जीवनमुक्तको लक्षण

0 टिप्पणीहरू 792 आगन्तुकहरू

आत्मज्ञानी पुरुषले प्राप्त गर्ने अनुपम आनन्दको व्याख्या गरिन्छ ।
ब्रह्माकारतया सदा स्थिततया निर्मुक्तबाह्यार्थधी–रन्यावेदितभोग्यभोगकलनो निद्रालुवद्बालवत् ।
स्वप्नालोकितलोकवज्जगदिदं पश्यन् क्वचिल्लब्धधी–रास्ते कश्चिदनन्तपुण्यफलभुग्धन्यः स मान्यो भुवि ।।४२६।।

निरन्तर ब्रह्मकार वृत्तिमा स्थित रहनाको कारण जसको बुद्धि बाह्य विषयलाई छोडिसकेको छ तथा जो निन्द्रालु बालक झैं दिइएको भोग्य (भोजन) पदार्थ ग्रहण गर्दछ । कहिलेकाहिँ बाह्य विषयमा बुद्धि जाँदा यो संसारलाई सपनामा देखिने संसारझैं देख्दछ । यस्तो अनन्त पुण्यको फल भोग गर्ने ज्ञानी महात्मा यो पृथ्वीतलमा धन्य हुन्, पूजनीय हुन् । ।।४२६।।
अहंभावनाको कारण देह, इन्द्रिय, मन, आदिको वसमा परेको मनुष्य, जगत् विषय वासनास्वाद, भोगप्रति प्रवृत्त हुन्छ । सतत् साधनाद्वारा मनका सम्पूर्ण वृत्तिलाई नष्ट गरी निरन्तर ब्रह्मकार वृत्तिमा स्थित ज्ञानी पुरुष जगत्का विषय भोगदिप्रति रूची नष्ट भइसकेको हुन्छ ।

ब्रह्मकार वृत्तिमा स्थित यस्ता ज्ञानीहरूको मनमा भोगपदार्थका स्मरणसम्म नउठ्ने हुनाले तिनीहरू वालक झैं आमा बा अरूबाट जे भोग्य पदार्थ दिइन्छ त्यही ग्रहण गर्दछन् । नित्य निर्विकल्प समाधिमा स्थित यी पुरुषहरू दिर्घकालसम्म ब्रह्म अनुभूतिमा लिन हुँदा जगत्को अनुभूति विस्मृत हुँदै गएकोले कदाचित जगत््प्रति मन गइहाले पनि जगत् लामो समयसम्म विस्मृत भएकोले यो स्वप्नझैं प्रतीत हुन्छ । ब्रह्मवृत्तिमा स्थित, सधैं आनन्(दीत यी यो पृथ्वीतलमा मोक्ष पुरुषहरू धन्य हुन् । पूजनीय हुन् । स्तुत्य छन् । किनकि यो स्थिति प्राप्त गर्न सहज छैन ।

स्थितप्रज्ञो यतिरयं यः सदानन्दमश्नुते ।
ब्रह्मण्येव विलीनात्मा निर्विकारो विनिष्क्रियः ।।४२७।।
ब्रह्ममा जसको अन्तकरण विलीन भएको छ, विकार रहित र निस्क्रिय छ, नित्य आनन्दको अनुभव गर्दछ । उसलाई स्थितप्रज्ञ भनिन्छ । ।।४२७।।

तीव्र साधनाको कारण जसको चित्तका सम्पूर्ण विकारहरू नष्ट भएका छन् । विकारहरू नष्ट भई शुद्ध चित्तवृत्तिको कारण जो निष्क्रिय छ । सांसारिक वासनाप्रति उदासिन छ । जसलाई संसारमा जे कर्म गर्नु पर्ने थियो, त्यो पुरा भएको आभास भएको छ । अनि जसको अन्तःकरणका वासनाहरू विलीन भएका कारण हर्ष, विषाद आदि भावबाट रहित रहि मनमा नित्य आनन्दको अनुभव गर्दछ । त्यस्ता महात्मालाई स्थितप्राज्ञ भनिन्छ ।

