नानात्व – निषेध

0 टिप्पणीहरू 800 आगन्तुकहरू

तलका श्लोकहरूमा अन्य (नाना) तङ्खवको निषेध गरिएको छ ।

परिपूर्णमनाद्यन्तमप्रमेयमविक्रियम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४६५।।
परिपूर्ण, अनन्त, अप्रेमय, अविकारी, एक, अविक्रिय र अद्वितीय यो ब्रह्मामा भेद छैन । ।।४६५।।

देश परिच्छेदबाट रहित भएकोले परिपूर्ण, उत्पति रहित भएकोले अनादि, सर्वत्र उपस्थित भएकोले अनन्त, फलव्याप्ती शुन्य भएकोले अप्रेमय, अपरिणामी भएकोले अविक्रिय, यस्तो अद्वितीय, विशुद्ध, निर्मल ब्रह्मामा अलिकति पनि भेद छैन, अज्ञानको कारणले यो भेद देखिएको हो ।

सद्घनं चिद्घनं नित्यमानन्दघनमक्रियम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४६६।।
जो सद्धन, चितधन, नित्य, आनन्दघन अक्रिय, एक र अद्वितीय यस्तो ब्रह्मामा भेद छैन । ।।४६६।।

‘घन’ अर्थात् स्वरूप । सद्धन, (सत्स्वरूप), चित्धन (चेत स्वरूप), आनन्द्घन (आनन्दस्वरूप), क्रिया रहित, अक्रिय यस्तो नित्य, एक, अद्वितीय ब्रह्ममा अलिकति पनि भेद वा द्वैतता छैन ।

प्रत्यगेकरसं पूर्णमनन्तं सर्वतोमुखम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४६७।।
प्रत्येक, एकरस,पूर्ण, अनन्त, सर्वव्यापक, एक र अद्वितीय यो ब्रह्ममा अलिकति पनि भेद छैन । ।।४६७।।

सम्पूर्णको अन्तरआत्मा भएको कारण प्रत्यक, परिच्छेद शून्य भएकोले पूर्ण, नाशहित भएकोले अनन्त, सर्वत्र उपस्थिति भएकोले सर्वव्यापक, एकरस,यस्तो अद्वितीय ब्रह्ममा भेद छैन । यो पूर्ण अद्वैत छ ।

अहेयमनुपादेयमनाधेयमनाश्रयम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४६८।।
त्याज्य (अहेय), न ग्राहा (अनुपादेय), न कसैमा स्थीत हुन योग्य (अनाधेय), आश्रयरहित (अनाश्रय), एक अद्वितीय यो ब्रह्ममा अलिकति पनि भेद छैन । ।।४६८।।

सम्पूर्णको आत्मा भएको कारण त्याग्न नसकिने (अहेय) स्वयंबाट भिन्न नभएको कारण ग्रहण गर्न नसकिने (अनुपादेय) कसैमा स्थित हुन योग्य नभएकोले अनाधेय कुनै आश्रय नभएको स्वयं अधिष्ठान भएकोले अनाश्रय, यस्तो एक, अद्वितीय ब्रह्ममा कुनै भेद छैन । यसमा कुनै विविध पदार्थहरू छैनन् ।

निर्गुणं निष्कलं सूक्ष्मं निर्विकल्पं निरञ्जनम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४६९।।
निर्गुण, निष्कल, सूक्ष्म, निर्विकल्प, निर्मल, एक र अद्वितीय ब्रह्ममा अलिकति पनि भेद छैन । ।।४६९।।

तम, रज, सङ्खव गुणबाट रहित भएकोले निर्गुण,अवयव रहित भएकोले निष्कल (कलारहित), इन्द्रियबाट ग्रहण नहुने भएकोले सूक्ष्म, सम्पूर्ण विकल्प (कल्पना) रहित भएकोले निर्विकल्प, दोषरहित भएकोले निर्मल, यस्तो एक अद्वितीय ब्रह्ममा अलिकति पनि भेद छैन । उसबाट भिन्न दोश्रो कुनै मूल तत्व केही छैन ।

अनिरूप्यस्वरूपं यन्मनोवाचामगोचरम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४७०।।
जसको रूप वर्णन गर्न सकिँदैन । जो मन वाणीको विषय होइन, यस्तो एक अद्वितीय ब्रह्ममा अलिकति पनि भेद छैन । ।।४७०।।

अनुभवले मात्र जान्न सकिने स्वरूपको निरूपण गर्न असम्भव भएकोले रूपरहित,मनबाट मनन, वाणीबाट व्यक्त गर्न असम्भव यस्तो एक अद्वितीय ब्रह्ममा थोरै पनि भेद छैन ।

