आत्म दृष्टि

0 टिप्पणीहरू 780 आगन्तुकहरू

मोक्ष साधनामा आत्मदृष्टि कस्तो हुनुपर्दछ ?

विशुद्धमन्तःकरणं स्वरूपे निवेश्य साक्षिण्यवबोधमात्रे ।
शनैः शनैर्निश्चलतामुपानयन् पूर्णत्वमेवानुविलोकयेत्ततः ।।३८४।।

विशुद्ध अन्तःकरणलाई केवल ज्ञानस्वरूप, साक्षीरूपी, स्व–स्वरूपमा
स्थापित गरेर विस्तारै निश्चलतालाई प्राप्त गरेर स्वयंलाई पूर्णरूपमा अनुभव गर । ।।३८४।।

साधनाद्वारा रज, तम, सत्लाई नष्ट गरी विशुद्ध भएको अन्तःरकरणलाई स्वयंको स्व–स्वरूप साक्षीरूपी परमात्मामा स्थापित गर । जब आत्मा र ब्रह्म एकताको यो स्थिति प्राप्त हुन्छ वा जब अन्तःरकरणले जगत्सँग सम्बन्ध पूर्णरूपमा छोड्दछ तबपूर्ण मोक्षको स्थिति नभई परमात्मा दर्शनको प्रथम झलक भएकाले निदिध्यासन साधनालाई अझै सघन बनाउँदै परमात्मा तङ्खवमा विलीन हुँदै शान्ति स्थिरता, निश्चलता आदि प्राप्त गर्दै तिमी त्यो विन्दुमा पुग जहाँ ‘म ब्रह्म हुँ’ भन्ने सम्यक् अनुभूति प्राप्त हुनेछ । “म ब्रह्म हुँ”को वास्तविक अनुभूति नै मोक्ष हो । म मनुष्य हुँ । यो अनुभूति बन्धन हो ।

देहेन्द्रियप्राणमनोऽहमादिभिः स्वाज्ञानक्लृप्तैरखिलैरुपाधिभिः । विमुक्तमात्मानमखण्डरूपं पूर्णं महाकाशमिवावलोकयेत् ।।३८५।।

स्वयंको अज्ञानबाट कल्पित देह, इन्द्रिय, प्राण, मन र अहंकार आदि सम्पूर्ण उपाधिरहित अखण्डरूप आत्मालाई महाकाशझैं सर्वत्र परिपूर्ण देख । ।।३८५।।

देह, इन्द्रिय, प्राण, मन, अहंकार आदि सम्पूर्ण आत्माका उपाधिहरू हुन् । अँध्यारो स्थानमा डोरी सर्प प्रतित भएझैं अज्ञानस्व–स्वरूपको अनुभूति नहुँदा भएको भ्रामक अनुभूति हो । यी आरोपित उपाधिहरूसँग आत्माको कुनै सम्बन्ध छैन । त्यसैले तिमी साधनाद्वारा देह, इन्द्रियसँगको सम्बन्ध सम्पूर्ण रूपमा नष्ट गरेर, म यी उपाधिहरूबाट रहित अखण्ड रूप, महाकाशझैं सर्वत्र विस्तारित शुद्ध, व्यापक, आत्मा हुँ, यो भाव ग्रहण गर । तिमी जुन भावलाई सघन बनाउँदछौ, तिमीलाई त्यही भाव प्राप्त हुन्छ ।

घटकलशकुसूलसूचिमुख्यैर्गगनमुपाधिशतैर्विमुक्तमेकम् ।
भवति न विविधं तथैव शुद्धं परमहमादिविमुक्तमेकमेव ।।३८६।।

घडा, कलश, कुशुल (अन्न राख्ने भाँडो) र सुई सयौं उपाधिरहित आकाश जसरी एक हुन्छ, उपाधिका कारण (आकाश) विभिन्न हुँदैन । यसरी नै अहंकार उपाधिहरूरहित शुद्ध परब्रह्म एक हुन्छ । ।।३८६।।