ब्रह्मात्मनोः शोधितयोरेकभावावगाहीनी ।
निर्विकल्पा च चिन्मात्रा वृत्तिः प्रज्ञेति कथ्यते ।
सुस्थिताऽसौ भवेद्यस्य स्थितप्रज्ञः स उच्यते ।। ४२८ ।।
तत्वमसि आदि महावाक्यबाट शोधित ब्रह्म र आत्माको एकताको अर्थ स्वीकार गर्ने विकल्प रहितचिन्मात्रवृत्तिलाई प्रज्ञा भनिन्छ । यो प्रज्ञा जुन पुरुषमा सर्वदा रहन्छ । उसलाई जीवन्मुक्त भनिन्छ । ।।४२८।।

तङ्खवमसि (त्यो तङ्खव तिमी नै हौ) आदि शास्त्रका महावाक्यहरूद्वारा प्रमाणित गरिएको ब्रह्म–आत्माको एकतालाई स्वीकारि ब्रह्म, आत्मा, जीव पृथक् वस्तुहरू होइनन्, ब्रह्म हुन भन्ने दृढ भाव लिई केवल आत्मभावमा डुवि अन्य विकल्प (कल्पना) बाट रहित चेतनाकार वृत्तिलाई प्राज्ञ भनिन्छ । जुन पुरुषमा यो प्राज्ञ दृढ छ, त्यही पुरुषलाई जीवन्मुक्त भनिन्छ ।

यस्य स्थिता भवेत् प्रज्ञा यस्यानन्दो निरन्तरः ।
प्रपञ्चो विस्मृतप्रायः स जीवन्मुक्त इष्यते ।।४२९।।
जुन पुरुषको प्रज्ञा स्थिर छ । जो निरन्तर आत्म आनन्दको अनुभव गर्दछ र जगत्का प्रपन्च (द्वैत) विस्मृत (संसार भुले झैं) स्थितिमारहन्छ उसलाई जीवन्मुक्त भनिन्छ । ।।४२९।।

जुन पुरुषको प्रज्ञा स्थिर छ । जो केवल ब्रह्मभावमा स्थित छ । ब्रह्ममा लीन भएको कारण नित्य आत्म आनन्दरसको अनुभव गर्दछ । जगत्सँग कुनैरूपमा सम्बन्ध नरहेको त्यो मुक्त पुरुष जगत्का प्रपञ्च आकर्षणलाई जब देख्दछ, मनका सम्पूर्ण वहिर्मुखी वृत्ति नष्ट भएकोले उ यो जगत् भुलेझैं विर्सिएझैं, नचिनेझैं अनुभूति गर्दछ । त्यो पुरुष जीवन्मुक्त भनिन्छ ।

लीनधिरपि जागर्ति यो जाग्रद्धर्मवर्जितः ।
बोधो निर्वासनो यस्य स जीवन्मुक्त इष्यते ।।४३०।।
वृत्तिलीन भएपछि, जो जागृत रहन्छ तर जागृत धर्मबाट रहित छ । जसको बोध वासना रहित छ उसलाई जीवन्मुक्त भनिन्छ । ।।४३०।।

अविद्यारूपी निन्द्रा नष्ट गरि आत्मसाक्षात्कार प्राप्त चित्तवृत्ति लीन भएको पुरुष स्व–स्वरूपमा जागृत रहन्छ । स्व–स्वरूपमा जागृत महापुरुषहरूको जागृति, अज्ञान अवस्थामा स्थूल देहमा जाग्रत साधारण मनुष्यले ग्रहण गर्ने स्थूल धर्म भोग, सांसरीक आकर्षण आदि वासनाबाट पूर्णरूपमा रहित हुन्छ । मन ब्रह्ममा लीन एकोले कदाचित ती विषय उपलब्ध भएपनि ती विषयको वासनाले स्व–स्वरूपमा जागृत पुरुषलाई स्पर्श गर्दैन । यस्तो वासनारहित बोध स्वरूपमा स्थित पुरुषलाई जीवनमुक्त भनिन्छ ।

शान्तसंसारकलनः कलावानपि निष्कलः ।
यस्य चित्तं विनिश्चिन्तं स जीवन्मुक्त इष्यते ।।४३१।।

जसको संसार प्रतीति कल्पना शान्त भएको छ । जो कलावान भएर कलारहित छ । जो चित्तयुक्त भएर चित्तरहित छ उसलाई जीवन्न(मुक्त भनिन्छ । ।।४३१।।