तत्समृद्धं स्वतःसिद्धं शुद्धं बुद्धमनीदृशम् ।
एकमेवाद्वयं ब्रह्म नेह नानास्ति किञ्चन ।।४७१।।
सत्य, सम्वृद्धि स्वतःसिद्ध, शुद्ध, वुद्ध (बोधस्वरूप), उपमारहित, एक र अद्वितीय यो ब्रह्मामा अलिकति पनि भेद छैन । ।।४७१।।

अवाध्य भएको कारण जो सत्य छ । अखण्ड आनन्दस्वरूप भएकोले जो समृद्ध वैभवपूर्ण छ । सम्पूर्ण प्रमाण र प्रवृतिको कारण भएकोले जो स्वतसिद्ध छ । दोषरहित भएकोले जो शुद्ध छ । बोधस्वरूप भएकोले जो बुद्ध छ । त्यस्तो पदार्थ दोश्रो केही नभएकोले उपमारहित छ । यस्तो एक अद्वितीय ब्रह्ममा अलिकति पनि भेद छैन । ब्रह्म भेदरहित छ ।

आत्म अनुभवका लागि प्रेरणा
गुरु शिष्यलाई आत्मअनुभवको लाई प्रेरित गर्नुहुन्छ ।
निरस्तरागा निरपास्तभोगाः शान्ताः सुदान्ता यतयो महान्तः ।
विज्ञाय तङ्खवं परमेतदन्ते प्राप्ताः परां निर्वृतिमात्मयोगात् ।।४७२।।
जसले विषय इच्छा तथा भोगलाई सम्पूर्ण रूपमा त्याग गरेको छ । जसको मन शान्त र इन्द्रिय संयमित छन् । महात्मागण यो परमतङ्खवलाई निर्विकल्प समाधिद्वारा जानेर अन्तमा परमशान्ति वा मोक्ष प्राप्त गर्दछन् । ।।४७२।।

ती महात्मा जसले साधनाद्वारा मनका सम्पूर्ण विषय इच्छा तथा भोगलाई नष्ट गरि जगत्सँगको सम्बन्धलाई पूर्णरूपमा विक्षेद गरेका छन् । मनको सम्बन्ध नष्ट भएको कारण जसको मन शान्त र इन्द्रिय संयमित छन् ।सम्यक् समाधि (आत्मसाक्षात्कार) को यो स्थितिमा पुगेका यिनै महान् महात्माहरू पुनः निर्विकल्प समाधि (नित्य परमात्मा चिन्तन) द्वारा ब्रह्ममा लिन भई मोक्ष परम पुरुषार्थरूपी परमपद प्राप्त गर्दछन् ।

भवानपीदं परतङ्खवमात्मनः स्वरूपमानन्दघनं निचाय्य ।
विधूय मोहं स्वमनःप्रकल्पितं मुक्तः कृतार्थो भवतु प्रबुद्धः ।।४७३।।
तिमी आत्माको वास्तविक स्वरूप आनन्दरूप परमतङ्खवलाई साक्षात्कार गरेर मन कल्पित मोहलाई छोडेर यो अज्ञान निद्राबाट जागेर मुक्त भई कृतार्थ वन् । ।।४७३।।

यो श्लोकमा गुरुले शिष्यलाई ‘त्वम्’ बाट ‘भवान’ शब्द प्रयोग गरी सम्मान दर्शाउनु भएको छ । शिष्यमा फस्टाएको विद्वता गुरुको दृष्टिबाट ओझेल पर्न सक्दैन । यो त्यही विद्वताप्रतिको सम्मान हो । यो श्लोकमा शिष्यका सम्पूर्ण रागादि नष्ट भइसकेको संकेत मिल्दछ । आदिगुरु भन्नुहुन्छ कि हे शिष्य, विषय भोग इच्छा नष्ट गरि रागरहित भएका महात्माहरू मुक्त भएका छन् । कृतार्थ बनेका छन् । त्यसैले तिमी निर्विकल्प समाधिद्वारा, आफ्नो आत्माको वास्तविक स्वरूपलाई साक्षात्कार गरी कल्पित यो जगत्, मोहलाई छोड । जगत् र मनको सम्बन्धलाई यथार्थ मान्नु अज्ञान हो । तिमी यो मिथ्या निद्राबाट जागेर परमात्माको चिन्तन गर्दै मुक्त बन । स्वयंले महान् पुरुषार्थरूपी परमपद प्राप्त गरि कृतार्थ वन ।

