प्रारब्ध निराकरण

0 टिप्पणीहरू 700 आगन्तुकहरू

प्रारब्ध निराकरणका विधिहरूको व्याख्या तलका श्लोकहरूमा गरिन्छ ।

कर्मणा निर्मितो देहः प्रारब्धं तस्य कल्प्यताम् । नानादेरात्मनो युक्तं नैवात्मा कर्मनिर्मितः ।।४५९।।
देह कर्मबाट निर्मित छ त्यसैले प्रारब्ध पनि उसै (कर्म) को सम्झिनु पर्दछ । अनादि आत्माको प्रारब्ध मान्नु ठीक होइन । किनभने आत्मा कर्मद्वारा बनेको होइन ।।।४५९।।

कर्मबाट प्रारब्धको निर्माण हुन्छ । मनुष्य जस्तो कर्म गर्दछ, त्यही अनुसार देह प्राप्त गर्दछ । वर्तमानमा अमूल्य मनुष्य देह प्राप्त भएको छ, यो पूर्वजन्मका प्ररब्धकर्मको फल प्राप्तिको रूपमा बुझ्नु पर्दछ । देह प्राप्तिलाई आत्माको प्रारब्ध मान्न सकिँदैन । किनकि असंग, अक्रिय आत्मा कसरी कर्मफलरूपी प्रारब्ध निर्माण गर्न सक्दछ ? सक्दैन ।

अजो नित्य इति ब्रूते श्रुतिरेषा त्वमोघवाक् ।
तदात्मना तिष्ठतोऽस्य कुतः प्रारब्धकल्पना ।।४६०।।
आत्मा अजन्मा, नित्य, श्वाशत् छ । यस्तो उद्घोष श्रुतिले गरेको छ । त्यो आत्मस्वरूपमा स्थित ज्ञानीमा प्रारब्धको कल्पना कसरी गर्न सकिन्छ ?।।४६०।।

वेद, उपनिषद्–आदि श्रुतिले आत्मा, अजन्मा, नित्य र शाश्वत् छ भन्ने उद्घोष गरेका छन् । जो ज्ञानी स्वयं आत्मस्वरूपमा स्थित छ । जो स्वयं ब्रह्म छ । आत्मज्ञानी भएकोले इन्द्रियजन्य वासनाकर्म त के कर्मफलरूपीसकाम कर्म पनि गर्दैन । यस्तो निस्कामकर्मी ज्ञानीमा प्रारब्ध कर्मको कसरी कल्पना गर्न सकिन्छ ?

प्रारब्धं सिध्यति तदा यदा देहात्मना स्थितिः ।
देहात्मभावो नैवेष्टः प्रारब्धं त्यज्यतामतः।।४६१।।
जबसम्म देहमा आत्मबुद्धि हुन्छ तवसम्म प्रारब्धसिद्धि हुन्छ । तर मुमुक्षुमा देहात्मभाव हुनु इष्ट कुरा होइन् । यसैले (मुमुक्षले) प्रारब्धको कल्पनालाई छोड्नु पर्दछ । वस्तुतः शरीरको प्रारब्ध कल्पना भ्रान्ती हो । ।।४६१।।

प्रारब्धको निर्माण त्यो अवस्था हुन्छ, जब देहमा आत्मबुद्धि रहन्छ । जो पुरुष मोक्षको इच्छुक छ, त्यो मुमुक्षुलाई देहमा आत्मबुद्धि शोभा दिंदैन । देहलाई आत्मा मानेर सकाम कर्म गर्दा प्रारब्धको सिर्जना हुने हुनाले मुमुक्षले देहात्म बुद्धिलाई त्याग्नु पर्दछ ।