ब्रह्मलीन पुरुष जगत् ब्रह्ममय भएको अनुभूति गरिरहेकोले, संसारको प्रतीति वा संसारका प्रपन्चहरू समाप्त हुन पुगि शान्त भएको हुन्छ । जो पुरुष कलावान मुख्य ज्ञानप्राप्त गरेर ज्ञानवान भएपनि कलारहित वा ब्रह्मभाव वाहेक अन्य सम्पूर्ण अभिमान, अहंकारादि भावबाट रहित छ । जो चित्तयुक्त भएर चित्तका क्लेशहरू मेटिइ बाह्य वृत्तिशून्य भएको कारण चित्तरहित छ । यस्तो शुद्ध चित्त, अभिमान रहित ब्रह्मभावमा लीन पुरुषलाई जीवनमुक्त भनिन्छ ।

वर्तमानेऽपि देहेऽस्मिञ्छायावदनुवर्तिनि ।
अहन्ताममताऽभावो जीवन्मुक्तस्य लक्षणम् ।।४३२।।
छायाँ जस्तै सधैं साथमा रहने यो स्थूल देह रहँदा रहँदै यसमा अहंता र ममताको अभाव हुनु जीवनमुक्तको लक्षण हो । ।।४३२।।

मनुष्य जहाँ जान्छ उसको शरीरको छायाँले उसलाई पछयाइरहन्छ । मनुष्य शरीर छायाँबीच कुनै सम्बन्ध हुँदैन । अग्नि, जल जुनसुकै स्थानमा छायाँ परेपनि शरीरमा त्यसको कुनै प्रभाव पर्दैन । छायाँ अग्निमा पर्दा शरीरलाई पोल्दैन । छायाँ र देहजस्तै, सधैं साथमा यो स्थूल देह रहँदारहँदै पनि आत्मज्ञान प्राप्त गरी यो देहलाई छायाँ जस्तै ठानी कुनै प्रकारको अहंता, ममता नगरी जो ब्रह्मभावमा दृढ स्थित छ, त्यो जीवनमुक्त हो ।

अतीताननुसन्धानं भविष्यदविचारणम् ।
औदासीन्यमपि प्राप्ते जीवन्मुक्तस्य लक्षणम् ।।४३३।।
बितिसकेको कुरालाई नसम्झनु, भविष्यको चिन्ता नगर्नु र वर्तमान स्थिति (दुःख, सुख आदि) प्रति उदासिन हुनु जीवन्मुक्तका लक्षण हुन् । ।।४३३।।

वहिर्मुखी मन अतितका कल्पना र भविष्यका चिन्ताहरूमा अल्झिइरहन्छ । मन नष्ट गरि जगत्सँग सम्बन्ध विच्छेद गरेका पुरुषहरू देह, जगत् मिथ्या वस्तुहरूमा सम्बन्ध नभएको म ब्रह्म हुँ भन्ने दृढ भावको कारण अतीतको कल्पना, भविष्यको चिन्ता, वर्तमानको दुःख सुखादि अवस्थाबाट प्रभावित हुँदैनन । ब्रह्मरसमा आनन्दित यी पुरुषहरू जीवन्मुक्त हुन ।

गुणदोषविशिष्टेऽस्मिन् स्वभावेन विलक्षणे ।
सर्वत्र समदर्शित्वं जीवन्मुक्तस्य लक्षणम् ।।४३४।।

गुण र दोषबाट विशिष्ट, स्वभावले विलक्षण, यो संसारमा सर्वत्र समदर्शि हुनु जीवन्मुक्तको लक्षण हो । ।।४३४।।
यो जगत् गुण र दोेष पूर्ण छ । जगत्स्वभावले अनेक लक्षणहरूबाट युक्त छ । जीवनमुक्त पुरुष त्यो हो जो यी अनेक गुण र दोषहरू युक्त संसारमा रहेर पनि दोषबुद्धिको कारण न कसैलाई निषेध गर्दछ न गुणबुद्धिको कारण ग्रहण गर्दछ । यो जगत् दृश्य अविद्याको कारण भासित् भइरहेको छ भन्ने बुझेको हुनाले यी मिथ्याबाट विलक्षण (पृथक्) रहि सदैव सर्वत्र समदर्शि साक्षी भावमा रहन्छ ।