समाधिना साधु सुनिश्चलात्मना पश्यात्मतङ्खवं स्फुटबोधचक्षुषा । निःसंशयं सम्यगवेक्षितश्चेत् श्रुतः पदार्थो न पुनर्विकल्पते ।।४७४।।
समाधिद्वारा राम्रोसँग निश्चय भएको चित्त र विकसित भएको ज्ञाननेत्रद्वारा यो आत्मतङ्खवलाई हेर । किनकि सुनेको वस्तुलाई संशयरहित भएर राम्रोसँग हेरेपछि, त्यो वस्तुमा अन्यथा प्रतीतिmहुँदैनसंशय हुँदैन । ।।४७४।।

मनको स्वभाव यस्तो छ की आत्माको बारेमा सुनिएका, पढिएका, बुझिएका कुराहरूले संशय सिर्जना गर्दछन् । विविध कल्पना भ्रमहरू सिर्जना गर्दछन् । त्यसैले हे वत्स् ! तिमी सम्यक् समाधि स्थिर रहि शान्त, निश्चल, निर्मल भएको चित्त र विकशीत भएको ज्ञानरूपी नेत्रद्वारा आत्मतङ्खवलाई अवलोकन गर । शास्त्रमा वर्णित सत्, चित्त, आनन्द, अद्वितीय स्वरूप आत्मा यथार्थ हो कि होइन ? तिमी साक्षी भावले तर्करहित, विचाररहित, संशयरहित भएर अवलोकन गर । निरिक्षण गर र निश्चयमा पुग ।

जब तिमीले ज्ञान प्राप्त गर्ने छौं त्यो क्षणमा तिमीमा आत्माको बारेमा भनिएका सुनिएका, पढिएका संशय, भ्रम, द्विविधाहरू नष्ट भई आत्मतत्वको सत्यता प्रमाणित भई आत्माप्रति अन्यथा प्रतीति वा संशय रहने छैन ।

स्वस्याविद्याबन्धसम्बन्धमोक्षात् सत्यज्ञानानन्दरूपात्मलब्धौ ।
शास्त्रं युक्तिर्देशिकोक्तिः प्रमाणं चान्तःसिद्धा स्वानभूतिः प्रमाणम् ।।४७५।।
अज्ञानरूप बन्धनको संसर्ग छुटेपछि जुन सच्चिदानन्द स्वरूप आत्माको प्राप्ति हुन्छ । उसमा शास्त्र युक्ति गुरुवाक्य र अन्तःकरणबाट सिद्ध हुने अनुभव प्राप्त हुन्छ ।।४७५।।

शास्त्र अध्ययन, युक्ति र गुरुवाक्य श्रवणबाट आत्मा वा ब्रह्मको विषयमा जुन जानकारी प्राप्त हुन्छ त्यो अनुमान प्रमाण हो । साधना सिद्धिद्वारा अज्ञानरूप बन्धनको सम्बन्ध नष्ट भएपछि सच्चिदानन्द स्वरूप आत्माको जुन साक्षात अनुभूति हुन्छ त्यो अनुभव प्रमाण हो ।

बन्धो मोक्षश्च तृप्तिश्च चिन्तारोग्यक्षुधादयः ।
स्वेनैव वेद्या यज्ज्ञानं परेषामानुमानिकम् ।।४७६।।
बन्धन, मोक्ष, तृप्ती, चिन्ता, आरोग्य र भोक स्वयंद्वारा नै जानिन्छ (वा अनुभूति गरिन्छ) । अरूलाई यी विषयको ज्ञान अनुमान हो । ।।४७६।।

तृप्ती, चिन्ता, आरोग्य, मोह, शोक, दुःख, हर्ष अनुभूतिहरू नितान्त स्वःअनुभवका विषय हुन् । कसैको अनुभूतिको बारेमा कुनै दोश्रो व्यक्तिको सोचाइ भनाइ एक अनुमान, कल्पना हो अनुमान प्रमाण हो । बन्धन र मोक्षको अनुभूति पनि नितान्त स्वःअनुभूतिको विषय हो । उदाहरणको लागि कुनै पुरुषको मन जगत्सँगको सम्बन्ध (बन्धन) को अवस्था कस्तो छ?जगत्का कुन कुन वस्तुहरू प्रति उ आकर्षित छ ? त्यस्तै मोक्षमा कुन पुरुषको साधनाको स्थिति कस्तो छ? मनमा जगत्को वासनाको उपस्थिति छ छैन ? के उ पूर्णरूपमा मोक्ष भएर परमात्मासँग एकत्व स्थापित गरिसकेको छ ? मनुष्य मनका यी अदृश्य अनुभूतिलाई पुरुष स्वयंले अनुभूति गर्न सक्दछ ? दोश्रो व्यक्तिले त मात्र अनुमान वा कल्पना गर्न सक्दछ । हे साधक ! तिमी,स्वयंको साधनाको स्थितिको बारेमा जानकार छौ । तिमीस्वयं आत्मज्ञान प्राप्त गरी आत्माको अनुभूति गर ।

