प्रारब्ध कर्म विचार

0 टिप्पणीहरू 783 आगन्तुकहरू

प्रारब्ध कर्म अनि कर्मफलको वर्णन तलका श्लोकहरुमा गरिएको छ ।
निदिध्यासनशीलस्य बाह्यप्रत्यय ईक्ष्यते ।
ब्रवीति श्रुतिरेतस्य प्रारब्धं फलदर्शनात् ।।४४६।।

निदिध्यासनशील, आत्मचिन्तनमा लागेको पुरुषमा बाह्य पदार्थको प्रतीति भएको देखिएको छ । दुःखको अनुभूतिरूपी फल (यी पुरुषमा) देखिनाको कारण श्रुति यसलाई प्रारब्ध भन्दछ । ।।४४६।।

निदिध्यासनशील वा आत्मचिन्तनमा लीन साधकमा पूर्वजन्मका कर्मद्वारा संग्रहित अनादि वासनाहरू (प्रारब्ध) पूर्णरूपमा नष्ट नभई सूक्ष्म रूपमा रहिरहेकोले पुरुषमा बाह्य जगत् प्रतिको आकर्षण वा प्रतीति जीवितरहि परिणाम स्वरूप प्राप्त हुने दुःख सुखरूपी अनुभूति (प्रारब्ध) प्राप्त भएको देखिएको छ ।

सुखाद्यनुभवो यावत्तावत्प्रारब्धमिष्यते ।
फलोदयः क्रियापूर्वो निष्क्रियो न हि कुत्रचित् ।।४४७।।
जबसम्म सुख दुःखादिको अनुभव हुन्छ तवसम्म प्रारब्ध छ भनेर मानिन्छ । किनभने कर्मबाट फल उत्पन्न हुन्छ । कहिल्यै पनि कर्मविना फल उत्पन्न हुँदैन । ।।४४७।।
यो श्लोक ४४६ श्लोककै निरन्तरताको रूपमा आएको हो ।

यदि निदिध्यासनशील पुरुषलाई सविकल्प समाधि (निर्विकल्प समाधिभन्दा अगाडिको स्थिति जहाँ पूर्ण मोक्ष प्राप्त भएको हुँदैन) को स्थितीमा वासनामय कर्महरू नगर्दा पनि यदि सुख दुःख आदिका अनुभूतिहरू भइरहन्छ भने त्यो प्रारब्ध पूर्वजन्ममा गरिएका शुभ अशुभ कर्महरूको फल हो भनेर मानिन्छ । कर्मफल प्रारब्धको नियम अनुसार पूर्वजन्महरूमा गरिएका शुभ अशुभ कर्महरूले कैयन जुनिसम्म सुख दुःखरूपी फलहरू दिइरहन्छ । कहिल्यै पनि कर्म विना फल उत्पन्न हुँदैनन् ।

अहं ब्रह्मेति विज्ञानात् कल्पकोटिशतार्जितम् ।
सञ्चितं विलयं याति प्रबोधात् स्वप्नकर्मवत् ।।४४८।।
बिउँझिएपछि जसरी सपना अवस्थाका कर्महरू लीन हुन्छ । त्यस्तै‘म ब्रह्म हुँ’ भन्ने ज्ञान भएपछि तुरून्तै करोडौ कल्पदेखि सञ्चीत कर्म नष्ट हुन्छन् । ।।४४८।।

सपना अवस्थामा विविध प्रकारका दृश्यहरू देखिन्छन् । कर्महरू घटीत हुन्छन् । जब मनुष्य विउँझिन्छ तत् क्षण ती कर्महरू दृश्यहरू नष्ट हुन्छन् । मनुष्य सपनाको मिथ्या जगत्बाट मुक्त हुन्छ ।

यस्तै जब साधकले साधनाद्वारा ‘म ब्रह्म रहेछु’ भन्ने पूर्ण आत्माअनुभूति प्रप्त गर्दछ । आत्मसाक्षात्कारको त्यो स्थितिमा अनादि अज्ञान नष्ट भई पूर्वजन्मका वासनाहरू मुलसहित नष्ट हुने हुनाले करोडौ कल्पदेखिसन्चीत कर्मका वासना विज पनि नष्ट हुन्छन् । सञ्चित कर्म भन्नाले पूर्व जुनिहरूमा गरिएका कर्महरू जसको संग्रह सूक्ष्म शरीरमा वासनाको रूपमा रहेको हुन्छ भन्ने बुझिन्छ ।