घडा (घैंटो) भित्रको खालि ठाउँको आकाश, घैंटोबाहिरको आकाश, कलशभित्र र बाहिरको आकाश, सानोभन्दा सानो सुईभित्रको खालि ठाउँको आकाश र बाहिरको आकाशमा कुनै प्रकारको भेद छैन । घैंटो, कलश, उपाधिको उपस्थितिको कारण आकाशमा भेदको कल्पना गर्नु अज्ञान हो । अर्थात् उपाधिहरू पृथक् भए पनि आकाश तङ्खवमा कुनै भेद नभएझैं शुद्ध परम्ब्रह्ममा पनि भेद छैन । परब्रह्मतङ्खव सर्वत्र एक छ ।

ब्रह्मादिस्तम्बपर्यन्ता मृषामात्रा उपाधयः ।
ततः पूर्णं स्वमात्मानं पश्येदेकात्मना स्थितम् ।।३८७।।

ब्रह्मा (ब्रह्माजी) देखि लिएर स्तम्ब (सूक्ष्म जीव) सम्म सम्पूर्ण उपाधि मिथ्या हुन् । यो जानेर एकरूपमा स्थित परिपूर्ण आत्मालाई देख÷जान । ।।३८७।।

वेदान्त दर्शनमा अधिष्ठानको अस्तिङ्खवलाई मात्र स्विकारिन्छ । मात्र अद्वैत सत्ता स्वीकार गरिन्छ । आरोपित सम्पूर्ण वस्तुहरू स्वयंमा सत्ता नभई, ब्रह्मसत्तामा भाषित भएकाले तिनीहरू प्रतीति मिथ्या मानिन्छ । स्वयंमा सत्ता नभएका कारण ब्रह्माजी (देवता) देखि, मनुष्यलगायत सम्पूर्ण सूक्ष्म जीवमात्र कल्पित आरोपित उपाधि हुन् । मिथ्या हुन् । यसैले मोक्षका साधकहरूले यस्ता प्रतीतिहरूलाई मिथ्या मानेर अस्वीकार गर्दै नित्य, एकरूप, पूर्ण स्वयंको आत्मालाई साक्षात्कार गर्नुपर्दछ ।

यत्र भ्रान्त्या कल्पितं यद्विवेके तत्तन्मात्रं नैव तस्माद्विभिन्नम् ।
भ्रान्तेर्नाशे भ्रान्तिदृष्टाहितत्वं रज्जुस्तद्वद्विश्वमात्मस्वरूपम् ।।३८८।।

जुन अधिष्ठान (आश्रय स्थल) मा भ्रान्तिको कारण जुन (वस्तुको) कल्पना हुन जान्छ, विवेक (ज्ञान) प्राप्त भएपछि त्यो अधिष्ठान हुनजान्छ । ऊ (अधिष्ठान) बाट भिन्न हुँदैन । जसरी भ्रान्ति नष्ट भएपछि भ्रान्तिको कारण प्रतीति हुने सर्प, डोरी हुन्छ । त्यस्तै, अज्ञान नष्ट भएपछि यो सम्पूर्ण विश्व आत्मस्वरूप नै हुन्छ । ।।३८८।।

अँध्यारोमा डोरी (अधिष्ठान) मा प्रकाशको अनुपस्थिति अज्ञानले जुन सर्परूपी भ्रान्ति सिर्जना हुन्छ । त्यो सर्परूपी भ्रान्ति प्रकाश पर्नेबित्तिकै नष्ट भई डोरी शेष रहन्छ । ज्ञानको उपस्थितिमा अज्ञान सिर्जित प्रतीति भ्रान्तिको अस्तित्व टिक्न सक्दैन ।

0परमेश्वरको त्रिगुणात्मक शक्ति मायाबाट यो सारा जगत् उत्पन्न भएको छ (श्लोक ११० हेर्नुहोस्), यो सम्पूर्ण जगत्, दृश्य पदार्थमात्र डोरीमा सर्पको प्रतीति भएझैं अज्ञानको कारण सिर्जित भ्रम हो । जब अज्ञान नष्ट हुन्छ वा जब आत्मासाक्षात्कार प्राप्त भई ‘म मनुष्य शरीर होइन, ब्रह्म हुँ” भन्ने पूर्ण अनुभूति प्राप्त हुन्छ तब भ्रान्ती प्रतीति नष्ट भई सम्पूर्ण विश्वजगत् नै आत्म स्वरूप हुन्छ ।