इष्टानिष्टार्थसम्प्राप्तौ समदर्शितयाऽऽत्मनि ।
उभयत्राविकारित्वं जीवन्मुक्तस्य लक्षणम् ।।४३५।।
इष्ट अनिष्ट वस्तु प्राप्तिमा समानभाव रहँदा दुवै अवस्थामा चित्तमा कुनै विकार नहुनु जीवनमुक्तको लक्षण हो । ।।४३५।।

अनुकुल परिस्थिति वा प्रिय वस्तु प्राप्त हुँदा खुशी, हर्ष, अनि अप्रिय वस्तु प्रतिकुल परिस्थिति सिर्जना हुँदा दुःख, शोक, निरासादि भावबाट रहित भई जो समभावमा रहन्छ अनुकूल प्रतिकुल वस्तु प्राप्तिले जुन पुरुषको चित्तमा कुनै विकार सिर्जना गर्न सक्दैन । सुख दुःखादिले स्पर्श गर्न नसक्ने, चित्तवृत्ति जीवनमुक्त पुरुषको लक्षण हो ।

ब्रह्मानन्दरसास्वादासक्तचित्ततया यतेः ।
अन्तर्बहिरविज्ञानं जीवन्मुक्तस्य लक्षणम् ।।४३६।।
ब्रह्मनन्द रसको आस्वादन गर्नमा आसक्त चित्त रहनाको कारणभित्र वाहिरका वस्तुहरूको ज्ञान नहुनु जीवन्मुक्त पुरुषको लक्षण हो । ।।४३६।।

आत्मज्ञान प्राप्त गरेका पुरुषहरू जसको चित्त जगत्का क्षणिक मिथ्यापूर्ण आनन्दलाई त्यागेर ब्रह्मरसको नित्य परम आनन्ददायी रसमा रमाइरहेको छ । ब्रह्मरसको आनन्द प्राप्त गर्न इच्छुक छ । यस्तो चित्त बाह्य संसारको तुच्छ, अनित्य सुखप्रति आकर्षित नभई नित्य ब्रह्मरसमा डुब्दै अन्ततः ब्रह्ममा लीन हुनाले बाह्य जगत् वासनावस्तु आदि आन्तरिक अहंकारको ज्ञान जीवनमुक्त पुरुषलाई हुँदैन ।

देहेन्द्रियादौ कर्तव्ये ममाहम्भाववर्जितः ।
औदासीन्येन यः तिष्ठेत् स जीवन्मुक्तलक्षणः ।।४३७।।

जो देह, इन्द्रियादि कर्म कर्तव्यमा अहंकार र ममतारहित भएर दासीनतापूर्वक रहन्छ, उसलाई जीवनमुक्त भनिन्छ । ।।४३७।।

देह, आदिमा अभिमान त्यो क्षणसम्म जीवित रहन्छ, जब मनुष्यमा अज्ञानको उपस्थिति रहन्छ । अज्ञानको कारण मनुष्यमा मैले यो कर्म गरेँ, यो कर्तव्य पुरा गरेँ भन्ने अहंकार र अभिमानको जन्म हुन्छ । जब साधनाको अग्निमा मनुष्यको ‘म मनुष्य हुँ’, ‘म देह हुँ’ भन्ने भाव पूर्णरूपमा नष्ट हुन्छ । त्यो अवस्थामा देह इन्द्रिय, कर्म, कर्तव्यमा अहंकार र ममतारहित भई जो परमात्मामा स्थित रहन्छ । यस्तो पुरुषलाई जीवनमुक्त भनिन्छ ।

विज्ञात आत्मनो यस्य ब्रह्मभावः श्रुतेर्बलात् ।
भवबन्धविनिर्मुक्तः स जीवन्मुक्तलक्षणः ।।४३८।।
श्रुति प्रमाणबाट जसले आत्मातत्वलाई जानेको छ । संसारबन्धनबाट मुक्त भएको छ । उसलाई जीवनमुक्त भनिन्छ । ।।४३८।।