यत्कृतं स्वप्नवेलायां पुण्यं वा पापमुल्बणम् ।
सुप्तोत्थितस्य किं तत् स्यात् स्वर्गाय नरकाय वा ।।४४९।।

सपना गरिएका ठूला ठूला पाप पुण्यकर्महरू विउँझिएपछि स्वर्ग वा नर्क प्राप्तिका कारण वन्न सक्दछ ?।।४४९।।
जसरी सपना अवस्थामा गरिएका ठूला ठूला पाप पुन्य कर्महरू विउँझिए पछि नष्ट हुन्छ । स्वर्ग नर्क प्राप्तिका कारण बन्न सक्दैनन् । त्यस्तै अविद्यारूपी निद्रा (म शरीर हुँ भनि बोध भइरहेको अवस्था) मा गरिएका कर्महरू र ती कर्मले छोडेका वासनामय वीज (संस्कारहरू पुरुषले आत्मसाक्षात्कार वा जागृत अवस्था प्राप्त गरेपछि नष्ट भई कर्मफल दिन असमर्थ रहन्छन् ।

स्वमस·मुदासीनं परिज्ञाय नभो यथा ।
न शीलष्यते यतिः किञ्चित् कदाचिद्भाविकर्मभिः ।।४५०।।
जुन सन्यासी (यति) आफूलाई आकाश जस्तै असंग र उदासिन ठान्दछ । उ कुनै पनि भावी कर्ममा थोरै पनि लिप्त हुन सक्दैन । ।।४५०।।

आत्मज्ञान प्राप्त गरेको जुन सन्यासी स्वयंलाई ‘म मनुष्य हुँ, म देह हुँ’ नठानि आकाश जस्तै असंग (एक) उदासिन(कर्तव्यभाव रहित) ठान्दछ । यस्तो सम्यक् ज्ञान स्थिति भएको सन्यासी कसरी पुनःजगत्का वासनामय कर्ममा लिप्त हुन्छ र? शरीर धर्मको कारणले कर्म गरेता पनि कर्मका फलहरूप्रति आशारहित रहि निष्काम कर्म गर्दछ । क्षणिक रसपान हेतु प्रवृत्त हुँदैन । यदि उ जगत् वासनाप्रति रमाउँदछ भने जगत्बाट असंग रहन सक्दैन ।

न नभो घटयोगेन सुरागन्धेन लिप्यते ।
तथात्मोपाधियोगेन तद्धर्मैर्नैव लिप्यते ।।४५१।।
जसरी घैंटोबाट परिछिन्न (सिमित) भएको आकाश घैंटोमा राखिएको मदीराको गन्धसँग लिप्त हुँदैन । त्यस्तै उपाधि सम्बन्धको कारणले आत्मा उपाधिको धर्मसँग लिप्त हुँदैन । ।।४५१।।

महाकाश होस् वा घैंटोभित्रको घटाकाश त्यो निर्मल, अमूर्त हुन्छ । घैंटोमा यदि रक्सी राखिएको छ भने घैंटोभित्रको आकाश रक्सीको गन्धसँग लिप्त हुँदैन । घैंटो भित्रको आकाशले रक्सीको गुण, धर्मलाई ग्रहण गर्दैन । त्यस्तै शरीर, मन, प्राण, बुद्धि आदि आत्माका उपाधिहरू हुन । यी सम्पूर्णका धर्म, गुण वा स्वभावहरू (जुन पृथक् पृथक् छन्) लाई आत्माले ग्रहण गर्दैन । यदि आत्माले उपाधिका गुण, धर्मलाई ग्रहण गर्दछ भने कसरी आत्माको स्वरूप सत्, चित, आनन्द र अद्वितीय हुनसक्छ ?

