ध्यान नदिइकन कर्मेन्द्रिय र ज्ञानेन्द्रीयहरूलाई उनका विषयहरूबाट हटाएर आ–आफ्ना गोलकमा स्थिर गरेर (दम, श्लोक २३ हेर्नुहोस्), चित्तलाई उसको लक्ष्य सत् (चेत, आनन्द) अद्वितीयरूपी ब्रह्म वा ब्रह्मचिन्तनमा लगाई जीव र ब्रह्म एकताको बोध गर्दै नित्य आत्मचिन्तनद्वारा आनन्दमय ब्रह्मरसलाई सेवन गरी परम्शान्ति प्राप्त गरी आनन्दपूर्वक जीवन व्यतित गर । यो अनात्म वस्तु क्षणिक अनित्य सुखदायी भ्रान्तिको पछाडि दौडिएर के लाभ छ र ? मात्र व्यथा छ । बन्धन छ ।

अनात्मचिन्तनं त्यक्त्वा कश्मलं दुःखकारणम् ।
चिन्तयात्मानमानन्दरूपं यन्मुक्तिकारणम् ।।३८०।।

मलीन र दुःखको कारण अनात्म चिन्तनलाई छोडेर साक्षात् मुक्तिको कारण छ यस्तो आनन्दस्वरूप आत्माको चिन्तन गर ।।।३८०।।

तिमी मलीन (मन) अनि जीवनका दुःखको कारण जगत्का अनात्म वस्तुहरूप्रतिको राग, चिन्तन आदिलाई छोडिदेउ । जबसम्म तिमी यो जगत्का अनात्म वस्तुको चिन्तन गरिरहने छौ । तिमीलाई दुःख, चिन्ता, उपाधिहरू प्राप्त भइरहने छ । यो स्थितिमा मन नित्य खुसी र प्रसन्न रहन सक्दैन । त्यसैले यो दुःख–व्यथाको कारण अनात्म चिन्तनलाई छोडेर मनलाई आत्मास्वरूपको चिन्तनमा प्रवृत्त गराउ । अनात्म चिन्तन (विवेक), वासना त्याग (वैराग्य) र नित्य ब्रह्म चिन्तनले तिमीलाई साक्षात् मुक्तिको शिखरसम्म पु¥याउनेछ । तिमी मुक्तिको मार्ग रोज । आत्मा चिन्तनमा लीन बन ।

एष स्वयंज्योतिरशेषसाक्षी विज्ञानकोशे विलसत्यजस्रम् ।
लक्ष्यं विधायैनमसद्विलक्षणम् अखण्डवृत्त्यात्मतयानुभावय ।।३८१।।

यो स्वयंप्रकाश परमात्मा, सम्पूर्णको साक्षी भई विज्ञानमय कोशमा स्थित छ । असत्् पदार्थबाट विलक्षण (पृथक््) यो परमात्मालाई नित्य लक्ष्य बनाएर अखण्डवृत्तिद्वारा आत्मरूप सम्झी अनुभव गर । ।।३८१।।

आफ्नै प्रकाशले प्रकाशित भएकाले स्वप्रकाश, सम्पूर्णबाट अलग भएकाले असङ्ग, चेतरूप हुनाले साक्षी, यो आत्मा विज्ञानमय (पाँच ज्ञानेन्द्रिय र वृत्तियुक्त बुद्धि) मिलेर सिर्जित कोश (श्लोक १८६ हेर्नुहोस्) मा स्थित छ । स्वयं सत् तङ्खव भएकाले असत् पदार्थबाट पृथक्् परमात्मालाई नित्य लक्ष्य बनाएर, त्यही लक्ष्यमा मनलाई स्थापित गरेर, अन्य सांसारिक वृत्तिबाट रहित भएर अखण्ड (परमात्मा) वृत्तिद्वारा आफ्नै आत्मामा स्थित यो परमात्मा तङ्खवको अनुभव गर ।

एतमच्छिन्नया वृत्त्या प्रत्ययान्तरशून्यया ।
उल्लेखयन् विजानीयात् स्व–स्वरूपतया स्फुटम् ।।३८२।।

अन्य प्रतीतिबाट रहित अखण्डवृत्तिद्वारा यो परमात्माको चिन्तन गर्दै स्वयंको आत्मस्वरूपलाई स्पष्ट साक्षात्कार गर । ।।३८२।।

मन जब विषयमा आशक्त हुन्छ तब बाह्यवस्तु प्रतीतिले गर्दा आत्मस्वरूप अनुभूति प्राप्त हुन सक्दैन । यसकारण अन्य बिजातीय जगत्् दृश्य प्रतीतिरहित शुद्ध अखण्डवृत्तिद्वारा नित्य आत्माको चिन्तन गर्दै स्वयंमको आत्मस्वरूप (आत्मा), जुन तिमीभित्र छ, त्यसको स्पष्ट साक्षात्कार वा अनुभूति गर । शुद्ध चित्तद्वारा नित्य आत्मचिन्तन गरी स्वयंभित्र स्थित आत्मालाई स्पष्ट साक्षात्कार गर ।