मोक्षका साधकहरूमा अज्ञानको स्थिति पृथक् पृथक् रहन्छ । कोही यस्ता साधकहरू पनि हुन्छ जसमा अज्ञानताको पर्दा अत्यन्त पातलो हुन्छ । ती साधकहरू साधनचतुष्ट्यको साधनामार्गमा प्रवेश नगरिकन वेद, गीतामा व्याख्या गरिएका शब्दहरू (तत्वमसी, अहंब्रह्मानी…) आदि महावाक्य श्रवण गरेपछि तिनमा छिपेका मर्मलाई तक्षण आत्मसात् गरी मोक्ष प्राप्त गर्दछन् ।

इतिहासमा कृष्ण–अर्जुन (गीता) वसिष्ठ–राम, (रामायण) अष्टवक्र—जनक, (अष्टवक्र गीता) आदि कैयन पुरुषहरूको उदाहरण छ जसले मात्र गुरू वचन श्रवण पछाडि मोक्ष प्राप्त गरेका थिए । मुमुक्षुताको उच्चस्थितिमा स्थित साधक जसले श्रुति प्रमाणको आधारमा आत्मा ब्रह्मतङ्खवलाई प्राप्त गरी‘म स्वयं आत्मा हुँ, ‘ब्रह्म हुँ’ दृढभाव लिई संसारबाट सम्बन्ध विच्छेद गरेको छ, उसलाई जीवनमुक्त भनिन्छ ।

देहेन्द्रियेष्वहम्भाव इदम्भावस्तदन्यके ।
यस्य नो भवतः क्वापि स जीवन्मुक्त इष्यते ।।४३९।।

जुन पुरुषमा देह इन्द्रिय आदिमा अहम् (म) भाव, र अरू वस्तुमा इद (यो) भाव छैन । त्यसलाई जीवनमुक्त भनिन्छ । ।।४३९।।

जुन पुरुषमा आत्मज्ञान प्राप्त भई ‘म शुद्ध ब्रह्म हुँ’ भन्ने ज्ञान प्राप्त भएको छ । आत्मज्ञानकै कारण अधिष्ठान र आरोपित वस्तुमा कुनै भेद नदेखि जगत् ब्रह्ममय अनुभूति त भइरहेको छ । अद्वैत सत्ताको उपस्थिति अनुभूति गर्ने यी पुरुषमा देह, इन्द्रियादिमा अहंभाव जगत्का अन्य पदार्थमा इदभाव उपस्थित हुँदैन । सम्पूर्ण ब्रह्माण्ड, जगत्, पदार्थ, जीव, स्वयंलाई ब्रह्म ठानी अहंभाव, इदभावबाट मुक्त पुरुषलाई जीवनमुक्त भनिन्छ ।

न प्रत्यग्ब्रह्मणोर्भेदं कदापि ब्रह्मसर्गयोः ।
प्रज्ञया यो विजानाति स जीवन्मुक्तलक्षणः ।।४४०।।

जो आफ्नो प्रज्ञा (तत्वज्ञानात्मक बुद्धि) द्वारा आत्मा र ब्रह्म कुनै भेद देख्दैन । उसलाई जीवनमुक्त भनिन्छ । ।।४४०।।
आत्मज्ञान प्राप्त भई भेद सिर्जना गर्ने अज्ञानपूर्णरूपमा नष्ट भएको कारण आत्मा र ब्रह्मा, देह आदि सम्पूर्ण वस्तुमा कुनै भेद नदेखि सत्चितआनन्द ब्रह्मको उपस्थिति देख्दछ । त्यो पुरुषलाई जीवनमुक्त भनिन्छ ।

साधुभिः पूज्यमानेऽस्मिन्पीड्यमानेऽपि दुर्जनैः ।
समभावो भवेद्यस्य स जीवन्मुक्तलक्षणः ।।४४१।।

साधु पुरुषद्वारा यो शरीरलाई सेवा–सत्कार गरिंदा अथवा दुष्टजनबाट पीडित हुँदा जसमा समभाव रहन्छ । उसलाई जीवनमुक्त भनिन्छ । ।।४४१।।