ज्ञानोदयात् पुरारब्धं कर्म ज्ञानान्न नश्यति ।
अदत्त्वा स्वफलं लक्ष्यमुद्दिश्योत्सृष्टबाणवत् ।।४५२।।
लक्ष्यतर्फ छोडिएको वाण जस्तै ब्रह्मसाक्षात्कार हुनुपूर्व आरम्भ भएका प्रारब्ध कर्म आफ्नो फल नदिई नष्ट हुँदैन ।।४५२।।

वेदान्त दर्शको मत छ कि लक्ष्यमा छोडिएको वाण झैं आत्मासाक्षात्कार हुनुपूर्व अज्ञान अवस्थामा गरिएका सम्पूर्ण शुभ अशुभकर्महरू, कुनै न कुनै जन्ममा फल नदिई नष्ट हुँदैनन् । यही प्रारब्ध (शुभकर्म परिणाम) ले गर्दा मनुष्यलाई शरीर, सदगुरु आदि प्राप्त हुन्छन् । यही प्रारब्ध (अशुभकार्यको परिणाम) ले गर्दा मनुष्यलाई अकाल मृत्यु, रोेग, व्याधी प्राप्त हुन्छ ।

व्याघ्रबुद्ध्या विनिर्मुक्तो बाणः पश्चात्तु गोमतौ ।
न तिष्ठति छिनत्त्येव लक्ष्यं वेगेन निर्भरम् ।।४५३।।
जसरी बाघ सम्झिएर गाईलाई छोडिएको वाण, बाण छोडेपछि ‘ओहो योत गाई रहेछ’, भन्ने ज्ञान भएपछि पनि वीचमा नरोकी आफ्नो लक्ष्यलाई भेदन गर्दछ । प्रारब्धलाई यसरी नै बुझ्नु पर्दछ । ।।४५३।।
जसरी कुनै लक्ष्यलाई दृष्टि गरेर वाण छोडेपछि लक्ष्य गलत भएछ भन्ने ज्ञान भएपछि पनि बाणलाई फिर्ता गर्न नसकी लक्ष्य भेदन हुनु पुग्दछ । त्यस्तै ब्रह्मसाक्षात्कार हुनुपूर्व मनुष्य जीवनमा गरिएका जति शुभ अशुभ कर्महरू छन् ती कर्महरू सुख दुःख रूपी प्रारब्ध कलारम्भ नगरि नष्ट हुँदैनन् । कुनै न कुनै जन्ममा यी प्रारब्ध कर्महरूको फल भोग्नु पर्दछ ।
वेदान्त दर्शन भन्दछ की संचीत कर्महरू आत्मज्ञान प्राप्त गरेपछि नष्ट हुन्छ तर प्रारब्ध कर्महरू आत्मसाक्षात्कार प्राप्त पछि पनि नष्ट हुँदैनन् । प्रारब्ध कर्म फल भोगेपछि मात्र विदेह कैवल्य (ब्रह्मलीनताको उच्च स्थिति) प्राप्त गर्दछन् ।
प्रारब्धं बलवत्तरं खलु विदां भोगेन तस्य क्षयः

सम्यग्ज्ञानहुताशनेन विलयः प्राक्सञ्चितागामिनाम् ।
ब्रह्मात्मैक्यमवेक्ष्य तन्मयतया ये सर्वदा संस्थिताः
तेषां तत्त्रितयं न हि क्वचिदपि ब्रह्मैव ते निर्गुणम् ।।४५४।।

ज्ञानीको प्रारब्ध कर्म अवश्य नै वलवान हुन्छ जुन भोग गरेर मात्र क्षय हुन्छ । सम्यक् ज्ञानरूपी अग्निद्वारा पुर्व सन्चित र आगामी (भविष्य) कर्महरू विलय हुन्छन् । तर जो सर्वदा ब्रह्म र आत्मा एकताको अनुभव गरि त्यही भाव (ब्रह्मलीनता) मा स्थिर रहन्छन् । उनीहरूको लागि भविष्यमा प्रारब्ध आदि तीन प्रकारका कर्म रहँदैनन् । उ निर्गुण ब्रह्मरूप नै हुन्छ । ।।४५४।।