शरीरस्यापि प्रारब्धकल्पना भ्रान्तिरेव हि ।
अध्यस्तस्य कुतः सङ्खवमसङ्खवस्य कुतो जनिः ।
अजातस्य कुतो नाशः प्रारब्धमसतः कुतः ।।४६२।।
वस्तुत शरीरमा प्रारब्ध कल्पना भ्रान्ति हो । किनकि शरीर स्वयं नै अध्यस्त हो । अध्यस्त (भ्रमबाट कल्पित) वस्तुको सत्ता कहाँ हुन सक्दछ ? जो असत् छ, उसको उत्पति कहाँबाट हुन सक्दछ ? जुन उत्पन्न भएको छैन त्यसको नाश कसरी हुन सक्दछ ? यसैले असत् शरीरको प्रारब्ध कसरी हुन सक्छ ?।।४६२।।

जसको सत्ता छैन, त्यसलाई असत् भनिन्छ । जो भ्रमबाट कल्पित छ त्यसलाई अध्यस्त भनिन्छ । उदाहरणमा डोरी (अधिष्ठान) आरोपित (सर्प) असत् हो । उत्पन्न भएको छैन जुन असत् सत्ता छ त्यसको नाश कसरी हुन्छ? त्यस्तै ः वेदान्त दर्शन अनुसार ब्रह्मा सत्य हो । सम्पूर्ण ब्रह्माण्ड, जगत्, देह, मन आदि अध्यास भ्रमबाट कल्पित सत्ता हुन असत् हुन् । जब वस्तु स्वयंमा असत् छ (सत्तासम्म छैन) यस्तो असत् शरीरको प्रारब्ध कसरी हुन सक्छ ?डोरीमा कल्पित सर्प झैं जुन वस्तु असत् छ, उसको उत्पति (जन्म) कसरी हुन सक्दछ ? सक्दैन । डोरीमा कल्पित सर्पको के कहिल्यै उत्पति भएको थियो र ?

ज्ञानेनाज्ञानकार्यस्य समूलस्य लयो यदि ।
तिष्ठत्ययं कथं देह इति शङ्कावतो जडान् ।
समाधातुं बाह्यदृष्ट्या प्रारब्धं वदति श्रुतिः ।।४६३।।
यदि ज्ञानद्वारा अज्ञान मूलसहित नष्ट हुन्छ भने ज्ञानीको यो स्थूल शरीर कसरी बाँकी रहन्छ ? यस्तो शंका गर्ने जडपुरुषलाईसम्झाउनको लागि व्यवहारिक दृष्टिले श्रुति ज्ञानीको प्रारब्धको व्याख्या गर्दछन् । ।।४६३।।

जगत्मा मन्दबुद्धि छन् । जो अज्ञानको कारणले शंसयपूर्ण दृष्टिकोण राखि अनेकन शंकापूर्ण तर्कहरू गर्दछन् “जब तिनीहरू सुन्दछन् की ज्ञान (आत्मा साक्षात्कार) बाट देहभिमान मूल सहित नष्ट हुन्छ ।” अल्पबुद्धि भएको कारण तिनीहरू“देहभीमान नष्ट हुनु ‘र’“देह नष्ट” हुनुको पृथक्तालाई छुट्याउन नसकि प्रश्न गर्दछन् की यदि ज्ञानद्वारा देहभिमान मूलसहित नष्ट हुन्छ भने ज्ञानीको यो स्थूल शरीर किन नष्ट हुँदैन ? मात्र तिनीहरूको शंका निवारणको लागि श्रुति वा ज्ञानीहरूले प्रारब्धको व्याख्या गर्दछन् ।

न तु देहादिसत्यत्वबोधनाय विपश्चिताम् ।
यतः श्रुतेरभिप्रायः परमार्थैकगोचरः ।।४६४।।
श्रुतिले ज्ञानिका लागि देहआदि सत्य हो सम्झाउन प्रारब्धको व्याख्या गर्दैन । किनकि श्रुतिको अभिप्राय त एकमात्र परमार्थ वस्तुको प्रतिपादन गर्नु हो । ।।४६४।।