सम्मान, अपमान आदिमा सिर्जित सुख, दुःख आदि मनका भावहरू हुन् । जसले आत्माज्ञान प्राप्त गरेको छ, जसको मन नष्ट भएको कारण स्वयं म शरीर होइन, म ब्रह्म हुँ भन्ने पूर्ण अनुभूतिमा स्थित छ । जो देह, मन आदिबाट पूर्णरूपमा सम्बन्ध नष्ट गरी मात्र ब्रह्मभावमा स्थित छ । यी पुरुषहरूको मन नै ब्रह्ममा विलय भएको कारण सम्मानमा हर्षित र अपमान दुःखमा दुःखित नभई नित्य ‘समभावमा रहन्छन् । जो यो स्थितिमा स्थीर छ जीवनमुक्त हो । राज्याभिषेकमा अनि वनवासको क्षणमा पनि भगवान रामको समभाव पूर्ण कान्तिमय मुहार, महाभारत युद्धमा अर्जुनले ‘अब म युद्ध गर्न असमर्थ छु’ भनि धनुष भूमिमा राखिदिँदा कृष्णमा जन्मिएको समभावपूर्ण मुहार यो श्लोकको प्रसङ्गमा उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ ।

यत्र प्रविष्टा विषयाः परेरिता नदीप्रवाहा इव वारिराशौ ।
लिनन्ति सन्मात्रतया न विक्रियामुत्पादयन्त्येष यतिर्विमुक्तः ।। ४४२ ।।
जसरी समुन्द्रमा नदीका प्रवाहहरू लीन हुन्छ, त्यसरी नै अरूद्वारा प्रस्तुत गरिएका विषय जसमा प्रविष्ट (अनि लीन) हुन्छ । आत्मरूपमा स्थित भएको कारण विषय जसमा विकार उत्पन्न गर्दैनन् । यस्ता सन्यासी जीवनमुक्त हुन् । ।।४४२।।

जसरी समुद्रको गहिराइमा पुगेपछि तीव्र नदीका प्रवाह र तरङ्गहरू विलाउँदछन् । जसरी नदीका तीव्र प्रवाह र तरङ्गहरूले समुन्द्रको गहिराईको अपार शान्तिमा कुनै विकार ल्याउन गहन शान्ति भङ्ग गर्न असमर्थ रहन्छन् । त्यस्तै संसारका विषयहरू नष्ट गरेर सम्यक् ब्रह्मभावमा स्थित सन्यासी पुरुषहरू स्वभावतः जगत्का विषयप्रति आकर्षित हुँदैनन् । जगत्का विषय रागरूपी शक्तिले तिनीहरूलाई खिच्न सक्दैन ।कदाचित, दोश्रो व्यक्तिद्वारा प्रस्तुत गरिएका क्रोध, स्तुती, निन्दा, मान, अपमानादि विषय विकारहरू आत्मरूपमा स्थित पुरुषको चित्तमा विकार सिर्जना गर्न असमर्थ रहन्छन् । जगत्का कुनै वासनाहरूले स्पर्शसम्म गर्न नसक्ने यी विलक्षण, सन्यासीहरू जीवनमुक्त हुन् ।

विज्ञातब्रह्मतङ्खवस्य यथापूर्वं न संसृतिः ।
अस्ति चेन्न स विज्ञातब्रह्मभावो बहिर्मुखः ।।४४३।।

ब्रह्मतङ्खवलाई जानिसकेपछि विद्वान्लाई पहिला जस्तै संसारको आस्था रहँदैन । यदि संसारको आस्था बनिरह्यो भने सम्झनु पर्दछ उसलाई ब्रह्मतत्व प्राप्त भएको छ्रैन । उ वहिर्मुखी नै छ । ।।४४३।।

आत्मज्ञान वा ब्रह्मतङ्खवको प्राप्ति त्यो स्थितिमा मात्र प्राप्त हुन्छ जब मन वा चित्तका सम्पूर्ण जगत् वासनाहरू मूलसहित नष्ट भई ‘म ब्रह्म हुँ’ भन्ने बोध हुन्छ । यस्तो स्थितिमा ब्रह्मबोधबाट प्राप्त हुने रस सांसारिक, क्षणीक, अनित्य, विषयबाट प्राप्त हुने आनन्दभन्दा धेरै परमशान्ति वा आनन्ददायक हुने भएकोले ब्रह्मभावमा स्थित पुरुरूको मन फर्किएर जगत्का मिथ्या अनित्य आकर्षण आनन्दमा रमाउने प्रश्न नै उठ्दैन । जगत्को आस्था रहने भन्ने प्रश्न उठ्दैन ।