पूर्व जन्महरू अनि वर्तमान जीवनका वासनामय कर्मद्वारा संग्रहित वासनाहरू र कर्महरू सम्यक् ज्ञानरूपी अग्निमा जलेर नष्ट भएपछि मात्र आत्मज्ञान प्राप्त हुने हुनाले आत्मसाक्षात्कार पछाडी सम्पूर्ण सञ्चित कर्महरू विलय हुन्छन् । सम्यक् ज्ञान प्राप्ति पछाडि पुरुषमा जगत्का वासनाहरू आकर्षित भई वासनाद्वारा कर्म नगर्ने हुनाले भावी वासनाहरू सिर्जना हुन सक्दैन ।प्रारब्धकर्महरूको प्रकृति ‘सञ्चित’ ‘भावी’ कर्महरू भन्दा नितान्त पृथक् हुन्छ । यिनीहरू सम्यक् ज्ञानको अग्निमा नष्ट हुँदैनन् । यी पुर्वजन्मका प्रारब्ध कर्महरू आफ्नो प्रकृति अनुसार शुभ वा अशुभ फल दिई नष्ट हुन्छन् । यसैले आत्मज्ञानी महापुरुषहरूको जीवनमा पनि अनर्थका शुभ अशुभ घटनाहरू घट्दछन् ।

मात्र पृथक्ता, त्यो विन्दुमा छ की ‘म ब्रह्म तत्व हुँ’, भन्ने अनुभूतिमा स्थित यी पुरुषमा प्रारब्धकर्मका फलहरू शुभ वा अशुभले कुनै स्पर्श गर्दैनन् कुनै प्रभाव पार्न असमर्थ रहन्छन् । यी महापुरुषहरू स्वयंमा घटीत अनर्थका घटनालाई पनि खेल वा नाटकको रूपमा ग्रहण गर्दछन् । यसबाट प्रभावित हुँदैनन् ।

उपाधितादात्म्यविहीनकेवलब्रह्मात्मनैवात्मनि तिष्ठतो मुनेः ।
प्रारब्धसद्भावकथा न युक्ता स्वप्नार्थसम्बन्धकथेव जाग्रतः ।।४५५।।

सम्पूर्ण उपाधि सम्बन्धबाट रहित भएर केवल ब्रह्मभाव स्वरूपमा स्थित मुनीको प्रारब्धकर्मको स्थिति सम्बन्धमा कुरा गर्नु सपनामा देखिएका दृश्य पदार्थको बारेमा बिउँझिएको पुरुषसँगको सम्बन्धको कुरा गर्नु जस्तै अनुचित (अर्थहीन) हो । ।।४५५।।

सपनामा देखिएका दृश्य, पदार्थ, घटना आदिहरू बिउँझिने वित्तिकै असत भएको कारण मिथ्या मानिन्छ । ती भ्रामक मिथ्याहरूको जागृत अवस्थासँग कुनै सम्बन्ध नहुने हुनाले तिनीहरूको चर्चा गर्नु अर्थहीन हास्यास्पद ठहरिन्छ । त्यस्तै आत्मज्ञानको शिखरमा पुगि नित्य ब्रह्मभावमा स्थित मुनि प्रारब्धकर्मबाट प्राप्त दुःख वा सुखरूपी फललाई मात्र एक खेल नाटकको रूपमा ग्रहण गरी साक्षी भावमा स्थिर रहन्छ । ब्रह्मभावमा लीन यी मुनिहरूलाई प्रारब्धकर्मको परिणामले स्पर्शसम्म नगर्ने भएकोले यो प्रारब्ध कर्मफलको सम्बन्धमा कल्पना गर्नु अर्थहीन छ ।

न हि प्रबुद्धः प्रतिभासदेहे देहोपयोगिन्यपि च प्रपञ्चे ।
करोत्यहन्तां ममतामिदन्तां किन्तु स्वयं तिष्ठति जागरेण ।।४५६।।
बिउँझिएको पुरुष सपनामा प्रतिभासिक देह तथा देह उपयोगीसपनाका प्रपन्चमा अहंता (म) ममता (मेरो), इदन्ता (यो) गर्देन । उ जागृत भावमा रहन्छ । ।।४५६।।