तटस्थिता बोधयन्ति गुरवः श्रुतयो यथा ।
प्रज्ञयैव तरेद्विद्वानीश्वरानुगृहीतया ।।४७७।।

नदी (तट) मा स्थीत पुरुष समान गुरुजन र शास्त्र तटस्थरूपले ज्ञान प्रदान गर्दछन् । विद्वान् ईश्वरको अनुग्रह युक्त बुद्धिद्वारा संसार सागर पार गर्दछ ।।।४७७।।

नदी तटमा माझीले पारी जाने यात्रुहरूलाई विना भेदभाव पार गराइदिए जस्तै सद्गुरु तथा मानवमात्रको कल्याणलाई लेखिएका शास्त्रले तटस्थ विनाभेद भाव ज्ञान प्रदान गर्दछन् । विद्वान् मुमुक्षले ईश्वरकृपा अनुग्रहबाट संसार सागर तर्दछ । ईश्वर कृपा, गुरुकृपा, शास्त्रकृपा, आत्मकृपा चार कृपाहरूले पुरुषमा आत्मबोध प्राप्त हुन्छ । ईश्वरकृपा ः प्राकृतिक कारणले पुरुषमा मोक्षका विचारहरू उठ्नु, आकर्षित हुनु ईश्वरकृपा हो । जब ईश्वरकृपा प्राप्त हुन्छ मनुष्यको मनमा विचार उठ्न थाल्दछ, गुरु, र शास्त्रप्रति आकर्षित हुन थाल्दछ ।

गुरुकृपा : अनुशासित, गुरु वचनप्रति पूर्ण विश्वास भक्तिराख्ने, ज्ञान प्यासी मुमुक्षुप्रति गुरुको स्नेह, ज्ञान व्याख्यानलाई गुरुकृपा मानिन्छ । गुरुकृपाद्वारा शिष्यमा शक्तिपात संभव छ । सद्गुरुको सामिप्यमा पात्रताको विकास तीव्र हुन सक्दछ । त्यसैले गुरुकृपा अत्यन्त महङ्खवपूर्ण मानिन्छ । आत्मकृपा ः विषय, भोग इच्छा त्यागेपछि मनको प्रशन्नता जसले मुमुक्षुलाई साधनाप्रति विश्वास बढाउँदछ ।

महानग्रन्थका विचारहरूप्रति श्रद्धा गरी निष्काम भावले शास्त्र कृपा आज्ञा पालन गर्दा प्राप्त परिणामलाई ग्रन्थ कृपा भनिन्छ । यी सम्पूर्ण कृपाहरू एक, अर्काका परिपूरक हुन् । हे साधक ! तिमी सद्गुरु कृपा, शास्त्रकृपा प्राप्त गर । यी कृपाहरू एक अर्काका परिपूरक भएकोले तिमीलाई ईश्वरको अनुग्रह प्राप्त भई तिमी यो संसार तर्नेछौ ।

स्वानुभूत्या स्वयं ज्ञात्वा स्वमात्मानमखण्डितम् ।
संसिद्धः सुसुखं तिष्ठेन्निर्विकल्पात्मनात्मनि ।।४७८।।
स्वयं अखण्ड आत्मालाई अनुभूतिद्वारा जानेर सिद्ध भएको साधक निर्विकल्प समाधिद्वारा आत्मामा नै सुखपूर्वक रहुन् । ।।४७८।।

ज्ञान स्वयंलाई, स्वःसाधनाद्वारा प्राप्त हुने वस्तु हो । गुरु तथा शास्त्रहरू त तटस्थरूपमा सम्पूर्ण साधकहरूलाई बरावर शिक्षा प्रदान गर्दछन् । गुरुकृपा तथा शास्त्रकृपा प्राप्त हुनु साधकको स्वप्रयत्नमा निर्भर गर्दछ ।यो श्लोकमा भनिएको छ की ईश्वरकृपा, गुरुकृपा, शास्त्रकृपा र आत्मकृपाद्वारा अखण्ड आत्मालाई साक्षात्कार गरी अनुभूति भएको साधक साधनालाई अझ तीव्र गर्दै निर्विकल्प समाधिद्वारा स्वरूपमा आनन्दपूर्वक स्थित रहुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 956 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 792 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 738 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 753 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 914 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1035 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 736 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 886 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 782 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 737 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 743 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 792 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 722 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 658 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 768 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 694 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 772 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 713 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 850 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 932 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1141 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0