स्वयं ब्रह्मा स्वयं विष्णुः स्वयमिन्द्रः स्वयं शिवः ।
स्वयं विश्वमिदं सर्वं स्वस्मादन्यन्न किञ्चन ।।३८९।।

आत्मा स्वयं ब्रह्मा, विष्णु, इन्द्र, शिव र सम्पूर्ण जगत् हो । आत्म(ाबाहेक अन्य यहाँ केही छैन । ।।३८९।।
यो श्लोक महङ्खवपूर्ण र मननशील छ । किनकि हिन्दुहरूको महान् ग्रन्थ वेद, वेदका वचनको सारांश (वेदान्त) वा उपनिषद् आदिमा समाहित दर्शनको निरन्तरताको रूपमा आदि शंकराचार्यको विवेक चुडामणिमा व्याख्या गरिएका दर्शन आएका छन् । यो श्लोकमा हिन्दुधर्मका सम्पूर्ण देवीदेवताको पृथक् अस्तित्व (जस्तै ब्रह्माले जगत् सृष्टि गरे) लाई अस्वीकार गर्दै भनिएको छ – आत्मा नै ब्रह्मा, विष्णु, शिव हो । वेदान्त दर्शनले यसरी सृष्टिको कारण ब्रह्माजी देवता नभई ब्रह्मतङ्खवलाई मानेको छ ।

अधिष्ठान आत्मा सत्य हो । यो अधिष्ठान आत्माबाहेक यहाँ अन्य केही तङ्खव छैन । ब्रह्मा, विष्णु देवदेवादि, मनुष्य अन्य जीव, पदार्थलगायत सम्पूर्ण आरोपित वा भ्रमवश सिर्जित उपाधि हुन् । जब आत्मा साक्षात्कार प्राप्त गरी मनुष्य स्वयं परब्रह्म हुन्छ, भेदरहित हुन्छ तब ब्रह्म वा आत्माबाहेक केही रहन्न । यसैले ब्रह्मा, विष्णु, इन्द्रादिको प्रार्थना–पूजालाई यी सबै आत्मा भएकाले जगतै आत्मा भएकाले समग्रमा परमात्माको रूपमा ग्रहण गरिनुपर्दछ ।

अन्तः स्वयं चापि बहिः स्वयं च स्वयं पुरस्तात् स्वयमेव पश्चात् ।
स्वयं ह्यवाच्यां स्वयमप्युदीच्यां तथोपरिष्टात् स्वयमप्यधस्तात् ।।३९०।।
भित्र–बाहिर, अगाडि–पछाडि, पूर्व–पश्चिम, उत्तर–दक्षिण, तल–माथि सर्वत्र आत्मा व्याप्त छ । ।।३९०।।

स्वयंमा ब्रह्माण्ड जगत्को अधिष्ठान (आधार) अनि स्वरूपले नै सत् (अस्तिङ्खव वा सत्ता) भएका कारणले गर्दा, यो आत्मा सर्वत्र (भित्र–बाहिर, तल–माथि) व्याप्त छ । अहंकाररूपी अज्ञानले गर्दा जगत्, वस्तु, पदार्थ आदिमा भेद प्रतीत भए पनि जब आत्मज्ञान प्राप्त भएर जगत् सम्बन्ध नष्ट हुन्छ तब आत्मा व्याप्त हुन्छ । श्रुति, स्मृति, इतिहास आदि प्रमाण छन् । सर्वत्र आत्मा तिमीभित्र पनि व्याप्त भएकाले स्वयंभित्र व्याप्त आत्मालाई साक्षात्कार गर्नु नै परम्पुरुषार्थ हो ।

तर·फेनभ्रमबुद्बुदादि सर्वं स्वरूपेण जलं यथा तथा ।
चिदेव देहाद्यहमन्तमेतत् सर्वं चिदेवैकरसं विशुद्धम् ।।३९१।।

नदीमा देखिने तरंग, फोका, फिँज, भुमरी, बुँद आदि स्वरूपमा जल नै हुन् । त्यस्तै, शरीरदेखि लिएर अहंकारपर्यन्त समस्त दृश्य विशुद्ध एकरस आत्मा नै हो । ।।३९१।।