जब कोही पुरुष सपनाबाट बिउँझिन्छ । सपनाका ती विविध दृश्य पदार्थ आदि प्रति मनुष्य म, मेरो, आदि अहंभाव नराखी ती मिथ्या, असत् दृश्यहरू थिए भन्ने बुझि बस्दछ । त्यस्तै आत्मज्ञान प्राप्ति गरी अज्ञानरूपी सपनाबाट ज्ञानरूपी यथार्थतामा बिउँझिएको पुरुष जो म मात्र विशुद्ध ब्रह्मतत्व रहेछु भन्ने बोध प्राप्त गर्दछ । यी देह,मन, आदिका प्रपन्चलाई त्यागि अलग्गिएर जागृत वासाक्षीभावमा रहन्छ ।

न तस्य मिथ्यार्थसमर्थनेच्छा न सङ्ग्रहस्तज्जगतेऽपि दृष्टः ।
तत्रानुवृत्तिर्यदि चेन्मृषार्थे न निद्रया मुक्त इतीष्यते ध्रुवम् ।।४५७।।
बिउँझिएको पुरुष सपनामा देखिएको मिथ्या पदार्थलाई न समर्थन (स्वीकार) गर्ने इच्छा हुन्छ न वस्तु संग्रह गर्ने इच्छा हुन्छ । यदि ती मिथ्या पदार्थमा आसक्ति छ भने, त्यो पुरुष विउँझिएको हुँदैन । ।।४५७।।

सपना अवस्थाबाट बिउँझिएपछि सपनामा देखिएका दृश्य प्रपन्च, असत् हुन् भन्ने ज्ञात भएपछि ती सपनाका प्रपन्चहरू स्वीकार गर्ने इच्छा कसैलाई हुँदैन । त्यस्तै सम्यक् ज्ञान प्राप्त गरेर जगत्लाई मिथ्या भनेर त्यगिसकेपछि पुनः पुरुषमा जगत्प्रतिको कुनै आकर्षण जीवित रहँदैन । यदि जगत्प्रति आकर्षण छ भने उ आत्मसाक्षात्कारको स्थितिमा पुगेको छैन । उ अझै निद्रा अज्ञानको स्थितिमा छ ।

तद्वत्परे ब्रह्मणि वर्तमानः सदात्मना तिष्ठति नान्यदीक्षते ।
स्मृतिर्यथा स्वप्नविलोकितार्थे तथा विदः प्राशनमोचनादौ ।।४५८।।

सधैं परब्रह्म भावमा रहने पुरुष ब्रह्मरूपमा नै स्थित रहन्छ । ब्रह्मबाट पृथक् (द्वैधता) उ केही देख्दैन । बिउँझिएको पुरुषलाई जसरी सपनामा देखिएका पदार्थमात्र स्मृति (प्रतित) हुन्छ । त्यस्तै प्रकार ज्ञानीलाई पनि भोजन ग्रहण र मलमुत्रादी त्याग स्मृति हुन्छ । ।।४५८।।

मोक्षको उच्चविन्दु जहाँ पुरुष निर्विकल्प समाधिद्वारा ब्रह्ममा पूर्णरूपमा विलीन भएर नित्य परब्रह्म स्थितरही अन्य कुनै द्वैधता देख्दैन । त्यस्तो ब्रह्मतत्वमासम्यक्रूपमा विलय भइसकेको पुरुष देहसँगको सम्बन्ध पूर्ण रूपमा नष्ट भई देहले गर्ने कर्ममा अहंभाव शुन्य भएकोले भोजन, ग्रहण, मलमुत्रादि त्याग कर्महरू गर्दास्वयंले गरेको नभई देहले गरेको कर्म सपनाझैं प्रतित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 712 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 956 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1827 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 794 0
सद्गुरु लक्षण 841 0
शिष्य प्रार्थना 1/15/2023 931 0
गुरु कर्तव्य 1/15/2023 915 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 738 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 753 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 914 0
दश इन्द्रियहरू 1/15/2023 1164 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1035 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 987 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 736 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 886 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 782 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 737 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 743 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 792 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 878 0
अहंपदार्थ निरूपण 1/15/2023 722 0
अहंकार – मुख्यवाधा 1/15/2023 642 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 660 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 768 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 696 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 776 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 713 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 671 0
आत्मज्ञानको फल 1/15/2023 756 0
जीवनमुक्तको लक्षण 1/15/2023 795 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 801 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 852 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 821 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 936 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1143 0
आत्माको अविनाशिता 1/15/2023 1203 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0