यदि कुनै विद्वान्ले स्वयंलाई ब्रह्मतङ्खव प्राप्त भएको दावी गरेको छ । तर जगत्का आकर्षण प्रति उसको अझै झुकाव छ, आस्था छ भने सम्झनु पर्दछ की साधानासिद्ध भई ब्रह्मतङ्खव ज्ञानको स्थितिमा उ पुगेको छैन । मनका वासना अझै नष्ट भएका छैनन् । उ अझै वहिर्मुखी छ ।

प्राचीनवासनावेगादसौ संसरतीति चेत् ।
न सदेकत्वविज्ञानान्मन्दीभवति वासना ।।४४४।।

यदि कसैले भन्यो अनादि वासनाको वेगले ब्रह्मवेत्ता फेरी संसारमा प्रवृत्त हुन सक्दछ । यस्तो हुँदैन किनभने ब्रह्मसँगको एकत्व अनुभवको कारण उसको वासना क्षीण हुन जान्छ । ।।४४४।।

यदि कसैले ब्रह्मज्ञान (वा ब्रह्मवेत्ता स्थिति) प्राप्त गरिसकेपछि पनि पुरुष अनादि वासनाको प्रवल वेगले जगत्मा पुनः प्रवेश गर्दछ, भन्दछ भने त्यो गलत सिद्ध हुन्छ । किनकि ब्रह्मज्ञान मनका सम्पूर्ण विषय वासनाहरूलाई नष्ट गरिसकेपछि मात्र प्राप्त स्थिति हो । जब मनका सम्पूर्ण वासनाहरू ब्रह्म एकत्वको कारण क्षीण भएका छन् भने कारण (वा वासना) को अनुपस्थितिमा ब्रह्मज्ञानी पुनःकसरी जगत्मा प्रवृत्त हुन सक्दछ ? यदि उसमा जगत्मा प्रवेश गर्ने कारण वा वासनाहरू जीवित छन् भने उ कसरी तङ्खवज्ञानी हुनसक्छ ?

अत्यन्तकामुकस्यापि वृत्तिः कुण्ठति मातरि ।
तथैव ब्रह्मणि ज्ञाते पूर्णानन्दे मनीषिणः ।।४४५।।
अत्यन्त कामी पुरुषको कामवृत्ति आमालाई देखेपछि कुण्ठित हुन्छ । त्यसैगरी पूर्णानन्द स्वरूप ब्रह्मलाई जानिसकेपछि ज्ञानी संसारमा प्रवृत्त हुँदैन ।।।४४५।।

अत्यन्त कामुक पुरुषको कामवृत्ति कामवासना आमा, दिदी–बहीनी आदिलाई देख्ने वित्तिकै तत्क्षण कुण्ठीत हुन पुग्दछ । यो अवस्थाको सिर्जना किन हुन्छ भने मनमा यो प्रकारको वासना नै उपस्थित हुँदैन । मनले कहिल्यै यस्तो प्रकारका निष्कृष्ठ वासनाको कल्पना गरेको हुँदैन । हत्या, चोरी, व्य(िभचारीमा मनको यही स्थितिले काम गर्दछ । अर्थात मनमा वासना अनुपस्थित भएमा कर्ममा मनुष्य प्रवृत्त हुँदैन । त्यस्तैगरी जब मोक्ष प्राप्त गरी पूर्णानन्द स्वरूप ब्रह्मसँग एकाकार भइसकेको ज्ञानीको मनमा जगत्वासनाको विज उपस्थित नभएकोले जगत्मा प्रवृत्त हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 712 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 956 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1825 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 792 0
सद्गुरु लक्षण 841 0
शिष्य प्रार्थना 1/15/2023 929 0
गुरु कर्तव्य 1/15/2023 915 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 738 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 753 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 914 0
दश इन्द्रियहरू 1/15/2023 1164 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1035 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 987 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 736 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 886 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 782 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 737 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 743 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 792 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 878 0
अहंपदार्थ निरूपण 1/15/2023 722 0
अहंकार – मुख्यवाधा 1/15/2023 642 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 658 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 768 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 696 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 774 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 713 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 671 0
आत्मज्ञानको फल 1/15/2023 756 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 801 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 850 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 821 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 934 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1141 0
आत्माको अविनाशिता 1/15/2023 1203 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0