वेद, गीता आदि श्रुतिले द्वैत सत्तालाई स्वीकार गरेको छैन । अद्वैत सत्ताको सिद्धान्त प्रतिपादन गर्ने श्रुतिले देह आदि पदार्थको सत्यताको व्याख्या गर्न प्रारब्धको धारणा अघि सार्न सक्दैन । श्रुति अनुसार सम्पूर्ण जगत्, ब्रह्माण्ड, ब्रह्म हो । ब्रह्म बाहेक यहाँ केही छैन । जब ब्रह्म बाहेक अन्य सत्ता असत् हुन भने प्रारब्धको धारणा कसरी उठ्न सक्दछ ? यसैले प्रारब्धको प्रतिपादन अल्पबुद्धि मनुष्यको शंका निवारणको लागि मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 792 0
मंगलाचरण 1/15/2023 767 0
मुक्तिको दुर्लभता 1/15/2023 666 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 912 0
विचारको महङ्खव 1/15/2023 635 0
शिष्य लक्षण 1/15/2023 792 0
साधन–चतुष्टय 1/15/2023 1779 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 756 0
सद्गुरु लक्षण 795 0
शिष्य प्रार्थना 1/15/2023 885 0
गुरु कर्तव्य 1/15/2023 875 0
1/15/2023 615 0
शिष्य प्रशंसा 1/15/2023 698 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 707 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 774 0
अपरोक्षानुभवको आवश्यकता 731 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1085 0
विषयविन्दा 1/15/2023 758 0
देहाशक्तिको निन्दा 1/15/2023 689 0
स्थूल शरीर निन्दा 1/15/2023 880 0
दश इन्द्रियहरू 1/15/2023 1122 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 993 0
पञ्चप्राण 1/15/2023 900 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 937 0
प्राणको धर्म 1/15/2023 592 0
अहंकार 1/15/2023 705 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 592 0
माया वर्णन 1/15/2023 1380 0
रजोगुण 1/15/2023 720 0
तमोगुण 1/15/2023 626 0
सङ्खवगुण 1/15/2023 725 0
कारण शरीर 1/15/2023 868 0
आत्मा–निरूपण 1/15/2023 698 0
अध्यास 1/15/2023 892 0
आवरण र विक्षेपशक्ति 1/15/2023 850 0
बन्ध निरूपण 1/15/2023 642 0
अन्नमय कोश 1/15/2023 722 0
प्राणमय कोश 1/15/2023 724 0
मनोमय कोश 1/15/2023 661 0
विज्ञानमय कोश 1/15/2023 734 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 810 0
आनन्दमय कोश 1/15/2023 590 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 635 0
आत्मस्वरूप निरूपण 1/15/2023 697 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 565 0
जगत्को मिथ्यात्व 1/15/2023 707 0
ब्रह्म निरूपण 1/15/2023 907 0
महावाक्य – विचार 1/15/2023 798 0
ब्रह्मा–भावना 1/15/2023 756 0
वासना त्याग 1/15/2023 793 0
अध्यास निराकरण 1/15/2023 844 0
अहंपदार्थ निरूपण 1/15/2023 686 0
अहंकार – मुख्यवाधा 1/15/2023 604 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 622 0
प्रमाद – निन्दा 1/15/2023 726 0
अविद्याको स्थिति 1/15/2023 720 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 683 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 771 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 794 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 656 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 734 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 679 0
ध्यान विधि 1/15/2023 654 0
आत्म दृष्टि 1/15/2023 733 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 708 0
आत्म चिन्तनको उपदेश 1/15/2023 644 0
शरीर उपेक्षा 1/15/2023 631 0
आत्मज्ञानको फल 1/15/2023 718 0
जीवनमुक्तको लक्षण 1/15/2023 719 0
प्रारब्ध कर्म विचार 744 0
नानात्व – निषेध 1/15/2023 761 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 814 0
बोधोपलब्धी 1/15/2023 680 0
शिष्यको अनुभव 1/15/2023 777 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 890 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1097 0
आत्माको अविनाशिता 1/15/2023 1165 0
परमार्थता 1/15/2023 1700 0
शिष्य बिदाइ 1/15/2023 1420 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36037 0