नदी वा समुद्रमा विविध तरंग, फोका, छाल, ज्बज्वारभाटा, फिँज आदि सिर्जना हुन्छन् । यिनीहरू नाम (उपाधि) बाट भिन्न भए पनि वस्तुतः (स्वरूप) मा जल नै हुन् । जलका परिवर्तित स्वरूप हुन् । यथार्थतः जल तङ्खवभन्दा अन्य त्यहाँ केही छैन । त्यस्तै, स्थूल देहदेखि लिएर जगत् पर्यन्त यी सम्पूर्ण आरोपित दृश्य छन्, यी सम्पूर्ण स्वरूपमा आत्मा नै हुन् । (श्लोक ३८८ हेर्नुहोस्) ।

सदेवेदं सर्वं जगदवगतं वाङ्मनसयोः
सतोऽन्यन्नास्त्येव प्रकृतिपरसीम्नि स्थितवतः ।
पृथक्् किं मृत्स्नायाः कलशघटकुम्भाद्यवगतं
वदत्येष भ्रान्तस्त्वमहमिति मायामदिरया ।।३९२।।

वाणी वा मनद्वारा प्रतीति हुने यो सम्पूर्ण जगत् सत् (अस्तिङ्खव, सत्ता) ब्रह्मा नै हो । प्रकृतिभन्दा पर ब्रह्ममा लिन महापुरुषको लागि सत् (अस्तित्व) भन्दा अन्य केही छैन । कलश, घैंटो, गाग्रो आदि के माटोबाट भिन्न छन् ? मायारूपी मादकपदार्थको सेवनबाट भ्रमित भएको यो (अज्ञानी) ‘म, तिमी’ आदि भेदयुक्त वचन बोल्दछन् ।।।३९२।।

अज्ञानको कारण मन जगत्प्रतिको आकर्षणले गर्दा जुन यो जगत् भाषित भइरहेको छ, त्यो सम्पूर्ण ब्रह्म हो । किनकि ब्रह्म अधिष्ठान भएकाले ब्रह्मबाहेक अन्य केही छँदै छैन । (श्लोक ३८८, ३८९ हेर्नुहोस्) जसरी माटोबाट निर्मित कलश, गाग्रो माटोबाट भिन्न छैन, त्यसैगरी मोक्ष साधनाद्वारा प्रकृतिका तीन गुणहरूलाई नष्ट गरेर ब्रह्मतङ्खवमा विलीन भएका महापुरुषका लागिसत् ब्रह्मबाहेक अन्य केही छँदै छैन । मात्र अज्ञानको कारण जगत्को राग (मादकता) मा डुबेको मनुष्यमात्र जगत्का भेददेखि “म, तिमी” आदि कर्ता, भोक्ता अहंकारी भावना व्यक्त गर्दछ ।

क्रियासमभिहारेण यत्र नान्यदिति श्रुतिः ।
ब्रवीति द्वैतराहित्यं मिथ्याध्यासनिवृत्तये ।।३९३।।

‘यत्र नान्यत् पश्यती’ (जहाँ अरू केही देखिँदैन) यो अद्वैतपरक श्रुति मिथ्या अध्यासको निवृत्तिको निमित्त द्वैतको अभाव (जहाँ अरू केही देखिँदैन) बताउँदछ । ।।३९३।।

वेदान्तमाश्रुति प्रमाणलाई सत्य प्रमाणको रूपमा ग्रहण गरिन्छ । श्रुतिहरूमा आत्माको अद्वैतताको बारेका विभिन्न श्लोकहरू वा शब्दहरूमा उल्लेख गरिएका छन् ।