अत्रात्मत्वं दृढीकुर्वन्नहमादिषु सन्त्यजन् ।
उदासीनतया तेषु तिष्ठेद् घटपटादिवत् ।।३८३।।

यो परमात्मामा आत्मभावलाई दृढ गर्दै अहंकार आत्मबुद्धि छोड्दै शरीरबाट भिन्न घडा, वस्त्र आदि समान अहंकार आदि विषयमा उदासिन भाव गर । ।।३८३।।

मोक्ष प्राप्तिलाई जीवनको एकमात्र लक्ष्य बनाएका मुमुक्षुहरूले परमात्मामा आत्मभावलाई दृढ गर्दै यो अनन्त, नित्य, शाश्वत् अजर, अमर, परम्तङ्खव म हँु । यो मेरो वास्तविक स्वरूप हो । म मन, प्राण, बुद्धि, शरीर आदि अनित्य क्षणिक परिवर्तशील वस्तुभन्दा नितान्त पृथक्् नित्य ब्रह्मतङ्खव हुँ भन्ने भावलाई सघन बनाउँदै जानुपर्छ ।

जसरी मनुष्यले घडा, वस्त्र आदिलाई स्वयंबाट बाह्य पृथक्् पदार्थ ठानेर तिनीहरूको नाश सुरक्षाप्रति जागरूक रहँदैन । उदासीन रहन्छ । त्यस्तै, मुमुक्षुले अहंकार, मोहलाई त्यागेर देहसँग सम्बन्धित वस्तुहरूप्रति वैराग्य भाव दृढ गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 746 0
मंगलाचरण 1/15/2023 725 0
मुक्तिको दुर्लभता 1/15/2023 620 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 882 0
विचारको महङ्खव 1/15/2023 597 0
शिष्य लक्षण 1/15/2023 718 0
साधन–चतुष्टय 1/15/2023 1747 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 706 0
सद्गुरु लक्षण 743 0
शिष्य प्रार्थना 1/15/2023 799 0
गुरु कर्तव्य 1/15/2023 821 0
1/15/2023 589 0
शिष्य प्रशंसा 1/15/2023 644 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 660 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 720 0
अपरोक्षानुभवको आवश्यकता 642 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1051 0
विषयविन्दा 1/15/2023 710 0
देहाशक्तिको निन्दा 1/15/2023 647 0
स्थूल शरीर निन्दा 1/15/2023 832 0
दश इन्द्रियहरू 1/15/2023 1084 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 919 0
पञ्चप्राण 1/15/2023 856 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 897 0
प्राणको धर्म 1/15/2023 560 0
अहंकार 1/15/2023 657 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 542 0
माया वर्णन 1/15/2023 1332 0
रजोगुण 1/15/2023 692 0
तमोगुण 1/15/2023 586 0
सङ्खवगुण 1/15/2023 631 0
कारण शरीर 1/15/2023 824 0
आत्मा–निरूपण 1/15/2023 638 0
अध्यास 1/15/2023 798 0
आवरण र विक्षेपशक्ति 1/15/2023 810 0
बन्ध निरूपण 1/15/2023 608 0
अन्नमय कोश 1/15/2023 642 0
प्राणमय कोश 1/15/2023 684 0
मनोमय कोश 1/15/2023 623 0
विज्ञानमय कोश 1/15/2023 684 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 777 0
आनन्दमय कोश 1/15/2023 546 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 581 0
आत्मस्वरूप निरूपण 1/15/2023 647 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 541 0
जगत्को मिथ्यात्व 1/15/2023 663 0
ब्रह्म निरूपण 1/15/2023 877 0
महावाक्य – विचार 1/15/2023 768 0
ब्रह्मा–भावना 1/15/2023 724 0
वासना त्याग 1/15/2023 749 0
अध्यास निराकरण 1/15/2023 742 0
अहंपदार्थ निरूपण 1/15/2023 632 0
अहंकार – मुख्यवाधा 1/15/2023 554 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 568 0
प्रमाद – निन्दा 1/15/2023 683 0
अविद्याको स्थिति 1/15/2023 664 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 639 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 691 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 754 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 624 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 666 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 633 0
आत्म दृष्टि 1/15/2023 681 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 680 0
आत्म चिन्तनको उपदेश 1/15/2023 590 0
शरीर उपेक्षा 1/15/2023 569 0
आत्मज्ञानको फल 1/15/2023 666 0
जीवनमुक्तको लक्षण 1/15/2023 685 0
प्रारब्ध कर्म विचार 712 0
प्रारब्ध निराकरण 1/15/2023 663 0
नानात्व – निषेध 1/15/2023 715 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 740 0
बोधोपलब्धी 1/15/2023 650 0
शिष्यको अनुभव 1/15/2023 701 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 834 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1043 0
आत्माको अविनाशिता 1/15/2023 1111 0
परमार्थता 1/15/2023 1598 0
शिष्य बिदाइ 1/15/2023 1340 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35860 0