विवेक, वैराग्यको तीव्र साधनाद्वारा जब मुमुक्षु अनित्य वस्तुहरूलाई त्याग गर्दै जान्छ तब सम्पूर्ण वस्तु, विचार आदि त्याग गरिसकेपछि ऊ त्यो विन्दुमा पुग्दछ जहाँ त्याग गर्न केही शेष नरहँदा नित्यवस्तु (आत्मा) सँग साक्षात्कार हुन पुग्दछ । त्यो क्षण द्वैतपूर्ण रूपमा नष्ट भएर अन्य केही देखिँदैन वा द्वैत अभावको स्थितिमा पुग्दछ । ‘यत्र नान्यत पश्यती’ श्रुतिले यही स्थिति आत्माको अद्वैतता प्रमाणित गर्दछ । मोक्ष साधनाको लक्ष्य यही स्थिति प्राप्त गर्नु हो ।

आकाशवन्निर्मलनिर्विकल्पनिःसीमनिःस्पन्दननिर्विकारम् ।
अन्तर्बहिः शून्यमनन्यमद्वयं स्वयं परं ब्रह्म किमस्ति बोध्यम् ।।३९४।।
आकाशझैं निर्मल, निर्विकल्प, निःसीम, निश्चल, निर्विकार, भित्र–बाहिर सबैतिरबाट भेदरहित अनन्य, अद्वितीय, स्वयं परब्रह्मलाई जानेपछि जान्न, बुझ्न योग्य अरू के हुनसक्दछ ? सक्दैन ।।३९४।।
धुवाँ–धुलोले आकाश मलीन नभएझैं अज्ञानरहित भएकाले निर्मल, विकल्परहित भएकाले निर्विकल्प, सीमारहित भएकाले निःसीम, क्रियारहित भएकाले निश्चल, क्षयरहित भएकाले निर्विकार, भित्र–बाहिर भेदरहित भएकाले अद्वैत, आत्माबाट पृथक् नभएकाले अनन्य, बिजातीय भेदरहित भएकाले अद्वितीय, यस्तो स्वयं परब्रह्मतङ्खवलाई जानेपछि अनि यही तङ्खवमा विलय भएपछि वा जीवनको परम्पद प्राप्त गरेपछि अरू जान्नु, बुझ्नु योग्य के हुन सक्दछ र ? सक्दैन । अन्य प्राप्ति पानीका बुलबुलझैं अनित्य हुन् । क्षणिक, मिथ्या र असत्य हुन् ।

वक्तव्यं किमु विद्यतेऽत्र बहुधा ब्रह्मैव जीवः स्वयं
ब्रह्मैतज्जगदाततं नु सकलं ब्रह्माद्वितीयंश्रुतेः ।
ब्रह्मैवाहमिति प्रबुद्धमतयः सन्त्यक्तबाह्याः स्फुटं
ब्रह्मीभूय वसन्ति सन्ततचिदानन्दात्मनैव ध्रुवम् ।।३९५।।
यो ब्रह्म–आत्मा (एकत्व) विषयमा धेरै के भनौं र ? जीव स्वयं ब्रह्म हो । परमाणुपर्यन्त सम्पूर्ण जगत् ब्रह्म नै हो । श्रुति पनि भन्दछ – ब्रह्म अद्वितीय छ । ‘म नै ब्रह्म हुँ’को बोध जसले प्राप्त गरेको छ, बाह्य विषय सम्पूर्ण रूपमा त्याग गरिसकेको छ । ऊ सचिदानन्द स्वरूप आत्मामा सधैं निश्चलतापूर्वक स्थित रहन्छ । ।।३९५।।

ब्रह्म र आत्माको एकता मोक्षको ऐश्वर्य वैभवको बारेमा पूर्ववर्ति श्लोकहरूमा व्याख्या गरिसकिएको छ । यो विषयमा अझ धेरै के भनौं ? ब्रह्म—आत्मा एकत्व विषयमा अनेक महापुरुष, श्रुति, ग्रन्थहरूको एक निर्णय छ – ब्रह्म सत्य हो । आरोपित उपाधि भएकाले जगत् मिथ्या हो । अज्ञानले भेद देखिए पनि यथार्थमा अज्ञान नष्ट भएपछि जीव नै ब्रह्म हो, उपाधिको अस्तित्व नभएकाले परमाणुपर्यन्त सम्पूर्ण जगत् ब्रह्मा नै हो ।

जसले साधन चतुष्ट्य अनि निरन्तर आत्मचिन्तनद्वारा सम्पूर्ण रूपमा बाह्य विषयको त्याग गरेर “म ब्रह्म हुँ” भन्ने सम्यक् बोध प्राप्त गरेको छ, ब्रह्म–आत्मा एकत्व प्राप्त गरेको छ, ऊ स्वयं ब्रह्म भएर सचिदानन्द स्वरूप आत्ममा सधैं निश्चलतापूर्वक स्थित रहन्छ ।

जहि मलमयकोशेऽहंधियोत्थापिताशां प्रसभमनिलकल्पे लि·देहेऽपि पश्चात् । निगमगदितकीर्तिं नित्यमानन्दमूर्तिं स्वयमिति परिचीय ब्रह्मरूपेण तिष्ठ ।।३९६।।

यो मलमय कोश (स्थूल देह) मा अहंबुद्धिबाट उत्पन्न भएको आशालाई प्रयासपूर्वक नष्ट गर । यसपश्चात् वायुरूप सूक्ष्म (लिङ्ग शरीरमा रहेको आशालाई पनि नष्ट गर । अनि जसको किर्तिको व्याख्या वेदादिले गरेका छन् त्यो नित्य आनन्दरूप ब्रह्मलाई आफ्नो स्वरूप जानेर सदा ब्रह्मरूपमा स्थिर भएर बस । ।।३९६।।

सर्वप्रथम तिमी स्थूलदेहमा अहंबुद्धि रहँदा देह तृप्तिी, पुष्टि आदिको जुन इन्द्रियजन्य वासनाहरू उत्पन्न भएका छन्, सर्वप्रथम तिनीहरूलाई विवेक र वैराग्य चिन्तनद्वारा प्रयासपूर्वक नष्ट गर । जब स्थूलदेहका आशाहरूलाई तिमी निषेध गर्दछौ, त्यसपछि पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण, पाँच भूत, चार अन्तःरकरण मिलेर सिर्जित सूक्ष्म शरीरमा संग्रहित अनेकन विषय–वासनाहरूसँग सम्बन्धित आशा–कामनालाई पनि प्रदर्शित विधिद्वारा नष्ट गर ।
जब तिमी स्थूल र सूक्ष्मका वासनाहरूलाई साधनाद्वारा पूर्णरूपमा नष्ट गर्दछौ तब वेदादिमा कीर्ति गाइएको अविनाशी शास्वत तङ्खव ब्रह्मलाई “म स्वयंको स्वरूप यही ब्रह्म तङ्खव हो” भन्ने दृढ भाव लिई त्यही तङ्खवको चिन्तन गर्दै ब्रह्ममा विलीन भएर ब्रह्मरूपमा स्थिर भएर बस ।

शवाकारं यावद् भजति मनुजस्तावदशुचिः
परेभ्यः स्यात् क्लेशो जननमरणव्याधिनिलयः ।
यदात्मानं शुद्धं कलयति शिवाकारमचलं
तदा तेभ्यो मुक्तो भवति हि तदाह श्रुतिरपि ।।३९७।।

मनुष्य जबसम्म शव (मुर्दा) समान शरीरलाई आत्मा मानेर सेवा गर्दछ तबसम्म अपवित्र रहन्छ । क्लेश प्राप्त गर्दछ । जन्म, मरण, व्याधि र नरक प्राप्त गर्दछ । जब ऊ आफ्नो शुद्ध, शास्वत र निश्चल आत्मालाई जान्दछ (वा साक्षात्कार गर्दछ) तब यी सम्पूर्ण (जन्म, मरण, व्याधीादि) बाट मुक्त हुन्छ । यो भगवति श्रुतिले पनि भनेकी छन् । ।।३९७।।

जबसम्म मनुष्य मुर्दासमान (चेतनाको उपस्थितिले मात्र शव नभएको) स्थूल देहप्रति आत्मबुद्धि गरी स्वयंलाई शरीर मान्दछ तब स्वभावतः शरीर, इन्द्रिय, मनको अधीनमा आइपुग्दछ । जब मनुष्य मनको अधीनमा हुन्छ तब प्राकृततः वासनामा प्रवृत्त भई भोगमय कर्महरू गरी अपवित्र हुन पुग्दछ ।

जब जीव भोगप्रति आशक्त भई वासनामय कर्महरू गर्दछ तब स्वभावतः क्लेश, वासना बन्धनलाई प्राप्त गर्दछ । यी क्लेशहरू जीवनपर्यन्त मनुष्यलाई भोगप्रति प्रवृत गरी रोग, व्याधि र मृत्युपश्चात् जन्म, मरण जस्ता अवस्थाहरु प्रदान गर्दछ । जब साधक साधनाद्वारा यी अनादि अज्ञानलाई नष्ट गरी क्लेशरहित चित्तद्वारा आत्मासँगसाक्षात्कार गर्दछ तब अज्ञान नष्ट हुने हुँदा स्वभावतः जन्म, मरण, व्याधीको चक्रबाट मुक्त हुन्छ ।

स्वात्मन्यारोपिताशेषाभासवस्तुनिरासतः ।
स्वयमेव परं ब्रह्म पूर्णमद्वयमक्रियम् ।।३९८।।

आत्मामा आरोपित सम्पूर्ण कल्पित वस्तु अभाव गरेपछि पुरुष अद्वय, अक्रिय, परम्ब्रह्म नै हो । ।।३९८।।
अखण्ड, नित्य र चेतनशक्तिले स्फूरित भइरहेको आत्मालाई तमोगुणको आवरणले ढाकिदिँदा मोहवश अनात्म देहलाई म हुँ भन्न थाल्दछ (श्लोक १४१,१४२ हेर्नुहोस्) । स्वयंलाई देह मानेकाले रजोगुणका बन्धनकारी गुणहरू (काम, क्रोध, लोभ, मोह आदि) विस्तारित भई जगत्का आकर्षणमा लैजान्छन् । जब साधकले विवेक, वैराग्यसाधनाद्वारा आत्मामा आरोपित सम्पूर्ण अध्यासहरूलाई नष्ट गर्दछ । वा जब ऊ रज, तम, सत् गुणविहीन हुन्छ । त्यो क्षणमा पुरुष स्वयं सचिदानन्द, पूर्ण अद्वय (अद्वितीय) परब्रह्मा नै बन्दछ ।

समाहितायां सति चित्तवृत्तौ परात्मनि ब्रह्मणि निर्विकल्पे ।
न दृश्यते कश्चिदयं विकल्पः प्रजल्पमात्रः परिशिष्यते ततः ।।३९९।।

सत्यस्वरूप निर्विकल्प परम्ब्रह्म परमात्मामा चित्तका वृत्तिहरू समाहित भएपछि यो (जगत्) दृश्य विकल्प (कल्पना) अलिकति पनि देखिँदैन । ज्ञान प्राप्त भएपछि दृश्य प्रतीति गफको विषय हुन्छ । ।।३९९।।

अज्ञान जनित देहबुद्धिका कारणले मनुष्यलाई जगत् प्रतीत हुन पुग्दछ । जब साधनाद्वारा चित्तका सम्पूर्ण वृत्तिहरूलाई पूर्णरूपमा नष्ट गरी पुरुष सत्यस्वरूप निर्विकल्प परम्ब्रह्म तङ्खवमा विलय हुन्छ तब जगत्को प्रतीति कल्पना नष्ट हुन्छ । जब जगत्को प्रतीति नै नष्ट हुन्छ तब जगत् दृश्य प्रतीति याथार्थता नभई गफको विषय हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 840 0
मंगलाचरण 1/15/2023 819 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 964 0
विचारको महङ्खव 1/15/2023 683 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1835 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 939 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 667 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 822 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 924 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 650 0
अहंकार 1/15/2023 751 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1432 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 680 0
सङ्खवगुण 1/15/2023 775 0
कारण शरीर 1/15/2023 912 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 946 0
आवरण र विक्षेपशक्ति 1/15/2023 896 0
बन्ध निरूपण 1/15/2023 694 0
अन्नमय कोश 1/15/2023 774 0
प्राणमय कोश 1/15/2023 788 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 859 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 679 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 617 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 955 0
महावाक्य – विचार 1/15/2023 854 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 784 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 757 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 842 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 784 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 758 0
आत्म चिन्तनको उपदेश 1/15/2023 694 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 749 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 730 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1788 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36462 0